ललितपुर: गोदावरी नगरपालिका–१२ ठेचोको नवदुर्गा भवानी देवीको मन्दिरमा पुन: निर्माण गर्दा तामाको छाना राखिएको छ ।
उक्त मन्दिरमा पहिला आय्पा अर्थात् झिंगटीको छाना थियो, जुन मौलिक थियो । अहिले पुन: निर्माण गर्दा झिंगटीको छाना नराखी तामाको छाना राखिएको हो । यस्तो काम बालकुमारी मन्दिरमा पनि गरिएको थियो ।
सम्पदालाई राम्रो देखाउने भन्दै संरक्षणको नाममा मौलिकताको विनाश गरिएको छ । यहीँ क्रम चलिरहे निकट भविष्यमा कुनै पनि आय्पा भएको मन्दिर बाँकी रहन्न भन्ने आशंका स्थानीयको मनमा आइसकेको छ । यस्ता क्रियाकलापमा हरेक ठाउँको स्थानीयहरू जागरुक भइ सो स्थानको मौलिकता, मौलिक वास्तुकलाहरूको संरक्षण गर्नुपर्छ ।
नवदुर्गा भवानी देवीको मन्दिरमा हरेक बाह्रवर्षमा बाह्रवर्षे मेलाका साथै जात्रा हुँदै आइरहेको छ ।




तस्वीरहरू: Mali Photography, Rakesh Maharjan



























































Discussion about this post