सोलुखुम्बु । चर्चित युक्रेनी पर्वतारोही भ्यालेन्टाइन सिपाभिन शनिवार बिहान सगरमाथाको चुचुरो चुमेपछि वसन्त ऋतुमा विश्वको अग्लो हिमाल आरोहण गर्ने पहिलो विदेशी बनेका छन् । उनीसँगै कीर्तिमानी नेपाली पर्वतारोही तथा पर्वतीय पथप्रदर्शक सानु शनिवार आज बिहान ४:०० बजे सगरमाथामाको चुचुरो पुगेका हुन ।
८ के एक्सपिडिसनका निर्देशक लाक्पा शेर्पाले आधार शिविरबाट गिनिज वर्ल्ड रेकर्ड होल्डर ४१ वर्षीय भ्यालेन्टाइन र विश्वको १४ वटा ८ हजार माथिका चुचुरो दोहोर्याएर चढ्ने चर्चित नेपाली आरोही ४९ वर्षीय सानु शेर्पा सगरमाथाको चुचुरोमा पुगेको बताएका छन्।


शुक्रवार राति ८.२५ बजे १० जना सम्मिलित नेपाली पर्वतीय पथप्रदर्शकका आरोही टोलीका रोप फिक्सिङ टिमले सगरमाथाको चुचुरोसम्म डोरी टाँग्न सफल भएसँगै सगरमाथा आरोहणको बाटो खुलेको हो ।



























































Discussion about this post