English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

आहा ! सोदु पोखरी

टुरशाला by टुरशाला
साउन २९, २०८०
in जल पर्यटन/तालतलैया
A A
0
2
SHARES

सन्तोष र्पुकुटी

ताप्लेजुङः बजार र बाक्लो बस्तिबाट धेरै टाढा, हिमालको काखमा काठले बनेका लहरै घरहरु रहेको एक्लो बस्ति, काठकै छाना हालिएका घरहरु रहेको बस्तिमा प्रायः धुप, सुनपाती, भैरुङपातीको सुगन्ध आईरहने, प्रत्येक घरमा रहेका ध्वजा (थाच्यो) मन्द बतासमा फिरफिर गरिरहेका हुन्छन् । नजिकै कञ्चन पानी सहित छङ छङ गर्दै झर्ने छाँगा र खोला, हिमाली चराचुरुङ्गीको चिरविर उत्तिकै । यो परिवेश अन्त कतैको नभई ताप्लेजुङको हिमाली बस्ति तोक्पेगोलाको हो । पुग्ने जो कोहिले भन्छन्–‘आहा तोक्पेगोला ।’

एक पटक पुगे पछि उतै रहुँ रहुँ लाग्ने तोक्पेगोला बस्तिबाट १० मिनेट उकालो चढ्दा फुत्त तराईको फाँटमा पुगे झैँ लाग्छ । त्यहाँबाट केहि पाईला अघि सरे पछि वरिपरि अग्ला पहाडका टाकुरा, कतै भञ्ज्याङ जस्तै देखिने त कतै हिमालको चुचुरो जस्तै देखिने । यिनै पहाडका टाकुराकोबीचमा तराईको फाँट झै लाग्ने भुमिमा ऐना झैँ टल्किने सोदु पोखरीले सबैलाई आफ्नो मुहार देखाईरहेको हुन्छ ।

पोखरीकै आसपासबाट चीनको तिब्बत र संखुवासभा जाने बाटो भरी लस्करै याक र चौँरी हिँडिरहेको देख्दा जो कोहिको मन फुरुङ्ग भएर आउँछ । यिनै सुन्दरताले होला सदरमुकाम फुङलिङबाट दुई दिनको यात्रामा पुगिने सो क्षेत्रमा पुग्दा थाकेको शरिर एकाएक चङ्गा जस्तै भईदिन्छ । जो प्राकृतिक सुन्दरतामा रमाउँछन् ।

हिउँदमा हिउँले सेताम्मे हुने उक्त पोखरी वर्खा लागे संगै ढकमक्क भएर फुल्ने लेकाली प्रजातीका फुलहरुले सझिएको हुन्छ । जेठ असारदेखि असोज कार्तिक सम्म पोखरीको दर्शन गर्न निकै सहज हुने गरेको छ । त्यस बाहेकका समयमा भने निकै चिसो हुने भएकाले पुग्न र दर्शन गर्न कठिन हुने गरेको छ । करिब ४२ मीटरको उचाईमा रहेको सोदु पोखरी हिउँदका पुस, माघ र फागुन महिनाभर हिउँले पुरै ढाकिन्छ । वर्खाको समयमा पोखरीमा चखेवाको जोडि समेत देख्न पाईन्छ ।
अर्ध वृत्त आकारमा रहेको पोखरी झण्डै तीन सय मिटरको लम्बाईमा रहेको स्थानीयको अनुमान छ । पोखरीको दक्षिण दिशा तर्फ रहेको निकासमा उच्च बाँध बाँध्न सके पोखरीको क्षेत्र बढ्ने समेत स्थानीय बताँउछन् । सोदु पोखरी नजिकै भुतपोखरी, छ्यजुङ पोखरी, छोईला पोखरी, रुपा पोखरी, सानोखोला पोखरी, लामपोखरी, तीन पाखरी, पाँच पोखरी, साउने पोखरी, युमिक्मा पोखरी, जलाम पोखरी लगायतका दर्जनौ पोखरी छन् ।

सोदु पोखरी पुग्दा ति स–साना पोखरीको समेत दर्शन गरेर फर्किन सकिन्छ । भुत पोखरीको छुट्टै विशेषता रहेकाले सोदुमा पुग्दा भुत पोखरीको पनि दर्शन नगरि फर्कने कमै हुन्छन् । गोलो आकारमा रहेको भुत पोखरीमा कतै पानीको निकास नभएको साथै वरिपरि बोट विरुवाका पातले घेरिएर बीच भागमा मात्रै पानी रहेकाले अन्य पोखरीको तुलनामा यो पोखरी निकै फरक छ । पहिले पहिले उक्त पोखरी नजिकै पुगेका पशु प्राणी पोखरी तिरै तानिएर हराउने गरेका उक्त पोखरीको नाम भुत पोखरी रहन गएको किम्बदन्ति रहेको छ ।

सोदु पोखरी प्राकृतिक तवरले जति सुन्दर छ उतिकै रुपमा धार्मिक रुपले महत्वपुर्ण मान्ने गरिन्छ । किनकि बुद्ध धर्मावलम्बिहरुको पात्रो अनुसार हरेक वर्षको ६ महिना पुरा हुँदा आउने औँसीको चौथो दिन अर्थात चर्तुदशीका दिन ढुक्पाछेसी पर्व मनाउने गरिन्छ । उक्त पर्वको पहिलो दिन सोदु पोखरीमा (छ्योदे ग्याबु) भन्ने देवताको पुजाआजा गरिनुका साथै (लाप्सो) पुजा समेत हुने गर्छ । (छ्योदे ग्याबु)को पुजाआजा गर्नाले रोग तथा महामारी नआउने, दैविक तथा प्राकृतिक प्रकोप नआउने जनविस्वास रहिआएको छ ।

यस्तै दोश्रो दिन छ्योतेङ्गो अर्थात् गुम्बामा पुजाआजा गरि त्रिपिटक (धोमाङ) पुस्तकहरुलाई सिरमा राखी बस्तिलाई परिक्रमा गर्ने गरिन्छ । यसो गर्नाले गाउँ घरमा शुभ हुने विस्वास छ । तेश्रो दिन भने कोदो र गहुँको मात्रै पिठो बाट बाजे र बोजुको नाम दिएर बनाईएको मुर्तिलाई बस्तिको उत्तर दक्षिण दिशामा लगेर छुट्टा–छुट्टै राखिन्छ । नागपञ्चमीकै समयमा यो पर्व मनाईने भएकाले नागको समेत पुजाआजा गरिन्छ ।

तोक्पेगोला बस्ति कहिलेदेखि रह्यो भन्ने एकिन नभए पनि यहाँका बासिन्दाले परापुर्वकालदेखि नै वर्षेनी यस्तो पुजाआजा गर्दै आएकाछन् । यस समयमा ताप्लेजुङ सहित संखुवासभा, तेह्रथुम, पाँचथर, काठमाण्डौ, सिक्किम, दार्जेलिङ लगायतबाट सयौँ भक्तजनहरु पुग्ने गरेकाछन् । यस पर्वमा बौद्ध धर्म मान्ने मात्रै नभई अन्य धर्मावलम्बिहरु समेत पुग्ने गरेकाछन् । ढुक्पाछेसी पर्व साउन, भदौमा पर्ने भएकाले सोहि समयमा धेरै पर्यटकहरु त्यहाँ पुग्ने गरेकाछन् । अन्य समयमा समेत प्राकृतिक सुन्दरताको अवलोकनका लागि पर्यटकहरु जाने गर्छन् । बाटैमा फुङफुङे झरना समेत परेकाले उक्त क्षेत्रमा जानका लागि मानिसहरु लालाहित हुने गरेकाछन् ।

तोक्पेगोलामा तोङ्बा, याकको सुकुटी, हिमाली साग (लोङ्मा) केन्जो (छ्योमा) साथै जिम्बु, चिम्फिङ, खानक्पाको अचार, याकको महिबाट बनाईने सेरगेम, पिठो, मासु र विभिन्न स्थानीय मसलाबाट बनाईएको (स्याबाले) लगायतका स्थानीय परिकारहरु खान पाईन्छ । यस्तै घ्यू, पिठो, नुन र चियाबाट बनाईने भोटे चिया अर्थात (सोज्या) समेत पाईन्छ । घरमा पुगेका अतिथीलाई सोज्या पटक पटक थपेर खुवाउने परम्परागत चलन छ ।

चीनको तिब्बतबाट ल्याईएका खाद्य तथा पेय पदार्थ समेत प्रशस्त पाईन्छ । यस्तै पर्वका समयमा भोटे जातीहरुको परम्परागत स्याब्रु नाच अवलोकन गर्न पाईन्छ । एक अर्कामा हात समाएर भोटे जातीको भाषाको गीतहरु आफैँले गाउँदै स्याब्रु नाच्ने गरिन्छ । यस्तै धुन्ज्याङ समेत गरिन्छ । भोटे समुदायमा विभन्नि चाड पर्व, मेला तथा उत्सवका बेला आएका अतिथिलाई स्याब्रु नचाउँदै र नाँच्दै विभिन्न परिकार खाँदै खुवाँउदै रमाउनुलाई धुन्ज्याङ भन्ने गरिन्छ ।

मिक्वाखोलाको पापुङमा रहेको तोक्पेगोला अर्थात सोदु पोखरी पुग्नका लागि ताप्लेजुङ सदरमुकामबाट दुई दिनको समय लाग्छ । सदरमुकामदेखि मेरिङ्देनको सक्रान्ते सम्म सवारी साधनमा र त्यस पछि पैदल यात्रा गरेर पुग्न सकिन्छ । त्यहाँ पुग्नका लागि ताप्लेजुङ सदरमुकामबाट हान्द्रुङ, मिक्वाखोलामा पर्ने फुङफुङे झरना र पापुङका विभिन्न बस्ति हुँदै जानु पर्छ ।

यता गुफा, संखुवासभाको भोटखोला लगायतका ठाउँबाट समेत पुग्न सकिन्छ । तोक्पेगोला चीन संगको सिमा क्षेत्र नजिकै पर्ने व्यापारिक केन्द्र हो । तोक्पेगोला हुँदै संखुवासभा, गुफा, ताप्लेजुङ लगायतका मानिसहरु व्यापारका लागि चिनको तिब्बतमा जाने आउने गर्छन् । तोक्पेगोलादेखि उत्तर पश्चिम तर्फ संखुवासभा जिल्ला रहेको छ । संखुवासभाको भोटखोला, थुदाम पुग्न तोक्पेगोला बस्तिबाट झण्डै ५ घण्टाको पैदल दुरी हिड्नुपर्छ । बस्तिमा पुगे पछि त्यहाँका मानिसको न्यानो स्वागत संगै उनिहरुको भाषा, भेषभुषा, रहनसहनको अवलोकन संगै भलाकुसारी गरेर बस्न पाउँदा छुट्टै मज्जा छ ।

यता पर्यटन प्रर्वद्धनका हिसाबले राम्रो सम्भावना बोकेको सो क्षेत्रको प्रचार–प्रसार र भौतिक पुर्वाधारको विकासका लागि विशेष चासो दिएर काम गरिहेको पापुङका वडा अध्यक्ष डण्डु शेर्पाले बताए। उनका अनुसार गत आर्थिक वर्षमा पैदल मार्गको स्तरोन्नती, विभिन्न ठाउँमा पुल निर्माण लगायतका काम गरिएको छ । सो क्षेत्रको प्रचार–प्रसार गरि पर्यटन प्रर्वद्धन गर्नका लागि समेत सो क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको उनको भनाई छ ।

भौगोलिक हिसाबले सो क्षेत्रमा पुग्ने सडक निर्माणका लागि ठुलो बजेट आवस्यक पर्ने भएकाले प्रदेश र संघिय सरकारले सहयोग गर्नुपर्नेमा उनको जोड छ ।पर्यटन प्रर्वद्धनका हिसाबले प्रशस्त सम्भावना बोकेकाले यस तर्फ समेत सबैले ध्यान दिन सक्नुपर्ने उनको भनाई छ । -(यो सामाग्री टुर न्यूज मासिक पत्रिकाबाट लिइएको हो )

Share1Tweet1Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक
घुम्न कहाँ जाने?

रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

कार्तिक २७, २०८१
जनकपुर : सागर नै सागरको  शहर 
जल पर्यटन/तालतलैया

जनकपुर : सागर नै सागरको  शहर 

भदौ २८, २०८१
गोसाईंकुण्डमा तीर्थयात्रीको आगमन सुरु
गर्मीयाममा कहाँ जाने?

गोसाईंकुण्डमा तीर्थयात्रीको आगमन सुरु

साउन २७, २०८१
आन्तरिक पर्यटक माझ परिचय साट्दै ‘बुढो सिमल नाग पोखरी’
जल पर्यटन/तालतलैया

आन्तरिक पर्यटक माझ परिचय साट्दै ‘बुढो सिमल नाग पोखरी’

असार १७, २०८१
मानसरोवर यात्रा सुरु, रसुवागढी नाकामा बढ्यो चहलपहल
गर्मीयाममा कहाँ जाने?

मानसरोवर यात्रा सुरु, रसुवागढी नाकामा बढ्यो चहलपहल

जेष्ठ ७, २०८१
संरक्षणको पर्खाइमा खोकनाका ४ पोखरी
जल पर्यटन/तालतलैया

संरक्षणको पर्खाइमा खोकनाका ४ पोखरी

जेष्ठ ६, २०८१
Load More
Next Post
खेल मैदान निर्माण कार्य अलपत्र, खेलकुदका गतिविधि ठप्प

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions