English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

गोठबाट पर्यटकीय बस्तीमा विकास भएको घोडेपानी

टुरशाला by टुरशाला
अशोज ११, २०८०
in पर्यटन केन्द्र
A A
0
3
SHARES

म्याग्दीः करिब चार दशक अगाडि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने ‘घोडेपानी’ पोखरा हुँदै मुस्ताङ नुन ढुवानी गर्नेहरूका लागि उकालो यात्रा गरेपछिको थकान मेटाउने ठाउँ थियो । बटुवाहरूले घोडालाई पानी खुवाउने गरेकाले यसको नाम घोडेपानी रहन गएको बुढापाका बताउँछन् ।

पोखरादेखि उल्लेरी हुँदै मुक्तिनाथको दर्शन र थाकखोलाको नुन ल्याउन जाने मानिसहरूले घोडेपानीका टहरामा राखिएका चिया पसलमा खाजा, खाना पकाएर खाने गर्दथे । खिबाङका बासिन्दाले गाई भैँसी चराउनका लागि बनाएको गोठमा चिया पसल राखेका थिए । तिनै गोठहरूमा राखिएका चिया पसलहरूमा अहिले विशाल पर्यटकीय बस्ती बसेको छ । घोडेपानी पर्यटकीय सम्भावना र अवसरका कारण छोटो समयमै विकसित र उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुन सफल रह्यो ।

म्याग्दी घोडेपानी र त्यसको शिखरमा अवस्थित पुनहिल हिमाली दृश्यावलोकनका लागि उत्कृष्ट गन्तव्य हो । तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलबाट आँखै अघि १५ बढी हिमशृङ्खला, म्याग्दी, पर्वत, कास्कीलगायतका जिल्लाको सुन्दर गाउँ शहर अवलोकन गर्न सकिन्छ । जङ्गलको बिचमा रहेको घोडेपानी आन्तरिक र विदेशी पर्यटक दुवैका लागि उत्तिकै आकर्षक गन्तव्य हो । घोडेपानी पुग्ने अधिकांश पर्यटकको अन्तिम गन्तव्य चाहिँ पुनहिल हो ।

यो क्षेत्र अहिले म्याग्दीको मात्रै नभई अन्नपूर्ण फेरोको फन्को मार्न आउने पर्यटकको प्रमुख रोजाइमा पर्ने गरेको छ । मनोरम हिम शृङ्खलाको अवलोकन गर्न सकिने यस क्षेत्रमा राखिएका गोठहरूमा खिवाङका बलसिंह गर्वुजाले पहिलोपटक चिया पसल राख्नुभएको थियो । ‘‘यहाँ घाँस प्रशस्त पाइने भएकाले गोठहरू राख्ने चलन थियो, पछि गर्वुजाले चिया पसल राखे,” अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले भने “उनीसँगै कोबाङबाट आएका कान्छो थकाली भनेर चिनिने व्यक्तिले पनि चिया पसल गरे, यो शृङ्खला बढ्दै गएपछि होटलहरु खुल्न थालेका इतिहास छ ।”

पहिले यो क्षेत्र तीर्थयात्री र नुन बोक्नेहरू उल्लेरीमा बास बसेर घोरेपानी हुँदै शिख र घारमा बास बस्न पुग्थे । घोडेपानीको शिरमा दर्जनौँ हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न सकिने डाँडो थियो । जसलाई स्थानीय समेत रहेका मेजर टेकबहादुर पुनले ‘पुनहिल’ नामाकरण गरेका थिए। स्थानीयबासीले पछि उनै पुनको स्मृतिमा पुनहिलमा भ्यू टावर निर्माण गरेका हुन् ।

स्थानीय अगुवा हरिबहादुर पुनको डिजाइनमा स्थानीयवासीको श्रमदानमार्फत पुनहिलबाट दृश्यावलोकनको लागि २०३५ सालमा काठको टावर बनाइएको थियो । घोडेपानी क्षेत्रमा वार्षिक ३० हजारको हाराहारीमा पर्यटक भित्रिने गरेका पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ । पुनहिल भ्रमण गर्ने पर्यटकबाट प्रवेश शुल्क उठाउन र चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु m६३ लाख ११ हजारमा ठेक्का सम्झौता गरेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । विदेशीले प्रतिव्यक्ति रु १५० र नेपालीले रु ५० का दरले प्रवेश शुल्क तिर्नुपर्छ ।

