काठमाडौं । एपीवान टेलिभिजनकर्मी सुवास थापालाई ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पुरष्कृत गरेको छ । पर्यटन विधामा समाचार लेख्दै आएका थापालाई टानले आफ्नो ४५ औँ वार्षिक साधारणसभा मार्फत ‘टान जर्नालिजम अवार्ड २०२३ बाट पुरष्कृत गरेको हो ।
सञ्चार क्षेत्रबाट पर्यटन क्षेत्रको प्रचारप्रसारमा ठुलो सघाउ पुग्ने टानले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालि र टानका अध्यक्ष निलहरी बास्तोलाले नगदसहित प्रमाणपत्र प्रदान गरेका हुन् । सोही अवसरमा सेतोपाटीका सविना कार्की र राष्ट्रिय समाचार समितिका अच्युत गुरागाईँ समेत पुरस्कृत भएका हुन् ।



























































Discussion about this post