English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हाइवेको अस्वस्थ खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा. मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

काठमाडौंले ‘कुहिरोको सुर्ता’ नलिने हो भने इन्द्रजात्रा नमनाएकै बेस !

Raju Jhallu Prasad by Raju Jhallu Prasad
अशोज ११, २०८०
in अन्य
A A
0
195
SHARES

‘दशैं आयो है, आयो’ भनिरहँदा काठमाडौं चिसो-चिसो हुनुपर्ने हो । काठमाडौं उपत्यका सहितका भू-भागहरू कुहिरोले ढपक्कै ढाक्नु पर्ने हो । खेतखलियानमा पाक्न-पाक्न लागेका धान पोटिला-पोसिला हुनु पर्ने हो । तर, आँखा च्यातेरै हेरे पनि यस्ता दृश्य देख्न/भेट्न कठिन छ । शीत झर्नु, बाक्लो हुस्सु लाग्नु काठमाडौंको वातावरणीय चरित्र थियो । उज्यालिन गाह्रो मान्ने बिहान, अस्ताउन हतारिने साँझ, ठिहिराउने जाडो त एकादेशको कथा भइगयो । बहुत कठिन छ रे भैया !

धान पाक्नको लागि कुहिरो आवश्यक पर्छ । कुहिरो बन्नको लागि ‘अल्छी बादल’ आवश्यक पर्छ । ‘अल्छी बादल’लाई किसानका खेत-खेतमा ल्याउने काम एउटा किम्बदन्तीले गर्छ । त्यो किम्बदन्ती सुनाउने काम इन्द्रजात्राले गर्छ । र, पङ्क्तिकार त्यो कथा कहन अनुमति माग्छ ।

किम्बदन्तीहरू:

१.

लोककथनअनुसार, ‘स्वर्गका राजा इन्द्रलाई पारिजातको फूल (‘चथाः स्वां’ पनि भनिएको) खुबै मनपर्थ्यो । तर स्वर्गमा कुनै बेला पारिजातको बोट कतै थिएन (कृष्णले चोरेर पृथ्वीमा ल्याएको कथन) । नेपाल उपत्यकामा भने प्रशस्त थिए (यतै ल्याएछन् कि ? जलमग्न उपत्यका काट्न आएका थिए भनिन्छ) अरे । इन्द्रको आमा अदितिलाई व्रत बस्न पारिजात फूलको आवश्यकता पर्‍यो । आमाको आज्ञाबमोजिम बादल र कुहिरोभित्र लुक्दैलुक्दै पारिजातको फूल चोर्न भनी इन्द्र मानिसको रूप लिएर नेपाल उपत्यका उत्रे । साधारण मानिसको रूपमा आएको इन्द्रलाई मानिसहरूले चिनेनन् र पारिजातको फूल चोर्न लाग्दा उनी समातिए । चिनेका भए देवतालाई किन समात्थे होला र ?

पारिजातको गथु(माली) लाई सहयोग गर्दै मानिसहरूले इन्द्रलाई दोबाटोमा बाँधेर प्रदर्शित गरिदिए । इन्द्र बाँधिएपश्चात् इन्द्रकी आमा ‘अदिति’ धर्तीमा ओर्लिन्छिन् । छोरो खोज्दै जाँदा  ख्यः केवः भिमसेनस्थान (भिंद्यः) आसपास बाँधेर राखिएको पाउँछिन् ।

छोराको रिहाइको आग्रह गर्छिन् । तर नेपालमण्डलवासी यसै मान्दैनन् । उनीहरूले कबोल गराएछन्-  “इन्द्रले पानी दिएका छन् र हामीले धान रोपेका छौँ । तर, यी चोर इन्द्रले पानी दिए पनि धान राम्ररी पाक्दैन, पोटिलो हुँदैन । रोप्ने बेलामा पानी दिएजस्तै धान पाक्ने बेलामा कुहिरो दिन मन्जुर भए मात्रै उनलाई छाड्छौँ ।”

छोरालाई छुटाएर लैजान अदितिले गहुँ र धान पकाउन शरद ऋतुमा शीत र कुहिरो पठाइदिने तथा वर्षभरिमा मरेका आत्माहरूलाई स्वर्ग जाने बाटो देखाइदिने कबोल (वाचा) गरिन । इन्द्र रिहा भए । अर्को वर्षदेखि काठमाडौंमा धान पाक्ने बेला कुहिरो लाग्न थाल्यो ।’ यस किम्बदन्ती तीर्थबहादुर श्रेष्ठ र गौतमबज्र बज्राचार्यले उल्लेख गरेका छन् (स्रोत: नेपाल नखुलेका पाटाहरू, हनुमानढोका राजदरबार)।

