English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

जलमूखी (ज्वालामूखी) माईका दुई थरि जात्रा: कार्तिक पूर्णिमा र फागु पूर्णिमाको मेला

टुरशाला by टुरशाला
फाल्गुन ६, २०८०
in इतिहास/संस्कृति, जात्रा/पर्व
A A
0
46
SHARES

–   राममणि दुवाडी

धादिङ जिल्लाको ज्वालामूखी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको बीचमा रहेको जलमूखी (ज्वालामूखी) माईको मन्दिर धादिङका प्रसिद्ध मन्दिरहरूमध्ये एक हो । विक्रम संवत् १८५७ मा धादिङका प्रथमकालीन कवि तथा साहित्यकार दैवज्ञकेशरी अर्यालले यो मन्दिरमा घण्टा चढाएका थिए । त्यसअघि कुवामा भेटिएको ‘जलमूखीको शिला’को सालको फेदमा नै पूजाआजा हुँदै आएको विश्वास गरिन्छ । यसकारण जलमूखी (ज्वालामूखी)माई निकै पुरानो मानिन्छ । यस मन्दिरको पुरानो छाना जीर्णोद्धार गरेर अहिले नयाँ स्वरूप दिइएको छ । 

जलमुखी(ज्वालामूखी)को नयाँ मन्दिर

यस मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र फागु पूर्णिमाको दिन भव्य मेला (जात्रा) लाग्ने गर्दछ । ती मेला कहिलेदेखि लाग्दै आएको हो भन्ने कुरा यो लेखकको जानकारीमा छैन । फागु पूर्णिमाको मेला दिनमा लाग्दछ भने कार्तिक पूर्णिमाको मेला रातमा लाग्दछ । विगतमा यी दुवै मेलामा खरी, मैधी, ढोला, पौवा, सल्यानटार लगातयका जनमानसको बाक्लो उपस्थिति रहन्थ्यो । समयको अन्तरालसँगै मेलाको प्रकृति, महत्त्व र आकर्षणमा केही परिवर्तन हुँदै आएको पाइन्छ । डाँडाको थुम्कोमा रहेको जलमूखीको मन्दिर धार्मिक तथा पर्यटकीय हिसाबले पनि आकर्षक मानिन्छ । यो मन्दिर पहाडको शिखरमा रहेकोले यहाँबाट धादिङ र गोरखाका टाढाटाढासम्म देख्न सकिने हुँदा यहाँ लाग्ने दुवै मेलाहरूको विशेष महत्त्व रहेको छ ।

जलमुखीको पुरानो मन्दिर

१.  रातमा लाग्ने कार्तिक पूर्णिमाको मेला :

मन्दिर र मेला एउटै भएपनि विभिन्न उमेर समूहका मानिसको लागि यो मेलाको आकर्षण फरक फरक पाइन्छ । आजभन्दा ४०/५० वर्ष अघिको उक्त मेलाको प्रत्यक्षदर्शीको अनुभवका आधारमा त्यसबेलाको कार्तिक पूर्णिमाको जलमूखी (ज्वालामूखी) मेला (जात्रा) को उमेरगत र समूहगत रूपमा आकर्षणबारे यहाँ संक्षिप्त चर्चा गरिन्छ ।

  • केटाकेटी र किशोर समूहका लागि यो मेला जेरी तथा सेलरोटी जस्ता मीठा परिकार खाने, गीत सुन्ने, नाचगान र रमाइलो हेर्ने आदि विषयमा केन्द्रित हुन्थ्यो ।
  • युवायुवतीका लागि यो जात्रा परिवारको नियन्त्रणबाट उम्किएर आफ्ना साथीभाइ तथा प्रेमी प्रेमिकासँग ठाँटिँदै भेटघाट तथा हिँडडुल गर्ने अवसरका रूपमा लिइन्थ्यो । त्यसबेला प्रेमीप्रेमिकासँग लामो समयदेखि मनमा गुम्सिएर रहेका प्रेमका भावना साटासाट गर्न आजको जस्तो मोबाइल र फेसबुक जस्ता साधन र प्रविधि थिएनन् । तसर्थ यस्ता पर्वलाई प्रेमीप्रेमिका भेट्ने अवसरको रूपमा उपयोग गरिन्थ्यो । कतिपय युवायुवतीहरू बिच ठाडो भाका तथा झ्याउरे भाकामा आशुकवित्व झल्कने गरी घण्टौँसम्म मायाप्रेमका दोहोरी गीत गाउँथे । प्रणयका गीत गाउँदा गाउँदै कतिपय युवायुवतीले त्यहीँ आफ्नो जोडी छान्दथे र केटाले केटीलाई सिन्दूर हालेर भगाउने काम पनि गर्थे । अन्य प्रेमीहरू यस्तै अर्को मेलामा भेट्ने प्रण गरी अमिलो मन लगाएर मुटुमा गाँठो पारी बिहानीपख छुट्टिन्थे । तसर्थ यस्ता मेला पर्वले युवायुवतीका लागि विशेष महत्त्व राख्दथ्यो ।
  • बूढापाकाहरु भने बिग्रँदो स्वास्थ्य तथा रमझममा रुचि कम हुने कारणले यस्ता मेला पर्वमा कमै आउँथे । तर जो आउँथे, अन्य गाउँबाट आएका आफन्त तथा विगतका दौतरीहरुसँगको भेटघाट तथा कुराकानीका लागि आउँथे । कसैले आफ्ना छोराछोरी तथा आफन्तका लागि सम्भावित जोडी मिलाउने बारे इष्टमित्रसँग कुरा बुझ्न तथा केटाकेटी हेर्न पनि आएका पाइन्थे । यो समूहका वयोवृद्ध मानिसहरू प्राय: दौरासुरुवाल तथा इष्टकोटमा सजिएर आउँथे । यो समूहका प्राय सबैलाई बुढ्यौलीले छोएको हुँदा जाडोबाट बच्न टाउकामा टोपी र गलामा गलबन्दीले बेरिएको हुन्थ्यो । 
  • उमेर पाकेका महिलाहरूका लागि यो मेलाको छुट्टै महत्त्व हुन्थ्यो । हालसालै दिवङ्गत आफ्ना पितृहरूको मुक्तिका लागि उनीहरूको सम्झनामा अघिल्लै दिनदेखि उपवासका साथ रातभर जाग्राम रही मन्दिर परिसरमा बसेर बत्ती बाल्ने काममा अग्रसर देखिन्थे । यस्ता व्यक्तिहरू साँझमा पण्डितबाट सङ्कल्प गराई बालिएको बत्ती भोलीपल्ट बिहान उज्यालो भएपछि मात्र त्यतै सेलाएर घर फर्कन्थे । यस्ता व्यक्तिले खुला आकाशमुनी चिसोको परवाह नगरी रात काट्दथे । तिनलाई न त मेलाको रमझमको मतलब हुन्थ्यो, न त जेरी र सेलरोटीको तिर्सना नै ।
  • यस्तो मेलामा एकाथरी मानिस पुरानो रिसईवी साध्नका लागि अर्को गाउँले वा समूहमाथि कुटपिट गर्ने उद्देश्यले पनि आउँथे । यस्ता मानिस कुनै गाउँ वा भेगको प्रतिनिधित्व गरेर समूहमा आउँथे र विरोधी समूहमाथि मौका छोपेर आक्रमण गर्नका लागि हातहातमा लाठी बोकेर समूहमा आउँथे । यस्ता समूह बेलुकादेखि नै रक्सी पिएर बस्दथे र विरोधी समूहको नामै लिएर लड्नका लागि चुनौती दिन्थे । विरोधी समूहमाथिको आक्रमण खास गरी आधा रात बितेपछि शुरु हुन्थ्यो । एकअर्काको आक्रमणले बिहानीपखसम्म कतिको त टाउको फुटेको हुन्थ्यो भने कतिको हात भाँचिएका हुन्थे । त्यसबेला जिल्ला सदरमुकाम धादिङवेशीमा बाहेक अन्यत्र अस्पतालको व्यवस्था नहुँदा त्यस्ता घाइतेहरूलाई बिहानीपख तिनका नातेदार वा समूहका अन्य मानिसले डोलीमा राखेर निजको घर पुर्‍याउँथे र स्थानीय विधिबाट उपचार गर्दथे । मन्दिर जस्तो पवित्र ठाउँमा यस्ता कार्य हुनु राम्रो होइन । जनचेतनामा आएको विस्तार र शान्ति सुरक्षाको व्यवस्थाको कारण आजभोलिको मेलामा यस्ता कार्य नहुनु सकारात्मक पक्ष मानिन्छ ।
  • जलमूखी माईको जात्रा भर्न विभिन्न गाउँठाउँबाट आउने विभिन्न बाटोहरूमा कोदो एवं धान पाक्न-पाक्न लागेको हुन्थ्यो । विजुली बत्ति नआइसकेको रातको समयमा मानिसहरू घरगाउँ एवं खेतीबारीका बाटो हुँदै मन्दिरतर्फ आउने गर्दथे । केहि उटुङ्गया युवाहरूले पाक्न लागेको कोदो वा धानलाई एकअर्कामा कसेर पासाे थापेजस्ताे गरेर बाटोमा राखिदिने र जात्रालुहरू त्यसमा लडेर तल्लो गह्रामा पुग्ने एवं जात्राका लागि लगाएका नयाँ लुगा हिल्लाम्मे भएर फर्किने कि के गर्ने भन्ने दशामा पुग्दथे  । 

फुलको डोली: मन्दिरमा फूलको डोली लैजाने काम त्यस्ता मेला पर्वको अर्को विशेष आकर्षण हुन्थ्यो । मन्दिरलाई कम्तीमा तीन फन्को लगाउन पुग्ने गरी बाबियोको बलियो डोरी बाटेर उपलब्ध भए अनुसार त्यसमा लालुपाते, सयपत्री, मखमली लगायतका विविध प्रकारका फूल उनिन्थ्यो । त्यसमा उपलब्ध भए अनुसार केरा, अम्बा, अमला जस्ता मौसमी फलफूल समेत उनिन्थ्यो । त्यसरी तयार गरिएको फूलको डोरीलाई डोलीमा राखेर अघिअघि पञ्चेबाजाको टोली सहित गाउँले र आफन्तहरूको साथमा मन्दिरमा पुगी जलमूखी देवीको पूजा अर्चना गरी मन्दिरलाई कम्तीमा तीन फन्को पुग्ने गरी फूलको डोरीले बेरिन्थ्यो । कुनै भाकल पूरा गर्न वा निस्वार्थ रूपले गरिने यो काम सम्पन्न गर्न धेरै मानिसको सहयोग चाहिने र अलि खर्चिलो पनि हुन्थ्यो ।

  • अर्काथरी मानिसहरू व्यापारिक प्रयोजनले यस्ता मेलामा जाने गर्दथे । खासगरी आफ्ना घरमा पसल राख्नेहरू त्यस रात मेलामा लगेर सामान बेच्नका लागि मेलामा जाने गर्दथे । मेला लाग्ने अघिल्लो दिनमै मन्दिर परिसर र बाटोका छेउछाउमा तँछाडमछाड गरेर उपयुक्त ठाउँ ओगटी छाप्रो बनाउँथे र जात्राको अघिल्लो साँझदेखि नै आफ्नो पसल शुरु गर्थे । त्यस्ता छाप्रोमा कसैले जेरी, सेलरोटी, आलुको अचार, चनाको तरकारी जस्ता परिकार पकाएर बेच्थे । कसैले भने बिस्कुट, चकलेट, पिपलगेडी मिठाइ जस्ता तयारी वस्तु बेच्थे । कसैको पसलमा भने टोपी, गन्जी, फेटा (मफलर), टर्च लाइट, छाता लगायतका सामान बिक्री गरिन्थ्यो । त्यसबेला आजभोलि जस्तो विभिन्न प्रकारका रेडीमेड कपडा पाइँदैनथ्यो ।
  • त्यसबेला यस्तो मेलामा बढी बिक्री हुने अर्को वस्तु मदिरा थियो । त्यसबेलाको मदिरा अहिलेको जस्तो कारखानामा बनेको बोत्तलबन्दी मदिरा नभएर घरमा कोदो कुहाएर बनाएको घरेलु मदिरा हुन्थ्यो । मेलाको लागि भनेर वरपरका गुरुङ मगर समुदायका पधेरामा मेलाको एक दुई हप्ता अघिदेखि नै घरेलु मदिरा बनाउने होड चल्दथ्यो । यस्तो मदिरा घैँटोमा ल्याएर सिसाको ग्लासमा बिक्री गरिन्थ्यो । खास गरी मतवाली जातकाले रातिको जाडो भगाउन र मनोरञ्जन लिन मेलामा मदिरा सेवन गर्दथे । त्यसबेला यस्ता मेलामा अहिले जस्तो प्रहरीको खास उपस्थिति नदेखिने र उपस्थिति भई हाले पनि प्रहरीको आँखा नपर्नेगरी रुख बुट्यानको छेला पारेर मदिरा बेच्ने गर्दथे । मदिरा बेच्न मध्यरात पछि बिहानसम्म पनि मेलाको छेउछाउतिर मदिराको नशामा बेहोस भएर लडेका मानिस देखिन्थे । मदिराको बिक्रीबाट बिक्रेतालाई राम्रो आम्दानी हुन्थ्यो भने मेलामा हुने कुटपिट र झैँझगडामा यस्ता मदिरा सेवनको विशेष भूमिका देखिन्थ्यो ।

२. दिनमा लाग्ने फागु पूर्णिमाको मेला :

फागू पूर्णिमाको दिनमा पनि यस मन्दिरमा मेला लाग्ने गरेको पाइन्छ । बाल्यकालमा एक दुई पटक यो मेलामा सहभागी भएको आधारमा मेरो सम्झना अनुसार त्यस दिन बिहानैदेखि मानिसहरू वरपरका गाउँबाट मानिसहरू मेलामा आउँथे । दिउँसोको समयमा भने बाक्लो उपस्थिति हुन्थ्यो । कार्तिक पूर्णिमाको रातमा झैँ उक्त दिनमा मन्दिर परिसरमा दिवङ्गत पितृको सम्झनामा बत्ती बाल्ने, फूलको डोली ल्याउने जस्ता काम हुँदैनथ्यो तापनि मन्दिरमा होलि चढाउने र सबै मिलेर आपसमा विभिन्न रङका होली खेल्ने काममै मानिसहरू केन्द्रित देखिन्थे ।

मेलामा थोरै सङ्ख्यामा पसल पनि राखिएका हुन्थे । उक्त पसलमा खास गरी होलीमा प्रयोग हुने विविध प्रकारका रङ्गहरू र रङ्ग हान्ने पिचकारीहरू बिक्री गरिन्थे । रङ्ग बाहेक चिया र रोटी तरकारी लगायतका खाजाका पसल पनि हुन्थे । होलीमा खास गरी अबिरको बढी प्रयोग हुन्थ्यो । परिचित व्यक्तिहरू बिच र आफन्तमा मात्र आपसमा रङ्ग दल्ने काम हुन्थ्यो । अपरिचित मानिसलाई रङ्ग दल्ने काम हुन्नथ्यो । यो मेलामा पनि बालक र युवायुवतीको उपस्थिति बढी हुन्थ्यो । बुढापाकाहरू त्यति देखिन्नथे । जे होस्, फागू पूर्णिमाको जलमूखी (ज्वालामूखी) मेला त्यस भेगका मानिसको लागि आस्था र मनोरञ्जनको केन्द्र बनेको थियो ।

अहिलेको तुलनामा त्यस बेला जलमुखी मेलामा मानिसको भीड निकै बढी हुन्थ्यो । किनकि त्यस बेला मानिसमा धार्मिक आस्था र विश्वास बढी पाइन्थ्यो । मन्दिरमा फूलको डोली लैजाने र दिवङ्गत आफन्तको सम्झनामा उपवास बसी मन्दिर परिसरमा रातभर बत्ती बाल्ने भक्तहरूको सङ्ख्या बढी हुन्थ्यो । यजमानसँगै पण्डित तथा पुरेतहरूको पनि मेलामा बाक्लो उपस्थिति हुन्थ्यो । आजभोलि जस्तो युवायुवतीमा भेटघाट, सञ्चार र मनोरञ्जनका अन्य माध्यम थिएनन् । त्यसैले त्यसबेला यस्ता मेलामा युवायुवतीको उपस्थिति बढी नै हुन्थ्यो । मेलापर्वको अवसरमा व्यापार पनि हुन्थ्यो । बालबालिकाको लागि पनि यस्ता मेला आकर्षणको विषय मानिन्थे । मेलामा वरिपरिका मात्र नभएर टाढाटाढादेखि भक्तजनहरू आउँथे । यसरी त्यस बेला जलमूखी मेला सबैको लागि आस्था र आकर्षणको केन्द्र थियो र अहिले पनि छ ।

यहाँ प्रयोग भएका फोटोहरू दिनमा लाग्ने फागु पूर्णिमाको मेलाको हो, फोटो सौजन्य: ज्वालामूखी समाज

३. चित्रेपाखाको जात्रा:

साँधभञ्ज्याङबाट करिब  १५ मिनेटको दूरीमा रहेको चित्रेकालिकाको मन्दिर रहेको छ, स्थानीयहरू यसलाई चित्रेपाखा भन्दछन् । कालिकाको अधि स्थान (चित्रेपाखा) जोडिँदा यसको नाम चित्रेकालिका रहेको हो । यस मन्दिरमा छानो छैन, सालको फेदमा देवी स्थापना गरिएको छ ।

जलमूखीको दुई वटा जात्रा जस्तै चित्रेपाखाको जात्रा पनि यहाँको प्रसिद्ध जात्रा हो । हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमाका दिन मनाइने धान्य पूर्णिमामा यहाँ मेला लाग्ने गर्दछ  । यहाँ मैधी, ढोला, चैनपुर, खरी, नलाङ,  मुरलीभञ्ज्याङ  लगायतका ठाउँहरूबाट भाकल बुझाउन र बत्ती बाल्ने  भक्तजनहरू आउने गर्दछन् । यस जात्रालाई थप आकर्षक बनाउन स्थानीय सरकारले मन्दिर परिसरमा धार्मिक तथा पर्यटन महोत्सवको आयोजना गर्दै आएको छ । त्यस्ता महोत्सवमा स्थानीय ठाउँमा पाइने कृषिजन्य उत्पादन, घरेलु उत्पादन प्रदर्शनीमा राखिएका पाइन्छ । 

Share18Tweet12Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?
इतिहास/संस्कृति

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न
कला र साहित्य

कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

मंसिर १६, २०८२
सिकरुम : दुख्छ ? दुख्यो यार !
कला र साहित्य

सिकरुम : दुख्छ ? दुख्यो यार !

असार १०, २०८२
साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न
कला र साहित्य

साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

चैत्र ३०, २०८१
Load More
Next Post
बागमती प्रदेशभित्रै ‘नमुना आमा सुरक्षा कार्यक्रम’ को प्रभावकारी कार्यान्वयनमा अब्बल ज्वालामूखी गाउँपालिका

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions