English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

राष्ट्र निर्माण अभियानको उद्गम स्थल ‘मैधी’

टुरशाला by टुरशाला
माघ २२, २०८०
in इतिहास/संस्कृति, धार्मिक पर्यटन र तीर्थस्थलहरू
A A
0
44
SHARES
  • स्व. विष्णु प्रताप शाह

दिव्योपदेशका अनुसार नेपाल एकीकरणबारे मैधीकै सभामा पहिलो विचार विमर्श भएको थियो । यस ऐतिहासिक क्षणको साक्षी बस्ने सौभाग्य राजधानीबाट टाढा बूढीगण्डकीको पूर्वमा अवस्थित मैधीले पायो भने यही सौभाग्यबाट सदर गोर्खा ठगियो ।

नेपालका विभिन्न ऐतिहासिक स्थलहरू मध्ये गोरखा सबैभन्दा विशिष्ट स्थान रहेको छ । यसै ठाउँमा राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको जन्म भयो तथा यसै राज्यले राष्ट्रनिर्माणमा ठूलो भूमिका खेल्यो । यसैकारण यो ठाउँ सम्पूर्ण नेपालीको श्रद्धा र आकर्षणको केन्द्र रहेको छ । आफूलाई नेपाली हुँ भनी गर्व लिने कुनै पनि नेपाली यो ठाउँसित परिचित छन् । 

राष्ट्रनिर्माणको समयमा विभिन्न भूमिका रहेको अनगिन्ती ऐतिहासिक स्थलहरू देशभरि छन् । तर ती स्थानहरूबारे हामीलाई कमै थाहा छ । इतिहासका मूल विषयहरूमा नै अनुसन्धान गर्न र विवाद टुङ्गो लगाउन बाँकी रहेको आजको इतिहास उखानको अवस्थामा पश्चिमका विकसित समाजमा जस्तै स–साना ऐतिहासिक व्यक्तित्व र स्थलहरूको पनि नालीबेली खोजिरहन सम्भव पनि छैन । साधन पनि छैन । तैपनि यस्ता ऐतिहासिक स्थलहरूको चिनारी गराइरहने प्रयास भने भइरहनुपर्ने देखिन्छ । जसबाट यस सम्बन्धमा भविष्यमा अझबढी खोज हुन सकोस् । 

यस क्रममा एउटा अपरिचित तर ज्यादै महत्त्वपूर्ण ऐतिहासिक स्थलको सम्झना आउँछ । त्यो हो, बागमती प्रदेशको धादिङ जिल्लाको ज्वालामूखी गाउँपालिका वडा नम्बर ३ मा पर्ने ऐतिहासिक गाउँ- मैधी । पुरानो नाम मैधी भएको तर जनजिब्रोको अनुसरण गर्दै लेखापढीमा ‘मैदी’ पनि भनिन थालिएको छ । यो गाउँबारे पनि नेपालीहरू परिचित हुनुपर्नेमा स्वयं धादिङवासी अझ भनूँ भने सोही गाउँवासीहरू पनि यसको ऐतिहासिकतासित परिचित भएको पाइँदैन । यस लेखमा उक्त गाउँको सामान्य ऐतिहासिक चिनारी गराउने जमर्को गरिएको छ ।

पृथ्वीनारायण शाहको व्रतबन्धस्थल ‘मैधीकोट’, तस्बीर: प्रेम बास्तोला
लेखक: विष्णुप्रताप शाह

धादिङ जिल्लाका पश्चिममा गोर्खा जिल्लालाई धादिङबाट अलग पार्दै बगेकी बुढीगण्डकीको किनारमा अवस्थित एउटा गाउँको नाम हो- मैधी (मैदी) । करिब चार, साढे चार हजार फिटको उँचाइमा रहेको मैधी ग्रामीणहरूको जीवनस्तर, कृषि उत्पादकत्व तथा जीवन शैलीको दृष्टिले जिल्लाका बाँकी पालिकाहरूभन्दा विशेष फरक छैन । तर ऐतिहासिक महत्वको दृष्टिले हेर्ने हो भने यो गाउँले धादिङ जिल्लामा आफ्नो माटोमात्र होइन, सम्पूर्ण अधिराज्यभरि नै विशेष महत्त्व राख्दछ भन्नुमा अत्युक्ति हुनेछैन । 

नेपालको इतिहासमा यो ठाउँको नाम कम्तीमा पनि चार पटक उल्लेख भएको पाइन्छ । पहिलो उल्लेख राम शाहको राज्य विस्तार क्रममा भएको छ, जब उनले यसलाई गोर्खा राज्यमा मिलाए । दोस्रो प्रसङ्ग त्यसबेला आउँछ जब आपसी गृह कलहको सन्दर्भमा  पृथ्वीपति शाहका छोराहरू मध्ये एक छोरा दलु शाह यसै गाउँमा निर्वासित हुन्छन् । तेस्रो पटक यो ठाउँको नाउँ राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको व्रतबन्धको सिलसिलामा आउँछ । चौथो पटकमा स्वयं पृथ्वीनारायण शाहले नै यस ठाउँको नाम उल्लेख गर्दछन् जब काठमाडौं उपत्यका विजय गर्ने अभिलाषा यसै ठाउँमा सर्वप्रथम आफ्ना भारदारहरूको अगाडि प्रकट गरेको कुरा उनी दिव्य उपदेशमा बताउँछन् ।

मकवानपुरमा ससुरालीसित मनमुटाब भई गोर्खा फर्कँदा चन्द्रागिरिबाट सर्वप्रथम नेपाल खाल्डो देखेको र यसलाई हात पार्ने अभिलाषा जागृत भएको कुरा दिव्य उपदेशमा उल्लिखित छन् । सो उल्लेख गरिसकेपछि पृथ्वीनारायण शाह अगाडि बताउँछन्- “थांकोटको ठूलो भञ्ज्याङ काटि रात दिन गरी कल्हारिघाट तरी धादिङ उक्लेर चेप्याको षावा लिग्लीग्को आड गरी राषेका मेरा तिन बीर छन् तिनलाई बोलाहाटको रुका लेखन जैसि भन्दा तिनको नाउँ के–के हो भनि सुध्याया र रणजित् वस्नात् मानसिं रोकाहा वीरभद्र पाठक् मैधीमा रातदिन गरि आइपुक भनि लेषि पठायां र आईपुगे र तिनछेउ यकान्त गर्या र भने दिकबन्दसेनसित हाक दि आयां नेपाल पनि देषि आयां हान्नाको मनसुवा पनि राषी आयां तिमीहरु क्या भन्छौ भनि मैले भन्दा हान्नुहवस् माहाराजा भनेर सल्लाह दियां ….”

उपत्यका विजयको विचार चन्द्रागिरिको भन्ज्याङमा प्रादुर्भाव भइसकेको भए तापनि कार्ययोजनाको रूपमा सर्वप्रथम मैधीकै सभामा पहिलो विचार विमर्श भएको थियो भन्ने कुरा दिव्य सन्देशका उक्त वाक्यले बताउँछन् । यसैले मैधीलाई नै नेपाल एकीकरण अभियानको बीजारोपण थलो मान्न सकिन्छ । यो ठाउँमा भएको बीजारोपणले यस्ता अङ्कुरलाई जन्म दियो जसले पछि झ्याङ्गिँदै र हाँगिँदै विशाल वटवृक्षको रूपमा आज पनि हामी करिब तीन करोड नेपालीलाई शीतल छहारी दिइरहेछ । यो लेखको मूल विषय यत्ति हो ।

मैधीकोटबाट देखिएको भ्यालहटिया एवं सार्कीगाउँ, तस्बीर: प्रेम बास्तोला

झट्ट पढ्दा यस लेखको विषय माथि नै टुङ्गिइसकिएको जस्तो लाग्दछ तापनि इतिहासको सूक्ष्म अध्ययन गर्न चाहनेहरूको जिज्ञासा यत्तिमै टुङ्गिँदैन । पृथ्वीनारायण शाहले उपत्यका विजयको आफ्नो अभिलाषा प्रकट गर्न यसै ठाउँलाई नै किन रोजे ? यो ठाउँको महत्त्व के थियो ? दलु शाहको निर्वासनस्थल तथा उनको आफ्नै व्रतबन्ध स्थल हुनुसित यो छनोटको केही सम्बन्ध छ कि ? इत्यादि । अगाडिका पङ्क्तिहरूमा लेखकले यही प्रश्नहरूको एक साथ उत्तर खोज्ने प्रयत्न गरेको छ ।

गोर्खा राज्यको उपत्यकाभित्र पाटनसित राम्रो सम्बन्ध भएको कुरा इतिहासले बताएको छ । राम शाह र सिद्धिनरसिंह मल्लका बीच भएको सुमधुर सम्बन्ध यसको पराकाष्ठा मान्न सकिन्छ । दुई राज्यका बीच हुने सुमधुर सम्बन्धले एक–अर्काको राज्यमा नागरिकहरूको आवागमनलाई प्रोत्साहन दिने हुनाले गोर्खा-पाटनबिच आवागमन प्रशस्त हुने गर्दथ्यो भनी अनुमान गर्न सकिन्छ । त्यसबेला नुवाकोट कान्तिपुर राज्य अन्तर्गत पर्ने र कान्तिपुरसित सम्बन्ध राम्रो नहुँदा गोर्खालीहरूले पाटन वा काठमाडौं आउन उपत्यका विजयपछिको समयमा जस्तो नुवाकोटको बाटो प्रयोग गर्दैनथे । फेरि पाटन र गोर्खाको प्रत्यक्ष सीमा लामिडाँडामा जोडिएको हुँदा पनि दुवै थरिलाई नुवाकोटको बाटो प्रयोग गर्नु आवश्यक थिएन । तसर्थ त्यसबेला गोर्खालीहरू काठमाडौं उपत्यका आउँदा बुंङ्कोटघाट तरेर मैधी हुँदै धादिङको बाटो कल्लेरीघाटबाट तर्थे र लामिडाँडाको बाटो ललितपुर उत्रिन्थे । प्रधानमन्त्री भीमसेन थापाले गोर्खा र मैधीको बिचमा पर्ने, बुंङ्कोटघाटमा विशाल मन्दिर तथा पाटीपौवाको निर्माण गराएका र त्यसका निमित्त गुठी राखेकाले पनि त्यसबेला यो बाटोको महत्त्व झल्कन्छ । 

भीमसेन थापाले बनाएका बुंङ्कोटघाट सत्तल, तस्बीर: राजु झल्लु प्रसाद

बुंङ्कोटघाट तरेपछि बूढीगण्डकी किनार हुँदै पिपलटारबाट मैधी पुग्ने र मैधीबाट पूर्व धादिङतर्फ लाग्ने मूलबाटोको ठाउँ ठाउँमा पाइने प्रशस्त इँट झिण्टीका टुक्राहरूले कुनै जमानामा यो निकै चल्तीको बाटो थियो भन्ने पुष्टि गर्दछ । मैधीमा मूलबाटोको छेउमा तेलिया इँट प्रयोगै भएको एक भत्केको पाटीको बाल्यकालीन सम्झना यो लेखकलाई अझै छ । यो गाउँबेसी गर्ने स्थानीय बाटो मात्र भएको भए यस प्रकारको खर्चिलो निर्माण हुने थिएन होला । गोर्खा पनि लिच्छवी शासन अन्तर्गत परेको र लामिडाँडामा पर्ने जीवनपुरमा लिच्छविकालीन बस्ती भएको ऐतिहासिक तथ्यले पनि यो बाटो प्राचीनकालदेखि नै गोर्खा र काठमाडौं उपत्यकाबिचको मूल बाटो थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ । मैधीबाट लामिडाँडा आउँदा बिचमा त्रिशूलीको कल्लेरीघाट हालको गल्छीनिर तर्नु पर्दथ्यो जसको उल्लेख पृथ्वीले दिव्य उपदेशमा गरेका थिए ।

काठमाडौँ उपत्यका र गोर्खाबिचको मूलबाटोमा पर्ने गाउँहरूमध्ये लेकाली उचाई तथा भीरपहरा नभएको एक मनोरम थलो भएको कारणले होला मैधीले विशेष स्थान ओगटेको अनुमान छ । गोर्खाली राजा पृथ्वीपति शाहको उत्तराधिकारीको प्रश्नलाई लिएर भएको गृहकलहमा उनैका छोरा दलु शाह यही ठाउँमा निर्वासित भएका र पछि मिश्र गुरुहरूलाई पनि यसैसित जोडिएको सलाङमा निर्वासित गरिएको कुरा बाबुराम आचार्य लिखित ‘श्री ५ पृथ्वीनारायण शाहको जीवनी’मा उल्लेख छ । यसबाट यस ठाउँले गोर्खा दरबारको ध्यानाकर्षण गराइसकेको प्रतीत हुन्छ । 

