काठमाडौं: आज ‘अन्तर्राष्ट्रिय लाटोकोसेरो सचेतना दिवस’ । संसारका विभिन्न देशहरूले लाटोकसेरोको संरक्षणको लागि ‘अन्तर्राष्ट्रिय लाटोकोसेरो सचेतना दिवस’ मनाउँदै आइरहेका छन् ।
नेपालमा २३ प्रजातिका लाटोकोसेरोहरू पाइन्छ । मुसाको सङ्ख्या नियन्त्रण गरेर कृषिमा सहयोग गर्ने भएकोले यिनलाई ‘किसानको साथी’ पनि भनिन्छ । यो कृषकको साथीसँगै कल्याणकारी चरा भनेर चिनिने लाटोकोसेरोले साना स्तनधारी, सरिसृप, चरा, माछा, भ्यागुता, चिप्लेकीरा, माकुरा, विभिन्न प्रकारका कीराफट्याङ्ग्रा र मुसा खाएर कृषि उब्जनीको उत्पादन बढाउन सहयोगा गर्दछ ।
विभिन्न प्रजातिहरू रहेको लाटोकोसेरोको गोठ लाटोकोसेरोको प्रजातिले जीवनभर एकै जनासँग समय बिताउँछन्, भाले वा पोथी मर्यो भने तनावमा रहन्छन् र कहिलेकाहीँ मर्छन् पनि । नेपालमा पाइने लाटोकोसेराहरूमध्ये भासोलुक प्रजातिले मात्रै गुँड बनाउने गर्दछन् । यसको बच्चाहरू हुर्काउने समय तथा हिउँदका लागि भनेर खाना सञ्चय गर्ने अनौठो बानी समेत हुन्छ ।
यिनीहरू कराएर वा अनुहार परिवर्तन गरेर एक अर्कामा सञ्चार गर्ने बानी भएका लाटोकोसेरोहरूले टाढाको सजिलै देख्न सक्छन् तर, नजिकको गाह्रो पर्छ ।भारतमा ३०, भुटानमा १९, पाकिस्तानमा १९, माल्दिभ्समा १ ,बङ्गलादेशमा १५, श्रीलंकामा ८ प्रजातिका लाटोकोसेराहरू पाइन्छन् ।
लाटोकोसेरोले पारिस्थितिकीय प्रणाली सन्तुलन राख्न सहयोग पु-याउँछ । सनातन खाद्यचक्रलाई गतिशील राख्न पनि यसको महìवपूर्ण भूमिका रहन्छ । लाटोकोसेरो पर्यावरणीय दृष्टिले मात्र नभई सांस्कृतिक हिसाबले पनि महìवपूर्ण मानिन्छ । यो लक्ष्मी देवीको वाहनका रूपमा चिनिन्छ । यसको उपस्थितिले घरमा भूतप्रेतको बास हुँदैन भन्ने मान्यता रहिआएको छ । जापानमा अनिकाल र महामारीजस्ता प्राकृतिक विपत्तिलाई टाढा राख्न घरमा लाटोकोसेरोको तस्बिर राख्ने चलन छ । यति महìव हुँदाहुँदै पनि लाटोकोसेरो मार्ने क्रम बढेकाले संरक्षणमा चुनौती देखिएको छ । यसै कारण लाटोकोसेरोसम्बन्धी समाजमा चेतना बढाउनुपर्ने देखिन्छ ।



























































Discussion about this post