नेपाल र भारतका पत्रकारहरूबीच सीमापार जलवायु परिवर्तन र विपद् रिपोर्टिङमा सहकार्य सुदृढ गर्न चारदिने कार्यशाला काठमाडौंमा सम्पन्न। Youth Innovation Lab र UNESCO Nepal को सहकार्यमा आयोजित यस कार्यक्रममा पत्रकारहरूलाई AI, GIS, तथ्य-जाँच र डेटा पत्रकारिता जस्ता सीपमा दक्ष बनाइएको छ।
काठमाडौं- युथ इनोभेसन ल्याब (Youth Innovation Lab) र युनेस्को नेपालको सहकार्यमा आयोजित चारदिने क्षेत्रीय कार्यशाला “नेपाल–भारत सन्दर्भमा सीमापार जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरण (DRR) रिपोर्टिङ सुदृढीकरण” कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ।
कार्यशालामा नेपालका १५ र भारतका ५ गरी कुल २० पत्रकारहरूले सहभागिता जनाएका थिए। उनीहरूले हिमालय क्षेत्र (HKH) मा साझा सीमापार जलवायु जोखिमहरू- हिमताल फुटेर आउने बाढी (GLOF), असन्तुलित स्रोत दोहन, चरम मौसम घटनाहरू र जलवायु प्रेरित विपद्का विषयमा गहिरो छलफल गर्दै रिपोर्टिङ क्षमतामा सुधार गरेका छन्।


कार्यशालाको मुख्य उद्देश्य एआई सहायताप्रद पत्रकारिता, तथ्यमा आधारित कथा लेखन, तथ्य-जाँच, सीमा पार सहकार्य र सार्वजनिक चेतना तथा नीति निर्माणमा मिडियाको भूमिका सुदृढ गर्नु रहेको थियो।
उद्घाटन समारोहमा उच्च अधिकारीहरूको उपस्थिति राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का प्रमुख कार्यकारी अधिकृत दिनेश प्रसाद भट्टले उद्घाटन सत्रमा सम्बोधन गर्दै भने, “नेपाल र भारतबीच जलवायु तथा विपद् सन्दर्भमा सहकार्य र समन्वय अत्यन्तै आवश्यक छ। म व्यक्तिगत रूपमा पनि यो प्रयासलाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्छु।”


त्यसै अवसरमा युनेस्को नेपालका प्रतिनिधि जाको डु टुइट ले भने, “संयुक्त मिडिया पहलहरूले सूचनाको खाडल घटाउने, विपद् नीतिमा प्रभाव पार्ने र बालुवा उत्खननजस्ता असंवहनीय अभ्यासविरुद्ध उत्तरदायित्व कायम गर्न सक्छन्।”


युथ इनोभेसन ल्याबका सञ्चालक समितिका सदस्य सन्तोष क्षेत्रीले भने, “नेपाल र भारतको सम्बन्ध केवल मित्रता र संस्कृतिमा सीमित छैन, साझा नदीहरू, वन प्रणाली र पारिस्थितिकीमा पनि आधारित छ। यस्तो साझा जोखिमको सामना गर्न दुवै देशबीच सूचनाको समयमै आदानप्रदान हुनु जरूरी छ।”


Stories Sans Borders” प्यानल डिस्कसन
कार्यक्रमको प्रारम्भमा “Stories Sans Borders” शीर्षकको उच्चस्तरीय प्यानल छलफल भयो, जसमा नाम्रता शर्मा (युनेस्को, नेपाल) ले सञ्चालकको भूमिका निर्वाह गरिन्। प्यानलमा दिनेश भट्ट, जाको डु टुइट, र भारतीय वातावरण पत्रकार आलोक गुप्ता सहभागी थिए। छलफलमा नेपाल–भारतबीच सीमा पार जलवायु र विपद् रिपोर्टिङमा संयुक्त कार्यको आवश्यकता र चुनौतीबारे चर्चा भएको थियो।
कार्यशालाका मुख्य आकर्षणहरू
चार दिनको प्रशिक्षणमा थुप्रै विज्ञद्वारा सैद्धान्तिक र व्यवहारिक सत्र सञ्चालन गरियो, जसमा निम्न सत्रहरू विशेष चर्चित भएः
- डा. बसन्तराज अधिकारी – जलवायु विज्ञान सरल भाषामा कसरी संप्रेषण गर्ने
- नीरा श्रेष्ठ प्रधान (ICIMOD) – हिन्दुकुश हिमालय क्षेत्रमा सीमापार जलवायु जोखिम
- ताशी ल्हाजोम (नेपाल) र चन्द्रानी सिन्हा (भारत) – युवाहरूको अनुभव र दृष्टिकोण
- सन्तोष क्षेत्री – पाठक-केन्द्रित जलवायु कथा लेखन
- कनकमणि दीक्षित – कूटनीति, सन्धि र सीमा पार पत्रकारिता
- डा. रेश्मा श्रेष्ठ (काठमाडौँ विश्वविद्यालय) – जलवायु पत्रकारिताका लागि भू-स्थानिक उपकरणहरूको प्रयोग
- प्रयोन जोशी – डेटा स्टोरी ल्याब (GIS आधारित कथाहरू)
- आलोक खत्री (NAAMI) – एआई आधारित विपद् रिपोर्टिङ
- गोमा कार्की र सबिन डोटेल (YI-Lab) – विपद् सूचना व्यवस्थापन प्रणाली (DIMS)
- राजनीश भण्डारी – प्रतिरोधी समुदायहरूबारे मल्टिमिडिया स्टोरीटेलिङ
- हरि कार्की र सन्तोष क्षेत्री – संयुक्त मिडिया कार्य योजना निर्माण


साझा कथा, साझा प्रतिबद्धता
कार्यशालाको अन्तिम दिन सहभागीहरूले संयुक्त कथा प्रस्तुति (cross-border story pitch) गरे, जहाँ उनीहरूले आ–आफ्ना देशका समाचार संस्थामा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे।
उनीहरूले GLOF, बालुवा उत्खनन, अनियमित मौसम प्रणाली जस्ता साझा चुनौतीहरूलाई समेट्ने संयुक्त रिपोर्टिङ टोली गठन गर्ने निर्णय गरे।
सहभागी पत्रकारहरूले भने, “सीमा पारका विषयहरूबारे छलफल र सहयोग गर्ने यस्तो प्लेटफर्म निकै आवश्यक थियो। अब हामीले मात्र होइन, संस्थागत रूपमा पनि निरन्तर संवाद र सहकार्य गर्नुपर्छ।”


यस कार्यशालाले नेपाल–भारतका पत्रकारहरूलाई GIS, AI, तथ्य-जाँच, डेटा विश्लेषण, र सीमा पार सहयोग जस्ता महत्वपूर्ण सीपमा दक्ष बनाएको छ। यी सीपहरू प्रयोग गरेर पत्रकारहरूले साक्ष्यमा आधारित रिपोर्टिङ, सूचित जनचेतना र नीतिगत प्रभाव निम्त्याउने सम्भावना राख्दछन्।
कार्यशालाका थप विवरणका लागि:
🔗 https://youthinnovationlab.org/bootcamps/strengthening-transboundary-climate-change-and-dis



























































Discussion about this post