मैधीकोट मन्दिर परिसर

मैधीकोट भनिने यस गाउँको सबैभन्दा उच्च स्थानमा थुप्रै कोठाको भएको तथा वरपरका घरहरूको तुलनामा निकै नै विशाल देखिने एउटा घुमाउने गोल घर भएको र यसलाई बुढापाकाहरूले ‘दलु शाहको दरबार’ पनि भन्ने गरेको यी पङ्क्तिको लेखकलाई सम्झना छ । तर सर्वसाधारणको दृष्टिमा यो भगवतीको मन्दिरको रूपमा प्रचलित छ । यसैको भित्री भागको एक कोठामा भगवतीको स्थापना भएको थियो । भगवतीको बडादशैं र चैतेदशैंमा आजसम्म पनि चलिरहेको पूजाविधि र समारोहको शैली हेर्दा गोर्खा कालिकाको पूजाविधी र समारोहको शैलीको लघुरुप जस्तो देखिन्छ । यसको निमित्त  नरभूपाल शाहले गुठी पनि राखिदिएका छन् जसको सञ्चालन लेखकको परिवारबाटै भइरहेको छ (हाल मैधीकोट खड्गदेवी संरक्षण समिति) । यो भगवती दलु शाहको पारिवारिक देवी भएको र उनी जीवित रहुन्जेल नित्य तथा दशैंको पूजा उनीबाटै निजी रूपमा चलिरहेको र उनको मृत्युपछि (उनका सन्तान नहुनाले) उनैका भतिजा  नरभूपाल शाहले पूजाआजाको निमित्त गुठी राखिदिएको बूढापाकाको भनाइ छ । यसपछि यो दरबार भगवती मन्दिरको रूपमा परिचित हुँदै गएको हुन सक्छ ।  यसै दरबारमा पछि मन्दिर रहेको स्थानमा नै  पृथ्वीनारायण शाहको व्रतबन्ध भएको हो । राजकाजी कारणबाट उत्पन्न बाध्यता, गुरुखलकको सन्निकटता, दरबारको रूपमा आवासीय सुविधा र ठाउँको मनोहरताले गर्दा नै पृथ्वीनारायण शाहको व्रतबन्धस्थल हुने सौभाग्य मैधीले पाएको हुनुपर्छ । काठमाडौं उपत्यकातर्फ आवतजावत गर्दा गोर्खा राजपरिवार वा भारदारहरू यो ठाउँमा केही दिन मुकाम गरेर अगाडि बढ्ने प्रचलन रहेको पनि अनुमान गर्न सकिन्छ ।

अतिक्रमको चपेटामा परेको पौवा वन क्षेत्रमा रहेको यस स्थलमा एकीकरणको पहिलो सल्लाह भएको विश्वास गरिन्छ, तस्बीर: प्रेम बास्तोला

पाठकलाई झर्को लाग्न सक्ने खतरालाई झेलेर पनि माथिका पङ्क्तिहरू लेख्नुको उद्देश्य चन्द्रागिरिमा पृथ्वीनारायण शाहको मनमा काठमाडौँ उपत्यका विजय गर्ने महत्त्वाकाङ्क्षा उत्पन्न भएपछि सो कुरामा पहिलो छलफल गर्न किन बीच बाटोमा पर्ने मैधीलाई नै रोजे भन्ने प्रश्नको उत्तर दिने पृष्ठभूमि तयार पार्नु हो । पृथ्वीनारायण शाह विजिगीषु प्रवृत्ति (जित्न इच्छुक) का र महत्त्वाकाङ्क्षी स्वभावका थिए भन्ने कुरा ऐतिहासिक तथ्य हो ।  चन्द्रागिरिको शिखरबाट काठमाडौं उपत्यका देखेपछि उनीभित्रको विजिगीषु प्रवृत्ति जागृत भई महत्त्वाकाङ्क्षा रूप लिइसकेको थियो । उनी हतारिएका थिए ।  उनको हतार गर्ने स्वभाव कीर्तिपुरको लडाइँमा पनि देखिएको हो । काकाबाजेले स्थापना गरेको र पिताले गुठी राखिदिएको भगवतीको दर्शन गर्न, काका बाजेसँग भेटघाट गरी आशीर्वाद लिन र चलिआएको चलन अनुसार उनी त्यहाँ केही दिन मुकाम गरेर बसेको र चन्द्रागिरिको शिखरमा पैदा भएको महत्त्वाकाङ्क्षाले उनीलाई गोर्खा पुगुन्जेलसम्म पर्खने धैर्य नदिएकाले आतुर हुँदै मुकामकै अवधिमा भारदारहरूलाई त्यहाँ बोलाई आफ्नो भाव पोखिहालेको र योजना शुरु गरिहालेको हुन सक्दछ । जुनसुकै कारणले किन नहोस् परिणामतः यो ऐतिहासिक क्षणको साक्षी बस्ने सौभाग्य राजधानीबाट टाढा बूढीगण्डकीको पूर्वमा अवस्थित मैधीले पायो भने यही सौभाग्यबाट सदर गोर्खा ठगियो । यस प्रकार मैधी गाउँ धादिङ जिल्लाको मात्र होइन, अधिराज्यकै एक प्रमुख ऐतिहासिक स्थल हुन पुग्यो ।