कुलचन्द्र कोइरालाले भने इन्द्रको छोरो जयन्त समातिएको, पुल-किशी (ऐरावत हात्ती) खोज्न आई इन्द्रलाई सूचना दिएको  र इन्द्र आएर छोरो छुटाएर लागेको बताएका छन् (इन्द्रजात्रा, कोइराला, पृ. ७८) । यो कथन भक्तपुरतर्फ प्रचलित छ । र, यी दुई कथाको सम्मिश्रण पनि पाइन्छ, पुल-किशी आएको, पारिजात चोरेको र कुहिरो दिएको कथन यतातिर पनि उपलब्ध छन् नै । आज पनि कान्तिपुर नगरमा पारिजातको फूल चोरेको आरोपमा देवराज इन्द्रलाई हातखुट्टा बाँधेर चोक–चोकमा ठड्याई सार्वजनिक गर्ने थिति छदै छ । अदितिले स्वर्ग लग्दिन्छु भनेका यस दिनलाई ‘स्वर्ग जाने दिन’ पनि भन्ने गरिएकै छ । यसदिन इन्द्रदहमा मेला लाग्छ ।

२.

सायद यस किम्बदन्तीबाट इन्द्रलाई छुटकारा दिलाउन इन्द्रजात्राको सन्दर्भमा अर्को किम्बदन्ती सुनाउन थालिएको पनि हुन् सक्छ । यस कथनअनुसार, ‘प्राचीन कालमा देवता र असुरहरू ठूलो युद्धको तयारीमा लागे । त्रिदेव र सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजा गरेर इन्द्रलाई हस्तान्तरण गरे । इन्द्रले समातेकाले त्यस ध्वजालाई ‘इन्द्रध्वजा’ भनियो । देवासुर संग्राममा देवताहरूको विजय भएपछि इन्द्रध्वज पूजा र समारोहले निरन्तरता पायो । स्वर्गलोक र पृथ्वीमा समेत विजयको कामनाले राजाहरूले इन्द्रध्वज स्थापना गर्न थाले।’

यस कथनले इन्द्रको सो चोरीको आरोप पनि पखाल्ने भयो भने इन्द्रको वीरगाथा पनि रहिबस्ने भयो । इन्द्र एक पद या पद्धति हुन गएकाले कुन चाहिँ इन्द्र समातिएको हो भनेर थाहा पाउन सकेमा इन्द्रजात्राको कालनिर्धारण गर्न पनि सजिलै हुन्छ । उसो त इन्द्रको हकमा ‘गौतम ऋषि-अहिल्या’ प्रसंग पनि प्रचलित छ, जसले इन्द्र कामात्तुर भएको बताउँछ भने यस किम्बदन्तीले ‘चोर’ भएको पनि बताउँदछ ।

पहिलो किम्बदन्तीका आधारमा रहेर तीन वटा कुराको चर्चा गर्नु पर्ने हुन्छ- पारिजात वृक्ष, चट्याङ, वर्षा र बादलका देवता इन्द्रको सार्वजनिक बेइज्जती र अदितिको दुई वटा वाचा । हामीले यहाँ अदितिको पहिलो वाचाको मात्रै कुरा गर्नेछौँ ।

अदितिको उपहार- कुहिरो र शीत

उपत्यकाका संस्कृति र चाडबाडको वातावरण र कृषिसँग घनिष्ठ सम्बन्ध छ । यसकारण यस्ता किम्बदन्तीहरूलाई हेलाहितो गरिनु हुँदैन । यस किम्बदन्तीले कुहिरो र शीत इन्द्रको आमाको उपहार भएको बताउँछ । नेपाल मण्डलका नेवारहरूले उपहार माग्न पनि जानेका हुन् । मानिसको प्राण धान्ने भएकाले यस अन्नबालीलाई ‘धान’ भनिएको हो भनेर मान्ने हो भने बाचुन्जेल पोटिला धान खान पाउनुपर्ने र मरेपछि स्वर्ग जान पाउनुपर्ने भनेर सर्त राखेर एकसाथ जीवन-मरणका दुवै गन्तव्य सुरक्षित गरेछन् कि भन्ने पनि लाग्ने । धानलाई ‘सुनको दाना’ बनाउन उनीहरूले इन्द्रलाई समातेर अदितिसँग राम्रै बार्गेनिङ गरेछन् ।

शरद ऋतुमा धानका बाला पहेँला भई कृषकहरूका दिन बहलाएका हुँदा वर्षा गराउने देवता इन्द्रलाई प्रसन्न गराउनका निमित्त भाद्र मासमा ८ दिने जात्रा चलाउनु इन्द्रको सम्मान, सम्झना हो भने इन्द्रलाई बाँधेको रूपमा आजसम्म प्रदर्शित गरिनु इन्द्रको सार्वजनिक बेइज्जती र आफ्नो बहादुरीगाथा पनि हो । ऋग्वेदका २५० सूक्तहरूमा इन्द्रको वर्णन पाइन्छ भने ५० सूक्तहरूमा अन्य देवहरूको साथै इन्द्रको पनि वर्णन छ । यस्ता देवतालाई समात्नु भनेको चानचुने ‘सांस्कृतिक विरासत पनि त होइन ।

