English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

सालक संरक्षणका लागि समुदायस्तरमा सचेतना जगाउँदै डिएफो

टुरशाला by टुरशाला
पुस १९, २०८०
in राष्ट्रिय निकुन्ज र वन्यजन्तु, समाचार
A A
0
14
SHARES
  • प्रेम बास्तोला, राजेन्द्र भट्ट

धादिङवेशी:  नेपालभरि नै सचेतना जगाउँदै आएका सालक विज्ञ एवं जिल्ला वन धादिङका प्रमुख विष्णुप्रसाद आचार्यले समुदायस्तरमा सालक संरक्षणका लागि सचेतनामूलक अभियानलाई धादिङमा तीव्रताका साथ अगाडि बढाएका छन्  । नेपालमा धादिङ जिल्लामा सबैभन्दा बढी सालक पाइने र सबैभन्दा बढी चोरी पैठारी हुने भएकाले संरक्षणका उनले यस्तो सचेतना अभियानलाई तीव्रता दिएका हुन्  ।

मनोहरीबाट सरुवा भई जिल्ला वन कार्यालय धादिङ आएलगत्तै उनले सालक संरक्षणका लागि आफ्नै कार्यालय परिसरबाट समुदायस्तरमा सचेतना अभियान सुरु गरेका हुन्  । ३ महिनाकै अवधिमा आचार्यले धादिङ जिल्लाभरि नै विभिन्न माध्यमबाट सालक संरक्षण, सालकको महत्त्व, चोरीसिकारी नियन्त्रण एवं सजायका विषयमा स्पष्ट हुने गरि सचेतना अभियान चलाइरहेका छन्  । 

तस्वीर सौजन्यः तुलसीलक्ष्मी सुवाल
तस्वीर सौजन्यः तुलसीलक्ष्मी सुवाल

आचार्यले जिल्ला वन कार्यालय धादिङको कम्पाउन्ड वालमा सालकको चित्र मात्रै बनाएनन्, हरित पार्क नाम दिएर सो स्थानमा आकर्षक दुई वटा सालकका प्रतिमा समेत स्थापना गरेका छन्  । जसमा एक जोडी वयस्क सालकका जोडी प्रतिमाको बिचमा धमिराको ढिस्को समेत स्थापना गरेका छन्  । कार्यालयमा आउने सेवाग्राहीले सालकको प्रतिमा देखेर त्यसको महत्त्व बुझ्ने हेर्ने, तस्बिर खिच्नेलगायतका क्रियाकलापले सालकको महत्त्व बुझ्ने प्रमुख आर्चायको विश्वास छ ।

आचार्यले कार्यालयभन्दा बाहिर पनि समुदायको बढी आउजाउ हुने धादिङवेशीका अन्य सरकारी कार्यालय एवं विद्यालयका गेटमा सालकको तस्बिर सहित सालक तस्करी गरे दण्डसजाय हुने कानुन उल्लेख गरि फ्लेक्स प्रिन्टहरू झुन्डाएका छन्  । धादिङ जिल्ला अस्पताल, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय धादिङ, नीलकण्ठ नगरपालिका, बालमन्दिर माध्यमिक विद्यालय लगायतका स्थानमा उनले सालकसम्बन्धी फ्लेक्स प्रिन्टहरू झुन्डाएका  हुन् । आचार्यले त्यसका अलावा ३ महिनाको अवधिमा भ्रमण गरेका स्थानहरू, सामुदायिक वन, कबुलियती वन, जिल्ला वन मातहतका अन्य वन क्षेत्र तथा इकाईहरूमा समेत सचेतनामूलक अभियान थालिसकेका छन्  । 

धादिङ जिल्ला अस्पताल परिसर

आचार्यका अनुसार, धादिङ जिल्लामा मात्र नभएर दुर्लभ मानिएको सालक बागमती प्रदेशका १३ वटै जिल्लामा पाइन्छ  । यसबारेमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेललाई समेत जानकारी गराएको उनले बताए  । आफूले मुख्यमन्त्रीलाई सालक संरक्षणका लागि आवश्यक कार्यक्रम ल्याउन सुझाएको उनले जानकारी दिए  । “एक सिङ्गे गैँडा चितवन र पर्सा पाइएला  । पाटेबाघ वा अन्य ठुला जन्तु चितवन,पर्सा निकुञ्जमा भेटिएलान्  । रेडपाण्डा, कस्तुरी रसुवा,नुवाकोटमा भेटिएला तर, सालक यस्तो जीव हो जो बागमती प्रदेशका १३ वटै जिल्लामा पाइन्छ”, उनले अगाडि भने, “यसकारण सालकलाई हरेक जिल्लाका पालिकाहरूले अपनत्व लिई संरक्षणका लागि साझा नीति तथा कार्यक्रम बनाउन आवश्यक छ  ।” यस कार्यले सालकसम्बन्धी अध्येता एवम् सालक पर्यटनको विकास गर्न सकिने उनको बुझाइ छ  । सालकलाई बागमती प्रदेशले गौरवको प्राणीको रूपमा घोषणा गर्न सकिने उनले बताए  । 

जिल्ला मालपोत कार्यलय, धादिङ परिसर

सालक संरक्षणका लागि सर्वसाधारणमा जनचेतना नहुनाले सालकको खपेटाको अवैध बिक्रीका लागि चोरीसिकारी बढ्दै गएकोप्रति आचार्यले चिन्ता व्यक्त गरे  । केही साताअघि ठुलो परिणाममा सालकको खपटासहित तस्करीमा संलग्न व्यक्ति पक्राउ हुनुले सालक थप खतराको सूचीमा रहेको स्पष्ट हुने उनी बताउँछन्  । “खपटाको परिणाम हेर्दा ३०० भन्दा बढी सालक मारिएको स्पष्ट हुन्छ  । ठुला जनावरका लागि मात्रै होइन, अति सङ्कटापन्न सालक संरक्षणका लागि राज्यले विशेष कार्यक्रम ल्याउन जरुरी छ “, उनले भने  । एउटा वयस्क सालकको शरीरमा ७०० ग्रामदेखि डेढ किलोसम्म खपेटा  हुने आचार्यले बताए ।

बालमन्दिर माध्यमिक विद्यालयका विद्यार्थीहरू रुचिका साथ् सालकबारे पढ्दै

तस्करीले मात्र नभई साँघुरिँदै गएको वासस्थान, वन क्षेत्रको अतिक्रमण, वासस्थानमा अत्यधिक मानवीय गतिविधि र वन क्षेत्रमा भौतिक पूर्वाधार निर्माण एवं प्राकृतिक आहाराको कमी हुँदै जानुले सालक झन् लोपोन्मुख अवस्थामा पुगेको आचार्यले बताए ।

विश्वभर नै हरेक वर्ष फेब्रुअरी महिनाको तेस्रो शनिवार सालक दिवस मनाउने गरिन्छ  । यस वर्ष धादिङमा विशेष कार्यक्रम राख्ने योजनासमेत रहेको आचार्यले बताए  ।

बालमन्दिर माध्यमिक विद्यालय परिसर

सालक कस्तो जनावर हो ? 

सालक शान्त स्वभावको स्तनधारी जनावर  हो । यो प्याङ्गोलिन (Pangolin) को नामबाट पानि चिनिन्छ । जीवविज्ञान अन्तर्गत सालकलाई वर्गीकरण गर्दा Order: Pholidota मा राखिएको छ, जसको अर्थ खपटा भएको जनावर (Scaled animal) भन्ने हुन्छ । विश्वभर पाइने ८ प्रजातिमध्ये नेपालमा दुई प्रजातिका सालक पाइन्छन् । ती हुन् : तामे सालक अर्थात् इन्डियन प्याङ्गोलिन (Manis crassicaudata) र कालो सालक अर्थात् चाइनिज प्याङ्गोलिन (Manis pentadactyla)  ।

यो स्तनधारी जीवको शरीरभरि बाक्लो र कडा खपटा हुन्छ । सालकलाई विभिन्न स्थान–समुदायअनुसार फरक–फरक नामले चिनिन्छ । तराईमा यसलाई ‘हिलेमाछो’ वा ‘सालमछरी’ भनिन्छ भने पश्चिम पहाडतिर यसलाई ‘भकुण्डे भुत’ भनेर चिनिन्छ । लमजुङ क्षेत्रमा यसलाई ‘पाखेमाछो’को नामले चिनिन्छ । सालकको साँघुरिदै गएको लाम्चो शरीर हुन्छ र थुतुनो र पेटको भाग बाहेक सबैतिर एकआपसमा खप्टिएका खपटाले ढाकेको हुन्छ । खपटामुनि पहेंला जगरजस्ता रौँ पनि हुन्छन् । सालकका आँखा साना हुन्छन् र बाक्लो परेलाले ढाक्ने गर्छ । सालकको दाँत हुँदैन । जिब्रो भने ६० देखि ७० सेन्टिमिटरसम्म फैलन सक्छ । यसको रङ माटोसँग मिल्दोजुल्दो देखिन्छ ।

नीलकण्ठ नगरपालिका परिसर

 तामे सालक (इन्डियन प्याङ्गोलिन)

तामे सालक, हल्का पहेलो–रातो वर्णको सालक हो । यो प्रजाति हिमालयको दक्षिणी भेगमा समथर तथा कम भिरालो जमिनमा पाइन्छ । यो नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशमा समेत पाइन्छ । तामे सालक सबै प्रकारका उष्ण प्रदेशीय वन  र घाँसेमैदानमा पाइन्छ । तामे सालक विशेष गरी समुद्र सतहबाट करिब १,००० मिटर उचाइसम्ममा पाइन्छ । यसको शरीरको तौल ९–११ किलोग्राम, शरीरको लम्बाई ६०–७५ से.मि. र पुच्छरको लम्बाई ४५ से.मि. हुन्छ ।

कालो सालक (चाइनिज प्याङ्गोलिन)

कालो सालक, हल्का कालो वर्णको सालक हो । यो प्रजातिको सालक नेपालको पूर्वी क्षेत्रलगायत पूर्वी भारत, चीन, लाओस, थाइल्याण्ड, भियतनाम, म्यानमार र बङ्गलादेशमा पनि पाइन्छ । यो तल्लो पहाडी भेगमा प्राकृतिक वन नभएको वनक्षेत्रमा समेत पाइन्छ । यो प्रजाति मुख्यतयाः उष्ण प्रदेशीय वन  र उपोष्ण प्रदेशीय वन मा पाइन्छ । कालो सालक विशेष गरी समुद्र सतहबाट करिब १,०००—२,५०० मिटर उचाइसम्ममा पाइन्छ । यसको तौल करिब ९ किलोग्राम, शरीरको लम्बाई ४८–५८ से.मि., पुच्छरको लम्बाई ३३–३८ से.मि. हुन्छ ।

तामे सालकका कत्ला फिक्का पहेँलो हुन्छन् भने कालो सालकका गाढा फुस्रा हुन्छन् । तामे सालकमा शरीरको मध्यभागको चारैतिर ११ वटादेखि १३ सम्म कत्ला हुन्छन् भने कालो सालकमा यी कत्ला १५ देखि १८ को सङ्ख्यामा हुन्छन् । तामे सालकको थुतुनो अलि चूचो परेको र कालो सालकको चेप्टो परेको हुन्छन् । नेपालमा तामे सालकभन्दा कालो सालकको भौगोलिक फैलावट बढी देखिएको छ । तामे सालक नेपालमा निकै कम सङ्ख्यामा मात्र देखिन्छ ।

जिल्ला प्रशासन कार्यालय, धादिङ

वासस्थान

नेपालमा सालक समुद्र सतहबाट करिब २,००० मिटरसम्मको उचाइमा विशेषगरी सालको जङ्गलमा सालक पाइने गरेको छ । यस जनावरको वितरण (Distribution) पश्चिम नेपालको तुलनामा पूर्वी नेपालमा निकै बढी रहेको छ । यस जनावरका मुख्य वासस्थान पूर्वी तथा मध्यनेपालका चुरे पहाड तथा उत्तरी साल वन र त्यसको आसपासका वन क्षेत्र हुन् । नेपालका ६१ जिल्लामा सालक पाइन्छ । सालक दुलो खनेर जमिन मुनि बस्ने र आहारको खोजी गर्ने गर्छन् । सालक आहाराको खोजीमा रातमा मात्र निस्कने गर्छ । सालक दिउँसो दुलोमा बस्छ र आहाराका लागि रातको समयमा बडी क्रियाशील हुन्छ । यसर्थ, सालकलाई रातमा सक्रिय हुने जीव (Nocturnal animal) भनिन्छ । यो जनावर आफूलाई कतैबाट आक्रमण वा खतरा महसुस भएमा त्यसबाट जोगिन भकुण्डोको आकारमा थुतुनो केन्द्रमा पारेर गुडुल्किएर डल्लो पर्छ । यसरी जोगिन आफ्ना बलिया मांसपेशीको पकडले गुडुल्किरहन सक्छ । खतरा महसुस नभएमा बिस्तारै गुजुल्टोबाट आफूलाई फुकाउँछ । यो जनावर पुच्छरको सहायताबाट रुखको हाँगामा झुन्डिन पनि सक्छ ।

किसानको साथी (Friends of Farmer)

सालकले मुख्य रूपमा धमिरा खान मन पराउँछ तर यसले कमिलालगायत साना कीरा र तिनका अण्डा पनि खान्छ । एउटा वयस्क सालकले एक दिनमा लगभग २०,००० धमिरा र किरा–कमिला खान्छ भनेर अनुमान गरिएको छ । यसको शरीर खपटाले ढाकिने र प्रमुख आहारा कमिला धमिरा हुनाले यसलाई स्केली एन्टएटर (Scaly anteater) पनि भनिन्छ । यसले अन्नबाली, पशुचौपाया र मानिसलगायत कसैलाई पनि हानि नोक्सान गर्दैन । सालकले किसानको बालीनाली नोक्सान गर्ने, किरा धमिरालाई प्राकृतिक तरिकाले नियन्त्रणमा गर्ने हुँदा सालक मानवसमुदायका लागि हितकारी जीव हो । सालकले जमिनको प्राङ्गारिक माटो खनेर जमिनको ऊर्वराशक्ति बढाउँछ । यसका साथै जमिनभित्रको माटो खुकुलो बनाई जमिनभित्र वर्षातको पानी छिरेर जमिनको चिस्यान कायम गर्न मद्दत पुर्याउँछ र यसले प्राकृतिक सन्तुलनमा पनि महत्वपूर्ण सहयोग पु¥याउँछ । त्यसैले सालकलाई किसानको साथी (Friends of Farmer)  भनेर भन्ने गरिन्छ । तर ज्ञानको अभावमा निर्दोष सालक मारिएका छन् ।

लोप हुने कारण

  • अवैध चोरीनिकासी एवं व्यापार सालक लोप हुनुको प्रमुख कारण हो ।
  • नेपालमा अन्धविश्वासका कारण पनि सालकको शिकार हुन गरेको छ ।
  • समुदायमा जनचेतनाको कमी, सरोकारवालाको कम चासो ।
  • वन डडेलो, जलवायु परिवर्तन ।
  • साँघुरिदै गएको बासस्थान, वनक्षेत्रको अतिक्रमण, यसको वासस्थानमा अत्यधिक मानवीय गतिविधि, वन क्षेत्रमा भौतिक पूर्वाधार निर्माण
  • प्राकृतिक आहारको कमी हुँदै जानु ।
  • बालीनालीमा विषादी प्रयोग हुने आदिले गर्दा सालकको सङ्ख्या घट्नुका थप कारण तथा चुनौतीका रूपमा रहेका छन् ।

नेपालमा सालकको संरक्षण एवं कानुनी प्रावधान

सालक नेपालको संरक्षित जनावर हो । संरक्षित क्षेत्रसँगै समुदायिक वनमा सालक बढी मात्रामा पाइन्छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) ले तामे सालकलाई सङ्कटापन्न (Endangered) र कालो सालकलाई अति सङ्कटापन्न (Crtically Endangered) सूचीमा सूचीकृत गरेको छ । त्यसैगरी वन्यजन्तुसम्बन्धी अन्तर्राष्ट्रिय व्यापार अभिसन्धि (CITES) को अनुसूची (Appendix) मा राखेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले सालकसहित २७ प्रजाति स्तनधारी प्राणीलाई लोपोन्मुख सूचीमा राखी संरक्षिण गरिरहेको छ । त्यसैगरी यस ऐनको दफा २६ को उपदफा २ मा सालक मारेमा, घाइते बनाएमा वा यसको अङ्गको व्यापार गरेमा १ लाखदेखि ५ लाख रुपियाँसम्म जरिवाना वा १ वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । पछिल्लो समय नेपाल सरकारको बाघ, गैंडा, हात्ती, कस्तुरी, हाब्रे जस्तै सालकलाई अति सङ्कटापन्न सूचीमा राखेर संरक्षणका काम प्राथमिकतासाथ अघि सारेको छ । हामीले जङ्गलमा सालक देखेमा यसलाई कुनै प्रकारको बाधा उत्पन्न नगराई आफ्नो बाटो जान दिने, यसैगरी यसको बासस्थान दुलोलाई खोतल्ने, चलाउने आदि नगर्ने, यदि कतै घाइते सालक देखेमा नजिकको वन कार्यालय, सामुदायिक वन समुह वा प्रहरी कार्यालयमा खबर गरिदिने गर्नु पर्छ । यदि नजानेर पनि घाइते सालकलाई चलाउने, घर लैजाने गरेमा यो पनि दण्डनीय अपराध हुने हुनाले यसको जानकरी सबैलाई हुन जरुरी छ ।

विश्वमै सालक प्रजाति गम्भीर जोखिममा परेकाले संसारभर फेबु्रअरी महिनाको तेस्रो शनिबार विश्व सालक दिवस (ध्यचमि एबलनयष्लि म्बथ) मनाइन्छ ।

सालक संरक्षण योजना

सालकको निरन्तर घट्दो सङ्ख्यालाई मध्यनजर गरेर राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संररक्षण विभागले यस जनावरको संरक्षणका लागिे प्याङ्गोलिन संरक्षण कार्ययोजना, २०१८—२०२२ (Pangolin Consercation ACtion Plan, 2018-2022) पनि लागू गरेको छ ।

यसमा मुख्यतः ४ वटा उद्देश्य राखिएका छन्, जसअनुसार;

  • सालकको संरक्षणको अवस्था, वासस्थान, परिस्थिकीय प्रणालीको ज्ञानमा अभिवृद्धि गर्ने
  • सालकको अवैध चोरी सिकारी तथा व्यापार नियन्त्रण गर्ने
  • सालक संरक्षणका लागि बासस्थानको खोजी एवं व्यवस्थापन गर्ने
  • सालक संरक्षणका लागि स्थानीय जनताको उत्तरदायित्वको वृद्धि गर्ने

सालक संरक्षणसम्बन्धि जनचेतनामूलक कार्यक्रमको भिडियो:

https://www.facebook.com/bishnu.acharya.900/videos/353769587298062

Share6Tweet4Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान
समाचार

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म
समाचार

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन
खाना / होटल

बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

भदौ ११, २०८२
Load More
Next Post
पुस २९ गते: तरुल किन्न  बाहुनडाँगी जाने दिन

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions