ललितपुर: आज देशभर वैदिक सनातन हिन्दु धर्मावलम्वीहरूले कृष्ण जन्माष्टमीको अवसरमा भगवान श्रीकृष्णको विशेष पूजा आराधना गरेर मनाउँदै छन् ।
जन्माष्टमीको अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज देशभरका कृष्ण मन्दिरमा पूजा आराधनाका लागि बिहानैदेखि भक्तजनको घुँइचो लाग्ने गर्छ ।
भाद्र कृष्ण अष्टमीकै दिन भगवान श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ भनिन्छ ।
यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।































































Discussion about this post