जनकपुर: जानकी मन्दिर परिसरमा रहेका गैर धार्मिक पर्चा, पम्पलेट तथा होडिङ्ग बोर्डहरू हटाइएको छ । विश्व प्रसिद्ध जनकपुरधामको जानकी मन्दिर परिसरमा रहेका उक्त बोर्डहरू युवा अभियानीहरूले हटाएका हुन् ।
जानकी मन्दिर व्यवस्थापनले मन्दिरको फूलबारीमा लगाएको तरकारी खेती नष्ट गरेपछि होडिङ्ग बोर्डहरू समेत हटाउनका लागि सम्बन्धित निकायलाई १५ दिन अगाडि नै आह्वान गरेको थियो । सम्बन्धित निकाय मौन भएपछि युवाहरू आफैंले हटाएका हुन् ।
जानकी मन्दिरको पूर्वी प्रवेशद्वार सँगै रहेको मधेश प्रदेशका मुख्यमन्त्रीको ठूलो होडिङ्ग बोर्ड हटाउनुका साथै जानकी मन्दिरको दक्षिण तीर रहेको प्रवेशद्वारसँग रहेको मोटरसाइकल प्रचारको होडिङ्ग बोर्ड हटाउने काम भएको छ । यसका साथै अन्य साना साना बोर्डहरू पनि हटाउने काम भएको छ ।
यसका साथै मन्दिर परिसरमा रहेका अन्य गैर धार्मिक प्रचार सामाग्रीहरू पनि हटाउने काम भएको छ । विश्वका हिन्दुहरूका लागि आस्थाको केन्द्रको रुपमा रहेको विश्वका ठूला मन्दिरको रुपमा रहेको जानकी मन्दिरको अवलोकनका लागि देश विदेशबाट ठूलो सङ्ख्यामा पर्यटकहरू आउने गरेको बेलामा यस्ता प्रकारको सामाग्रीहरूका कारणले मन्दिरको स्वरूप नै बिगारेको थियो ।



























































Discussion about this post