अदितिको आशीर्वादपश्चात् काठमाडौंको माटोको उर्वरा अझ बढेछ क्यारे भनेर मान्न पनि करै लाग्छ किनभने कुहिरो पाएर राम्रोसँग पाकेको धानलाई बीउको रूपमा प्रयोग गर्दा २० प्रतिशतले उत्पादन बढ्छ । अझ राम्रो मल, बीउको साथसाथै उपयुक्त मात्रामा इन्द्रदेवले वर्षा गरिदिएपश्चात् धान उत्पादन बढ्ने नै भयो । काठमाडौंमा उत्पादन भएको धानले देशलाई पाल्न पुग्थ्यो भन्ने कथन राणाजीहरूले नै बोलेका थिए । ‘नेपाल धानले नै धानेको देश हो र काठमाडौं केन्द्र हो’ भनेर त इतिहासले नै बोलेको छ । आपुई, त्यो विरासत कहाँ पो पुग्यो होला नि है ? त्यही विरासतले उपलब्ध गराएको थेगो त होला नि- ‘भात खानुभो ?’ खाद्य परम्पराको बेजोड चित्र खोज्नेहरू यो किम्बदन्तीकहाँ किन नआइपुगेका होलान् ? सोचिल्याउँदा छक्कै पर्नु छ !

यसै किम्बदन्तीलाई कोट्याइरहँदा यो कुरा पनि याद आयो ।

जलाधार संरक्षणमा जागरूक र प्रकृतिमैत्री जीवन पद्धति अवलम्बन गर्ने तत्कालीन समयका नेपाल मण्डलवासीहरूले ‘हुस्सु र कुहिरो’ नै माग्नु भनेको चानचुने बुद्धिमत्ता होइन । भावी पुस्ताका लागि ‘सन्तुलित जलवायु सहितको स्वस्थ पृथ्वी दिनुपर्छ’ भन्ने कुरामा उनीहरू सचेत रहेछन् भन्ने कुरा थाहा पाउँदा दंगदास परिबस्छु । तर क्या अर्नु, उता ४० मुरी धान हुने आफ्नो अर्चले खेत अर्कोले बन्धकीमा खाइरहेको छ । ममी भन्दै हुनुहुन्छ, ‘पाँच वर्ष पुग्न लाग्यो, अब उसले कमाउन सक्दिनँ भन्यो भने ५० हजार तिर्नुपर्छ । पैसा जोगाएर राखेस् ।”

यतैकतै रुम्मलिरहँदा अदिति-इन्द्रको किम्बदन्तीलाई लिएर केही जिज्ञासाहरू पनि मानसपटलमा कुद्न थाल्छन् । उफ्राउफ्री गर्न थाल्छन् । इन्द्रकी आमा अदितिले यो वाचा गर्नुपूर्व काठमाडौं उपत्यकामा कुहिरो एवम् शीत कम हुनुका कारणहरू के थिए होलान् ? अदितिले कुहिरो र शीत पठाइदिएपछि बालीनाली समयमै पाक्न थालेकै त होलान् ? यी प्रश्नहरूको जवाफ पुरातत्त्वविद् र वातावरणविद्हरूका सामूहिक रिसर्च पेपरहरूले देलान् ।

हामी चाहिँ कुहिरो के हो, किन लाग्छ भन्नेतर्फ लागौँ । त्यसपछि पौराणिक कथनको तिथिमिथी मूल्याङ्कन गरेर यस लेखलाई ‘अस्तु’ गर्नु पनि छ ।

चोरीको आरोप समातिएका इन्द्रको मूर्तिस्वरूप, तस्बीर : न्यूजखबर

कुहिरो के हो ?

आकाशतिर नगई जमिनतिर लहसिने ‘अल्छी बादल’को नाम कुहिरो हो । जाँगरिलो बादल चाहिँ जमिनको सतहभन्दा निकै माथि अर्थात् ‘आकाश’मा लाग्छ । धादिङ(मैधी)तिरको स्थानीय लवजले कुहिरोलाई ‘आकाशले मुतेको’ पनि भन्छन् । कुहिरो बाक्लो भयो भने ‘हुस्सु हुन्छ’ । हुस्सु जम्न थाल्यो भने ‘तुषारो’ हुन्छ । यसैले ‘तुषारो पर्छ होइन, जम्छ’ भन्नुपर्ने तर्क नगेन्द्र शर्माले कुनै निबन्धमा गरेका थिए, अहिले खोज्दा भेटिएन ।  जे होस्, तुषारो चाहिँ पुष-माघतिर देखिने गर्छ । नगेन्द्र शर्माको भाषामा भन्दा ‘जम्ने गर्छ ।’

पुस महिनालाई नेवारीमा ‘बान्ही खसू (आधा दिन कुहिरो)’ को महिना भनिन्छ । यसो भन्नुको कारण पुषको महिनामा आधा दिन जस्तो तुवाँलोले ढाक्दथ्यो भन्ने हो । पन्ध्र पुषमा धादिङतिर रातभर जाग्राम बसेर गाउँखाने कथा र ‘दन्तेकथा (दन्त्यकथा)’ सुन्ने-सुनाउने चलन थियो । चामलको पिठोको मोटो रोटी (भुच्चाने रोटी) बनाएर आगोको ‘भुबरा (भुङ्ग्रा)’ मा पकाएर खाएका ती दिनहरूलाई पछि सम्झौला । अहिले यतै आऊ ।

घरबाहिरको खुल्ला ठाउँमा रहेको हावामा पानीका सूक्ष्म कणहरू घुलिएर रहेका हुन्छन्, ती हाम्रा नाङ्गा आँखाले देख्दैनन् । बादल र कुहिरो दुवै पानीका असङ्ख्य सूक्ष्म कणहरू एकसाथ हावामा झुन्डिएर रहँदा बन्ने गर्छन् । सापेक्षिक आर्द्रता कम भएका बेला जलवाष्प जलकणमा परिणत हुने र तिनै जलकणलाई कुहिरो नामले बोलाउने गरिन्छ । वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ ‘रातमा जमिन सेलाएपछि बिहानीपख वायुको तापक्रम घट्दै गई वायुले आफ्नो गर्भभित्रका जलकण ओकलेर कुहिरो निर्माण गर्ने’ बताउँछन् (श्रेष्ठ, नेपाल नखुलेका पाटाहरू, पृ. १०४) ।

कुहिरो लागेको बेला पृथ्वीको सतह र नजिकको वायुमण्डल चिसो र त्यसभन्दा माथिल्लो भागको वायुमण्डल न्यानो हुन्छ । सूर्योदयसँगै बढेर मध्याह्नमा उच्चविन्दुमा पुग्ने तापक्रम सूर्यास्तसँगै घट्ने गर्छ । र, भोलिपल्ट बिहान सूर्योदय हुनुअघि न्यून बिन्दुमा झरिसकेको हुन्छ । राति सूर्य किरण नहुनाले पृथ्वीको तापक्रम क्रमशः घट्दै न्यूनतिर पुग्ने हो । दिन छिप्पिएसँगै पृथ्वीको सतहको तापक्रम बढ्ने र वायुमण्डलको जलकण फेरि जलवाष्पमा परिणत हुने गर्दछ, यसैलाई ‘कुहिरो हट्नु’ अर्थात् ‘दिन घमाइलो हुनु’ भन्ने गरिन्छ ।

तातो हावाले बढी पानी सोस्छ, चिसोले कम । चिसो हावाले धेरै पानी अड्याउन नसकेको हुँदा जाडोयाममा राति शीत पर्छ, बिहान घाम लागेपछि तातेर हावामै मिसिन्छ । तापशक्तिले पानीलाई बाफ बनाउँछ भने जमिनमा सोस्न र बग्नमा गुरुत्वबलले काम गरेको हुन्छ ।

ताप, प्रकाश र गुरुत्वबलले पृथ्वीलाई जीवन सुहाउँदो बनाएका हुन्, यी कुरामा खेलाँची गरिनु हुँदैन । वायुमण्डल र जलवायु बिग्रिदा जीवित ग्रहको मृत्यु निकटतम हुँदै जान्छ । तापक्रम वृद्धिले पृथ्वी उसै पनि सङ्कटोन्मुख छ । यस्तो बेलामा जात्रा-पर्व भित्र लुकेका किम्बदन्तीहरू निफन्नु, नियाल्नु आवश्यक छ । यस कार्यको लागि इन्द्रजात्रा एक सुअवसर हो ।

वसन्तपुरमा इन्द्रजात्राको प्रतीकका रूपमा रहेको य:सिं ठड्याउँदै। तस्बिर : दीपेन श्रेष्ठ, अन्नपूर्ण पोस्ट

इन्द्र नै लजाउने काठमाडौं दुर्दशा : जलवायु परिवर्तन कि शहरीकरण ?

धानबालीलाई व्यवस्थित रूपमा भण्डारण गर्नको लागि कम्तीमा पनि १४ प्रतिशत चिस्यान चाहिन्छ । तर, त्यो चिस्यान (सापेक्षिक आर्द्रता) हाल उपलब्ध छैन । ‘झरीले धान सखाप पार्‍यो’ या ‘नेपालको कुल धान उत्पादन घट्यो’ भनेर समाचार लेख्नेहरूले धान बालीको रोपाइँ तथ्याङ्क, रासायनिक मलको उपलब्धता, सिँचाइ सुविधा, उन्नत बीउको उपलब्धता तथा प्रयोग दर, रोग र किराले  पुर्‍याएको असरका बारेमा बोले पनि ‘कुहिरो’को बारेमा पनि खासै बोल्दैनन् । शहरीकरणले काठमाडौंमा तापक्रम दिनानुदिन बढिरहेको छ भने अर्कातिर जङ्गलको अभावले चिस्यान कम हुँदै गएको छ । घर बन्ने र सडक विस्तारको ग्राफ ३२ हाते इन्द्रध्वज (यः सिं) भन्दा अग्लो भइसकेको छ ।

