डोल्पा । डोल्पाको सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण गर्ने क्रममा घाइते भएकामध्ये तीन सैनिकको मृत्यु भएको छ ।
गत चैत २५ गते ठूलीभेरी नगरपालिका-४ मा रहेको तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा देवीदत्त गुल्मका चार सैनिक घाइते भएका थिए । तत्कालै उनीहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल, डोल्पा पुर्याइएको थियो । त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याउने तयारी हुँदै गर्दा जुम्लाको तातोपानी गाउँपालिका-४ का २४ वर्षीय हेमन्त रावतको मृत्यु भएको थियो ।
अन्य तीन जनालाई भने थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो । जसमध्ये जमदार केशरबहादुर जर्गा मगर र सिपाही आशिष बुढाको भने मंगलबार निधन भएको नेपाली सेनाले जनाएको छ ।
घाइते प्यूठ विजय कोइरालाको भने कीर्तिपुर अस्पतालमै उपचार भइरहेको छ ।
नेपाली सेनाका अनुसार आगलागी नियन्त्रणका लागि ८०० स्थानमा १२ हजार ५०० सैनिक परिचालित छन् ।



























































Discussion about this post