अन्जित बज्राचार्य
काठमाडौं: स्वनिग:(काठमाण्डौ उपत्यका) त्यस्तो ठाउँ हो जहाँ हिन्दु र बौद्ध धर्मावलम्बी को हो भनेर छुट्याउन नै कठिन हुन्छ । हिन्दु, बौद्ध मात्र नभइ नेवा: मुसलमान लगायत सबै धार्मिक सहिष्णुताका साथ मिलेर बसेको शहर हो यो ।
कुमारी माजुलाई हिन्दुको जीवित देवी भनेर संसारले चिनेको छ तर कुमारी छ्नोट गर्दा उपत्यकाका बौद्ध कुलका शाक्य वा बज्राचार्य कन्याहरूबाट गरिन्छ । नेवा:समुदायका हिन्दु होस या बौद्ध प्रायले बौद्ध धर्मावलम्बी बज्राचार्यलाई गुभाजु(पुरोहित) मानेर कर्मकाण्ड गराउँछन् । करुणामयलाई हिन्दुले मच्छिन्द्रनाथ अनि बौद्धले लोकेश्वरको रुपमा मान्दै हिन्दु र बौद्ध दुवै मिलेरै अहिलेसम्म जात्रा मनाइरहेकै छ ।


ग्वल महाद्य:(पशुपति)लगायत अन्य शिवलिङ्गमा मुखा:अष्टमिका दिन पन्चबुद्धको मुकुट लगाएर पुजा गरिन्छ भने बुङ्गद्य:(रातो मच्छिन्द्रनाथ)लाइ शिवरात्रीका दिन डमरु, त्रिशुल सहित पुजा गर्ने गरिन्छ । उपत्यकाका पुराना बस्तीका चुक:,ननी,बहाहरूमा बिहान बिहान पुजा गर्न निस्किएकाहरू को हिन्दु को बौद्ध चिन्न सकिन्न किनकी उसले चिभा द्य: पनि ढोग्छ,गणेश पनि पुजा गर्छ ।
तर, आजभोली यस्तो धार्मिक सहिष्णुताका साथ मिलेर बसेको शहरमा केही खराब नियतका मानिसहरूले हिन्दु र बौद्धबिच द्वन्द ल्याउने प्रयास गर्दैछन् । त्यस्ता खराब नियतका मानिसहरूलाई हिन्दु र बौद्ध दुवैले चिन्नुपर्छ र आपसमा झगडा नगरी त्यस्तो धार्मिक सद्भाव बिथोल्ने काम बन्द गर्नुपर्छ ।






























































Discussion about this post