स्मृति लामा
कलेज लाइफदेखि नै वाइल्ड लाइफ मन पर्ने भएकोले जागिर पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्तर्गत नेपालकै सबैभन्दा जेठो र विश्व सम्पदामा सूचिकृत चितवन राष्ट्रिय निकुञ्जबाट नै सुरु गर्ने सुनौलो मौका मिल्यो । चितवन राष्ट्रिय निकुञ्जमा जागिर जीवन सुरु गरेपछि गैँडा, बाघ, जंगली हात्ती, गौर, डल्फिन, मगर गोही, घडियाल गोही आदि जंगली जनावर साथै सयौँ चराहरूलाई नजिकबाट देख्ने एवम् महसुस गर्न अवसरहरू पाएँ ।
चितवन राष्ट्रिय निकुञ्ज विभिन्न सेक्टर र पोष्टमा कार्यकाल निर्वाह हुँदै गर्दा तेस्रो कार्यकाल वर्षको बसाइ वनकट्टा माडी रेन्ज पोष्टको हुन पुगियो । त्यहाँ रहँदा एक दिन कामकै सिलसिलामा माडीको पाण्डव नगरमा नियमितPatrolling को क्रममा म र पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको कार्यालय सचिव जगनारायण बोटसँग रिऊ खोला किनारतिर गएका थियौँ । साँझको समयमा हामीले अलिक भिन्नखाले वन्यजन्तु देख्यौँ । कतै स्याल जस्तो त कतै कुकुर जस्तो वन्यजन्तुलाई टाढाबाट यकिनका साथ ठम्याइएन । Wildlife Photography को पनि रुचि भएकोले क्यामेरा साथमै थियो । एउटा फोटोकै लागि भए पनि खिचियो । पहिलो पटक प्रत्यक्ष देखिएको नयाँ प्रजाति भएकोले मनमा खुल्दुली भई नै रह्यो र कार्यालय पुग्ने बित्तिकै विज्ञहरूलाई पठाएँ, पछि त्यो वन कुकुर रहेको कुरा पुष्टि भयो । त्यसदिनदेखि चितवन राष्ट्रिय निकुञ्ज वरपर वन कुकुर सम्बन्धी जनाकारी लिन सुरु गर्यौं । यस सम्बन्धी बुझ्न सुरु गर्दा नेपालमा मात्रै नभई विदेशमा पनि यो प्रजाति सम्बन्धी एकदमै थोरै संरक्षण र अध्ययन भएको पायौँ ।


स्मृति लामा
चितवनमै संरक्षणका लागि केहि गरौँ भनेर स्रोत जुटाउन विभिन्न अवसरको खोजी गर्यौं । मेहनतका साथ लेखिएको प्रस्तावनाRufford Small Grant ले स्वीकृत गर्यो । यसरी संरक्षणको लागि हामीले एक पाइला अगाडि बढायौँ । त्यही अनुरूप हामीले करिब २ वर्ष अगाडिदेखि वन कुकुर संरक्षणको लागि “Assessing the Status, Distribution and Conservation threat of Dhole (Cuon alpinus) through Community Participation Program at Chitwan National Park” शीर्षकमा संरक्षण परियोजना अन्तर्गत कामहरू गरिरहेका छौँ ।
परियोजना अन्तर्गत अध्ययनको सुरुवात हामीले चितवन राष्ट्रिय निकुञ्जको कुन कुन क्षेत्रमा वन कुकुर पाउँछ भनी निकुञ्जको २२ वटै मध्यवर्तीमा सामाजिक सर्वेक्षण गर्यौं । यसमा प्रमुख सूचनादाता तथा प्रतिनिधित्व घरधुरीसँगको अन्तर्वार्ताबाट हामीले वन कुकुर सम्बन्धी धेरै कुराहरू नजिकबाट बुझ्ने मौका पायौँ ।
