काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जसहित देशभरका विभिन्न क्षेत्रहरूमा आएको हालैको भीषण बाढीले वन्यजन्तु र वातावरणमा गम्भीर संकट उत्पन्न गरेको छ। चितवन निकुञ्जका धेरै संरचनाहरू र पोष्टहरू बाढीको चपेटामा परेका छन्।


निकुञ्जको प्रमुख क्षेत्रहरूमा रुखहरू ढल्नाले तथा अत्यधिक पानीको चापले गर्दा उद्धार र सहयोग प्रयासमा ठूलो अवरोध भएको हो।
वन्यजन्तुहरूको जीवनमा पनि बाढीको प्रत्यक्ष प्रभाव देखिएको छ। कतिपय जनावरहरू बाढीको भेलमा बगिरहेका छन् भने धेरैको अवस्था अझै अज्ञात छ। विशेष गरी, जलाशय नजिकका वन्यजन्तुहरूको बाँच्ने संभावना घटिरहेको छ, जसले संरक्षणकर्मी र उद्धारकर्मीहरूलाई थप चुनौती दिइरहेको छ।


न्यजन्तुहरूको जीवन रक्षा र वातावरणको पुनःस्थापनामा हामी सबैको सहभागिता महत्त्वपूर्ण भएको चितवन राष्ट्रिय निकुन्ज प्रशासनले बताएको छ।



























































Discussion about this post