काठमाडौंः नयाँ गन्तव्यहरुको खोजि र अनुसन्धान गरी नेपालको पर्वतिय पर्यटनलाई अन्तर्राष्ट्रिय रुपमा वजारीकरण गर्न जोड दिने संघको नीति अनुरुप ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले चालु आर्थिक बर्षका लागि २९ वटा प्रस्तावित कार्यहरु अघि सारेको छ ।
यहि असोज १४ गते काठमाडौंमा सम्पन्न टानको ४५ औं बार्षिक साधारणसभामा टानका महासचिव बिनोद सापकोटाले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै टानले चालु आर्थिक बर्ष २९ प्रस्तावित कार्यहरु सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेका टानका महत्वपूर्ण प्रस्तावित कार्ययोजनाहरु यस प्रकार छन्ः
१. जुन ५ का दिन विश्व वातावरण दिवसको अवसरमा पर्यावरणीय तथा जनचेतनामुलक विविध कार्यक्रमहरुको आयोजना गरिनेछ । साथै यस आवसरमा नेपाल सरकारद्वारा आयोजना गरिने कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाइनेछ ।
२. मे २९ अर्थात १७ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको आवसरमा नेपाल सरकारद्वारा आयोजना गरिने गतिविधिहरुमा संघको सक्रिय सहभागिता रहनेछ । साथै संघको ४६ औं वर्ष गाँठको अवसरमा विविध कार्यक्रमहरुको आयोजना गरि मनाइने छ ।
३. यस संघले वार्षिक रुपमा सञ्चालन गर्दै आएका कार्यक्रमहरु लगायत संघको ४६ औं वार्षिक साधारणसभा एवं निर्वाचन कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
४. डिजिटल प्रविधिको उच्चतम प्रयोग गर्दै टानको फेसबुक, यूट्यूब, वेवसाईट र अन्य समाजिक सञ्जालको प्रयोग गरि टानका सूचनाहरु सम्प्रेषण गर्ने र आयोजना गरिएका गतिविधिलाई प्रचार प्रसार गराउने कार्य युद्वस्तरमा कार्यन्वयन गरिनेछ ।


५. टानबाट प्रकाशन गरीने इन्यूज, बुलेटिन, डाइरी, मेम्बर डाइरेक्टरी प्रकाशन कार्यलाई पुर्नस्थापना एवं निरन्तरता दिइनेछ ।
६.नाम चलेका तथा सबै लोकप्रिय पदयात्रा मार्गहरुका साथै थप घोषणा गर्ने गरी नयाँ नयाँ पदयात्रा मार्गहरुको फोटो अंकित उच्च गुणस्तरको कफिटेबल बुकका रुपमा Promotional Trail Book of Nepal प्रकाशन गरिनेछ ।
७. गाईड तालिम तथा पोर्टर गाईड तालिमलाई निरन्तरता दिइनेछ । Digital training, skill development training, लगायतका तालिमहरु सञ्चालन गरिनेछन्।
८. ट्रेकिंग गाइडहरुका लागि पुर्नताजगी गाईड तालिमको पाठयक्रम तयार गर्न बागमती प्रदेश सरकारसंग सहकार्य गरि कार्य गरिनेछ ।
९. शाहसिक खेलको माध्यमद्वारा समग्र पर्वतीय पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने हेतुले विगतमा आयोजना गरिदै आएका कार्यक्रमहरु, ईको च्यालेन्ज, म्याराथन, साईकिलिङ्ग रेस जस्ता खेलहरुको आयोजनामा सहकार्य र साझेदारी गरिनेछ ।
१०.काठमाडौं उपत्यका वरपरका डाँडाका धारहरु (Rims)लाई जोडेर नेपाल मण्डला सर्किट ट्रेल Nepal Mandala Circuit Trail को विकास प्याकेजिङ र प्रवद्र्धन गर्नका लागि २५ भन्दा बढि स्थानीय सरकारहरु, संघीय मन्त्रालय, प्रदेश मन्त्रालय तथा नेपाल पर्यटन बोर्डसंग सहकार्य गरी अगाडि बिभिन्न क्रियाकलापहरु अगाडि बढाइनेछ ।
११. टानको नेतृत्वमा र नेपाल पर्यटन बोर्डको सहयोग एवं अन्य पर्यटन एसोसिएसनहरु संगको सहकार्यमा नेपाल एड्भेन्चर ट्राभल मार्ट (Adventure Travel Mart) को आयोजना गरिनेछ ।
१२. टानको विश्वसनीय अन्तर्राष्ट्रिय स्तरमा नै बढाउनको लागि शीघ्र नै टानलाई Wikipedia मा सूचित गरिनेछ ।
१३.यूरोप र अमेरिकी बजारमा गरिने पर्यटन प्रवद्र्धनलाई निरन्तरता दिंदै एशियाका प्रमुख बजारहरु चीन, भारत, वंगलादेश लगायतका देशहरुमा अयोजना गरिने पर्यटन मेला, मार्ट, सो आदिमा टानको नेतृत्वमा सदस्य कम्पनीहरुलाई अझ बढी सहभागीता गराईनेछ ।
१४. नयाँ नयाँ पदयात्रा मार्गहरुको खोज, अनुसन्धान र सम्भाव्यताको अध्ययन गरी NTB लगायत अन्य सम्भाव्य संस्थाहरुसँग सहकार्य गरी ट्रेकिङ कम्पनीहरुका प्रतिनिधिहरु, पत्रकारहरु लगायत अन्य सरोकारवाला समेतलाई समावेश गरीFAM Trip को कार्यक्रमहरु आयोजना गरिनेछ ।
१५. सचिवालयका सबै सदस्यहरुलाई सदस्यता नम्बर र फोटो सहितको टान ID card उपलब्ध गराईने छ ।
१६. कर्मचारीहरुलाई समयानुकूल आ—आफ्नो पद अनुसारको क्षमता अभिवृद्धि तालिमको व्यवस्था गरिनेछ ।
१७. नेपाल पर्यटन बोर्ड, मन्त्रालहरु, स्थानीय सरकारहरुसंग समन्वय गरी १४ वटा प्रमुख पदयात्राका गन्तव्य क्षेत्रहरुमा टिम्सको चेकपोस्ट स्थापनाको लागि पर्यटन मन्त्रालय तथा नेपाल पर्यटन बोर्डमा पहल गरिनेछ ।
१८. ‘बौद्ध हिमाल– हिमाल चुली ग्रेट लेक सर्किट ट्रेलको बाँकी कामहरु सम्पन्न गरी सन्२०२४ को जनवरी १ मा सो ट्रेलको विधिवत रुपमा प्रवद्र्धनात्मक लञ्चिङ गरिनेछ ।
१९. हालै खोज अनुसन्धान गरिसकिएका ३ बटा नयाँ गन्तव्यहरु (चौरीदेउराली, बुद्ध हिमाल हिमचुली ग्रेट लेक सर्किट ट्रेल र एभरेष्ट दुधकोशी सांस्कृतिक मार्गको सि.डि, म्याम्प प्रकाशन गरि सदस्य कम्पनीहरुमा तथा विभिन्न विदेशमा आयोजना गरिने मेलाहरुमा वितरण गरिने छ ।


२०. छोटिँदै गइरहेको एभरेष्ट वेसक्याम्प पदयात्रा मार्गको गरिमालाई कायमै राख्नका लागि स्वर्गीय सर एड्मण्ड हिलारी ले प्रयोग गर्नु भएको ऐतिहासिक मार्ग लाई पच्छाउँदै रामेछापको गुमदेल तथा क्यामा सोलुखुम्बुको हुँदै घीउ ढुंगा, दुधकुण्ड–टाटे –फाक्दिन हुदै खुम्बु प्रवेश गर्ने बैकल्पिक पदयात्रा मार्ग खोजी गरि प्रवद्र्धन गर्ने कार्य यस वर्षको प्रमुख प्राथमिकतामा राखिएको छ ।
२१. UNDP / STLRP अन्तर्गत सञ्चालन हुने कार्यक्रमको वजेट प्रयोग गरी टान केन्द्रीय सचिवालयलाई Degetally Transform गरी सदस्य कम्पनीहरु तथा अन्य साझेदारहरुले सहज रुपमा पर्वतीय पर्यटन सम्बन्धी सूचना एवम्सेवा पाउने अवस्थाको सृजना गरिनेछ ।
२२. यसैगरी UNDP र STLRP अन्तर्गतको वजेटबाट थप ६ वटा पदयात्रा मार्गको अन्वेषण तथा प्रवद्र्धन गर्ने, पर्वतीय पर्यटन क्षेत्रमा संलग्न व्यवसायी तथा मानव संशाधनको क्षमता अभिवृद्धि गर्ने, पदयात्रा मार्गलाई डिजिटलाइज गर्नेलगायतका कार्यक्रमहरु सञ्चालन गरिनेछन्।
२३. पर्वतीय पर्यटनको दिगोपना सुनिश्चित गर्ने पर्वतीय पर्यटनलाई थप प्रतिस्पर्धी बनाउने र पर्यटनलाई स्थानीय समुदायको जीवनस्तरसँग जोडी जलवायु परिवर्तनका असर, जैविक विविधता एवं सांस्कृतिक सम्पदा संरक्षणका चुनौतीहरुको समाधानार्थ पर्यटनको प्रवद्र्धन गर्नका लागि USAIDअन्तर्गत सञ्चालित USAID Biodiversity लगायतका परियोजनाहरुसँग सहकार्य र साझेदारी गरिनेछ ।
२४. करको दायरा नबढाइएको कारण दुर्गम क्षेत्रको पदयात्रामा करयोग्य बील बिजक जारी हुने अवस्था छैन । समान ढुवानी तथा भरिया कामदारहरुलाई गरिने भुक्तानी सम्बन्धी नीतिगत व्यवस्था अत्यन्त अव्यवहारिक छ । यसर्थ यसबारेमा सम्बन्धित सरकारी निकायहरुसंग समन्वय गरी समस्या समाधान गरिनेछ ।
२५. पदयात्रासंग सम्बन्धित अनुमति पत्रहरुको झन्झटपूर्ण व्यवस्थालाई अन्त्य गरी पर्यटनमैत्री एकद्वार प्रणाली मार्फत व्यवस्था गर्न प्रभावकारी पहल गरिनेछ ।
२६.प्राकृतिक विपदजन्य असुरक्षाबाट पदयात्री तथा कामदारहरुलाई जोगाउन हिमाली क्षेत्रको मौसम सम्बन्धी अग्रिम सूचना व्यवस्थापनको लागि प्रभावकारी उपाय अवलम्बन गरिनेछ ।
२७. नेपालको पर्वतीय पर्यटनलाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रभावकारी प्रवद्र्धन गर्न साहसिक पर्यटन क्षेत्रमा अन्तराष्ट्रिय रुपले क्रियाशील एड्भेन्चर ट्राभल–टे«ड एशोसिएसन (आटा) संग सम्पर्क समन्वय गर्दै नेपालभित्रै एड्भेन्चर ट्राभल मार्ट (एटिएम) को आयोजना गर्न प्रयास गरिनेछ ।
२८. नेपालको पर्वतीय पर्यटनसँग सम्बन्धित प्रविधिमैत्री बृहत संरचना तथा जानकारी सम्प्रेषण गर्न टानको मिडिया सेन्टरलाई व्यवस्थित बनाईनेछ । पर्वतीय पर्यटनसंग सम्बन्धित महत्वपूर्ण दृश्य, तस्विर, सूचना पदयात्रा क्षेत्रको पछिल्लो जानकारी तथा तथ्याङ्क अभिलेखालयको रुपमा इ– लाइब्रेरीको विकास गरिनेछ ।
२९. अग्रजहरुको अनुभव तथा मार्गनिर्देशनद्घारा पर्वतीय पर्यटनको विकास र टानको प्रभावकारीतामा महत्वपूर्ण योगदान पुग्ने भएकोले हालसम्मका पूर्व अध्यक्षहरु रहने गरी टान पूर्व अध्यक्षहरुको परिषद (टान पीपी काउन्सिल) को गठन गरिनेछ ।



























































Discussion about this post