मानिसले वन कुकुर सजिलै देख्न नपाउने रहेछ । वन कुकुर बाघ भन्दा नि कम देखिने भएकोले यसलाई देख्नेलाई भाग्यमानी मानिँदो रहेछ । जंगलमा लामो समयदेखि गइराख्नेहरूले पनि यसलाई २र३ पटक भन्दा धेरै देखेका छैनन् । जंगल नजिक बसोबास गर्ने, वन हेरालु वा नेचर गाइडको रूपमा जंगल गइरहने, वनको प्राकृतिक स्रोतमा निर्भर ९जस्तै निँगुरो, बाँसको तामा, कुच्चो आदि० संकलन कार्यको लागि जंगल गई राख्ने मानिसहरूले मात्रा यसलाई बढी देखेका रहेछन् । धेरैजसो प्राकृतिक स्रोतमा निर्भर वनको आसपास बस्ने आदिवासी जनजाति समुदायहरूले यो लजालु वन्यजन्तुलाई देखिएको पाइयो । उनीहरूलाई वन कुकुरको बारेमा वर्णन गर्नु पर्दैन । उनीहरू आफैले वन कुकुर रातो–खैरो रंगको शरीर, ठूलो, गोलाकार कान, भित्री भाग सेतो, कालो थुतुनो ९मुख० सेतो रंगको घाँटी, छोटो खुट्टा, सेतोरहल्का पहेँलो रंगको पेट, झुप्पा परेको कालो र लामो पुच्छर हुन्छ भनी वर्णन गर्छन् ।


वनकुकुरलाई विभिन्नलाई ठाउँ तथा भाषाहरू अनुसार ब्वाँसो ९हिमाली भेगमा०, फार च्यु, ब्वान्सा, बन्सा कुत्ता, वन नागी आदि भन्ने गर्दछ । यिनीहरू विशेष गरेर माघदेखि जेठ महिनासम्म देखिने रहेछ । अध्ययनको क्रममा वन कुकुरहरू जंगलमा देखिने तर गाउँ बस्तीमा आएर मानव पशुधनलाई कुनै क्षति नगरेको पायौँ । यसका साथै वन कुकुरले आँखामा पिसाब फेर्यो भने अन्धो हुन्छ तथा वन कुकुरले तपाईँको शरीर नाँघ्यो भने शरीर अपाङ्ग हुन्छ जस्ता कहीँ अन्धविश्वास गलत बुझाई रहेको पनि पाइयो ।
हामीले सामाजिक अध्ययनसँगै वन कुकुरबारे जैविक विज्ञान अध्ययन पनि सुरुवात गरेका छौँ । चितवन राष्ट्रिय निकुञ्जमा यसको अवस्था तथा वितरण, आहार प्रजातिबारे थाहा पाउनको लागि निकुञ्जको कोर क्षेत्रमा ६० वटा scat collection मा अनुसन्धान डिजाइन गरी क्यामरा ट्र्याप राखिरहेको छ । डिजाइन अन्तर्गत स्क्यट संकलन *scat collection) र साइन सर्वेक्षण (sign survey) पनि भइरहेको छ ।
परियोजनाको अर्को महत्त्वपूर्ण पाटो वन कुकुर सम्बन्धी जनचेतना फैलाउने कार्यक्रमहरू रहेका छन् । यस अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज वरिपरिको २२ वटै मध्यवर्तीमा चेतना फैलाउने हिसाबले ४ वटा निकुञ्जको सेक्टरमा, १० वटा विद्यालयमा र ८ वटा विभिन्न मध्यवर्ती सामुदायिक वनहरूमा कार्यक्रम गरिएको थियो । वन कुकुर कहाँ पाउँछ, कुन कुन देशमा पाउँछ, नेपालमा यसको अवस्था कस्तो छ, यसको संरक्षण किन आवश्यक छ, महत्त्व के के छ र यसलाई संरक्षण कसरी गर्ने भन्ने कुराहरूमा छलफल गरेपछि वन कुकुर सम्बन्धी चासो दिने र यसको संरक्षण गर्नुपर्छ भन्ने मान्छेहरू बढेका छन् । यस कार्यक्रमले के कुरा पनि थप प्रस्ट पार्यो भने वन कुकुर सम्बन्धी थोरै भन्दा थोरै मान्छेलाई मात्र जनकारी रहेछ । सुरुमा उनीहरूले सोध्ने भनेकै ‘वन कुकुर चितवन राष्ट्रिय निकुञ्जमा नि पाउँछ र रु’ भन्ने हुन्थ्यो ।