काठको टावर दिगो नभएपछि मेजर पुनकै ज्वाई लेप्टेन राजु पुनको पहलमा चन्दा सङ्कलन गरि २०५७ सालमा अहिले रहेको आकर्षक र पक्की भ्यू टावर निर्माण गरिएको थियो । टावर निर्माणपछि अहिले पुनहिलमा दैनिक सयौँको सङ्ख्यामा पर्यटकहरू यहाँ पुग्ने गरेका छन् । घोरेपानी पुग्ने पर्यटकको पुनहिल नपुगी नहुने गन्तव्य बनेको छ । पर्यटक आगमन हुन थालेको छोटो समयमै यहाँको विकासले फड्को मारेको अन्नपूर्ण गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहेका घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताए ।

सुरुवातका चिया पसलहरू अहिले प्रायः सबै सुविधा सम्पन्न होटलमा रूपान्तरण भएका छन् । पोखरा–बागलुङ–बेनी सडक नबन्दासम्म मुक्तिनाथ दर्शन गर्न जाने तीर्थयात्रीहरूको गोरेटो बाटो पर्ने यस क्षेत्रमा अहिले २३ वटा सुविधा सम्पन्न होटलहरु खुलेका छन् । एक दिनमा एक हजार जनाभन्दा बढी बास बस्न सक्छन् ।

हरेक वर्ष पर्यटकको आगमन बढेसँगै होटल व्यवसायीले क्षमता विस्तार गर्दै लगेका छन् । सुरुआतमा विदेशी पर्यटकहरू मात्रै आउने गरे पनि पछिल्लो समय भने आन्तरिक पर्यटक पनि उत्तिकै सङ्ख्यामा आउने गरेका घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताए । “पर्यटन विकासमा सहयोगी बन्छ भन्ने उदाहरण घोडेपानी हो, घुम्न आउने विदेशी पर्यटकहरूले आफ्नो देश फर्किएपछि यहाँको सुन्दरताको बारेमा गर्ने सकारात्मक सन्देश प्रवाहले पनि यस क्षेत्रको पर्यटन विकासमा ठुलो सहयोग ग¥यो,” उनले भने । अन्नपूर्ण संरक्षण आयोजनाले समेटिएपछि यस क्षेत्रको बारेमा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारमा थप सहयोग पुगेको थियो ।

घोडेपानीका होटलमा अर्ग्यानिक खानाका परिकार, सुविधा सम्पन्न कोठा, इन्टरनेटलगायतका सुविधा उपलब्ध छ । पहाडको टाकुरामा अवस्थित घोरेपानीका अधिकांश होटलका कोठाबाटै हिमाल देख्न पाउनु अर्को विशेषता हो । पर्यटकहरूको लागि होटल व्यवस्थापन उपसमितिकै पहलमा झण्डै रु। एक करोडको हाराहारीमा लगानी गरी पदमार्ग निर्माण गरिएको छ । पर्वतको चित्रे हुँदै म्याग्दीको घोरेपानी, घोरेपानीदेखि पुनहिल र घान्द्रुक जाने पदमार्गहरूमा चिटिक्क मिलेको सिँढी चिनेर पदमार्ग बनाइएको छ ।

घोडेपानी होटल व्यवस्थापन उपसमितिका उपाध्यक्ष सुशील पुनका अनुसार समुदाय स्तरबाट पदमार्गसँगै तीन ठाउँमा सार्वजनिक शौचालय, विभिन्न ठाउँमा प्रवेशद्वार समेत निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा घोडेपानी आउने पर्यटकको बसाई लम्बाउन गुराँस पार्क, घोडा र साइकल मार्ग बनाइएको उपाध्यक्ष पुनले बताए । यहाँ पर्यटकहरूलाई थप व्यवस्थित र आकर्षित गर्न पदमार्गमा नियमित सरसफाई र मर्मतको व्यवस्था गरिएको छ भने गाउँलाई प्लाष्टिक मुक्त बनाइएको छ ।

घोडेपानीमा बास बसेका पर्यटकहरू करिब एक घण्टाको पैदल यात्रापछि पुनहिलमा पुगेर मनोरम हिमशृङ्खलाको अवलोकन गर्ने गर्छन् । गुर्जा हिमालदेखि धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे निलगिरि लगायतका दर्जनौँ हिमशृङ्खलाको अवलोकन गर्न सकिने यहाँको प्रमुख विशेषता हो । वरिपरि जङ्गलको बिचमा रहेको अग्लो डाँडामा बनाइएको भ्यू टावरबाट एकै नजरमा सेताम्मे हिमशृङ्खलाको अवलोकन गर्दा पर्यटकहरू लोभिएर फर्कने गरेका छन् ।

पुनहिलको भ्रमणमा पहिलोपटक आएकी फ्रान्सका पिटरले पुनहिलबाट देखिएको दृश्यले आफूलाई निकै लोभ्याएको बताए । फेरि पनि यस क्षेत्रको भ्रमणमा आउने इच्छा जागृत भएको प्रतिक्रिया दिए। “यस्तो मनमोहक ठाउँमा म पहिलोपटक आएकी हुँ, एकै ठाउँबाट यति धेरै हिमाल देख्न पाइने, लालीगुराँसको जङ्गलमा रमाउँदा समय गएको थाहा नै नपाइने रहेछ,” उनले भने ।

आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको शृङ्खलामा पर्ने झण्डै २० बढी हिम चुचुरालाई नजिकबाट नियाल्न सकिने पुनहिलमा चैत्र÷वैशाखमा ढकमक्क फुल्ने थरिथरिका लालीगुराँस र पुस÷माघमा पर्ने सेताम्मे हिउँमा समेत पर्यटकको भिड लाग्ने गरेको घोडेपानी टोल सुधार समितिका अध्यक्ष बीरेन गर्बुजा पुन बताउछन ।

वसन्त ऋतुमा घोडेपानी सेरोफेरो ढकमक्क फुलेका गुराँसे रङ्गिन बन्छ । जङ्गललाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो नै लाग्ने गर्छ । नेपालमा पाइने ३२ प्रजातिका लालीगुराँसमध्ये घोडेपानी क्षेत्रको जङ्गलमा रातो, सेतो, गुलाबी लगायत आठ प्रकारका गुराँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । घोडेपानी पुनहिल क्षेत्रको भ्रमणका लागि असोज, कात्तिक, फागुन, चैत र वैशाख महिनामा दैनिक पाँच सय जनाको अनुपातमा विदेशी भित्रने गरेका छन् ।

पर्यटकीय नगरी पोखरादेखि नयाँ पुल हुँदै एकै दिनमा घोडेपानी पुग्न सकिन्छ । त्यस्तै कास्कीको घान्द्रुक, म्याग्दीको भुरुङ तातोपानी र मोहरेडाडाँ भएर घोडेपानी पुग्न सकिन्छ । कास्कीको बिरेठाँटी–उलेरी–घोडेपानी, नयाँपुल–घान्द्रुक–घोडेपानी, म्याग्दीको नागी–महरे–फूलबारी–घोडेपानी र तातोपानी–घार–शिख हुँदै घोडेपानी पुग्न सकिने गरि पदमार्गहरू सञ्चालनमा छन् । रासस

Share1Tweet1Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

लमजुङको नयाँ पर्यटकीय गन्तब्य जोडी परेवा
ग्रामीण पर्यटन

लमजुङको नयाँ पर्यटकीय गन्तब्य जोडी परेवा

साउन २७, २०८१
मानसरोवर यात्रा सुरु, रसुवागढी नाकामा बढ्यो चहलपहल
गर्मीयाममा कहाँ जाने?

जेष्ठ ७, २०८१
‘ओशो पार्क’ पर्यटकको रोजाइमा
गर्मीयाममा कहाँ जाने?

‘ओशो पार्क’ पर्यटकको रोजाइमा

जेष्ठ ४, २०८१
म्याग्दी र मुस्ताङका पर्यटकीय स्थानमा भीड
पर्यटन केन्द्र

म्याग्दी र मुस्ताङका पर्यटकीय स्थानमा भीड

बैशाख १७, २०८१
सडकको पहुँच पुगेसँगै ओलाङ्चुङगोला पुग्न सहज
ट्रेकिङ

सडकको पहुँच पुगेसँगै ओलाङ्चुङगोला पुग्न सहज

बैशाख १३, २०८१
ऐतिहासिक ढोलठानामा पर्यटकीय पूर्वाधार विस्तार
इतिहास/संस्कृति

ऐतिहासिक ढोलठानामा पर्यटकीय पूर्वाधार विस्तार

बैशाख १२, २०८१
Load More
Next Post
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions