ललितपुरः वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै विश्व बाघ दिवसका अवसरमा शनिवार ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजनलाई सम्मान गरिएको छ ।
विश्व बाघ दिवसको अवसरमा शनिवार राष्ट्रिय प्रकृति संरक्षण कोषको जाउलाखेल स्थित सदरचिडिया खाना परिसरमा वन विभागद्धारा आयोजित कार्यक्रममा मेयर मर्हजन सम्मानित भएका हुन् ।
उनलाई कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरण मन्त्री डा. विरेन्द्र महतोले सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेका थिए ।


कोभिड १९ जस्तो महामारीमा बेला चिडिया खाना भित्र रहेका बाघ लगायत ११ सय जनवारलाई उनिहरुको खाना( आहारा) खुवाउन संकट भईरहेका बेला मेयर मर्हजनले ठूलो छाति बनाई आहारा व्यवस्थापनका लागि १० लाख रुपियाँ प्रदान गरि आहारा व्यवस्थापनको अभियानको शुरुवात गरेकाले वहाँ सम्मान गर्न योग्य भएको राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले बताए ।
मर्हजन कोभिड माहामारी चरण संकटको डे वान देखि चिडिया खानमा रहेका बाघ लगायत जनावरहरुको संरक्षण र महानगरभित्रको वातावरण संरक्षणमा हालसम्म निरन्तर लागि परिरहेको सदस्य सचिव अधिकारीले बताए ।



























































Discussion about this post