धादिङ, वैशाख ३२ — धादिङको समृद्धि र पर्यटन विकासका लागि जिल्ला समन्वय समिति, धादिङले जिल्ला स्तरीय एकीकृत पर्यापर्यटन योजना निर्माण गोष्ठीको आयोजना गरेको छ।
गोष्ठीमा धादिङ जिल्लाभित्र रहेका विभिन्न स्थानीय तहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा समिति उपाध्यक्ष कुलमान विश्वकर्माले उपस्थित प्रति खुसी व्यक्त गर्दै सहभागितालाई स्वागत गरे।
“धादिङको विकासमा पर्यटन कसरी जोड्न सकिन्छ भन्ने विषयमा गहिरो छलफलका लागि यो गोष्ठी आयोजना गरिएको हो,” उपाध्यक्ष विश्वकर्माले बताए।
उनले थपे, “स्थानीय तहमा पर्यटन पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै हामी समन्वय गर्दैछौं। यस्तो कार्यक्रमले दीर्घकालीन विकास र समृद्धिको मार्गचित्र तयार पार्न सहयोग पुर्याउनेछ।”
गोष्ठीमा सहभागीहरूले आ-आफ्नो क्षेत्रमा भएका सम्भाव्य पर्यटन स्थलहरूको पहिचान, पूर्वाधारको अभाव, र आवश्यक रणनीतिको विषयमा छलफल तथा अन्तर्किया गरिरहेका छन् ।
जिल्ला समन्वय समितिले गोष्ठीबाट प्राप्त सुझावहरूको आधारमा एकीकृत योजना तयार गरी स्थानीय तहसँगको समन्वयमा कार्यान्वयन गर्ने जनाएको छ।



























































Discussion about this post