काठमाडौं: मदन पुरस्कार–२०७९ का लागि उत्कृष्ट पाँच कृति छनोट भएको छन् ।
मदन पुरस्कार गुठीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उत्कृष्ट पाँच कृति छानेको जानकारी दिएको हो । गुठीलाई यस प्रयोजनका लागि ३१३ कृति प्राप्त भएका थिए ।
छानिएका कृतिमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकलाल ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङग्रा र सञ्जय विष्टको माटाको घर रहेको छ ।
छनौटमा परेका यी कृतिहरू मध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ कृतिका रूपमा वर्ष २०७९ को मदन पुरस्कार अपर्ण गरिनेछ ।





























































Discussion about this post