अछाम: अछामस्थित मन्दिरमा रहेको कुईकाल्ले देवीको मूर्ति गायब भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–८ बारलामा रहेको अछामको धार्मिक आस्थाको केन्द्र मानिने मन्दिरबाट कुईकाल्ले देवीको मूर्ति गायब भएको हो ।
जिल्लाकै प्रमुख धार्मिक आस्थाको रूपमा हेरिने कुईकाल्ले भगवतीको मन्दिरमा गत वर्षको जनैपूर्णीमाको दिन पूजापाठ गरेर फर्किँदासम्म मन्दिरमै रहेको मूर्ति एक वर्षको अवधिमा गायब भएको वडा अध्यक्ष छत्रबहादुर शाहीले बताए ।
दुईवटा मूर्ति रहेको उक्त मन्दिरमा हाल एउटा मात्र मूर्ति रहेको छ भने ढुङ्गाको कलात्मक रूपमा बनाइएको ऐतिहासिक मूर्ति हराएको हो । मूर्तिको खोजिकार्य सुरु भएको पूर्व वडाध्यक्ष ताराप्रसाद खनालले बताए । तर, मूर्ति हराएको विषयमा प्रहरीलाई कुनैपनि जानकारी नआएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए ।
कुईकाल्ले देवीलाई यस क्षेत्रमा ठुलो विश्वास गर्ने गरिन्छ । बाजुराको बडीमालिकाकै अंशको रूपमा उक्त मन्दिर चिनिँदै आएको छ ।



























































Discussion about this post