काठमाडौं: आगामी सेप्टेम्बरबाट पारो-काठमाडौं-दिल्ली पुनः उडान हुने भएको छ । भुटानको ध्वजावाहक वायुसेवा कम्पनी रोयल भुटान एयरलाइन्सले आगामी सेप्टेम्बरबाट पारो-काठमाडौं-दिल्ली पुनः उडान गर्ने भएको हो ।
उक्त एयरलाइन्सले सातामा ४ वटा उडान गर्ने योजना रहेको आधिकारिक जेनरल सेल्स एजेन्ट सोसाइटी इन्टरनेसनलले जनाएको छ । ‘फिफ्थ फ्रिडम फ्लाइटअन्तर्गत उडान पुनः सुरु गर्न लागेका हौँ । केही दिनमै हामी टिकट बुकिङ सुरु गर्ने योजनामा छौँ’, कम्पनीका एक प्रतिनिधिले भने ।
कोभिडका कारण उक्त एयरलाइन्सले उडान गर्ने कार्यलाई रोकेको थियो । यात्रुको मागका कारण पुन: सुरु गर्न लागेको कम्पनीले जनाएको छ । एयरलाइन्सले कोभिडअघि पनि यो रुटमा सातामा ४ उडान गर्दै आएको थियो ।



























































Discussion about this post