काठमाडौंका भित्री इलाकामा पिच सडक बढेको बढ्यै छ, यसले कम र्‍याक हानिरहेको छैन । सवारी साधन त स्वभावैले ताता भइगए, तिनको के कुरा गरिल्याउनु ? यसबाहेक धान ल्याउने खेतमा घर फल्नु काठमाडौंको पछिल्लो चिनारी भइगयो । यी सब पनि गरिरहने र इन्द्रजात्रा पनि मनाइरहने भनेको र्याकठ्याक कतै/केही नमिल्ने कुरा हो । चोरी आरोपमा समातिएका इन्द्रझैँ गरी काठमाडौंको प्राचीन सभ्यता नासेको आरोपमा तपाईँ/हामीले पनि सजायको भागीदार हुनु पर्ने भएको छ । नयाँ आगन्तुकले स्थानीय संस्कृतिको सम्मान गर्दै मूलधारमा समाहित हुन प्रयत्नशील नभई धरै छैन ।

A woman covers her face to avoid polluted air in Balkhu, Kathmandu on Thursday, September 22, 2016. Nepal ranks 177 among 180 countries in terms of air quality with pollution index of 81.76. Photo: Skanda Gautam

सिधा-सीधा भन्दा- जंगल मासिनु र कङ्क्रिटका जङ्गल बढ्नुले काठमाडौंमा चिस्यानको अभाव छ । एउटा गमलामा फूल सारौँ न त भन्दा माटो खोज्न निकै पर पुग्नुपर्छ । चक्रपथ भित्र त खेती गर्ने जग्गै छैन भन्दा हुन्छ । यी जमिनमा पानी छिर्ने ठाउँ छैन । चिस्यान नभएपछि कुहिरो लाग्न आवश्यक पानीका स-साना कणहरू ‘वन कुकुर या हाब्रे’ सरह लोपोन्मुख हुने भइगए । काठमाडौं महानगरपालिकाको भवन निर्माण इजाजत विभागका प्रमुख रवीन्द्र पौडेलका अनुसार पछिल्लो १५ वर्षमा महानगरमा चालिस हजार घर थपिएका छन् । यसको अर्थ पछिल्लो १५ वर्षमा काठमाडौंमा चालिस प्रतिशत घर थपिएका छन् । घर धेरै हुनु भनेको सूर्यको ताप धेरै सोसिनु र घरभित्र कोठैपिच्छे चुल्हा हुनाले पनि घरको तापमान निरन्तर उकासिनु हो । माटाका घरहरू यस्ता प्रवृत्तिका हुन्थेनन् ।

जमिन मात्रै होइन काठमाडौंको आकाश पनि प्रदूषित हुन् पुगेको छ । काठमाडौं धुम्मिएको छ, धुँवा-धुलो मौलाएको छ । वातावरण अधिक प्रदूषित छ भने तुषारो पर्न सक्दैन । कुहिरोले नै आफ्नो राज जमाउँछ । काठमाडौंमा देखिएको कुहिरोले ‘धुइरो’ भन्नुपर्छ भनेर तीर्थबहादुर श्रेष्ठको व्यङ्ग्य समेत गरेका छन् (ऐ.)। हो पनि, काठमाडौंमा शुद्ध कुहिरो छैन नै । विषाक्त वायु मात्रै छ ।

१९६८ को हिउँदमा औसत न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको काठमाडौंले सन् २०१५ मा आइपुग्दा १.५ प्रतिशत ‘बढुवा’ पाएर ‘गरम जीव’ भइख्याएको छ । १९६८ को हिउँदमा –१.५ डिग्री सेल्सियससम्म झरेको काठमाडौंको तापक्रम २०१५ को हिउँदमा  २.२ डिग्री सेल्सियससम्म मात्र पुगेको छ । ४० सालतिर काठमाडौंमा आँप पाक्दैनथ्यो, अहिले पाक्छ । आँप, लिची, भूइँकटहर, उखु, आभोकाडो फलिरहेका छन् तर, हलुवावेद, नास्पाती, सुन्तला र स्थानीय अम्बा राम्ररी पाक्दैनन् ।

ताप, प्रकाश र गुरुत्वबलले पृथ्वीलाई जीवन सुहाउँदो बनाएका हुन्, यी कुरामा खेलाँची गरिनु हुँदैन । वायुमण्डल र जलवायु बिग्रिदा जीवित ग्रहको मृत्यु निकटतम हुँदै जान्छ । तापक्रम वृद्धिले पृथ्वी सङ्कटोन्मुख छ । वैज्ञानिक अध्ययनका अनुसार, औद्योगिक क्रान्ति शुरू हुनुअघि सन् १८५० तिर वायुमण्डलको औसत तापक्रम १४ डिग्री सेल्सियस थियो, अहिले यो १५.१ डिग्री पुगेको छ । अर्थात्, समग्र वायुमण्डलको औसत तापक्रम १.१ डिग्री बढेको छ । एक डिग्रीको छेउछाउ औसत तापक्रम वृद्धि हुँदा यो दशकमा नै बढ्दो सुक्खा खडेरी, ठूल्ठूला आँधीहुरी, अतिवृष्टि जस्ता घटना हामीले भोग्नै थालिसकेका छौँ । तापक्रम दुई डिग्रीभन्दा बढेमा सबैतिर हावापानी हिजोआजभन्दा पनि अस्थिर हुनेछ, कति बेला के हुन्छ भन्न सकिँदैन । यसो भएमा अदितिलाई बोलाउनु बाहेक हामीसँग थप विकल्प हुने छैन । यसैले इन्द्रजात्रा मनाइरहँदा यतातर्फ पनि सोचौँ । हाम्रा सन्ततिका लागि पृथ्वीलाई बस्न योग्य बनाइरहन तापक्रम बढ्ने क्रम रोक्नुपर्छ, यसका लागि यस्ता जात्रा-पर्वहरू उपयुक्त तरिका हुन् सक्छ ।

यता, जाडोयाममा इन्धनको अत्यधिक प्रयोग, ईंटाभट्टा, डढेलो, विषाक्त धुवाँ–धूलो, फोहोर, हरितक्रान्ति आदि कारणले लामो समय जमिन चिसो रहन थालेको छ, जसका कारण तराइतिर शीतलहरका मृत्यु हुनेको सङ्ख्या बढिरहेको  छ । न्यून तापक्रम, जलवाष्पको प्रचूरता, प्रशस्त धूलोका कण र बादल हटाउन पुग्ने सौर्य किरण पृथ्वीको सतहसम्म नआइपुग्नु (छड्के घाम) शीतलहरको प्रमुख कारण हो । यस्तो बेलामा मध्याह्नमा समेत सूर्यको किरण बादलको माथिल्लो भागबाटै परावर्तन भएर जान्छ । सूर्यकिरणले छिचोल्न नसकेपछि पृथ्वीको सतहमाथि बादल हट्दैन र शीतलहर कायम रहन्छ । यस्तो अवस्था हप्तौँ रहने भएकाले यसलाई शीतलहर भनिएको हो । खासगरी उत्तरी भारतमा बढेको औद्योगिकीकरणलगायतका प्रकृतिमा प्रतिकूल प्रभाव पार्ने गतिविधि तराईको शीतलहरको मुख्य घटक हो, लिम्पियाधुरा भन्दा यी महत्त्वपूर्ण कुरा हुन् ।.. तर, कसले सोच्ने ? जलवायु परिवर्तनका कारण मानव स्वास्थ्य बाहेक खेतीपाती, पशुपालन, शैक्षिक एवम् पर्यटकीय क्षेत्रमा राम्रै धक्का पुग्छ ।

कालभैरव र श्वेतभैरव, तस्बीर : अमृत महर्जन

असुरक्षित खाद्य संस्कार र प्रदूषित माटो :

जलवायु परिवर्तनका कारण फेरिँदो खाद्य प्रणालीले ‘स्वास्थ्यकर आहार’ भेट्न मुस्किल छ । चिसो काठमाडौंसँग जुध्नका लागि घिउ, चाकु र तिलौराका डल्ला, तरुल, भ्याकुर जस्ता ताता-ताता खानेकुरा खाने चलन थियो । त्यो अहिले एक कप तातो चियाले भ्याइदियो । अग्ला घर, चौडा सडक, उर्लिएको बसाइँसराइले मध्य जाडोमा चाकु (गर्मी), तिल (जाडो) राखेर खाइने यःमरी महत्त्व पनि बिर्साइदियो । कृषि, संस्कृति र परम्परासँग तादात्म्य राख्ने पात्रोहरूको ठाउँ सहकारीका पात्रोले लिइगए, वातावरणअनुसारको खाइपाई निमिट्यान्न भइगए । यस्तो बेलामा अदितिको ‘कुहिरो र शीत’ उपहार दिएकी थिइन रे भनेर भन्नु भनेको आफू पटमूर्ख हुने मेसो हो । तर, नभई सुखै पो कहाँ छ र ?

सामाजिक प्रतिष्ठासँग जोडिएको धान उत्पादन घट्नुमा सुर्ता नलिने हो भने इन्द्रजात्रा हेर्न नगएकै राम्रो हो । इन्द्रजात्राले धानको महत्त्वबारे बोलिरहेको छ, त्यसलाई सुन्ने कान लिएर मात्रै त्यता पुगेको राम्रो । उत्पादन बढाउन उत्पादनको असल परम्परालाई बचाई राख्न नयाँ प्रविधि सँगसँगै सांस्कृतिक इतिहासतर्फ फर्किनु पनि आवश्यक छ ।

जलवायु परिवर्तन र कार्बन उत्सर्जनको समस्या न्यूनीकरण गर्नको लागि माटोको सुरक्षा नै सही विकल्प हो भने जग्गी वासुसेवहरू ‘सेभ द सोइल’ भनिरहेका छन् । प्रत्येक वर्ष १ दशमलव ८ गेगाटन कार्बन भण्डार गर्न सक्ने क्षमता माटोसँग छ । कार्बन उत्सर्जन कम गर्ने एउटा मात्रै विकल्प भनेको माटोमा उचित किसिमको बालीनाली लगाउनु हो । प्रत्यक्ष रूपमा नै हाम्रो खानाको ९५ प्रतिशत हिस्सा माटोबाटै प्राप्त हुन्छ । त्यसैले हामीहरूको स्वास्थ्यसँग पनि माटोको स्वास्थ्य जोडिएर आउँछ । कृषि विभागका वरिष्ठ माटो विज्ञ डा. चन्द्रप्रसाद रिसाल वायुमण्डलमा भन्दा तीन गुणा बढी कार्बन माटोमा निहित हुने भन्दै माटोले कार्बन उत्सर्जनलाई धेरै हदसम्म नियन्त्रण गर्न सक्ने बताउँछन् । त्यसको लागि स्वयं माटो स्वस्थ हुनु पर्‍यो । उनी माटोको स्वास्थ्यमा ध्यान दिएको खण्डमा जलवायु परिवर्तनको असर धेरै हदसम्म नियन्त्रणमा आउने बताउँछन् ।

विश्वमा ८१ करोड मानिस खाद्यान्नबाट असुरक्षित छन् । माटोको गुणस्तर कम भएकै कारण २ अर्ब जनसङ्ख्या कुपोषित छन् । विश्व खाद्य सुरक्षा सूचकाङ्कमा समावेश भएका कूल ११९ देश मध्ये नेपाल ७२ औँ स्थानमा छ । अर्थात् खाद्य असुरक्षा भएको मुलुकमा नेपाल ७२ औँ स्थानमा छ । सन् २०१६ मा गरिएको नेपालको जनसाङ्ख्यिक एवं स्वास्थ्य सर्वे रिपोर्टका अनुसार नेपालमा पूर्ण रूपमा खाद्य सुरक्षित घरधुरी करिब ४८.२ प्रतिशत मात्रै देखिएको छ । पूर्ण रूपमा खाद्य असुरक्षित घरधुरी १० प्रतिशत देखिएको छ ।

धानबारे सुर्ता लिनुपर्दैन र ?

गाँस, बाँस र कपास नैसर्गिक अधिकार हो । गाँस भन्ने बित्तिकै भात आउँछ, भात भन्नेबित्तिकै कुहिरोको याद आउँछ । कुहिरो भन्नेबित्तिकै चिस्यानसहितको त्यो काठमाडौंको याद आउँछ । र, त्यो याद आइरहन्छ किनभने काठमाडौंमा धान फल्नै कम भयो । धान फल्ने खेत नै सकिए । धानसँग जोडिएको इन्द्रजात्रा मात्रै जसोतसो चलाइएकै छ ।

देशभर अन्यत्रको हालत पनि कम्ता पीडादायी छैन । कृषि विकास मन्त्रालयका अनुसार, नेपालको २७ लाख हेक्टर जमिन खेतीयोग्य छ । त्यसमध्ये १५ लाख ५२ हजार ४६४ हेक्टरमा धान खेती हुन्छ । अहिले करिब ६० हजार हेक्टर जमिन घडेरीका कारण क्षति भएको छ । घडेरी बाहेक खेतीकिसानीको प्रचलन घट्नु अर्को समस्या हो । जसको नतिजा- वाषिर्क ३० अर्ब रुपैयाँको हाराहारीमा घोषित रूपमा नै चामल आयात गरिरहेका छौँ । कृषिप्रधान मुलुकले यत्रो चामल आयात गर्नु सानो मजाकको कुरा होइन । अदितिले यो कुरा थाहा पाइन भने तुषारो रोक्दिन्छन् होला ? कि रोकिसकिन् ? वायुप्रदुषणमा बारम्बार एक नम्बरमा उक्लिनु त्यही कुराको लक्षण त होइन ?

धान बहुउपयोगी छ । कुल उत्पादित धानको ९५ प्रतिशत मानिसको खानाका रूपमा उपयोग हुन्छ । यसबाट मुख्य खाना भात, सूप, सहायक खाना जापानीज सेक, जाडो मौसममा नेपालको पूर्वी तराईमा रुचाइने भक्का बनाइन्छ । सेलरोटीको प्रमुख अवयव चामल नै हो । मुरै (भुजा), चिउरा नेपालीले मन पराउने धानजन्य खानेकुरा हुन् । चामलमा पाइने स्टार्चलाई यूरोपियन मुलुकहरूले चकलेट तथा पाउरोटी उद्योगमा प्रयोग गर्छन् । कनिकालाई अल्कोहलजन्य पेय पदार्थ बनाउन प्रयोग गरिन्छ । राई र लिम्बुहरूको धाननाच, तामाङको कुुलपूजा र लोसार तथा मगरहरूको भुम्यापूजा र मधेसमा पकाइने भक्का पनि धानसँगै जोडिएको छ । हिन्दु संस्कार धान बिना पुरा नहुने स्वभावका छन् । जन्ती पर्सिने बेला चामल हान्ने, पोइलीघर जान लागेकी छोरीलाई एक माना धान बाँधेर दिने, पोइलीघर पस्दा धानमाथि राखेका बत्ती निभाउँदै जानुपर्ने, नयाँ बुहारीले सासूसँग पाथी भर्नुपर्ने चलनले पनि धानको महत्त्व उजागर गर्छ । नेपाल विश्वमै प्रचुर रैथाने बालीहरू भएको देशका रूपमा चिनिन्छ । नेपालमा लट्टे, कोदो, अनौती, कागुनु जस्ता अत्यधिक पोषण भएका जङ्गली जातका बालीहरू उपलब्ध छन् । तिनको संरक्षणको चिन्ता लिनु अत्यावश्यक भइसकेको छ । मुठ्ठी ल्याउने/ न्वाँगी खाने नामले चिनिएका नयाँ धानको भात खाने प्रचलनहरू समयकै गर्तमा पुरिएलान् कि भन्ने डर छ ।

धानको उत्पत्ति एसिया महादेशमै भएको बताइएकाले नेपाल पनि धानको उद्गम थलो हुन् सक्छ । इन्द्र वैदिक देव हुनाले प्राचीनकालदेखि नै नेपालमण्डलमा धान उत्पादन हुँदो रहेछ भनेर थाहा लाग्छ । ऋग्वेदले धानको चर्चा गर्नु ऋग्वेदीककालीन देवताकी आमासँग धान ‘पोटिलो पार्देऊ, होइन भने तिम्रो छोरालाई छाडिनेछैन’ भन्नु भनेको सानो ऐतिहासिक विरासत हो र ? त्यो विरासत जोगाउन धानतिर फर्किनुपर्दैन ? शुद्ध कुहिरो कता गयो खोज्नुपर्दैन ? लिङ्गो उठाएर औपचारिकता मात्रै निभाएर हुन्छ ? मैले पनि ममीलाई ‘हाम्रो खेत कमाउनेलाई ५० हजार दिउला हामीले आफैँ धान लगाउँछौँ’ भन्नुपर्ने होइन र ?

सन्दर्भ-सूचीहरू :

  • किन चर्चामा छ । जुम्लाको मार्सी धान- केबी मसाल, राप्ति समाचार
  • गुणस्तर खस्किने गरि जुम्ली मार्सी धान काटिँदै- महेश नेपाली, सेतोपाटी
  • के हो पृथ्वीको औसत तापक्रम एक डिग्री बढ्नुको अर्थ? के होला असर? – दीनानाथ भण्डारी र अजय दीक्षित, हिमाल खबर
  • कुहिरो र धूइरो; पारिजात र शिरीष – तीर्थबहादुर श्रेष्ठ, नेपाल नखुलेका पाटाहरू, बुकाहोलिक्स
  • भोकमरीको भय : यसरी घट्दैछ माटोको उर्बरा शक्ति, सुदर्शन अर्याल, अनलाइन खबर
  • धानको नालीबेली,तुलसीराम खरेल,  हिमालखबर
  • हनुमानढोका राजदरबार- गौतमबज्र बज्राचार्य, नेपाल र एशियाली अध्ययन संस्थान
  • इन्द्रजात्रा- कुलचन्द्र कोइराला, गुठी संस्थान, भद्रकाली
  • कहाँ हरायो काठमाडौंको कुहिरो? – भानुभक्त, सेतोपाटी
  • ‘वैदिक इन्द्र’ ईश्वरीकरणदेखि पतितसम्म, विपुल सिजापति, खरिबोट
Share78Tweet49Send
Raju Jhallu Prasad

Raju Jhallu Prasad

विगत ७ वर्षदेखि वातावरण, इतिहास, संस्कृति, कला, साहित्य र पर्यटन क्षेत्रमा कलम चलाउँदै आइरहेका धादिङका राजु झल्लु प्रसाद (राजेन्द्र भट्ट) टुरशाला डटकमका प्रधान सम्पादक हुन् ।

तपाईलाई यो पनि मन पर्न सक्छ

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै
अन्य

सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

जेष्ठ १९, २०८२
नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता
अन्य

नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

जेष्ठ ६, २०८२
भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी
अन्य

भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा. मरासिनी

जेष्ठ ६, २०८२
२०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि
अन्य

२०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

जेष्ठ ६, २०८२
डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

बैशाख ९, २०८२
Load More
Next Post
यँया पुन्हि अर्थात इन्द्रजात्रा,देवराजलाई पनि सजाय दिइने जात्रा

यँया पुन्हि अर्थात इन्द्रजात्रा,देवराजलाई पनि सजाय दिइने जात्रा

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा सुई गाडिन्छ, स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता
  • अन्य
English Edition

© 2026 Tourshala | Digital Partner: Sathi Solutions