काठमाडौं: वैशाख १ देखि जेठ ३ गतेसम्म विपद्का १ हजार ६२२ घटना भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परी ४२ जनाको मृत्यु भएको छ । १६७ जना घाइते भएका छन् । २ हजार ९ परिवार प्रभावित बनेको ६० करोड बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार यसबीचमा आगलागीबाट २३ जनाको मृत्यु भएको छ। १ हजार ४१५ जना घाइते भएका छन् ।
वन डढेलोबाट ६ जनाको मृत्यु भएको छ भने ४०७ जना घाइते भएका छन् । चट्याङबाट ९ जनाको मृत्यु भएको छ ।
यसबीचमा अविरल वर्षात्का कारण बाढी पनि आएको थियो । जसमा एक जनाको मृत्यु भएको छ ।
जनावरको आक्रमणबाट १ जनाको मृत्यु भएको छ भने लेक लागेर २ जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांक छ ।



























































Discussion about this post