English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

शिख रानीले नेपालमा किन शरण लिइन् ?

टुरशाला by टुरशाला
भदौ २०, २०८०
in इतिहास/संस्कृति
A A
0
13
SHARES

लेखिका चित्रा बनर्जीको पुस्तक ‘द लास्ट क्वीनमा’मा समाविष्ट यो उद्गारलाई महारानी जिन्द कौरले जेलका वार्डनलाई लेखिएको व्यङ्ग्यात्मक पत्रको अंशका रुपमा प्रस्तुत गरिएको छ ।

महारानी जिन्द कौरले मिर्जापुरस्थित चुनार किल्लाको जेलबाट भाग्ने क्रममा एउटा पत्र लेखेको मानिन्छ । जिन्द कौरलाई सुरुमा लाहोर जेलमा राखिएको थियो । त्यसपछि शेखुपुरा जेलमा कैदी बनाएर पन्जाबबाट उत्तर प्रदेश पठाइएको थियो ।

जिन्द कौर महाराज रणजीत सिंहकी कान्छी रानी थिइन् । रणजीत सिंहका धेरै रानी थिए । तर, जिन्दले महारानीको उपाधि पाएकी थिइन् । रणजीत सिंहको मृत्युपछि सिख राज्य कब्जा गर्ने र पन्जाबलाई अधीनमा राख्ने ब्रिटिश शासकहरूको प्रयासको कडा प्रतिरोध गरिन् ।

रानी जिन्द कौरको जीवनमा आधारित रहेर निर्माण गरिएको ‘बागी रानी’ वृत्तचित्र निर्माण गरेका प्रख्यात निर्माता माइकल सिंहले बीबीसीलाई दिएको अन्तर्वार्तामा भनेका छन्: “महारानी जिन्दले आफ्ना छोरा दलीप सिंहलाई मात्र जोगाइनन्, पन्जाबको सिंहासन प्राप्त गर्न सिंहिनीले जस्तै लडेकी थिइन् ।”

अङ्ग्रेजसँग लड्ने सङ्कल्प

दलीप सिंहलाई सानै उमेरमा राजगद्दीमा राखिएको थियो

चित्रा बनर्जीले आफ्नो पुस्तकमा लेखेअनुसार प्रथम अङ्ग्रेज-सिख युद्धमा पराजय भोगेपछि लाहोरमा खालसा दरबारको काम रोकिएको थियो । त्यसैले युद्धबाट निराश र दुःखी सेनापतिहरूको प्रतिनिधिमण्डल दीवान-ए-आम (दरबारमा राजाले सर्वसाधारण र भारदारहरूसँग राजकाजका विषयमा बैठक गर्नका लागि निर्धारित विशेष कक्ष) पुग्यो ।

उनीहरूले भने, “हामीले तपाईंको लागि ज्यान जोखिममा राखेका छौँ । हामी तपाईंलाई भेट्न चाहन्छौँ ।” त्यस बेला रणजीत सिंहका कान्छा छोरा दलीप सिंह राजगद्दीमा बसेका थिए । तर, उनको उमेर पाँच वर्ष मात्र थियो । त्यहाँको अवस्था देखेर उनी निकै डराएका थिए । तर, महारानी जिन्द कौरले उनलाई सम्हालिन् ।

उनले पर्दा पछाडिबाट ती मानिसहरूलाई भनिन्, “तपाईंहरू मेरो लुगा लगाउनुहोस् र मलाई आफ्नो लुगा दिनुहोस् । तपाईं दरबारमा बस्नुहोस् र म तपाईंहरूको ठाउँमा युद्धमा जान्छु र एक सच्चा खालसा सिपाहीले जस्तै प्राण अर्पण गर्छु ।”

महारानीको यो चुनौतीले युद्धमा पराजित मानिसहरूमा फेरि आत्मबल भरियो । विद्रोहको मनस्थितिमा रहेकाहरूले आफ्नो धारणा फेरे । त्यतिखेर एक जनाले भनेका थिए, “हामी लड्छौँ । मर्न को डराउँछ र ? बलिदानको समय आउँदा ज्यान दिन्छौँ । महाराजका लागि, हाम्रो पन्जाबका लागि र हाम्री आमाका लागि ।”

