काठमाडौं: एयर इन्डियाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमै अड्किएको छ ।
काठमाडौंबाट दिल्ली उडान भर्न लागेको विमान ह्विल लक भएका कारण धावनमार्गमा अड्किएको हो । ह्विल लक भएको जहाजलाई तानेर पार्किङतर्फ ल्याई धावनमार्ग खुला गरिएको छ ।
विमानस्थल स्रोतकाअनुसार उडान नम्बर २१६ को जहाजको ह्विललक भएका कारण धावनमार्गमै अड्किएको हो । एयर इन्डियाको जहाज धावनमार्गमा अड्किँदा करिब ५७ मिनेट त्रिभुवन विमानस्थलमा उडान र अवतरण नै रोकिएको थियो ।
अपरान्ह सवा पाँच बजेदेखि भने उडान अवतरण सुरु भएको छ ।



























































Discussion about this post