कपिलवस्तु: प्राचीन कपिलवस्तुस्थित बुद्धको क्रीडा स्थलका रूपमा मानिएको तिलौराकोटमा बर्सेनि हजारौँको सङ्ख्यामा पर्यटकले भ्रमण गर्ने गर्छन् । तर, छेउमै रहेको कपिलवस्तु सङ्ग्रहालयमा भने न्यून सङ्ख्यामा मात्र जाने गरेका छन् ।
बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ तिलौराकोटमा वार्षिक एक लाखको हाराहारीमा पर्यटक आउने गरेको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्ष तिलौराकोटमा स्वदेशी विदेशी गरी १ लाख ४ हजार १४६ जना पर्यटकहरू आएको तथ्याङ्क छ । तर, पर्यटकहरू त्यही नजिकै रहेको कपिलवस्तु सङ्ग्रहालयमा गएको देखिदैन । तिलौराकोट आउने पर्यटकको २० प्रतिशत पनि नजिकै रहेको कपिलवस्तु सङ्ग्रहालयमा गएको देखिदैन ।
कपिलवस्तु सङ्ग्रहालयका प्रमुख शान्ति शर्माकाअनुसार गत आर्थिक वर्ष २०७९/८० मा स्वदेशी, भारतीय र विदेशी गरी १० हजार ४७८ जनाले मात्र संग्राहलय अवलोकन गरेको बताए । जुन तिलौराकोट आउने पर्यटकको सङ्ख्यालाई लिएर हेर्दा ज्यादै न्यून हो ।
भारतीय पर्यटकहरू आफ्नै पथप्रदर्शक ल्याउने र तिलौराकोट घुमाएर मात्र लैजाने कारणले न्यून मात्रमा सङ्ग्रहालयमा जाने गरेको, तिलौराकोटमा सङ्ग्रहालयको प्रचार प्रसारका लागि सूचना बोर्ड नराख्नु जस्ता कारणले धेरैलाई सङ्ग्रहालयबारे थाहै नहुँदा पनि संग्राहलय नगएको पाइन्छ ।
विगत एक सय २५ वर्ष देखि विभिन्न पुरातत्वविद्हरूले प्राचीन नगरको अन्वेषण तथा उत्खननको क्रममा प्राप्त गरेका धेरै वस्तुहरू कपिलवस्तु सङ्ग्रहालयमा सङ्कलन गरी राखिएको छ । ७ बिघा क्षेत्रफल रहेको सङ्ग्रहालयमा ईसा पूर्व आठौँ, छैँठो शताब्दीको मौर्यकालीन तेस्रो शताब्दीको सुगाकालीन कृषाणकालीन सयमका माटा भाडा, चाँदीका सिक्का लगायतका विभिन्न महत्त्वपूर्ण सामाग्रीहरू प्रदर्शनमा राखिएको सङ्ग्रहालय प्रमुख शान्ति शर्माले बताए । सङ्ग्रहालयले तिलौराकोट कपिलवस्तुको साथै बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका महत्त्वपूर्ण पुरातात्त्विक स्थलहरूलाई समेत चित्रण गरेको छ ।




























































Discussion about this post