काठमाडौँ । गुरुकुल एजुकेशनल फाउन्डेसनले ‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी’को स्मृतिमा स्थापित ‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कवितासंग्रह आह्वान गरेको छ। युवा कविहरूलाई प्रोत्साहन गर्ने र नेपाली साहित्यमा श्रीवृद्धि गर्ने उद्देश्यले यो पुरस्कार प्रदान गरिँदै आएको हो।
नेपाल कलेज अफ म्यानेजमेन्टको आयोजनामा हुने यस पुरस्कारका लागि इच्छुक युवा कविहरूले आफ्ना प्रकाशित कृतिहरू पठाउन सक्नेछन्।
कवितासंग्रह ०८१ फागुन १ देखि २०८२ फागुन १ भित्र प्रकाशित भएकाे कविता मात्र प्रतियोगितामा समावेश गरिने आयोजकले जनाएको छ। संग्रह प्रकाशन हुँदा कविको उमेर ३५ वर्ष ननाघेको हुनुपर्ने बताइएको छ।
आयोजकअनुसार, कवितासंग्रह नेपाली भाषामा लेखिएको हुनुपर्नेछ। आइएसबिएन नम्बर प्राप्त प्रकाशन गृहबाट प्रकाशित वा स्वप्रकाशित गद्य तथा पद्य दुवै शैलीका कवितासंग्रह प्रतिस्पर्धाका लागि योग्य रहनेछन्।


कसरी भाग लिने?
प्रतियोगितामा सहभागिताका तलको PDF फारम भरेर, तीन प्रति कवितासंग्रह र एक प्रति नागरिकताको प्रतिलिपि फागुन २० भित्र नेपाल कलेज अफ म्यानेजमेन्ट धोबीघाट, ललितपुरको ठेगानामा कुरियर गर्नुपर्नेछ।
PDF फारम डाउनलोड गर्नुहोस्: https://shorturl.at/dnXzW
विजेताले भ्याटबाहेक नेपाली रुपैयाँ ५० हजार पाउनेछन्।
अघिल्लो वर्ष ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार २०८१’ बाट कवि सिजन श्रेष्ठको कविता कृति ‘हावामा अल्झिएको स्वर’ पुरष्कृत भएका थियो ! अन्य उत्कृष्ट चार कृतिहरूमा: युवाकवि पल्लविवको ‘लाटी’, सुभासिसको ‘क’ र सुरज रानाको ‘जब कविता निस्कन्छ जुलुसमा’ समावेश थियो ।


थप जानकारीका लागि ९८६०९९३७४२ र ९८४५५०९४७६ मा सम्पर्क गर्न आयोजकले जनाएको छ।



























































Discussion about this post