भारत सरकारको ‘स्वतन्त्रताको अमृत महोत्सव’ वेबसाइटमा जिन्दलाई “गुमनाम नायक”मध्ये एक भनेर उल्लेख गरिएको छ । उक्त वेबसाइटमा राखिएको विवरणअनुसार “महारानी जिन्द कौर सन् १८४३ देखि सन् १८४६ सम्म सिख साम्राज्यकी अन्तिम रानी थिइन् । उनी सिख साम्राज्यका प्रथम महाराजा रणजीत सिंहकी कान्छी पत्नी र अन्तिम महाराजा दलीप सिंहकी आमा थिइन् । अन्य सिखहरूजस्तै उनले दुईवटा कुरा मात्र सिकिन् – शासन गर्ने वा विद्रोह गर्ने ।”

रानी जिन्दां समेत भनेर चिनिने महारानी जिन्द कौर सुरुमा रणजीत सिंहकी पत्नीको रूपमा चिनिन्छिन् । तर, अन्ततः उनी रानी र सिख राज्यको सार्वभौमिकताका लागि लड्ने ‘आमा’ बनिन् । कैयौँ इतिहासकारहरूले समेत उनलाई आफ्ना लेखमा ‘रानी माई’ वा ‘रानी आमा’ भनेर लेखेका छन् । तर, भारतमा रहेको ब्रिटिश शासनले उनलाई ‘पन्जाबकी मेसालिना’ भनेर प्रचार गर्‍यो ।

यद्यपि, भारत सरकारको वेबसाइटको आधिकारिक जानकारीले जिन्द कौर र रोमन सम्राज्ञी भालेरिया मेसालिनाबीच धेरै समानता नभएको दाबी गरेको छ । चित्रा बनर्जीले आफ्नो पुस्तक ‘द लास्ट क्वीन’ मा जिन्दांले भनेको एक कथनलाई समेत उद्धृत गरेकी छन्: “अङ्ग्रेजहरूले मलाई ‘पन्जाब दी मेसालिना’ भन्नुपछाडि गुलाब सिंहको षड्यन्त्र छ ।”

रोमकी रानी मेसालिना आफ्नो साम्राज्य पुनः स्थापित गर्ने योजना बनाउन र आफ्नो उदारताका लागि प्रसिद्ध थिइन् । अमृत ​​महोत्सव वेबसाइटमा लेखिएको छ, “अङ्ग्रेजहरूले जिन्द कौरलाई उनको छविलाई कलङ्कित गर्न र पन्जाबमा शासन गर्नेलाई बदनाम गर्न मेसालिनासँग तुलना गरे ।”

जिन्दले जब पन्जाबको नेतृत्व गरिन्

दलीप सिंहबाट अङ्ग्रेजहरूले सत्ता मात्र खोसेनन् पन्जाबको शाही खजाना पनि खोसे

पृथ्वीपाल सिंह कपूरले ‘द मेजर करेन्ट्स अफ द फ्रीडम स्ट्रगल इन पन्जाब’ नामक पुस्तकमा लेखेअनुसार रणजीत सिंहले जिन्द कौरको अद्वितीय सौन्दर्य र धार्मिक स्वभावका कारण उनीसँग विवाह गरेका थिए । कान्छा छोरा दलीप सिंह जन्मिएको १० महिनापछि महाराज दलीप सिंहको मृत्यु भयो ।

रणजीत सिंहका जेठा छोरा खडक सिंह, नाति नौनिहाल सिंह, महाराजा शेर सिंह, कम्बरप्रताप सिंह र राजा ध्यान सिंहको हत्यापछि रानी जिन्द कौरका पाँचवर्षे छोरा दलीप सिंहलाई महाराजा बनाइएको थियो र जिन्द कौर उनकी संरक्षक बनिन् । कपूर लेख्छन्, “जिन्द कौर संरक्षक बनेपछि राज्यभित्र र बाहिरबाट कडा विरोधको सामना गर्नुपरेको थियो ।”

त्यसरी विरोध गर्नेमध्ये ब्रिटिश सरकार पनि थियो । अर्को चाहिँ रानीविरुद्ध षड्यन्त्र गर्ने दरबारियाहरू थिए । तर, रानीले न दलीप सिंहको शासनकालमा लाहोरमा ब्रिटिश सेना तैनाथ गर्न स्वीकृति दिइन् न त वैरोवालको सन्धिको मस्यौदालाई स्वीकृत गरिन् ।

शिरोमणि समितिद्वारा प्रकाशित पुस्तक “प्रख्यात सिख व्यक्तित्वहरू” मा जिन्द कौरका बारेमा सिमरन कौर लेख्छिन्, “पहिलो अङ्ग्रेज-सिख युद्धपछि सन् १८४९ को १५ डिसेम्बरमा लाहोरमा सर्तहरू निर्धारण गर्नका लागि वार्ता हुँदा दिवान दीनानाथको विचार सन्धि गर्नुअघि रानीसँग पनि परामर्श लिनुपर्छ भन्ने थियो । अनि फ्रेडरिक क्युरीले भनेका थिए – गभर्नर जेनरलले रानीको होइन, सरदार र सिख राज्यका स्तम्भहरूको राय खोज्छन् ।”

पन्जाबका राजा रणजीत सिंह

खोप लगाउन नमानेपछि जेल

रानी जिन्द कौर राज्यभित्र र बाहिर भइरहेका षड्यन्त्रको कडा प्रतिवाद गर्दै थिइन्। उनलाई सर्वसाधारण जनताको पूर्ण समर्थन थियो । अङ्ग्रेजहरूले तेज सिंहलाई मन्त्रीको पद दिए र उनलाई बालक महाराज दलीप सिंहलाई खोप लगाइदिन अह्राए । तर, महाराजले आमाको आज्ञाअनुसार खोप लगाउन अस्वीकार गरे । त्यसपछि रानी र दलीप सिंहलाई शाही किल्लामा कैद गरियो ।

“पन्जाबका गभर्नर हेनरी लरेन्स र उनका भारदारहरूले नयाँ प्रशासनबाट रानीलाई हटाउने योजना बनाए,” पृथ्वीपाल सिंह कपूर लेख्छन् । “त्यस बेला रानीलाई शाही किल्लाको एउटा टावरमा कैदीको रूपमा राखिएको थियो ।”

लामो समयदेखि खालसा दरबारको विपक्षी रहेका अफगान शासक दोस्त मुहम्मदलाई पठाइएको एउटा पत्रलाई उद्धृत गर्दै सिमरन कौर लेख्छिन्: “रानीलाई यति धेरै उत्पीडन गरियो कि उनलाई पानी समेत दिइएन, उनको खानतलासी गरियो । अङ्ग्रेज सरकारले उनलाई नदिएको कुनै यातना छैन ।”

रानी जिन्द कौरले अन्तिम समयमा छोरा दलीप सिंहलाई सिख धर्ममा फर्काइन्

विद्रोहका लागि प्रेरणा

महारानी जिन्दले खालसा दरबारका समर्थक र सहानुभूति राख्नेहरूलाई आफूले बेहोरेको सकसबारे जानकारी गराउन पत्र लेखिरहेकी थिइन् । यसले जनतामा गहिरो प्रभाव पारेको थियो र त्यसै कारण अङ्ग्रेजहरूले रानीलाई लाहोरबाट बाहिर पठाए ।

उनलाई दलीप सिंहबाट छुट्ट्याउन शेखुपुरा जेलमा राखिएको थियो। त्यहाँ उनीसँग सामान्य कैदीलाई जस्तै व्यवहार गरियो । तर, त्यहाँ उनका एक सहायक थिए । उनको नाम माही थियो । उनलाई खालसा दरबारप्रति निष्ठावान् गुप्तचर अवतारले जागिर दिएर पठाएका थिए ।

जिन्दले आफूसँग भएको ज्यादतीबारे चिठी लेखेर सार्वजनिक गरेकी थिइन् । त्यसपछि पन्जाबमा अङ्ग्रेजविरुद्ध विद्रोह भयो । राजमातालाई अपमानित गरिएको देखेर खालसा दरबार क्रोधित थियो ।

चित्रा बनर्जी लेख्छिन्, “मुल्तानमा विद्रोह गर्न अरू राज्यलाई उक्साउँदै शेर सिंह अटारीवाला र उनका बुबा चतर सिंहले सेना बनाए अनि रामनगरमा अङ्ग्रेजहरूमाथि आक्रमण गरे। दोस्त मुहम्मदले आफ्ना छोराको नेतृत्वमा अफगान घोडचढीको एउटा फौज सहयोगका लागि पठाए ।”

पन्जाबले आफ्नो स्वतन्त्रता फिर्ता पाउने देखियो । तर, अङ्ग्रेजहरूले भारतभरिबाट सैनिक परिचालन गरेकाले र जम्मुका राजा गुलाब सिंहले फेरि विश्वासघात गरेकाले त्यो विजय सम्भव भएन ।

सिख सेनाले वीरतापूर्वक लड्यो । शेर सिंहका तीन घोडा लडाइँमा मारिए, सेनाको हतियार सकियो र अन्ततः अटारीवालाले आत्मसमर्पण गर्नुपर्‍यो । भाइ महाराज सिंहजस्ता धार्मिक नेताहरू पनि विद्रोहमा सहभागी भएको मानिसहरू ठान्छन् ।

यसमा हेनरी लरेन्स र तेज सिंहको हत्या गर्ने षड्यन्त्र पनि समावेश थियो । तर, गोप्य सूचना चुहिएका कारण त्यो योजना पूरा हुन सकेन । कपूरले लेखेका छन्, “पन्जाबमा अङ्ग्रेजहरूविरुद्धको प्रारम्भिक विद्रोहमा महारानी जिन्दको मस्तिष्क थियो योजना थियो भने भाइ महाराज सिंह त्यो लडाइँका आत्मा थिए । त्यस बेला ब्रिटिश सरकारले भाइ महाराज सिंहलाई गिरफ्तार गर्नको लागि उनको टाउकोको मूल्य एक लाख रुपैयाँ तोकेको थियो ।”

दलीप सिंहलाई सत्ताच्युत गरेर ब्रिटिशहरूले उनलाई लन्डन पठाइदिए

स्वतन्त्रताको पहिलो लडाइँ?

वरिष्ठ पत्रकार जगतार सिंह र गुरदर्शन सिंह बहियाले आफ्नो पुस्तक “कालापानी” मा पन्जाब वा पन्जाबसँग सम्बन्धित स्वतन्त्रता आन्दोलनको उल्लेख गरेका छन् । लेखकहरूले भाइ महाराज सिंहको नेतृत्वमा ब्रिटिश शासनविरुद्धको विद्रोहलाई जिन्द कौरको प्रयासमा भारतको स्वतन्त्रताको पहिलो सङ्घर्ष मान्छन् ।

उनीहरूले धेरै इतिहासकारहरूलाई उद्धृत गर्दै सन् १८४९ मा ब्रिटिश शासनविरुद्ध लडिएको युद्धलाई वर्तमान भारत, पाकिस्तान र बाङ्ग्लादेशको स्वतन्त्रताको पहिलो युद्ध भनेका छन् ।

“सन् १८५७ को विद्रोहलाई पहिलो स्वतन्त्रता सङ्ग्राम मान्नु बहसको विषय हो । पन्जाबसँग सम्बन्धित इतिहासकारहरूले सन्तोषजनक रूपमा दोस्रो अङ्ग्रेज-सिख युद्ध (सन् १८४९) लाई पहिलो स्वतन्त्रता सङ्ग्राम मानेका छन्।”

तर पन्जाबी र सिख इतिहासकारहरूको यो विचारलाई भारतमा राष्ट्रिय स्तरमा मान्यता दिइएको छैन् । भारतमा सन् १८५७ को विद्रोहलाई भारतको पहिलो स्वतन्त्रता सङ्ग्राम भनिन्छ ।

भागेर नेपाल गइन्

रणजीत सिंहको मृत्युपछि खालसा दरबारको सेनाले ब्रिटिश शासनविरुद्ध दुई पटक युद्ध गर्‍यो

जिन्द कौर साधवीको भेषमा चुनार जेलबाट भागेर शरण लिन नेपाल पुगिन् । नेपाल कहिल्यै ब्रिटिश साम्राज्यको उपनिवेश भएन । नेपालका तात्कालिक प्रधानमन्त्री जङ्गबहादुरले उनलाई आश्रय दिए । त्यसले भारत सरकारका लागि अप्ठ्यारो अवस्था उत्पन्न भयो ।

पृथ्वीपाल सिंह कपूरले लेखेका छन्: “नेपालमा बस्दा महारानी जिन्द कौरले पन्जाबका विद्रोही र इलाहाबादमा रहेका राजनीतिक बन्दीहरूसँग सम्पर्क गरिन् । उनी पन्जाबमा ब्रिटिश शक्तिलाई ध्वस्त पार्न चाहन्थिन् । उनले सबै सम्भावनाको फाइदा उठाउने प्रयास गरिन्, तर भाग्यले उनलाई साथ दिएन ।”

उनले नेपालबाट दलीप सिंहलाई पनि सम्पर्क गर्ने प्रयास गरिन् । त्यतिन्जेलसम्म रानीको जङ्गबहादुरसँगको सम्बन्ध बिग्रिएको थियो । उनको आँखाको ज्योति पनि कम हुँदै गएको थियो । अमृतसर र पटनामा रहेका आफ्ना चरहरूमार्फत् उनी दलीप सिंहसँग सम्पर्क स्थापित गर्न सफल भइन् ।

कपूरकाअनुसार, “सन् १८५७ को विद्रोह हुँदा जिन्द कौरले पन्जाबमा ब्रिटिश विद्रोहीहरूलाई पत्र लेखिन् अनि बनारस र इलाहाबादमा भारतीय रेजिमेन्टका कमान्डरहरूलाई सम्पर्क गर्दै ब्रिटिशहरूसँग भारतमा लड्न पर्याप्त सैनिकहरू नरहेको बताइन् । “

जिन्द कौरको ब्रिटिशविरोधी गतिविधिहरूबाट दिक्क ब्रिटिश शासकहरूले दलीप सिंहलाई अन्ततः सन् १८६० मा आफ्नी आमालाई इङ्ग्ल्यान्ड लैजाने अनुमति दिए । त्यस बेलासम्म दलीप सिंह पूर्णतः ब्रिटिश शैलीमा घुलमिल भइसकेका थिए ।

दलीप सिंहमा आएको परिवर्तन

दलीप सिंह फेरि सिख बने

ऐतिहासिक स्रोतहरूकाअनुसार आमा र छोरा (जिन्द र दलीप सिंह) को भेट सन् १८६१ को एप्रिलमा भयो । तर, दलीप सिंहले कपाल काटेको देखेपछि रानी निराश भइन् । सिमरन कौरले लेखेअनुसार आमा जिन्दले छोरालाई भेट्दा उनीहरूबीच तीन कुरा भए ।

सिमरन कौरले आफ्नो लेखमा जिन्दको प्रेरणामा दलीप सिंह फेरि सिख बने र अमृतपान गरे भन्ने दाबी गरेकी छिन् । इङ्ग्ल्यान्ड आए पनि दलीप सिंहलाई आमासँग भेट्न दिइँदैन थियो । यसैबीच जिन्द कौरको स्वास्थ्य बिग्रिँदै गयो ।

त्यसैले, दलीप सिंहले रानीलाई योर्कशरस्थित मल्ग्रेभ काशलमा ल्याउन प्रशासनसँग अनुमति मागे । उनले यो महल लर्ड नर्मन्डीसँग भाडामा लिएका थिए र उनले आफ्नी आमालाई त्यहाँ ल्याउने अनुमति पाए । त्यहाँ जिन्द कौरले सिख राज्यसँग भएका विश्वासघातका कथाहरू छोरालाई सुनाउने अवसर पाइन् ।

उनले आफ्ना छोरालाई ब्रिटिश भूमिमा आफ्नो अन्तिम संस्कार नगरियोस् भनेर निर्देशन दिइन् । सन् १८६३ मा इङ्ग्ल्यान्डमा उनको मृत्यु भयो । आमाको इच्छानुसार दलीप सिंह उनको शव लिएर भारत फर्किए । तर, सरकारले उनलाई पन्जाब जाने अनुमति दिएन ।

त्यसैले उनको अन्तिम संस्कार नासिकको गोदावरी नदीको किनारमा गरियो । त्यहाँ एउटा सानो समाधिस्थल पनि निर्माण गरियो । पछि दलीप सिंहकी छोरी राजकुमारी बम्बाले त्यहाँबाट आफ्नी हजुरआमाको अस्थि निकालेर उनका पति रणजीत सिंहको समाधिमा राख्न लगिन् । जिन्द कौरको समाधि पहिले मुम्बई र पछि लाहोरमा बनाइएको भए पनि पन्जाबको इतिहासमा उनी एक महत्त्वपूर्ण पात्र हुन् । उनलाई सधैँ एक नायिकाका रुपमा स्मरण गरिन्छ । बीबीसीबाट

Share5Tweet3Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?
इतिहास/संस्कृति

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न
कला र साहित्य

कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

मंसिर १६, २०८२
सिकरुम : दुख्छ ? दुख्यो यार !
कला र साहित्य

सिकरुम : दुख्छ ? दुख्यो यार !

असार १०, २०८२
साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न
कला र साहित्य

साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

चैत्र ३०, २०८१
Load More
Next Post
थारू महिलाहरूको पर्व- अष्टिम्की

थारू महिलाहरूको पर्व- अष्टिम्की

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions