English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हाइवेको अस्वस्थ खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा. मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

ज्यूँदो कुमारीलाई किन पूजा गरिन्छ ? तन्त्रमा कुमारीको यस्तो छ प्रभाव

टुरशाला by टुरशाला
अशोज ११, २०८०
in अतिथि लेखक
A A
0
10
SHARES

लीलाभक्त मुनंकर्मी

ज्यूँदो कुमारीलाई किन पूजा गरिन्छ ? पूजाको प्रचलन कहिलेदेखि शुरु भएको हो अथवा यसको प्रादुर्भाव कहाँदेखि कुन स्थान स्वर्ग, पाताल, पृथ्वीमा भयो ? यसको पूजा गर्नाले के फल प्राप्त हुन्छ ?

हिन्दू राज्य नेपालका साथै अन्यत्र पनि कुमारी पूजाको ठूलो महत्त्व रहिआएको छ । भारतको आसाम राज्यको गुहाटी नजिक ब्रह्मपुत्र नदीको किनारमा अवस्थित कामरूप कामाक्षा मन्दिरमा पनि कुमारीलाई शक्तिका आराध्य देवी मानी ठूलो भक्तिभाव प्रदर्शन गरी पूजा गर्दछन् । ज्यूँदो कन्या कुमारीको पूजा गर्न त्यहाँ विशिष्ट मानेर नव कन्यालाई आदरका साथ पूजा पद्धतिले सम्मान गर्ने गर्दछन् ।

त्यहाँ कुमारीलाई किन पूजा गरिन्छ ? त्यो स्थान विशिष्ट किन मानियो ? आदि अध्ययन गर्दा दक्ष प्रजापतिले ‘बृहस्पति सभा’ नामको यज्ञ गर्दा महादेवकी पत्नी सतीदेवीले अग्नि कुण्डमा प्रवेश गराई देहत्याग गरेकीले शिवजी ले उनको मोहमा जाँदा अफसोच मानी देहत्याग गरेकी सतीदेवीको पार्थिव शरीरलाई काँधमा बोकी संसार भौँतारिएकोले देवदेवताहरूले ‘अनर्थ भयो, संसारको प्राकृतिक कार्यमा बाधा पर्ने भयो’ भनि विष्णु भगवान् सँग प्रार्थना गरे । विष्णु भगवान्ले आफ्नो चक्रद्वारा मायावी जाल रचना गरी महादेवले आफ्नो पीठमा बोकी संसार भौँतारिरहेका सतीदेवीको पार्थिव शरीरलाई कुहाई दिए ।

फलस्वरूप पृथ्वीमा सतीदेवीका अङ्ग ठाउँठाउँमा टुक्राटुक्रा भई खसे । सतीदेवीका पार्थिव शरीरका अङ्ग खसेका स्थानहरू शक्तिशाली देवीका पीठहरू आगमको रूपमा स्थापना भई सिद्ध भए । सतीदेवीको पार्थिव शरीरको गुह्य स्थानको अङ्ग भारत देश अन्तर्गत पहाडमा खसेको स्थान बडो महत्त्व मानेका छन् । सबै पीठहरूमा भन्दा गुह्य अङ्ग खसेकाले त्यहाँ देवदेवीहरू विराजमान भएकाले त्यस स्थान कामातुर स्थान भई ठूलो आकर्षणको केन्द्र भएर त्यहाँका देवदेवीहरू ज्यूँदो नव कन्यामा प्रवेश भएकाले त्यहाँ ज्यूँदो कन्या कुमारीलाई पूजा गर्नुको विशेषता बढ्न गएको हो भनेर आफ्नो पुस्तक ‘आसामकी गोदामे’ मा जनक अरविन्दले उल्लेख गर्नु भएको छ ।1

तंत्र

ज्यूँदो कुमारीलाई किन पूजा गरिन्छ ? पूजाको प्रचलन कहिलेदेखि शुरु भएको हो अथवा यसको प्रादुर्भाव कहाँदेखि कुन स्थान- स्वर्ग, पाताल, पृथ्वीमा भयो ? यसको पूजा गर्नाले के फल प्राप्त हुन्छ ? आदि अध्ययन गर्न बाँकी नै छ । यसको केही विस्तृत वर्णन तन्त्रमा भएको पाउँछौ ।

योगिनी तन्त्रमा यसको विवरण लेखेता पनि यसबेला यहाँबाट शुरु भएको भनी उल्लेख भएको पाइँदैन । उक्त तन्त्रमा यति मात्र उल्लेख भएको पाइन्छ कि ‘संसारको सिर्जना भएदेखि जीवात्माहरूको उत्पत्ति र मरण बेलामा कुमारी पूजाको प्रभावले देवदेवीहरूसँग मनुष्यको आत्मा विलीन भएर निरञ्जन निराकार हुन तन्त्रमा आधारित आगमनको भाव भक्तिले गर्दा मात्र यस्तो हुन सक्छ ।’

अर्को एक तन्त्रमा, संसारको सृष्टि, पालन र संहारकर्ता ब्रह्मा, विष्णु र महेश्वर हुन् । ब्रह्मा नियम र सृष्टिकर्ता, विष्णु पालनकर्ता र महेश्वर अन्याय तथा अनिष्ट गर्नेलाई संहार गर्छन् भनिएको छ। उक्त तन्त्र ग्रन्थमा संसारको सृष्टिपछि जीवात्माहरूको उत्पत्ति भएपछि ध्वनिको संकेतमा ब्रह्माबाट अ, विष्णुबाट उ र महेश्वरबाट म ‍उत्पत्ति भयो। अ, उ, म बाट एकै लवज बन्यो- अउम्, अर्थात् ॐ। यसरी तीनै जनाको शक्ति समाहित भएर ‘ॐ’ बन्न गयो । यही ॐ मूलमन्त्रको बीज भई ‘महामाया जगदम्बा भवानी’ विराजमान भइन् । तन्त्रहरूमा यसैलाई मूलमन्त्रको संज्ञा दिए । यही ॐ लाई चाहे हिन्दू होस्, चाहे बौद्ध होस्, चाहे वैष्णव होस्, चाहे जैन होस्; सबैले बराबरीको रूपमा मानिआएका छन् । तन्त्र शास्त्रमा उल्लेख भएकोले हिन्दू समाजले यसै ॐ लाई मूलमन्त्रको संज्ञा दिई मानिएका र अङ्गीकार गरिएका हुन् भनी विद्वान्हरू भन्दछन् ।

तन्त्रमा आगम वा आम्नाय ६ भागमा विभाजन गराइराखेका छन् । विभिन्न आम्नायका निम्न नाम छन्:- १) पूर्व आम्नाय, २) पश्चिम आम्नाय, ३) उत्तर आम्नाय, ४) दक्षिण आम्नाय, ५) उर्द्ध आम्नाय र, ६) अर्द्ध आम्नाय । यी आम्नाय अथवा आगमको यन्त्र मन्त्रमा भिन्नाभिन्नै देवदेवीहरू विराजमान भई रूप, रङ्ग, मुद्रा, आकृति, पहिरन, भेषभूषा तथा आसन र वाहनहरू पनि भिन्नाभिन्नै अवस्थित भई पूजा पद्धति बनाइएको हुन्छ ।

यस भित्र नै अष्टमातृका गण, दश महाविधा गण र पन्ध्र सिद्धिविधा गण साथै नवदुर्गा आदि महामाया भवानी प्रादुर्भाव भै भिन्नाभिन्नै यन्त्रमा विराजमान भई पूजा पद्धतिले अंगीकार हुन्छन् । यी विभिन्न तन्त्र-मन्त्र पूजापद्धति र विभिन्न मन्त्र भए तापनि एकै सिद्धान्त मरणपछि आत्मा आफूले मानिआएका आगमका देवी देवतासँग विलीन भएर जाने र फल प्राप्त हुने हुन्छ । यो विषय बम्बई बङ्कटेश्वरबाट प्रकाशित हुने शाक्त प्रमोदा तथा स्वर्गीय धनशम्शु ज.ब राणाबाट प्रकाशित भएको मातृका रहस्य, मन्त्र विधा रहस्य, बनारसबाट प्रकाशित योगिनी तन्त्र सप्तशती चण्डी आदि ग्रन्थहरूमा उल्लेख भएका छन् ।

गणेश पूजाको जत्तिकै महत्त्व कुमारी पूजाको पनि 

तन्त्रशास्त्रमा तन्त्र र मन्त्रको पूजा पद्धतिलाई ‘दीक्षापूजा’ नामकरण भएको छ । यो दीक्षापूजाको मन्त्र र पूजा पद्धति गुरुद्वारा गुह्य गराई दीक्षा ग्रहण गर्न लगाई पूजा पद्धति गर्न लगाइन्छ । यो दीक्षापूजामा गणेश पूजाको जत्तिको महत्त्व छ, त्यत्ति नै प्रत्येक दीक्षा पूजामा कुमारी पूजाको महत्त्व हुन्छ ।

गणेश र कुमारीको मन्त्र र तन्त्र पनि बेग्लाबेग्लै हुन्छ । यी दीक्षापूजाको पद्धति पञ्चमाकार पूजा अथवा पाँच-पाँच समूहका सामग्रीहरू सङ्कलन गराई पूजा सञ्चालन गर्ने गर्दछन् । यी पूजाको पद्धतिमा मतापूजा, थापूजा, यज्ञपूजा र जागनपूजा ले विशेष महत्त्व राख्दछन् । तन्त्रशास्त्रमा यी दीक्षापूजा ६ आम्नायमा भिन्नाभिन्नै यन्त्र र मन्त्र भए तापनि सिद्धान्त लक्ष्य र उद्देश्य एकै किसिमबाट एकै लक्ष्य हुन्छ भनी माथि उल्लेख गरिसकिएको छ ।

तान्त्रिक देवताहरूमा कुमारी देवीलाई एक ठूलो शक्तिशाली मातृका देवीको रूपमा मानिएको हुन्छ । तान्त्रिक पूजाहरूमा कुमारी पूजा अनिवार्य हुन्छ । कर्माचन, महा कर्माचन, दीप कर्माचन वा जज्ञ (यज्ञ) कर्माचन आदि तान्त्रिक पूजामा पनि कुमारी पूजाले विशेष स्थान ओगटेको हुन्छ । माथि उल्लेख गरिए बमोजिम तान्त्रिक पूजामा गणेश र कुमारी पूजा विना पूजा पद्धतिको पुरश्चरण नै पूर्ण हुँदैन । तन्त्रमा कुमारीलाई तीन श्रेणीमा विभाजन गराइराखेको हुन्छ १) एकवर्ष देखि १२ वर्षसम्म बालिका २) १२ वर्षदेखि १६ वर्षसम्म वयस्क तथा ३) १६ वर्षदेखि माथि वृद्ध अवस्था हुन्छ । यिनीहरूको पूजा पद्धति पनि श्रेणी अनुसार नै गरिन्छ ।

पूजा पद्धति श्रेणी अनुसार फरक फरक भए तापनि सिद्धान्त र लक्ष्य एकै किसिमको मानिन्छ । तान्त्रिक पूजामा ज्यूँदो कन्या कुमारीलाई अर्कै भेदबाट पूजा गरिन्छ । ज्यूँदो कन्या कुमारीलाई अष्टमातृकागणबाट अलग गराई पूजा गराइराखेको हुन्छ जुन १२ वर्ष मुनिका कन्या कुमारी बालिकालाई पनि कन्या कुमारी मानेर पूजा गरिन्छ ।

अष्टमातृका गणहरूमा कौमारी देवी एक ठूलो शक्तिशाली देवीको स्थानमा तन्त्रशास्त्रमा उल्लेख छ । जस्तै- १) ब्रह्मायणी, २) माहेश्वरी, ३) कौमारी, ४) भद्रकाली वैष्णवी, ५) बाराही, ६) इन्द्रायणी, ७) महाकाली चामुण्डा र ८) महालक्ष्मी । तर बडादशैँको समयमा अष्टमातृका गण सहित त्रिपुरासुन्दरी समेत ९ दिन नौ मातृका भवानीलाई दुर्गा भवानी महामाया देवी मानी पूजा गरिन्छ र नौ दिनसम्म नै नौ पीठमा मेला लाग्ने चलन छ ।

कुमारी पूजाको विकास, रूप तथा फल :

कुमारी पूजाको विकास विषय अध्ययन र खोजी गर्न बाँकी नै छ । द्वापर युगको अन्त्यमा महाभारतको समयमा यसको विकास भइसकेको अवगत हुन्छ । त्यसपछि लिच्छविकालको मध्ययुगमा यसको विकास भएका केही अभिलेखहरू प्राप्त भएका छन् । लिच्छविहरूको पतनपछि मल्लकालमा तन्त्रयानको दबदबा जोडतोडले चलेपछि कुमारी पूजाको पनि पुनः विकास भएको बुझाउने अभिलेखहरू प्रशस्त पाइन्छन् । नेपाल उपत्यकाको काठमाडौं, पाटन र भक्तपुर, सुवर्णपुर र बुङ्गमति आदि स्थानहरूमा ज्यूँदो कुमारीलाई पूजा गर्दछन्, जात्रा गर्दछन् । उक्त चलन अद्यापि कहीँ कहीँ चल्दै छ । शाक्त प्रमोद तन्त्रको ग्रन्थमा कुमारीको रूप यस प्रकार उल्लेख छ ।

उमेरअनुसार कुमारीको नाम, फल प्राप्तिको वर्गीकरण 

एक वर्ष उमेर पुगेका बालिकाको रूप संध्या, दुई वर्ष उमेर पुगेका बालिकाको रूप त्रिधामूर्ति, तीन वर्ष उमेर पुगेका बालिकाको रूप कालिका, चार वर्ष उमेर पुगेका बालिकाको रूप सरस्वती,  पाँच वर्ष उमेर पुगेका बालिकाको रूप सुभगा, छ वर्ष उमेर पुगेका बालिकाको रूप उमा, सात वर्ष उमेर पुगेका बालिकाको रूप भिल्लनी, आठ वर्ष उमेर पुगेका बालिकाको रूप कुब्जिका, नौ वर्ष उमेर पुगेका बालिकाको रूप कलसंदर्भा, दश वर्ष उमेर पुगेका बालिकाको रूप अपराजिता आदि को पूजा गर्दा ज्यूँदो कुमारीको रूपधारण गर्ने उल्लेख छ । उक्त तन्त्रको ग्रन्थमा उक्त रूपधारण गर्ने ज्यूँदो कुमारीलाई क्रम अनुसार प्रतिपदादेखि पूर्णिमाको दिनसम्म पूजा गर्नुपर्ने उल्लेख छ ।

एक वर्षदेखि पाँच वर्षसम्म उमेर पुगेका ज्यूँदो कुमारी बालिकालाई पूजा गर्दा अति उत्तम फल प्राप्त हुने र ५ वर्षदेखि ९ वर्षसम्म भएका बालिकालाई पूजा गर्दा त्यसले इच्छा बमोजिम फल प्राप्त हुने, ९ वर्षदेखि १३ वर्षसम्म उमेर पुगेका बालिकालाई कुमारी पूजा गर्दा कुलको मर्यादा बढ्ने, फल प्राप्त हुने र त्यस्तै १० वर्षदेखि १६ वर्षसम्म पुगेका कुमारी बालिकालाई कुमारी पूजा गर्दा युवतीहरूमा हुने चञ्चलता जतिको जागृत हुन्छ, त्यति नै फल प्राप्त हुने अथवा सबै कार्य जाँगर लगाएको फल तुरुन्त प्राप्त हुने कुमारी पूजाको फलको विवरण दिइएका छन् । कुमारी पूजा गर्नेले चढाएका वस्तुहरूको पनि फल प्राप्त हुने विवरण उक्त शाक्त प्रमोद तन्त्रको ग्रन्थमा उल्लेख छ ।

कुमारी पूजालाई ज्यूँदो कुमारीलाई अन्न चढाउनलाई सुमेरु पर्वत फल जस्तै प्राप्त हुने, अलिकति भए पनि जल चढाउनलाई सात समुद्र नै चढाएको जस्तो फल प्राप्त हुने, त्यस्तै बस्त्र चढाउनलाई सहस्र कोटिसम्म कैलास बास गर्न पाउनको फल प्राप्त हुने बताइएको छ । त्यस्तै, ज्यूँदो बालिका कुमारी पूजामा भोजन गराउनलाई त्रैलोक्यको जीव जीवात्माहरूलाई गराएको जत्तिकै नै फल प्राप्त हुने कुरा वर्णित छ ।

उक्त ग्रन्थमा पूजा पद्धति फल विषय बयान गरिएका छन् तर, कुनै कुनै तन्त्रमा १ वर्षदेखि १२ वर्षसम्मका कन्या बालिकालाई कुमारी पूजा गर्न हुने, त्यसभन्दा माथि अथवा १२ वर्ष माथिका बालिकालाई कुमारी पूजा गर्दा पूर्ण फल प्राप्त नहुने उल्लेख छ । कन्या कुमारी बेल विवाह नभएसम्म मात्र गर्नुपर्ने तन्त्रमा उल्लेख छ । कन्याहरूको बेल विवाह १२ वर्षदेखि नै गर्नुपर्ने शास्त्रमा उल्लेख छ । १६ वर्ष उमेर पुगेका अथवा वयस्क अवस्थादेखि माथिका उमेरकालाई अष्टमातृका गणमा समावेश भई कुमारीको रूप कौमारीमा प्रवेश भै ठूलो स्थान ओगटेको हुन्छ ।

यस अवस्थामा उद्धृत श्लोक यस प्रकार छन्-

शकत्यक्ष स्त्रग्वराभीतिकरां बन्धुक सत्रिभाम् ।
मयूर ध्वजिनी रक्त बस्त्रामी दुम्बरा स्थिताम् ।
हरित्कञ्चुकिकां रम्यां नाना लङ्कार भूषिताम् ।

अर्थात् मयूरमाथि चढेकी, चारहातमा शक्ति अक्षमाला, वरमाला वर र अभय मुद्रा धारण गरेकी, लालवर्ण भएकी, रातो वस्त्र पहिरेकी, अनेक गहनाहरूले सिँगारिएकी, जगत्की मालिक भएकी देवी हुन् ।2

कुमारी पूजामा निषेधित बालिका :

कस्ती बालिकालाई ज्यूँदो कुमारी पूजा नगर्ने भन्नेमा अधिकांश अथवा बढी अङ्ग भएकी, अपाङ्ग भएकी शरीरमा घाउ खटिराका खतको चिन्ह भएको, मुखमा दाँत झरेकी, आँखा डेरो भएकी, रोगले ग्रस्त भएकी, जीउ भरि भुत्ला भएकी, नोकर्नीका बालिका, चरित्र बिग्रेकी तथा कुलक्षणले बास गरेकी, आदिलाई कुमारी पूजा गर्न निषेध गरिएको छ ।३ रजस्वला भैसकेपछि, मुखमा दाँत झरेपछि, बेल विवाह भैसकेपछि कुमारी वैध नहुने भएकाले राम्रो चरित्र र लक्षणयुक्त हँसिलो चेहरा भएका बालिकालाई विधि बमोजिम कुमारी छान्ने र पूजा सञ्चालन गर्ने गर्दछन् । साथै मुसुमुसु हाँसी हमेसा चञ्चलताले युक्त भएकी बालिकालाई कुमारी छान्ने गर्दछन् ।

जात्रा 

नेपालमा कुमारी जात्रा धेरै ठाउँमा भए तापनि विशेषतः राजकीय जात्रा राजधानी उपत्यकामा काठमाडौं, पाटन र भक्तपुरमा मात्र ज्यादा महत्त्व र धूमधामसँग हुन्छ ।

काठमाडौंतर्फ,

काठमाडौंमा कुमारीलाई रथमा विराजमान गराई सम्पन्न गरिने कुमारी जात्रा प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीको दिनमा शुरु गरी आश्विन कृष्ण चतुर्दशीको दिनसम्म हुने गर्दछ । काठमाडौं वसन्तपुरको कुमारी घरबाट शुरु भई तल्लेटोलको भूतिसल, चिकंमुगल, अट्को नारायण स्थान, मजिपाट न्हुवल, ज्यावहाल, कोहिटी, भीमसेन स्थान, विच्छे वहाल, कयुन्तु र सिंह सत्तल आदि टोलहरूमा रथ तान्ने काम धूमधाम उत्सवका साथ गर्दछन् । भोलिपल्ट भाद्र शुक्ल पूर्णिमाको दिनमा यही रथ तान्ने शोभा जात्रा वसन्तपुरबाट नै शुरु गराएर प्याफल, यटखा, नरदेवी, बालकुमारी, केल, इन्द्रचोक, मखन भएर टोलहरू परिक्रमा गराई हनुमान् ढोकामा रथ तान्ने जात्रा विसर्जन गराइन्छ ।

त्यसपछि यसको चार दिनपछि अथवा आश्विन शुदि ४ रोजका दिनमा नानीमा जात्रा नामले यो पांग्रा भएको रथ तान्ने जात्राको कार्यक्रम वसन्तपुर कुमारी घरबाट नै प्रारम्भ गराई प्याफल, यटखा, इटुंवहोल, किलागल, भेडासिं, इन्द्रचोक, मखन आदि टोलहरू परिक्रमा गराई हनुमान् ढोका नै विसर्जन गराइन्छ । रथ तान्ने जात्रामा गणेश, भैरव र कुमारीलाई छुट्टाछुट्टै रथमा विराजमान गराई एकैसाथ रथ तान्ने शोभा जात्रा हुन्छ । यो रथ तान्ने जात्रा वर्षको एक पटक मात्र हुन्छ । तर अरु बेलामा विमान खटमा विराजमान गराई मानिसले बोकाई पर्वपर्वमा बाजागाजा सहित चिराक बत्तीले सशोभित गराई कुमारीको रथ जात्रा गरिन्छ । सेतो मच्छिन्द्रनाथको स्नान गराउने बेलामा कुमारीलाई विमान खटमा विराजमान गराई ठूलो जात्रा चलाई बाजागाजा सहित मच्छिन्द्रवहालमा ल्याउने जात्रा हुन्छ ।

पाटनतर्फ,

पाटनमा रातो मच्छिन्द्रनाथको रथ जात्रामा बुङ्गमतीबाट कुमारीलाई विमान खटमा विराजमान गराई खट बोकेर बाजागाजा सहित चिराख बत्तीले सुशोभित गराएर पाटनमा ल्याउने जात्रा हुन्छ । रातो मच्छिन्द्रनाथको महास्नानको दिनमा कुमारीलाई खटमा नै विराजमान गराई बोकेर बाजागाजा र चिराख बत्ती बालेर महास्नानको बेलामा पनि लगनखेलमा कुमारी जात्रा धूमधाम गरी गराइन्छ । रातो मच्छिन्द्रनाथको नरिवल खसाल्ने जात्रामा पनि कुमारीलाई विमान खटमा विराजमान गराई लगिन्छ । त्यस्तै रातो मच्छिन्द्रनाथको रथ जाउलाखेलमा तान्दा कुमारीलाई धूमधाम उत्सवसाथ जात्रा गराइन्छ र पाटनको कुमारी पाटीमा विराजमान गराइन्छ ।

त्यस्तै बडादशैँको पर्वको समयमा कुमारीलाई राजकीय जात्रा चलाई लायकु दरबारमा भित्र्याई विधिविधान अनुसार कुमारी वूजा गरिन्छ । देउपाटनमा वैशाख पूर्णिमाको दिनमा त्रिशूल जात्राको लागि कुमारी छान्ने जात्रा र पूजा हुने गर्दछ । त्यस पूजाको जात्रामा गहना देखाउँदा नरुने बालिकालाई त्रिशूल जात्रामा समावेश गराउने बालिकालाई कुमारीको रूपमा पूजा गर्ने गरिन्छ । कुमारी पूजा गर्ने परम्परालाई जात्राको रूपमा गरिन्छ । यसैलाई कुमारी पूजा गर्ने जात्रा भनी जनजिब्रोमा चलेको छ ।

भक्तपुरतर्फ,

भक्तपुरमा बडादशैँको नवमीको दिनमा टिबुकछे चासुखेलको आगम घरबाट १२ जना कुमारी बालिकाहरूलाई गण कुमारीको नामले लायकु मिसाहरूले जीउमा बोकाई ठूलो राजकीय जात्रा चलाई बाजागाजा सहित तलेजुभित्र लगी तान्त्रिक विधि अनुसार पूजा गर्ने गर्दछन् । ती १२ जना गणकुमारी गणको दफालाई अष्टमातृकागण, भैरव, गणेश र कुमार आदि १२ जना गणलाई आह्वान गरी तलेजु मन्दिरमा धूमधामसाथ पूजा गरिन्छ ।

त्यसपछि एकान्त कुमारीलाई टिबुकछे चासुखेलको आगम घरबाट तलेजुका पूजारी ब्राह्मण जोशीहरूले जीउमा बोकाई बाजागाजा सहित गजूर भएको छाताले ओढाई राजकीय जात्रा चलाई तलेजुको मूलचोकको कुमारी चोकभित्र विराजमान गराई तान्त्रिक विधि अनुसार गुह्य गराई तान्त्रिक पद्धतिले धूमधाम पूजा गरिन्छ । उक्त कुमारीलाई पूजा गर्न जगज्योति मल्ल राजाले निर्माण गर्न लगाई कुमारी चोक नामले अद्यावधि प्रख्यात भएको छ । गुह्य गराई एकान्त चोकमा पूजा गर्ने भएकोले उक्त कुमारीको नाम एकान्त कुमारी नाम हुन गएको हो । यो कुरा त्यहाँ भएको अभिलेखमा एताचोक नाम उल्लेख छ ।

ज्यूँदो बालिका कुमारीको जगेडा ‘टिबुकछे कुमारी’

भक्तपुर टिबुकछे चासुखेल आगम घरमा अर्को एक जना सानो बालिकालाई ‘टिबुकछे कुमारी’ नामले गोप्य गराई पूजा गर्ने गरिन्छ । गुह्यबाट गरिने पूजा विसर्जन भइसकेपछि उक्त कुमारीको रूपमा रहेका बालिकालाई त्यहाँ टोलका बासिन्दाहरूले साक्षात् कुमारी देवीको रूपमा दर्शन गर्ने र पूजा चढाउने गर्दछन् । उक्त ज्यूँदो बालिका कुमारीको जगेडाको रूपमा स्थापना गराई राखेका कुमारी हुन् भन्ने लोकोक्ति छ । बडादशैँको पूजामा एकान्त कुमारी अकस्मात् भइपरी आई दुर्घटना भए, दाँत झरे, खुनी भइन् वा रजस्वला भइन् आदि भई पूजा रोक्ने भएमा उक्त सानु कुमारी बालिकालाई जगेडाको रूपमा तान्त्रिक विधि अनुसार पूजा चढाई राखेको हो भन्ने जनगुनासो छ ।

यी एकान्त कुमारी, गण कुमारी पाँच दीपङ्करका पूजारीहरूले बज्त्राचार्य र शाक्यहरूले आफ्ना छोरी बेटीको कुमारी छान्ने कार्य गर्दछन् । ती छानिएका बालिकालाई कुमारीको रूप तलेजुका अधिकार वाला श्री ५ महाराजाधिराजका मूल पुरोहितको आदेशबाट तलेजुका पूजारी ब्राह्मणको स्वीकृतिबाट एकान्त कुमारी स्थापना हुन्छ । भक्तपुर तलेजुमा जस्तै नै भक्तपुर मङ्गलाछे बलंपुमा पनि तलेजुको पूजा हुन्छ । त्यहाँ पनि तलेजु मूलचोकमा जस्तै बडादशैँको समय तलेजु भवानीको ‘द्यो थाहा बिज्याकेगु, द्यो कोहा विज्याकेगु’ भनेर जात्रा हुन्छ । बडादशैँको समयमा नवमीको दिनमा त्यहाँ पनि कुमारी पूजा हुन्छ, जात्रा हुन्छ ।

तर त्यहाँका कुमारी ब्राह्मणको छोरीलाई पक्वांहरूले आफ्ना घरबाट पूजा गराई बाजागाजा सहित सुन गजूर भएको छाताले ओढाई जीउमा बोकाई जात्रा गरी मङ्गलाछे टोलको वलंपुली तलेजु स्थानमा लगी विधिविधानबाट पूजा गराइन्छ । त्यस्तै भक्तपुर दत्तात्रय नेरको वाने लायकुमा पनि बज्राचार्यको छोरीलाई कुमारी पूजा गरिन्छ र जात्रा हुन्छ । उक्त कुमारीलाई कुमारी छें देउननीको बुद्ध विहारबाट नै लगेर बज्राचार्यका छोरी बेटीलाई नै कुमारी रूपमा पूजा गर्ने गर्दछन् । त्यहाँको पूजा पद्धति पनि लायकु तलेजुको जस्तै हुन्छ । तर भक्तपुर तलेजु राज गुठीमा जन्मिएकोले भक्तपुर दरबारको लायकुमा तलेजुको राजकीय पूजा हुन्छ, जात्रा हुन्छ । त्यहाँ त्यसो हुँदैन, यति मात्र फरक छ ।

प्रत्येक वर्ष आश्विन शुदि १ रोजदेखि ऐ आश्विन शुदि ८ रोजसम्म बडादशैँ पर्वमा कुमारी छें देउननीबाट ल्याई कटुवर्ण विहारमा ल्याई राखेका एकान्त कुमारीलाई लायकु तलेजु स्थानबाट अष्टमीको दिनसम्म आठ दिनसम्म दिनदिनै एकान्त कुमारीलाई पूजा पठाई कुमारी पूजा गर्ने गर्दछ । दिनदिनै एकान्त कुमारीलाई देउननी कुमारी छें आदि विहारमा लायकु तलेजुबाट नै राजाको प्रतिनिधि स्वरूप भएर सुन गजूर भएको छाताले ओढाई ल्याउने गर्दछन् । अनि साँकोठाको कटुवर्ण विहारमा विराजमान गराई पूजा चढाउने गर्दछन् । त्यस बेला त्यहाँ दर्शनार्थीहरूको भीड लागेर मेला लाग्ने हुन्छ । त्यहाँ पनि अर्को एकजना बज्राचार्यको छोरीलाई गोप्य गराई तन्त्रिक विधि अनुसार नै पूजा गराईराखेका हुन्छन् । त्यहाँको गोप्य कुमारी पनि जगेडाको रूपमा राखी छोडेको हो भन्ने जनविश्वास छ ।

नेपाल अधिराज्यमा जहाँ तलेजु भवानी स्थापना गरिएको छ, त्यहाँ बडादशैँमा कुमारी पूजा धूमधामसँग हुन्छ । तर नेपाल अधिराज्यको उपत्यकाका ३ शहर बाहेक अरु स्थानहरू धेरै जसो लोप भइसकेका छन् । नेपाल उपत्यकाको ३ शहर काठमाडौं, पाटन र भक्तपुर र कुमारी जात्रा राजकीय थानबाट सञ्चालन हुने भएकाले स्थायी रूपमा चलिराखेका छन् । उपत्यकाका तीनै शहरमा कुमारी राज हुने घरको निर्माण र कुमारीको व्यवस्था भएकाले स्थायी रूपमा चलिराखेका छन् । तर यो पनि गुठी स्थानको व्यवस्थाको कार्य सञ्चालनले गर्दा शंकास्पद गराएको छ । बडादशैँको नवमीको दिनमा घरघरमा कुमारी पूजा हुन्छ । बेल विवाह नभएको बालिकालाई कुमारी पूजा गर्ने गर्दछन् ।

Nepalese worshippers carry the Living Goddess “Kumari Devi” during a procession on the last day of the Seto (White) Machindranath chariot festival in Kathmandu. The Kumari is worshipped by both Hindus and Buddhists as a living goddess and protector bringing good luck and prosperity. Hindu and Buddhist devotees from the ethnic Newar community of Kathmandu valley celebrate the Seto Machindranath festival by pulling wooden chariots across the city. (Prakash Mathema/Getty Images)

कस्ता बालिकालाई कन्या कुमारी छानिने र पूजा गर्ने ?

रुद्रायामत तन्त्रको सातौं अध्यायमा कुमारी बालिकालाई निम्न प्रकारका कुमारी छान्ने र पूजा गर्ने कुराको उल्लेख छ । हँसिलो चेहरा भएको, मुखमा ३२ वटा दाँत भएकी, भविष्यमा चरित्र राम्रो देखिने, लक्षणयुक्त भएकी, जीउमा कुनै खत नभएकी, नाच्ने कार्यमा सबै लोकबाट प्रतिष्ठा कमाइसकेकी, आमाकी छोरी, धोबिनीका बालिका, नाउनीका बालिका, गोपालकी बालिका, वैश्यकी बालिका, इमान्दार व्यापारीकी बालिका, मालिनीकी बालिका, ब्राह्मणकी बालिका, औषधि उपचार गराई हिंड्नेकी बालिका, इमान्दारीसाथ चरित्र नबिगारी यताउति हिँडिरहेका आमाबुबाकी बालिका, जहाँतहीं बसोबास गरेकी भए पनि सज्जन आमाकी बालिका आदि उपयुक्त व्यक्ति र जातित्वका व्यक्तिहरूबाट पैदा भएका बालिकालाई कुमारी छानेर पूजा गर्ने तन्त्रमा उल्लेख भएको छ । यी लक्षणयुक्त छानिएका कन्यालाई मन्त्रयुक्त भएका साक्षात् लक्ष्मी, सरस्वती, कुब्जीका, मातृका तथा नवदुर्गा गण आदि प्रतिभा छन् । यी माथिका कन्या कुमारीलाई छानेर गर्ने विषय कुमारी तन्त्रकमा पनि यस्तै श्लोक लेखेको विवरण यस प्रकार छ ।

नटी कपालनी, वैश्या रजनी नापिताङ्कमा ।
ब्राह्मणी शुद्र कन्या च तथा गोपाल कन्यका ।।
माला कारस्य कना च नव कन्या प्रकर्तिता ।।।

उपयुक्त यस्ता कन्या कुमारीलाई पूजा गर्नु जगत्ले मानेकी जगत्ले पूजा गरेकी जगत्ले बन्दना गरेकी सर्वशक्ति रूप जगत् की माता भगवती देवीलाई पूजा गर्नु बराबर हुन् भनी धेरैजसो तन्त्रमा उल्लेख छ ।5 कालिका तन्त्रमा पञ्च कुमारी, सप्त कुमारी र नव कुमारी पूजा गर्नु अति उत्तम छ भनेर लेखिएको छ ।

अब कुमारी पूजा र जात्रा विषयमा इतिहासमा र वंशावलीमा उल्लेख भएको भनाइतिर जाऊँ । राष्ट्रिय पुस्तकालय, पुरातत्त्व विभाग अन्तर्गत प्रकाशित भएको भाषा वंशावलीमा कुमारीलाई जात्रा बनाई देवीलाई सन्तुष्ट गराउन तन्त्रको आधारको प्रमाणले यन्त्रकारको सुन्दर रथ बनाई वटुक भैरव र गणेश सहित कुमारीको जात्रामा समावेश गराई रीतपूर्वक जात्रा चलाए भन्ने उल्लेख छ ।

यसबाट यो अवगत हुन्छ कि कुमारी पूजा नेपालमा गुणकामदेवको पालादेखि विस्तृत रूपमा पूजा प्रचलनमा आए तापनि कुमारीको पांग्रा भएको रथ जात्रा मल्ल राजा जयप्रकाश मल्लको पालादेखि मात्र भएको हो । धेरै जसो इतिहासकारहरूले नेपालमा कुमारी जात्राको अन्तिम मल्ल राजा जयप्रकाश मल्लले पहिलेदेखि भएको कुमारी जात्रालाई विस्तृत पारी जात्राको रूपमा परिणत गरेको कुरा उल्लेख गरेका छन् ।

धेरै जसो इतिहासको पानामा उल्लेख भएको छ कि अन्तिम मल्ल राजा जयप्रकाश मल्ल कुमारीको भक्त थिए । सपनामा उनलाई कुमारी दर्शन दिई भनिन् कि तिम्रो राज्यको भोग अब सकिसक्यो । सपनामा राजाले देवीसँग विन्ती चढाए कि ‘प्रभू राज्य थामी पाऊँ ।’ देवी खुशी भएर ‘उसो भए मेरो जात्रा चलाई दिनू’ भन्ने आज्ञा भयो । सपनाको कुरा दृष्टिगत् गरी राजा जयप्रकाश मल्लले कुमारी जात्रामा गणेश र भैरव सहितको पांग्रा भएको रथमा विराजमान गराई रथ तान्ने जात्रा चलाएकाले देवीले उनलाई फेरि १२ वर्ष राज्यको भोग थामिदिएको हो । यसैले कुमारी जात्रालाई जयप्रकाश मल्लको प्रकरणमा कुमारी जात्रा चलाउने श्रेय उनैलाई थियो । त्यस्तै भक्तपुरमा राजा जगज्योति मल्लले कुमारी पूजा र जात्रा विस्तृत पारेका किंवदन्तीहरू वंशावलीमा पनि उल्लेख छ । यसै गरी यहाँ पनि कुमारी पूजा र जात्रा चलाई आएको पाइन्छ ।

जगज्योति मल्लसँग पाशा खेल्ने तलेजु भवानी

भक्तपुरका राजा प्राणमल्लका छोरा जगज्योति मल्ल तलेजु भवानीका भक्त थिए । उनले तलेजु भवानीलाई नै स्वेष्ट देवता मानी श्रद्धाले पूजा गर्ने गर्दथे । तसर्थ तलेजु भवानीले उनलाई थाहा नपाउने गरी एक अपरिचित स्त्रीको रूपमा राजा जगज्योति मल्लसँग पाशा खेल्न आउने गर्दथिन् । एकदिन राजा जगज्ज्योति मल्लले उनीमाथि हातपात् चलाए ।

यसमा देवी रिसाई त्यस दिनदेखि पाशा खेल्न आउने कार्य बन्द भयो । राजालाई सपनामा तिमीले ममाथि हातपात चलाएकोले ‘मैले तिमीसँग पाशा खेल्न आउने कार्य छोडेको हो’ भनी आज्ञा भएकोले राजाले ठूलो विलौना गरी ज्यादा सुर्ता गरेकोले अर्को सपनामा ‘यदि तिमीले ममाथि भावभक्ति अर्पण गर्ने हो भने म तिम्रो इष्टदेवता तलेजु नै हुँ । यदि तिमीले मसँग कुराकानी गर्नुपर्छ भने एकजना बाँडाकी छोरी ल्याई पूजा गर्नु, म उनैमाथि प्रवेश हुने छु’ भनी राजालाई देवीबाट आज्ञा भएछ । त्यो दिन बडादशैँको समय रहेछ ।

भोलिपल्ट बिहान हुने बित्तिकै सबेरै ३२ लक्षणले युक्त एक बाँडाकी छोरी खोजेर ल्याई विधि अनुसार पूजा चढाई जात्रा गराई बडा दशैँको नवमीको दिनमा तलेजु भित्र एता चोक मा गुह्य गराई तान्त्रिक विधि अनुसार पूजा चढाई देवीसँग कुराकानी गरियो । त्यस दिनदेखि भक्तपुरको राजदरबारमा एकान्त गराई पूजा चढाएको र त्यस्तो गर्ने कुमारीको नाम नै ‘एकान्त कुमारी’ हुन गएको उल्लेख छ । यो कुमारी पूजा प्रत्येक वर्षको बडा दशैँको नवमीको दिनमा कुमारी चोक प्रवेश गराई तान्त्रिक विधिविधान अनुसार पूजा गर्ने गराउने र कुमारीलाई जीउमा बोकेर जात्रा चलाई ल्याउने अद्यावधि चलन छ । वंशावलीमा उल्लेखित बाँडाका छोरीलाई कर्पचण्डालकी छोरी भन्ने सुनका काम गर्ने शाक्य वा बाँडालाई उपनाम राखेको पाइन्छ ।

भक्तपुर सन्दर्भमा कुमारी पूजाको किम्बदन्ती

भक्तपुरमा कुमारी पूजा विषयमा अर्को पनि एउटा लोककथा प्रचलित भएको सुन्न पाइन्छ, जुन कथा यस प्रकार छ-

राजासँग एउटा हीराको यन्त्र थियो जुन यन्त्रलाई तलेजु भवानीलाई इष्टदेवता गराई भक्तिपूर्वक पूजा चढाई राजाले सेवा गरिरहेका थिए । देवी खुशी भएर प्रकट भई राजासँग कुराकानी गर्ने गर्दथिन् । देवीले त्यस यन्त्रलाई कसैलाई नदेखाउने वा आइमाई समेतलाई जानकारी नदिने आज्ञा भएछ । तर राजाले एकदिन त्यस यन्त्रलाई पूजा गर्दे देवीलाई खुशी पार्दे देवीलाई प्रकट गराई नचाइरहेको बेलामा राजाका छोरीले देखेछन् ।

देवी लोप भई त्यो दिनदेखि राजासँग कुराकानी गर्न र देवीको दर्शन गर्न मौका मिलेनछ । राजा ज्यादै सुर्तामा परी सन्ताप गरिरहेकाले सपनामा शाक्य बाँडाकी लक्षणयुक्त छोरी ल्याई पूजा गर्नु भनी आज्ञा भएछ । राजा जगज्ज्योति मल्लले भोलिपल्ट बिहान हुनासाथ लक्षणयुक्त शाक्य बाँडा भिक्षुक छोरीलाई कुमारी पूजा गराई कुमारीसँग कुराकानी गरेछन् । त्यस दिनदेखि नै भक्तपुरमा कुमारी पूजा गर्ने चलन चलेको हो, जुन चलन अद्यापी कायम भएको हो भन्ने गर्दछन् । भक्तपुर लायकुको तलेजु स्थानमा कुमारी पूजा गर्ने चोकलाई आजसम्म कुमारी चोक नामले पूकारिँदै छ ।

त्यसपछि लगभग १४० वर्षपछि उनैका सन्तान ४ पुस्तापछिका राजा जितामित्र मल्लले कुमारीको प्रभाव शक्ति ज्यादा भएकोले उक्त कुमारीलाई पूजा गर्ने एता चोक एकान्तभित्रको चोक जीर्ण अवस्थामा रहेकोमा त्यस चोकमा कुमारी राज गराउन पाटनका राजा श्रीनिवास मल्लसँग सम्पर्क राखेर कोटखा ढुंगा राम्रो र बलियो ल्याई ढुंगाको खाट बनाउन लगाई चोकको उत्तर लाइनको गारोमा अष्ट मातृका गण दश महाविद्याका देवीगणका मूर्तिहरू बनाउन लगाई देवताको ध्यान श्लोक कोर्न लगाई चोकलाई अत्यन्त राम्रो पार्न लगाएका थिए ।

साथै सोही विवरण कोर्न लगाई अभिलेख पनि राख्न लगाएका थिए । उक्त एता चोक नाम भएको चोकलाई कुमारी चोक नाम हुन गई त्यहाँ अत्यन्त रमणीय स्थान भएका त्यहाँ भएका अभिलेखहरूबाट स्पष्ट देखिन्छ । उक्त चोकको निर्माण कार्य नै ने सं. ७६७ मा शुरु गराई ने सं. ८१२ सम्म ठूलो कष्ट गराई १५ वर्षसम्म लागेको त्यहाँ भएको अभिलेखबाट प्रष्ट हुन्छ । तलेजु स्थानमा भएको चोकहरूमा कुमारी चोकका कला, संस्कृति दृश्यालोकनको लागि उत्कृष्ट स्थान भएको छ । तर जीर्ण अवस्थाले गर्दा त्यहाँ सुरक्षाको अभावले आजभोलि नष्ट अवस्थामा छ । त्यहाँ भएका शिलापत्रको अभिलेख निम्न प्रकार छ-

ॐ स्वस्ति ।। श्री श्री श्री भवान्यैमनः भाद्र सप्त खगा ब्बंसमितशके सोमे द्वितीया तिथौ योगे चेव शुभे तथार्थ मसुरे भे शुल्कपक्षे शुभे । नेपालेश्वर भूपकेशरि जितामित्रण चेता गृहा, देवी प्रीतिकृता मनोहरतरा जीर्ण्णा नवीनाः कृताः।। श्री श्री निवास नृपतेः कृपयो पलैस्तेरेता गृहा विर चिताश्र्व विचित्रिताश्र्व वर्ण्ण स्तथैव विविधैश्व मनोभिरा मैद्ररि भागिराम समय गृह भितयश्र्व ।। ।। अथ नेपाल भाषा, श्री श्री जय जितामित्रमल्ल देव थाकुर सन श्री श्री श्री स्वेष्ट देवता प्रीतिन मूलचोकया पश्चिम, रघुवंश शिरोमणि श्री श्री जय जितामित्र देव वसरणा एताचूक जीर्णोद्धार याङा ।। चण्डी आदिन योगिनी गण चोया, पाता चपली स रामायण चोया, दक्षिण झ्याल, शोभा तिमितन दयका, झ्याल चालके मदु, आङ चेकन अतन दाङा, थाम, झ्याल, लुखा, पश्चिम मातान सहित न दयका । ह्यवया पनिसन कोटखा लोहो छगोल कायकथिन, थना श्री श्री जय जितामित्र मल्ल देव सन भगिराम प्रधानाङ्गया वेलस चपलि सहित, चूक चिङा, चुक स लोहो खाता दयका, पेकोण स,खादरुथि दयका ह्निन स १ चेकन श्री श्री राजा नं च्यापे चपलि थंता रगमाला चोया, मातान स अक्षोम्यादि चोया, क्वाथया क्वथुतास गौरी विवाहाया प्याखन दयका थ्व खँ चोया थंथुतास, नेपाल यात खात चोया, चूक स चोङ जलधुन स, अछिट्रन, श्री श्री राजन लंख थनके माल ।। लोहो स चूपे इत्यादिन चुलेमते व, धाधा धिधि इत्यादिन मते व, चरन् धरन् चाएयका व तयमते व वसुजात, चुएमते व, चूक स थ्वते यायेमते व । सेल्हो मालक्व टीकाधारी श्री श्री राजन यायमाल, महायत्न न दयका, थव जीव भारपाव निदान यायमाल, थ्वते मधर पारसा ,पञ्चमहा पातक, घर र पान श्री ३ इश्वरीया सुदृष्टि ।। श्री श्री जय भूपतीन्द्र मल्ल देव पुनर्भाखा, गोहमान लिथे थेचो, कोसि, लोहो अत इत्यादि सेनकाव पिताएनसा ह्नपा चोको, या पलाक जुरो ।। सेल्हो यायेतेव ।। ।। माल श्री राज विजय ।। चो ।। जय मुण्ड मालिनि चण्डिको ।। धु ।।। प्रकट कटकट विकट वादिनि झ झ म झम झपिनि, विवुध वृन्द विवोधदायिनि , तारिणी तनु धारिणी ।। रक्त वीज समेध सोनित, चचट चटचट चविणी, प्रणत लोक प्रमोदका रिनि, कालिका किलि दारिणी , इन्द्र चन्द्र कुवेर जलपति सकल सुरपति बन्दिते, ब्रह्मा विष्णु महेश शङ्करि, योगिनी गण पूजिते ।। विनयन यमतिं वाति गोचर जननि तुअ पद अंविके नृप जितामित्र भाव भाषित भारती पद चंडिके ।। संवत् ७६७ विक्रम १७३४, शक १५६६, कलि ४७७८ भाद्र शुदि द्वितीया शुभ ।।

उपयुक्त अभिलेखमा पाटनका राजा निवास मल्लको अनुग्रहले कोटखा ढुंगा प्राप्त गराई धेरै मेहनतले एता चूक कष्ट गराई तयार भएको चोक जीर्णोद्धार गराई कुमारीलाई पूजा गर्ने चोक भएकाले उक्त चोकको नाम कुमारी चोक हुन गएको भन्ने प्रष्ट देखिन आउँछ । माथिको अभिलेखको विवरणमा उल्लेख भए बमोजिम त्यो चोकमा तल्लो जातका व्यक्ति जान नपाउने, चोकको ढुंगामा चुपी (हतियार) घोट्न नहुने र अरु दिनमा सो चोकमा ताल्चा लगाई बन्द गरिराख्नु पर्ने हुन्छ ।

बौद्ध विहारतर्फ,

नेपाल उपत्यकामा कुमारी पूजा बौद्ध विहारमा पनि पर्व-पर्वमा गर्ने गर्दछन् । विधिविधान अनुसार त्यहाँ पनि कुमारीको पूजा हुन्छ, जात्रा चलाइन्छ । नेपालमा कुमारी पूजाको विशेषता बडादशैँ पर्वको काठमाडौं, पाटन र भक्तपुर तीन वटै शहरमा महत्त्व हुन्छ । नेपाल उपत्यकाका नेवार समाजले घटस्थापनाको आगम कोठामा बडादशैँ पर्वको पूजामा नवमीको दिनमा कुमारी पूजा गर्नुपर्ने आवश्यकता हुन्छ । यो कुमारी पूजामा १२ वर्ष मुनिका बालिका अथवा वेल विवाह नभएका बालिकालाई रोजिन्छ । अक्सर गरेर कुमारी पूजा निम्न जातिकाले निम्न जातका बालिकालाई कुमारी मानी पूजा गर्ने चलन छ–

१) क्षत्रीले-कर्मचण्डालकी बालिका (बाँडाकी बालिका)
२) राजदरबारले-लायकु कुमारी (बज्राचार्यकी छोरी)
३) ब्राह्मणले-ज्यापुनीकी छोरी (बालिका)
४) वैश्यले-ब्राह्मणकी (बालिका)
५) शुद्रले-च्यामखलकी बालिका (पाँडेकी बालिका)

शाक्त प्रमोद तन्त्रको ग्रन्थको पृष्ठ ३८९ मा कुमारी पूजा गर्ने भक्तहरूदेखि ब्रह्मा, विष्णु र महेश्वर अति खुशी हुने कुरा उल्लेख छ ।

कुमारीचोकको जितामित्र मल्लको अभिलेख :

भक्तपुर राजदरबार कुमारी चोकभित्र उत्तरपट्टिको लङमा यो अभिलेख कुँदिएको शिलापत्र टाँसिराखेको छ । यसको अभिलेख कुँदिएको भाग २२ अङगुल लम्बा, १६ अङगुल चौडा छ । यहाँ कलिगत संवत् ४७७८, विक्रम संवत् १७३४, शक संवत् १५९९, नेपाल संवत् ७९७ दिइएका छन्।

१) ॐ स्वस्ति ।। श्री श्रीश्रीभवान्यै नमः।। भाद्र सप्तखगाव्वंसमितशके सोमे द्धितीयातीथौ योगेचै-
२) व शुभे तथार्यमसुरे भे शुक्लपक्षे शुभे । नेपालेश्वर भूपकेशरिजितामित्रेण चैतागृहा, देवी-
३) प्रीतिकृता मनोहरतरा जोर्ण्णा नवीनाः कृतः।।श्रीश्रीनिवासनृपतेः कृपयोपलैस्तैरेता-
४) गृहा विरचिताश्व विचित्रिताश्व । वर्ण्णोस्तथैव विविधैश्व मनोभिरामैर्द्राग्भागिरामसम-
५) ये गृहभित्तयश्र्व ।। ।। अथ नेपालभाषा, श्रीश्रीजयजितामित्रमल्ल देव थाकुरसन श्रीश्री-
६) श्रीस्वेष्टदेवताप्रीतिन, मूलचुकया पश्चिम, रघुवंश शिरोमणि, श्रीश्रीजयजितामि-
७) त्रदेव बसरपा एताचूक जीर्ण्णाद्धार याङा ।। चण्डि आदिन अष्टमातृका विलं-
८) पति दयका, पूर्व्व आङस चण्डी आदिन योगिनीगण चोया, पाताचपलीस रामा-
९) यण चोया, दक्षिण झ्याल, शोभानिमित्तन दयका, झ्याल चायकेमदु, आङ चेक-
१०) नअतन दाङा, थाम, झ्याल, लुखा, पश्चिम मातानसहितन दयका ।। ह्नवया
११) पनिसन कोटखालोहो छगोल कायकथिन, थना श्रीश्रीजयनिवासमल्ल अ-
१२) वाजुया कृपान कोटखालोहो काय।व , श्रीश्रीजयजितामल्लदेवसन
१३) भागिराम प्रभानङ्गया वेलस चपलिसहित, चूक चिङा , चूकस लोहोखाता द-
१४) यका पेकोणस, खादरुथि दयका हिन स १ चेकन, श्रीश्रीराजानं च्यापे, चप-
१५) लि थंता रागमाला चोया, मातानस अक्षोभ्यादि चोया क्वाथया क्वयुतास गौ-
१६) रीविवाहाया प्याखान, दयकाव, थ्व खँ चोया थंथूतास, नेपालयान खात चोया , चु-
१७) कस चोङ, जलधुनस, अछिद्रन, श्रीश्रीराजन लंख थनकेमाल ।। लोहोस चुपे इ-
१८) त्यादिन चुलेमतेव, धाधा धिधि इत्यादिजं मतेव, मलमूत्र मतेव, चरन् घरन्
१९) चाएयकाव तयमतेव, वसुजात, चुएमतेव, चुकस, थ्वते यायमतेव ।। सेह्लो माल-
२०) क्व टीकाधारी श्रीश्रीराजन यायमाल, महायत्नन दयका, थव जीव भारपाव निदा-
२१) न यायमाल, थ्वते मधरपारसा, पञ्चमहापातक, धररपान श्री ३ ईश्वरीया सुदृष्टि
२२) ।। श्रीश्रीजयजितामित्रमल्लदेव श्रीश्रीउग्रमल्लदेव श्रीश्रीजयभूपतीन्द्रमल्लदेव,
२३) पुनर्भाखा, गोह्मानं लिथेथेचो कोसि, लोहो अत इत्यादि, सेनकाय पिताए-
२४) नसा ह्नपा चोको, पाप लाक जुरो ।। सेल्हो यायतेव ।। ।। मालश्रीराजविजय
२५) ।। चो ।। जय मुण्डमालिनि चण्डिके ।। ध्रु ।। प्रकटकटकटविकटवादिनि झझम-
२६) झमझमझंपिनि, विबुधवृन्दविबोधदायिनी, तारिणी तनुधारिणी ।। रक्त-
२७) बीजसमेधशोनित, चचटचटचचटर्वि, प्रणतलोक प्रमोदकारिनि, का-
२८) लिकाकिलिदारिणी ।। इन्द्रचन्द्रकुवेरजलपतिसकलसुरपतिवन्दिते, ब्र-
२९) ह्मविष्णु महेशशङ्करिख योगिनीगणपूजिते ।। विनयनयमतिविनातिगोचर
३०) जननि तुअ पद अबिके, नृपजितामित्रभावभषितभारतीपद चंडिके ।।
३१) संवत् ७९७ विक्रम १७३४ एक १५९९ कलि ४७७८ भाद्र शुदि द्वितीया शुभम् ।

शब्दार्थ

  1.  जनक अरिवन्द – “आसामको गोदमे”, आर्मि एजुकेशनल स्टोर्स, नयाँदिल्ली ।
  2.  स्वर्गीय धन शम्शेर ज.बश. राणाद्वारा लिखित मातृकाक्षर रहस्यम् प्रज्ञा, प्रतिष्ठान, काठमाडौं वि.सं. २०३०
  3.  पुस-माघ, कुमारी र कुमारी जात्रा संख्या १०६ को प्राचीन नेपाल, पुरातत्त्व विभाग २०४५, पृष्ठ ९
  4.  कुमारी चोकको उत्तरपट्टी जङमा अभिलेखको २२१/२ अंगुल र चौडाई १६ अंगुलको छ । ने.सं ७९७ मिति अङ्कित छ । उक्त अभिलेख वि.स २०२१ मा संशोधन मलण्डलबाट अभिलेख संग्रह सात भागमा प्रकाशित ।
  5.  भाषा वंशावली, भाग २, पृष्ठ १८- वीर पुस्तकाल, शिक्षा विभाग
  6.  लीलाभक्त मुनकर्मी- मल्कालीन नेपाल, रत्न पुस्तक भण्डार, काठमाडौं, २०२५ साल र विभिन्न इतिहासहरू

संदर्भ ग्रन्थ

१) कुलावर्ण तन्त्र–हस्तलिखि-तार्णि कर्माचार्यबाट प्राप्त
२) कालिका तन्त्र-हस्तलिखित
३) शाक्त प्रमोद तन्त्र-संकलन कर्ता खेमराज, प्रकाशन वेंकटेश्वर प्रेस, बम्बई, सन १९८४
४) सप्तशती चण्डी विनोदिनी-वनारसबाट प्रकाशित
५) योगिनी तन्त्र-वनारसबाट प्रकाशित
६) आलेन माइनियल-द कल्ट अफ कुमारी, प्रकाशक इन्स्टिच्युट अफ नेपाल एण्ड एसियन स्टडिज, त्रिभुवन यूनिभरसिटी, काठमाडौं, प्रकाशन मिति सन् १९७५
७) ज्ञवाली सूर्यविक्रम-नेपाल उपत्यकाको मध्यकालीन इतिहास, प्रकाशक रोयल नेपाल एकेडेमी
८) राजभण्डारी ढुण्डिराज-नेपालको आलोचनात्मक इतिहास, प्रकाशक बाबुलाल शर्मा, सं २०३७
९) शर्मा बालचन्द्र-नेपालको रूपरेखा, प्रकाशक, कृष्णकुमारी बाराणसी दूध विनायक
१०) रेग्मी डिल्लीरमण-मेडियभल नेपाल, प्रकाशक के एल मुखोपाध्या, कलकत्ता, सन् १९६५
११) मुनंकर्मी लीलाभक्त-मल्लकालीन नेपाल, प्रकाशक रत्न पुस्तक भण्डार, काठमाडौं, वि सं २०२५
१२)  मुनंकर्मी लीलाभक्त-नेपालको सांस्कृतिक तथा ऐतिहासिक दिग्दर्शन, प्रकाशक भवानी केशरी मुनंकर्मी, वि सं २०४१
१३) ज व राणा स्व धनशम्शेर-मन्त्रविद्या रहस्मय प्रकाशक नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, वि सं २०३४
१४) ज व राणा स्व धनशम्शेर-मातृकाक्षर रहस्मय, प्रकाशक नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, वि सं २०३०
१५) संशोधन मण्डल- अभिलेख संग्रह भाग ७, प्रकाशन मिति २०१९
१६) संशोधन मण्डल-पूर्णिमा, अंक १ १०
१७) अरविन्द जनक-आसामकी गोंदमे, प्रकाशक आर्मी एजुकेशन स्टोर्स, नयाँ दिल्ली, सन् १९६६
१८) वाङ्गदेल, लैनसिंह- प्राचीन नेपाली मूर्तिकलाको इतिहास, प्रकाशक नेपाल राजकीय प्रज्ञाप्रतिष्टान, काठमाडौं, सं २०३९
१९) गुडमायन, जिम-गाइड टु इन् ज्वाइङ्ग नेपाली फिस्टेवल, प्रकाशक काली प्रेस, काठमाडौं, सन् १९८१
२०) जोशी, सत्यमोहन-नेपाली चाडपर्व- नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, काठमाडौं, सं २०३९
२१) बज्राचार्य, पुण्यरत्न-हाम्रो चाडपर्व रत्न पुस्तक भण्डार, काठमाडौं, सं २०३६
२२) मुनंकर्मी, लीलाभक्त-हाम्रो सांस्कृतिक पर्व र जात्राहरू, प्रकाशक बुक्स, एण्ड बुक्स, काठमाडौं, सं २०४३ (नेपाली संस्कृतिबाट)

Share4Tweet3Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)
अतिथि लेखक

कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

कार्तिक २८, २०८१
संविधानको कार्यान्वयन र चुनौती: नागरिक कर्तव्य, सरकारको जिम्मेवारी र सुशासनको बाटो
अतिथि लेखक

संविधानको कार्यान्वयन र चुनौती: नागरिक कर्तव्य, सरकारको जिम्मेवारी र सुशासनको बाटो

अशोज ३, २०८१
नेपालको सामुदायिक वन: विश्वका लागि अनुकरणीय सिकाई केन्द्र
अतिथि लेखक

नेपालको सामुदायिक वन: विश्वका लागि अनुकरणीय सिकाई केन्द्र

साउन २५, २०८१
महिला सशक्तीकरण र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल: एक समावेशी विकासको उदाहरण
अतिथि लेखक

महिला सशक्तीकरण र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल: एक समावेशी विकासको उदाहरण

साउन २५, २०८१
निरूपण हुन बाँकी सत्य : सप्तलिङ्गेश्वरको स्थल सलाङ कि सलहको घर सलाङ ? 
अतिथि लेखक

निरूपण हुन बाँकी सत्य : सप्तलिङ्गेश्वरको स्थल सलाङ कि सलहको घर सलाङ ? 

असार १५, २०८१
कुम्पुर: साविक गाउँपञ्चायतदेखि सिद्धलेक गाउँपालिकासम्म
अतिथि लेखक

कुम्पुर: साविक गाउँपञ्चायतदेखि सिद्धलेक गाउँपालिकासम्म

असार १२, २०८१
Load More
Next Post
सात सय २३ बढी भारतीय धार्मिक पर्यटक नेपालमा

सात सय २३ बढी भारतीय धार्मिक पर्यटक नेपालमा

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा सुई गाडिन्छ, स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता
  • अन्य
English Edition

© 2026 Tourshala | Digital Partner: Sathi Solutions