जी.आर. रंजित
भक्तपुर: वि.सं. १८२६ साल भन्दा पहिले भक्तपुर एक स्वतन्त्र राज्य थियो । यस राज्यका राजा रणजित मल्ल थिए । सन् १७५४ मा निर्माण सम्पन्न भएको स्वर्णद्वारमा राखिएको स्वर्णपत्रअनुसार नेपाल मण्डलअन्तर्गत नाल्दुम पुर्व दुधकोशी पश्चिम दोलखा सम्म रणजित मल्लको शासन रहेको थियो । त्यस समयमा यति विशाल राष्ट्रको राजालाई जुजु भन्ने गरिन्छ । यसरी जुजुहरूले आफु बस्न राजदरवारहरू बनाएका हुन्थे भने राज्य संचालन गर्न राजगद्दी बनाइएको हुन्थ्यो ।
हाल सम्म पनि अस्तित्वमा रहेको मल्लकालिन गद्दीहरूमा राजा सिद्धिनरसिंह मल्लको राजगद्दी र राजा प्रताप मल्लको राजगद्दी हुन् । त्यस्तै, राजा पृथ्वीनारायण शाहको राजगद्दी पनि नुवाकोट दरवारमा सुरक्षित रहेको छ । तर, अन्तिम मल्ल राजा भक्तपुरका राजा रणजित मल्लको राजगद्दी भने हाल सम्म पनि अस्तित्वमा रहेको छैन । यसको मतलब के भक्तपुरमा राजगद्दी थिएन ? भन्ने प्रश्नको उत्तरमा नेदरल्यान्डको एक संग्राहलयमा रहेको भक्तपुरका राजा भूपतिन्द्र मल्लको पौभा चित्रमा राजा राजगद्दीमा रहेको थियो । यसबाट के स्पष्ट हुन्छ भने भक्तपुरमा पनि राजगद्दी थियो । यदि राजगद्दी थियो भने हाल कहाँ रहेको छ त ? वि.सं १८२६ मा राजा पृथ्वीनारायण शाह र उनका १५०० गोर्खालीले भक्तपुर माथी आक्रमण गरि जिति सकेपछि भक्तपुरको ५०१ घरमा आगो लगाएका थिए र यस आक्रमणमा २१०० जना नेवार मारिएका थिए ।
भक्तपुरको प्रख्यात अभिलेखालय, पुस्तक, दस्तावेज समेत जलाइएको थियो । भनिन्छ, उक्त आगलागीमा उक्त राजगद्दी पनि जलेका थियो । कसैले कसैले उक्त राजगद्दीलाई नुवाकोट लगेको थियो पनि भन्ने गरिन्छ । तर, वास्तवमा उक्त राजगद्दी कता रहेको छ भन्ने बिषय खोजमुलक नै रहेको छ । यसै बिषयमा भक्तपुरका संस्कृतविद श्री ओम धौभडेल ज्यु र ज्ञानुराज राजोपाध्याय ज्युले २०६७/०६८ साल तिर उक्त राजगद्दी खोजी पाउँ भनि पुरातत्वमा संयुक्त निवेदन राखेको थियो । तर बिडम्बना उक्त निवेदनको आजसम्म कुनै सुनवाइ भएको छैन । (किंवदन्तीमा भक्तपुरबाट)




























































Discussion about this post