झापा: चराले फोहोर गरेर दुर्गन्ध फैलाएको भन्दै झापाको धुलाबारी बजारमा रहेका रुखहरूको संरक्षण गर्न माग गरिएको छ ।
मेची चरा तथा वन्यजन्तु संरक्षण समाजले रुख काट्ने वा चरा लखेट्ने तयारी भएको भन्दै मेचीनगर नगरपालिकालाई ज्ञापन पत्र बुझाएको हो । समाजका अध्यक्ष देवेन्द्र खरेलसहितको टोलीले बिहिबार नगरपालिकाका उपप्रमुख मीना उप्रेती र मेचीनगर–१० का वडाध्यक्ष नारायण खनाललाई छुट्टाछुट्टै भेटेर ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्रमा चरा र तिनको बासस्थानको संरक्षण गर्न माग गरिएको छ । त्यस्तै, धुलावारी चोकमा रहेका पिपल र आँपका रुखमा चराले बच्चा हुर्काइरहेको हुँदा ती रुख नमास्न समेत आग्रह गरिएको छ । ती रुखहरूमा वर्षौदेखि बकुल्ला प्रजातिका चराहरूले गुँड बनाएर बर्खा याममा बच्चा कोरल्ने गरेको जानकारी गराउँदै समाजले चराको विष्टाले गन्ध फैलिएको भए चरा र रुख नमासी त्यसको व्यवस्थापन गर्न पत्र बुझाएको हो ।
चराका कारण स्थानीय बासिन्दा बिरामी परेको भन्दै एक अनलाइनबाट समाचार प्रकाशित भएपछि समाजले यस बारेमा नगरपालिकाको ध्यानाकर्षण गराएको हो ।



























































Discussion about this post