हाम्रो आयोजनाको मुख्य उद्देश्य भनेकै वन कुकुरको संरक्षण गर्नु हो । तर वन कुकुर संरक्षणको लागि प्राकृतिक वासस्थानको क्षति ९जस्तैस् संरक्षित क्षेत्र भित्र तथा संरक्षित क्षेत्र बाहिरा वनहरूमा अतिक्रमण (गाँउबस्ती बढ्नु), आहाराजन्य प्रजातिहरूको संख्यामा ह्रास हुनु, विष तथा पासोहरू प्रयोग गरी मार्नु, यसको आवतजावतको लागि वन्यजन्तुमैत्री विकासको पूर्वाधारहरू निर्माण हुन नसक्नु, घरपालुवा कुकुरबाट सर्ने रोग सर्नु तथा अन्य शिकारी प्रजातिहरू जस्तै बाघ, चितुवा हिउँ, चितुवा तथा ब्वाँसोहरूसँग हुने प्रतिस्पर्धा आदि यसको लागि प्रमुख चुनौतीहरू रहेका छन् । साथै घरपालुवा वस्तुहरूलाई वन कुकुरले आक्रमण गर्दा मान्छेहरूले प्रतिकारात्मक सोचको कारणले गर्दा वन कुकुरको मारेको घटनाहरू सुनिन्छ, जुन कारणले गर्दा यसको संख्या लोप हुन तिर धकेलिएको छ ।
वन कुकुरको पारिस्थितिक प्रणालीमा महत्त्वपूर्ण भूमिका हुनुका साथै जैविक विविधतामा पनि महत्त्वपूर्ण योगदान रहेको छ । वन कुकुरहरू प्रमुख शिकारी प्रजाति भएको हुनाले यसले आहाराजन्य प्रजातिहरूको नियमनमा सहयोग पुर्याउँछ । यिनीहरू बिना आहाराजन्य प्रजातिहरूको अनियन्त्रित वृद्धि भई मानव वन्यजन्तु बीच द्वन्द्व बढ्दै जान्छ । त्यसैले वन कुकुरको संरक्षण तथा संवर्द्धन गर्न आवश्यक छ । यस सम्बन्धी अध्ययन अनुसन्धान बढाउनु पर्छ । यसको महत्त्व र आवश्यकता बारेमा सम्बन्धित निकायदेखि समुदाय सम्मले यसको समयमा नै बुझ्न सक्यो भने यसको संरक्षण गर्न सजिलो हुनुका साथै यसको महत्त्व बढ्छ । प्रत्येक वन्यजन्तुहरूलाई प्रकृतिमा बाच्ने अधिकार हुन्छ । सबैको संरक्षण गर्नु हामी मानवको अस्तित्वलाई बचाउनु हो । त्यसैले वन कुकुरको संरक्षणको लागि सहकार्य गरौँ । यसको लोप हुनबाट बचाऔँ ।
नेपालबाट मात्रै होइन, विश्वभरबाटै वन कुकुरलाई लोप हुन दिनबाट जोगाउनका लागि अभियानमा लागेका नेपाल सहित १८ मुलुकका वैज्ञानिक र वन कुकुर संरक्षण अभियानकर्मीहरूको सम्मेलन यही ज्येष्ठ १८ गतेबाट ७ दिनसम्म चितवनको सौराहामा भएको थियो । सोही समय टुर न्यूज म्यागाजिनले तयार पारेको वन कुकुर अंकको अर्काइभ !




























































Discussion about this post