पौवा वन क्षेत्रमा मिल्किएका इँटाहरू, तस्बीर: प्रेम बास्तोला

अतीतको बयान गरेपछि यो गाउँको वर्तमानबारे पनि केही चर्चा गर्नु अप्रासङ्गिक हुने छैन । यस गाउँ जिल्लाको सबैभन्दा ठूला र मनोरम बस्तीहरूमध्ये एक हो । यहाँको मैधीकोटमा प्रसिद्ध भगवतीको मन्दिर छ, जसको नित्य पूजाको अतिरिक्त ठूलो दशैं र चैते दशैंमा विधिवत् भव्यपूजा र बलिको निमित्त राजगुठीको व्यवस्था छ । यहाँ दुई माध्यमिक विद्यालय, स्वास्थ्य केन्द्र, इलाका हुलाक, प्रहरी चौकीका अतिरिक्त साना किसान आयोजनाको कार्यालय पनि छ । ब्राह्मण, क्षेत्री र मगरहरूको यस ठाउँमा बाहुल्य छ भने दमाई र कामी जातिको बसोबास पत्ति प्रशस्तै छ । गोर्खाली राजा पृथ्वीपति शाहका एक छोरा राजकुमार चन्द्ररुप शाहका वंशज तथा कोतपर्वभन्दा पहिलेका प्रधानमन्त्री पुष्कर शाहका (उनका छोराहरू कोतपर्वमा ज्यान जोगाउन यस ठाउँमा लुक्न आएका) सन्ततिहरू पछि यसै ठाउँमा बसोबास गरिरहेछन् । यस्तो ऐतिहासिक महत्त्व र पर्यटन स्थलको सम्भावनालाई बोकेर बसेको यस ठाउँको समुचित विकासतर्फ  सरोकार निकायहरूले ध्यान दिन आवश्यक छ ।

(स्व. विष्णु प्रताप शाहले लेख्नु भएको प्रस्तुत लेख मैधीको अमूल्य सम्पत्ति ठानी गोरखापत्र (२०४६ साल चैत्र १८ गतेको शनिबार परिशिष्टाङ्क) बाट साभार गरिएको हो । यो लेखका केही अंशहरू देशको हालको संरचनाअनुसार भाव र तथ्य नबिग्रने गरि सम्पादन गरिएको छ । यस लेख ‘गोरखापत्रका एकसय एक निबन्ध’ एवं आफ्नो माटो, स्मारिका- ३ मा समेत सङ्ग्रहीत छ ।)

थप तस्बीरहरू:

मैधीकोट परिसरमा रहेको कोतघरको यस भग्नावशेषलाई हाल माटोमा मिलाइएको छ, राम शाहसँग सम्बन्धित यस कोतलाई यथासक्य शिघ्र उठाउन जरुरी छ
मैधीकोटमा रहेको यस डुडले यहाँ दलु शाहको दरबार रहेको एवं उनीसँग घोडा भएको संकेत गर्दछ
फुलको डोली, मैधीकोट
Share18Tweet11Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?
इतिहास/संस्कृति

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न
कला र साहित्य

कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

मंसिर १६, २०८२
सिकरुम : दुख्छ ? दुख्यो यार !
कला र साहित्य

सिकरुम : दुख्छ ? दुख्यो यार !

असार १०, २०८२
साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न
कला र साहित्य

साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

चैत्र ३०, २०८१
Load More
Next Post
सालको रुख काट्दा रगत निस्केको ‘बसाह ढोला मण्डलीमाई’ : एक चर्चा

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions