तनहुँ: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने बताएका छन् । तनहुँको ऋषिङ गाउँपालिका–५, रूपटारमा निर्माण सम्पन्न भएको ज्वाला खोला मोटरेबल पुलको उद्घाटन समारोहमा उनले यसो भनेका हुन् ।
समारोहमा बोल्दै उनले विभिन्न धार्मिक, पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न र देश विदेशमा चिनाउनका लागि भए पनि ती क्षेत्रको संरक्षण तथा थप विकास गर्न पूर्वाधार निर्माणमा ध्यान दिइएको उनले बताए ।
मुख्यमन्त्री पाण्डेले शालिग्राम कोरिडोर गण्डकी प्रदेश सरकारको गौरवका आयोजना भएको उल्लेख गर्दै यसलाई बुढीगण्डकी कोरिडोरमा जोडेर मुक्तिनाथसम्म छिटै पु-याइने बताए । गण्डकी प्रदेश सरकारले यस आर्थिक वर्षमा मात्र ऋषिङ गाउँपालिकाभित्रका भौतिक पूर्वाधार तथा सडकका लागि २२ करोड, विभिन्न खानेपानीका योजनाका लागि दुई करोड रुपियाँ विनियोजन गरेको छ । सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धनका लागि मात्र विभिन्न शीर्षकमा एक करोड विनियोजन गरेको उनको भनाइ छ।



























































Discussion about this post