English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

सर जार्ज एवरेस्टको नामबाट राखियो माउन्ट एभरेष्ट

टुरशाला by टुरशाला
साउन १८, २०८०
in ८ हजार मिटर अग्ला हिमालहरू, पर्या-पर्यटन
A A
0
9
SHARES
  • बाबुराम आचार्य
बाबुराम आचार्य

हिमालयका पहाडहरुमा, मुख्य हिमालयका हिउँ जम्ने पहाडहरुका सिलसिलामा महालंगुर भन्ने पहाड कान्तिपुरका पूर्वपट्टि रहेको छ । यसदेखि पूर्वपट्टि यस सिलसिलाको कुंभकर्ण पहाड जोरिएरै रहेको छ ।

महालंगुरका टाकुरा या चुलिहरुमा सबभन्दा अग्लो चुलि नेपालपट्टि सगरमाथा र भोटमा ‘झ्यामो–लोङ्मा’ कहिन्छ । कुंभकर्णको मुख्य चुलि नेपालमा मकालु कहिन्छ; भोटपट्टि के नाउँले पुकारिन्छ, त्यो थाहा छैन । यसको उच्चाइ समुद्रका तहबाट २७७९० फुट छ; यो उच्चाइ कम होइन, तर यसभन्दा अग्ला हिमालयका चुलि धेरै नै हुनाले विशेष महत्त्वको छैन । सगरमाथाको उच्चाइ २९१४१ फुट नापिएको छ; यति अग्लो चुलि संसार भरमा अर्को नहुनाले बडो महत्त्वको वस्तु भई रहेको छ ।

ई दुवै पहाड र चुलिहरु अचेलका नेपाल र भोटका राज्यको सिमानामा छन् । इनका दक्षिणपट्टि नेपालको किरात–प्रदेश र उत्तरपट्टि भोटको चङ प्रदेश रहेको छ । नेपाल र भोटको पहिला परिचय हुँदा नेपालका पुराना बासिन्दा नेवारहरुले भोटका यसै प्रदेशका बासिन्दासँग सम्बन्ध जोडेथे । यसै कारणले नेवारी–भाषामा भोटे–जातिलाई कहने सञ शब्द यसै प्रदेशका नाउँ चङबाट बनेको छ ।

जर्ज एभरेस्ट।

सगरमाथाको महत्त्व अघि थाहा नभएको हुनाले नेपालका कुनै लेखमा पनि यसको चर्चा देखिँदैन । यसको महत्त्व अंग्रेजी–साहित्यद्वारा नेपालीहरुलाई मिलेको छ । अंग्रेजहरुले यसको नाउँ एवरेस्ट राखेका हुनाले यसको महत्त्व पहिचान गर्ने शिक्षित नेपालीहरु त्यसै अङ्ग्रेजी नाउँले जान्दछन् ।

कान्तिपुरबाट यो चुलि केबल १०० माइल फरकमा छ । तैपनि यहाँका बासिन्दालाई सगरमाथा भन्ने कुन वस्तुको नाउँ हो थाहा हुँदैन । किरात–प्रदेशका जुन जुन ठाउँबाट यो चुलि देखिन्छ, उस उस ठाउँका बासिन्दाका मुखमा मात्र परम्पराबाट अरू सामान्य वस्तुको नाउँ सरह सगरमाथा भन्ने नाउँ चढिरहेको हुन्छ । यही हाल महालंगुर, कुंभकर्ण र मकालुको थियो । दशआठ वर्ख अगाडि इण्डियन–गवर्नमेण्टले प्रकाशित गरेका नेपालका नक्सा (मानचित्र) मा ई तिनौटा नाउँ चढाइएका हुनाले अब सबैलाई याद हुने भएको छ ।

महालंगुर, कुंभकर्ण र सगरमाथा आर्य–भाषाका नाउँ स्पष्ट देखिन्छन् । किरात–प्रदेशमा पालपालि राजा मुकुन्दसेन (पहिला) को विजय पताका फैलिनु भन्दा पहिले त्यहाँ आर्य–जातिका मानिसको प्रवेश भएको प्रमाण पाइँदैन । महालंगुरका दक्षिण फेंदिबाट रसाएर निस्केका दुधकोशी नदीमा नुहाउने आर्य पुरुषहरुमा पहिला मुकुन्दसेनका सैन्य बाहुन र छेत्री देखिन्छन् ।

ई राजाका छोरा लोहांगसेनका राज्यकाल (अ. संवत् १६१०–५७) मा त्यस प्रदेशमा आर्य–परिवारका बाहुन छेत्रीका बस्तिहरु जोरसोरसँग बस्दै गएका हुनाले इनिहरुलाई नयाँ देखिएका नदी र पहाडहरुको नाउँ राख्नाको जरुरत पर्नु स्वाभाविकै छ । हुन ता ई सबै नदी र पहाडहरुका किरात–बोलीका नाउँ अवश्य थिए । तिनमा जो कर्णकटु थिए तिनलाई छोडेर नयाँ नाउँ राखेको र जो श्रुति मधुर थिए तिनलाई लिएको देखिन्छ । ई बाहुन छेत्रीहरु आर्य भाषा परिवारको मगराँतमा आएर बनेको पर्वते बोलि व्यवहार गर्दथे । यही बोली पछि नेपालको राष्ट्रभाषा बनेर अचेल नेपाली भाषा कहलाएको छ ।

किरात–बोलिमा नदीको सामान्य नाम अघि ‘कोसी’ भएको देखिन्छ । किनभने यसको अर्काे रूप ‘खुसी’ शब्द यस अर्थमा नेवारी–भाषामा व्यवहार हुँदैछ । किरात प्रदेशका मुख्य मुख्य कोसीहरु मिलेर योटै नदी बनी मधेसका मैदानमा झरेकालाई बिहारका आर्यहरुले पनि कर्णकटु शब्द नहुनाले कोसी नै भन्ने गरेका थिए । यस हिसाबले किरात प्रदेशमा सामान्य नाम भएको कोसी शब्द मधेसका मैदानमा पुगेर विशेष नाम बनेको थियो । 

यस कारणले किरात–प्रदेशमा बगेका भिन्न भिन्न कोसीहरुलाई नयाँ गएका बाहुन छेत्रीहरुले सुन–कोसी, तामा–कोसी, दुध–कोसी आदि नाउँ राखे । सुन, तामा र दुध ती कोसीहरुका किरात बोलिका कर्णकटु नाउँका अनुवाद अडकल गरिन्छन् । किनभने कोसीहरुमा यौटा सानो चाहिं अचेल पनि ‘लिखु’ कहिन्छ । लि–कोसीको यो छोटकरि रूप देखिन्छ औ यसको शब्दानुवाद पित्तल कोसी हुन्छ । यसै सिलसिलामा दुइ बडा बडा पहाडको नाउँ महालंगुर र कुंभकर्ण औ चुलिको नाउँ सगरमाथा राखेको देखिन्छ ।

महालंगुर र कुंभकर्णका किरात–बोलिका नाउँ कर्णकटु हुनाले छोडिदिएको अनुमान हुन्छ । महालंगुर भन्दा पश्चिमपट्टि रहेको पहाड अचेल पनि रोलवालिङ कहिन्छ ओ यो कर्णकटु नाउँ पुरानै देखिन्छ । पछि राखेको आर्य भाषाको देखिँदै न। यसमा नगिचमा दोलखामा नेवारहरुको बस्ति लोहांगसेनका समय भन्दा पहिले नै बसेको थियो । उस समयका दोलखाका नेवारी–भाषामा कर्णकटु शब्दको भरमार थियो ।

यस कारणले रोलवालिङ शब्द व्यवहार गर्न इनिहरुलाई केही कठिन थिएन । सभ्य नेवारहरुले व्यवहारमा लिइसकेका रोलवालिङ शब्दलाई किरात–प्रदेशमा गएका बाहुन–छेत्रीहरुले बदल्न नसकेर कर्णकटु भए पनि लिएको देखिन्छ ।

महालंगुर शब्दमा रहेका अघिल्लो ‘महा’ शब्द ठुलो र धेरैका अर्थमा संस्कृत र नेपाली भाषामा समेत याद नै व्यवहार हुन्छ (जस्तो, महादेव महामुस्किल, आदि) । लंगुर शब्द डोटि, जुमलातिर सामान्य बाँदरका अर्थमा औ कान्तिपुरमा कालो मुख भएका तराइका बाँदरका अर्थमा व्यवहार हुन्छ । बाँदरको पुच्छर लामो भएर नै यो नाउँ रहन गएको देखिन्छ । किनभने यस शब्दसंग मिल्दो जुल्दो लांगूल शब्द संस्कृत–भाषामा पुच्छरका अर्थमा व्यवहार हुन्छ । यसै कारणले हिमालयका अग्ला र लामा पहाडलाइ पनि लंगुर भन्ने चलन अनुमान हुन्छ । डेढ–सय वर्ष अगाडि गढवालमा लंगुर भन्ने विकट पहाडमा रहेको एक गढी थियो; जहाँ संवत् १८४९ मा गोर्खालिले आक्रमण गरेथे ।

तिब्बतबाट देखिने सगरमाथा। तस्वीर: ग्लेसियर हिमालया ट्रेक्स एन्ड एक्सपिडिसन

भोटमा रहेका एक पहाडलाई भैरव लंगुर भनेर कान्तिपुरबाट पुकारिन्छ । लंगुरहरुमा ठूलो अटकल गरिएर महालंगुर भन्ने नाउँ राखिएको देखिन्छ । कुंभकर्ण शब्द शुद्ध संस्कृत भाषाको छ । रामायणमा कुंभकर्ण–राक्षसको पहाडसंग र नाक–कानको कन्दराहरुसंग उपमा जोडिएको हुनाले यो नाउँ राखेको अनुमान हुन्छ । भोटमा ब्रह्मपुत्रका आसपासको एक पहाड भेनछिन कहिन्छ । यसको शब्दानुवाद लंबकर्ण हुन्छ । लम्बकर्ण शब्द सुनेर नै कुंभकर्णको याद भयो होला ।

नेपाली भाषा या पर्वते बोलिका सगर र माथ शब्द मिलेर सगरमाथा शब्द बनेको स्पष्ट नै देखिएको छ । संस्कृत–साहित्यमा स्वर्गमाथि तिर देखाइएको हुनाले यस शब्दको अर्को रूप सगर शब्द पर्वते– बोलिमा असमानका अर्थमा व्यवहार गरिन्छ । संस्कृत भाषाको मस्तक शब्द र यसको अर्को रूप पर्वते–बोलिको माथ शब्दले कपाललाई कहन्छ । यस हिसाबले सगरमाथाको मतलव ‘असमान सम्म कपाल पुगेको’ हुन आउँदछ । यो चुलि ज्यादै अग्लो हुनाले यो नाउँ अत्यन्त सार्थक पनि छ । अर्काे चुलिको नाउँ भएको मकालु शब्द आर्य भाषाको देखिन्दैन । श्रुतिमधुर हुनाले किरात बोलिकै शब्द चलन गरि आएको देखिन्छ ।

भोटे भाषाका झ्यामोलोङ्मा शब्दमा ‘लोङ्मा’ विशेषण मात्र हो । यसको अनुवाद लमिनी हुन्छ । ठूलो या अग्लो देखाउनाका निमित्त यो विशेषण जोडिएको छ । ‘झ्यामो’ मा पनि ‘मा’ स्त्रीलिंगको प्रत्यय  छ; अर्थ बताउने शब्द ‘झ्या’ मात्र छ । यसको अर्थ चरो हुन्छ । यस शब्दको अर्को रूप झङ झब्द चराका अर्थमा नेवारी–भाषामा पनि छ । यस हिसाबले झ्यामोलोङ्माको शब्दानुवाद ‘चरी लमिनी’ हुन आउँदछ । यसरी पंछिका नाउँबाट चुलिको नाउँ राखिएको अर्को उदाहरण पुराना हरानि आर्यहरुका साहित्य आवस्तामा पाइएको छ । हिन्दु कुस पहाड़का मुख्य चुलिको नाउँ तिनिहरुले ‘उपाइरि सइएन’ ( संस्कृत रूप–उपरि श्येन ) अर्थात् वाज भन्दा अग्लो भन्ने राखेका थिए ।

यस ठाउँमा रोलवालिङ पहाडका चुलिको पनि चर्चा गर्नु परेकोछ । यो चुलि टुप्पामा फाटेर दुइ हाँगा बनेका छन् । इनका उच्चाइमा पनि अन्तर ज्यादा छैन । अग्लो चाहिं २३४४० फुटका उच्चाइमा रहेकोछ । इनमा यौटा तिखो चाहिं गौरा र अर्को टुप्पामा थेचिएको चाहिं पार्वता कहिन्छ । “एक दिन पार्वता भागेर माइत जाँदा खोज्दै पछि लागेका महादेवले भेट्टाएर पार्वताले लाज मानी घुम्टो हालेर मुख छोपिन् । यसै हालतमा शिला बनेर रहेका रह्यैछन्’ भन्ने दन्तेकथा दोलखातिर प्रसिद्ध छ । यस कारणले महादेव (गौर) र पार्वतीका नामबाट इनको नामकरण भएको देखिन्छ । टाढाबाट दुइ चुलि नदेखिएर यौटै देखिने हुनाले गौरापार्वती भन्ने नाउँले पुकारिन्छ । यो चुलि झारफुकका मंत्रमा देवताका रूपमा चढेर “गौरापार्वताकी बाचा” पढिन्छ । झारफुकेहरुले आफ्ना साथसाथै घुमाउँदा यसको प्रसिद्धि सगरमाथा या मकालुको भन्दा ज्यादा हुन गएकोछ ।

आजका १०० वर्ष जति पहिले सम्म सगरमाथाको महत्त्व प्रकट भएको थिएन । संसार भरमा पहिला अग्लो चुलि यही हो भन्ने ता के कुरा हिमालयका चुलिहरुमा पनि सबै भन्दा अग्लो यो हो भन्ने कसैलाइ पत्ता थिएन । यसको उच्चाइ नापि संसार भरका चुलिहरुमा सबभन्दा अग्लो यही हो भन्ने पत्ता लाउने– अचेलका परिभाषा अनुसार यसको आविष्कार गर्ने– रमानाथ सिकदर हुन् भन्ने सुनिन्छ । इ बंगालि सिकदर महाशय इंडियन–गवर्नमेंटका सर्वे–विभागका कर्मचारी हुनन् । उस समयमा इनले नेपाल पट्टिबाट गएर नाप लिन असंभव थियो। भोटतिरबाट जान पनि महाकठिन थियो। तै पनि त्यसको नाप लिइ–छोड्नु सानो महत्त्वको काम होइन । उस समयमा यसको नेपाली नाउँ या भोटे नाउँको खोज र पर्वाह भएको देखिन्दैन । संसारको मुकुट भएका यस चुलिलाई उम्कन दिन उचित नदेखेर लंडनका रायल ज्योग्राफिकल सोसाइटिले संवत् १९१३ मा यसको नाउँ एवरेस्ट राखि हाले ।

सर जार्ज एवरेस्ट भन्ने एक अंग्रेज तेह्र वर्ष सम्म हिन्दुस्थानमा सर्वेयर–जनरल भएका थिए (१८८७–१९००)। इनका सन्मानका खातिर इनका नाउँबाट संसार भरका अग्ला चुलिको नाउँ राखियो। इनले गंगा नदीका सिरानपट्टिका हिमालयको छानबिनता गरेका थिए । तर महालंगुर या सगरमाथाको दर्शन अवश्य पाएका थिएनन् । तै पनि आफ्नो नाउँ संसारका सबभन्दा अग्ला त्यस चुलिमा चढेको देखने सौभाग्य इनलाई मिल्यो । लगभग यसै समयमा एक जर्मन–यात्रुले यूरोपका भूगोलसंवन्धी पत्रिकामा हिन्दुस्थानीहरु हिमालयका सबभन्दा अग्ला पहाड या चुलिलाई गौरीशंकर भन्दछन् भन्ने हल्ला पिटेका थिए । गौरापार्वताकै नाउँ सुनेर रूप सच्याई गौरीशंकर भनेका हुन्, यो कुरा स्पष्ट नै छ । इनको भनाइ साँचो ठानिएर यूरोपियनहरुलाइ गौरापार्वताको पत्ता नहुंजेल यूरोपबाट प्रकाशित भएको कुनै कुनै नक्सामा र हिन्दुस्तानबाट प्रकाशित भएका अधिकांश नक्साहरुमा ‘एवरेस्ट या गौरीशंकर’ भनेर दुवै नाउँ लेखिन लागे ।

इण्डियन गवर्नमेंटले सन् १९०६ (संवत् १९६३) मा प्रकाशित गरेका, इलिष्टले तयार गरेका “क्लाइमेटिलोजिकल एटलस आव इण्डिया” का पहिला नक्सा सम्म यही व्यवहार देखिएकोछ । स्कूलमा पढाइने नक्साहरुमा भने अझ पनि यही- दुवै नाउँ राख्ने चलन छँदैछ । गौरापार्वताको पत्ता अङ्ग्रेज सर्वेयरहरुलाई भए गौरीशंकर भन्ने नाउँ गौरापार्वतामा लेखिन लागेको र एवरेष्ट अकेलै रहन लागेकोछ । इण्डियन गवर्नमेंटले नै प्रकाशित गरेका इण्डिया एंड एड्जेसेंट कंट्रिज’ सिरीजका नक्साहरुमा यही चलन देखिन्छ ।

लगभग दश वर्ख अगाडि स्टेट्स्म्यानमा गौरीशंकर भन्ने पहाड़को नाउँ र एवरेस्ट भन्ने त्यसका चुलिको नाउँ हो भन्ने बेसिरपैरको लेख छापिएको थियो । तर त्यसको पर्वाह नगरि इण्डियन गवर्नमेंटले प्रकाशित गरेका नक्सामा पहाडको नाउँ महालंगुर र त्यसका चुलिको नाउँ एवरेस्ट दिएकोछ; गौरापार्वताका ठाउँमा गौरीशंकर लेखिएकोछ । गोरापार्वता शब्द संस्कृत व्याकरण अनुसार अशुद्ध थियो। यो एक जर्मनद्वारा शुद्ध गरिएर ६०–७० वर्ष जति अर्का ३५ माइल फरकमा रहेका (सगरमाथा) चुलिको नाउँ बनेर अब आफ्नै ठाउँमा फर्केर आएकोछ । बहुत बेस ।

एवरेस्टको साथ गौरीशंकरले छोड़ेपछि त्यसको साथ चोमोलोङ्मा (Chomolongma) ले पक्रेको छ। इण्डियन गवर्नमेंटले हालसाल प्रकाशित गरेका नेपालका नक्सामा एवरेस्टको बगलमा भोटपट्टि चोमोलोङ्मा लेखिएकोछ। झ्यामोलोङ्मालाइ नै चोमोलोङ्मा लेखिएको अनुमान हुन्छ । झ्यामोलोङ्मा मा बोल्दा झ्यामो बोलिने र लेख्दा भ्यामो लेखिने चलन छ। झ्यामोको अर्थ चोमोबाट प्रकट हुदैन । अर्थ गडबडिएर भए पनि नेपालका नक्सामा सगरमाथाको ठाउँ लिएर भोटे नाम घुस्न आइपुगेकोछ ।

सगरमाथा शब्द भने किरात–प्रदेशमा मात्र अलमलिएर रहेको छ ।

(१९९५ कात्तिकमा प्रकाशित शारदा मासिककाे अंक ८ बाट साभार । उबेलाको चलेको नेपाली व्याकरणलाई पनि थाहा दिने उद्देश्यले लेख भाषा सम्पादनविना जस्ताको तस्तै प्रस्तुत गरेका छौं ।)

Share4Tweet2Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

महुवा मिसन २०२५: दाङका सामुदायिक वनमा महुवा वृक्षारोपण अभियान जारी
एग्रिकल्चर र फार्म टुर

साउन २९, २०८२
आज विश्व पृथ्वी दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
पर्या-पर्यटन

आज विश्व पृथ्वी दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

बैशाख ९, २०८२
डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

बैशाख ९, २०८२
हिउँ चितुवाको सङ्ख्या ३९७
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

हिउँ चितुवाको सङ्ख्या ३९७

बैशाख ९, २०८२
धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु
कृषि

बैशाख ४, २०८२
पाँचथरको फालेलुङमा चौंरी महोत्सवः थरीथरीका चौंरी हेर्दै रमाए पर्यटक
एग्रिकल्चर र फार्म टुर

पाँचथरको फालेलुङमा चौंरी महोत्सवः थरीथरीका चौंरी हेर्दै रमाए पर्यटक

बैशाख २, २०८२
Load More
Next Post
वनमाराले ढाकिएको पाखो चिया बगान बनेपछि

वनमाराले ढाकिएको पाखो चिया बगान बनेपछि

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions