काठमाडौं: बुधबार मुलुकका आधा दर्जन गन्तव्यका उडान प्रभावित बनेको छ । अविरल वर्षासँगै मौसमी प्रतिकूलताले लुक्ला, सुर्खेत, भोजपुर, दाङ, पोखरा, तुम्लिङटारका उडान प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलले बताएको छ ।
आज लुक्ला, सुर्खेत, भोजपुर, दाङ, तुम्लिङटारका उडान रद्द भएका छन् । पोखरा उडान अझै खुला भएको छैन् । कतिपय उडान स्थगन भएको छ । केही गन्तव्यमा भने उडान भइरहेका छन् । लुक्लातर्फ तारा, सीता र समीटको कुल ६ वटा उडान स्थगन भएको विमानस्थल कार्यालयले जनाएको छ । नेपाल वायुसेवा निगमको दाङ र भोजपुरतर्फका उडान स्थगन भएको छ ।
मौसमी प्रतिकूलताले उडान प्रभावित भएपछि वायुसेवा कम्पनीहरूले आफ्नो मोबाइल एप र सम्पर्क कार्यालय मार्फत यात्रुलाई सूचना प्रवाह गर्दै आएका छन् । अन्तर्राष्ट्रियतर्फ उडान डिले भए पनि स्थगन भने भएको छैन् ।



























































Discussion about this post