रुपन्देही: लुम्बिनी विकास कोषका नव नियुक्त उपाध्यक्ष ल्यारक्याल लामाले ७ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएका छन् ।
शुक्रबार बसेको सचिवालय बैठकमा उपाध्यक्ष लामाले मायादेवी मन्दिरको जीर्णेद्वार गर्न उक्त रकम सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । उपाध्यक्ष लामाले मायदेवी मन्त्रीको पुन निर्माणको लागि सिड मनीको रुपमा ७ करोड रुपैयाँ दान दिने प्रतिवद्धता व्यक्त गरेको लुम्बिनी विकास कोषका आयोजना प्रमुख सजोज भट्टराईले बताए ।
बुद्धमार्गी, पुरातत्व विभागसँगको सहमतिपछि पुनः निर्माणको काम अघि बढ्ने भएको हो । ‘मायादेवी मन्दिरमा आएका विविध समस्याहरू समाधान गर्नका लागि आगामी कार्यकारिणी समिति वा परिषद्को बैठकमा नेपाल सरकारको सहयोग बिना दाताहरूको सहयमोगमा जीर्णेद्धार गर्ने प्रस्ताव गरी गरी पेश गर्ने,’ निर्णय भएको छ ।
उपाध्यक्ष लामाले नै मन्दिर पुनः निर्माणको प्रस्ताव बैठकमा गरेका थिए । त्यस्तै, लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौंमा स्थापना गर्ने सम्बन्धमा आगामाी कार्यकारिणी समिति वा परिषद् बैठकमा प्रस्ताव पेश गर्ने निर्णय समेत गरेको छ ।



























































Discussion about this post