काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजबीच भेटवार्ता सम्पन्न भएको छ ।
मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर राजदूत डेप्रेजले राष्ट्रपति पौडेलसँग बिदाइ भेट गरेको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ । भेटघाटको क्रममा राष्ट्रपति पौडेल र राजदूत डेप्रेजबीच नेपाल–इयुबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।
त्यस्तै, राष्ट्रपति पौडेलले युरोपियन युनियनले नेपालको विकास साझेदारका रुपमा पुर्याएको योगदान वातावरणमैत्री, समावेशी र समातामूलक विकासका लागि गरेको सहयोगका लागि राजदूत डेप्रेजलाई धन्यवाद दिए ।



























































Discussion about this post