काठमाडौं । विद्रोही समूह हमासको आक्रमणमा परी मारिएका १० जना नेपाली विद्यार्थीको शव इजरायलबाट नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ । इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै शव नेपाल पठाउने प्रक्रिया सुरु भएको जनाएको छ ।
दूतावासले त्यसका लागि इजरायल सरकार र अन्य सरोकारवाला निकायसँग समन्वय भइरहेको जनाएको छ ।
यस्तै आक्रमणमा परी घाइते भएका ४ जनाको स्थानीय अस्पतालमा र दुई जनाको तेल अबिबमा उपचार भइरहेको दूतावासले जनाएको छ । दूतावासका अनुसार ३२ जना विद्यार्थीलाई सुरक्षित स्थानमा उद्धार गरी ल्याइएको छ भने अन्य नेपालीहरूको पनि उद्धार कार्य जारी छ ।
नेपाल फर्किन चाहने नेपालीको विवरण पनि संकलन भइरहेको दूतावासले जनाएको छ । नेपाल फर्किन २ सय जनाले रजिस्ट्रेसन गराएका छन् । सम्पर्कमा नआई बेपत्ता भएका एक जना विद्यार्थीको खोजी तीव्र रुपमा भइरहेको दूतावासले जनाएको छ ।
इजरालयमा नेपालीहरू रोजगारीका लागि र लर्न एन्ड अर्न कार्यक्रमका लागि विद्यार्थीहरू गएका छन् । हमासको आक्रमणमा विद्यार्थीहरू परेका हुन् ।





























































Discussion about this post