नेपालमा मनसुन भित्रिएको छ । मौसम पूर्वानुमान महाशाखाले सोमबार विशेष बुलेटिन जारी गर्दै नेपालमा मनसुन भित्रिएको जानकारी गराएको छ।
महाशाखाका अनुसार अहिले कोशी प्रदेशका भूभागहरूमा मनसुनको प्रभाव छ । मौसमविद् सञ्जिव अधिकारीका अनुसार कोशी प्रदेशको पूर्वी भूभागहरुमा मनसुनको प्रभाव देखिएको हो। ‘हामीले तीन दिन अवलोकन गर्दा क्राइटेरिया पूरा भएपछि मनसुन आएको घोषणा गरेका हौं,’ उनले भने।
तर कोशी प्रदेशको पनि सम्पूर्ण भूभागहरूमा मनसुनले कभर नगरेको उनले बताए । ‘अहिले सुदूरपूर्वी भूभागहरू मनसुनको प्रभाव छ,’ उनले भने ।
सामान्यतया नेपालमा मनसुन भित्रने दिन जुन १३ मानिन्छ । यसपालि केही चाँडो मनसुन भित्रने भनिएको थियो ।
पूर्वी भूभागहरूबाट मनसुन भित्रिएपनि पश्चिमी भूभागमा अत्यधिक गर्मी छ ।



























































Discussion about this post