काठमाडौं: नेपालले विश्व साइक्लिङ च्याम्पियनसीपमा सहभागीटा जनाउने भएको छ । नेपाल यस्तो विश्व साइक्लिङ च्याम्पियनसीपमा पहिलोपटक सहभागी हुन लागेको हो ।
स्कटल्यान्डको ग्लास्गोमा यही साउन १७ देखि २८ गतेसम्म हुने प्रतियोगितामा समान एक–एक पुरुष/महिला खेलाडी नेपालको तर्फबाट प्रस्तुत हुनेछन् । पुरुषमा सुरज राना मगर तथा महिलामा उषा खनालले एउटै स्पर्धा एमटिबी क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्नेछन् ।
दुवै खेलाडी १९औँ एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । उषाले १३औँ दक्षिण एसियाली खेलकुदमा एमटिबी क्रस कन्ट्रीमै रजत जितेकी थिइन् । त्यस्तै, टोली व्यवस्थापकमा नेपाल साइक्लिङ सङ्घका महासचिव रञ्जन राजभण्डारी रहेका छन् ।
टोली आइतबार स्कटल्यान्ड प्रस्थान गर्नेछ । सहभागी टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आज आयोजित कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन् ।



























































Discussion about this post