काठमाडौं– विश्व पर्यटन दिवस २०२४ को अवसरमा नेपाली पर्यटन प्रवर्द्धनलाई सघाउन मकाउमा विशेष हाईकिङ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमलाई नेपाली वाणिज्य दूतावास हङकङको सहयोगमा गैरआवासीय नेपाली संघ (एनआरएन) मकाउले आयोजना गरेको थियो।
हाईकिङ कार्यक्रममा हङकङका महावाणिज्यदूत उदय राना, एनआरएन मकाउका अध्यक्ष रूस्तम श्रेष्ठसहित विभिन्न संघ-संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो। यस अवसरमा मकाउको समृद्ध पर्यटन क्षेत्रका अवसरहरूबारे छलफल गरिनुका साथै नेपाली पर्यटन प्रवर्द्धनमा कसरी टेवा पुर्याउन सकिन्छ भन्नेबारे विचार आदानप्रदान भएको थियो।
मकाउमा हाल मासिक ७ लाख पर्यटक भित्रिने क्रममा छन्, जसमा नेपाली पर्यटनलाई समेत प्रवर्द्धन गर्न एनआरएन मकाउले निरन्तर विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ।



























































Discussion about this post