English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

नेपालमा बाघ संरक्षण र वन्यजन्तु अपराध नियन्त्रण

टुरशाला by टुरशाला
साउन १३, २०८०
in अतिथि लेखक
A A
0
6
SHARES

दिलिप सुवेदी

बिरालो प्रजातिको सबैभन्दा ठुलो जीवित सदस्य बाघ, संसारका १३ ओटा देशहरू (भारत, नेपाल, बङ्गलादेश, भुटान , म्यानमार, थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया, भियतनाम, कम्बोडिया, लाओस्, रुस र चीन)मा  पाइन्छ। बाघलाई विभिन्न ९ उपप्रजातिहरूमा विभाजन गरिएको छ जसमध्ये ३ ओटा प्रजाति (जाभा , बालि र क्यास्पियन ) लोप भैसकेका छन् र बाँकी ६ जीवित उपप्रजातिहरू  (अमुर , बंगाल, सुमात्रा , दक्षिण चीन , इन्डो चाइनिज र मलाये ) उल्लेखित १३ देशमा पाइन्छन्। सन् २०१७ मा विश्व प्रकृति सङ्घ (आईयुसीएन) को क्याट वर्गीकरण टास्क फोर्सले  बाघलाई २ मुख्य उपप्रजाति (सुन्दा र महद्विपिय) मा वर्गीकरण गर्न प्रस्ताव गरेको छ। बाघलाई स्वस्थ पारिस्थितिक प्रणालीको सूचक एवं खाद्यचक्रको छाता प्रजाति मानिन्छ।   

उन्नाइसौँ शताब्दीको अन्त्य तिर करिब १ लाख जंगली बाघहरू रहेकोमा यो सङ्ख्या सन् २०१० मा आइपुग्दा ३२०० मा सीमित हुन पुगेपछि, सोही वर्ष बाघ पाइने १३ देशका सरकार प्रमुख, प्रतिनिधि एवं अधिकारीहरू सम्मिलित रुसको सेन्ट पिटर्सबर्गमा आयोजित विश्व बाघ सम्मेलनले आगामी  चिनिया बाघ वर्ष (सन् २०२२) सम्ममा  बाघको सङ्ख्या दोब्बर पार्ने महत्त्वाकाङ्क्षी योजना अघि सार्‍यो। बाघ पाइने प्रायजसो देशहरूले बाघ लक्षित विभिन्न कार्यक्रम एवं योजनाहरू सञ्चालन गरे। सन् २०२२ सम्म आइपुग्दा भारत र नेपालले बाघ दोब्बर बनाउने लक्ष्य प्राप्त गरेका छन्;  भुटान, चीन र रुस मा बाघ को सङ्ख्या वृद्धि भएको छ भने बाकी ८ ओटा देशहरूमा बाघको सङ्ख्या घट्दै गइरहेको तथ्याङ्कले देखाएको छ।  अझ भियतनाम , लाओस् र कम्बोडिया बाट त बाघ लोप नै भइसकेको आशङ्का गरिएको छ।

लेखक

नेपालमा बाघको सङ्ख्याको व्यवस्थित तथ्याङ्क सन् २००९ को बाघ गणनादेखि राख्न थालिएको हो।  उक्त बाघ गणनाअनुसार नेपालमा १२१ जंगली वयस्क बाघ रहेकोमा सन् २०१४ मा १९८, सन् २०१८ मा २३५ हुँदै सन् २०२२ सम्ममा नेपालको बाघ सङ्ख्या ३५५ पुगिसकेको छ। सरकारी , गैह्र सरकारी एवं समुदाय सबै क्षेत्रको एकीकृत प्रयासबाट नेपालले उक्त असाधारण उपलब्धि हासिल गर्न सम्भव भएको हो।  बाघ दोब्बर बनाउन उत्कृष्ट योगदान  पुर्‍याएको उच्च सराहना गर्दै विश्व समुदायले बर्दिया राष्ट्रिय निकुञ्ज र खाता जैविक मार्ग वन क्षेत्रलाई  विश्व बाघ संरक्षण पुरस्कारबाट सम्मानित गरिसकेको छ।   

एकातिर बाघ संरक्षणको सफलताले सरकार, समुदाय  एवं संरक्षणकर्मीहरूलाई गौरवान्वित एवं उत्साहित बनाएको छ भने अर्कोतर्फ मानव-बाघ द्वन्द्व , बाघको चोरिशिकार र बाघका अङ्गहरूको अवैध व्यापार , बढ्दो सहरीकरण र विकास बाट सिर्जित बाघको वासस्थान सङ्कुचन र खण्डीकरण जस्ता समस्याहरूले उक्त सफलतालाई  चुनौती दिइरहेका छन्। सीमित वासस्थानमा बाघको सङ्ख्या वृद्धिले बाघहरू बीच लडाई एवं भिडन्त बढ्न गई बुढो, पराजित  र अशक्त  बाघहरू मानव बस्ति प्रवेश गर्दा मानव बाघ द्वन्द्व बढ्ने र सोही अवसर पारेर बाघ शिकारी एवं तस्करहरू सल्बलाउने उच्च जोखिम बढेको छ। विश्व आर्थिक मन्दी, कोभिड, र विश्व व्यवस्थामा आइरहेका परिवर्तनहरूबाट सिर्जित बढ्दो गरिबी, बेरोजगारी र महँगिँदो जीवनशैलीले बाघको चोरीशिकार गरि तिनका अङ्गहरूको अवैध व्यापारलाई बढवा दिइरहेका छन्। 

परम्परागत युनानी औषधि बनाउन, सजावटका समान तथा गरगहनाको रूपमा बाघका अङ्ग-प्रत्यंगहरूको प्रयोग हुने गरेको छ।  बाघको छाला एवं खप्परलाई घर एवं बैठकमा सजाएर आफ्नो वैभवको प्रदर्शन गर्नेदेखि , दाह्रा र नङ्ग्रालाई बहुमूल्य धातुहरूले मोडेर गरगहनाको रूपमा पहिरिने, बाघको हड्डी , मासु र लिङ्गलाई औषधि, सुप र पाउडर बनाई प्याकेजिङ गरेर महँगोमा बेच्ने सम्मका कामहरू भूमिगत व्यापारिक गिरोहले सञ्चालन गर्ने गरेको र उक्त अवैध कारोबारको सञ्जाल विश्वभर वार्षिक करोडौँ डलरको हुने गरेको छ । नेपाली भूमि वन्यजन्तु तस्करहरूको ट्रान्जिटको रूपमा प्रयोग  भइरहेको त बाघ, चिम्पान्जी , सालक, मकाउ चरा, साहतुस लगायत  विभिन्न वन्यजन्तुका र तिनका आखेटोपहार ओसारपसार  सम्बन्धि  कसुरहरूले देखाउँछन्। भारतमा मारिएका बाघको अखेटोपहारहरू नेपालको रसुवा लगायत स्थानमा ठुलो परिमाणमा बरामद भएका घटनाले के देखाउँछन् भने नेपाल वन्यजन्तु अपराधीहरूको अपराधको जालोमा स्रोत र ट्रान्जिट दुवैको रूपमा प्रयोग  भइरहेको छ।  नेपालमा तराईका ५ ओटा राष्ट्रिय निकुञ्ज र आसपासका वनक्षेत्रहरूमा बाघ पाइन्छ। बाघ नेपालकै मारिने वा अरू देशबाट मारेर  नेपालको बाटो हुँदै तेस्रो मुलुक लैजाने दुवै खतराहरू रहेका छन्।

विगत ५ वर्षमा बरामद गरिएका बाघको  आखेटोपहारहरू (छाला र हड्डी)  मध्य  ३ ओटा नेपालकै बाघको भएको  पुष्टि भईसकेको छ।  २०७६ माघ २७ मा दाङको तुलसीपुर बसपार्कबाट  बरामद भएको बाघको छाला बाँके राष्ट्रिय निकुञ्जको बाघ रहेको , २०७७ आषाढ २० गते बाँकेको राप्ती सोनारीबाट बरामदित बाघको छाला पनि बाँके राष्ट्रिय निकुञ्जको बाघको भएको र २०८० आषाढ १५ मा बाँकेको कोहलपुरमा समातिएको बाघको छाला र हड्डी बर्दिया राष्ट्रिय निकुञ्जको बाघको भएको पुष्टि भएका घटनाहरूले नेपालका बाघहरू चोरी शिकारीहरुबाट असुरक्षित रहेको र बाघका अङ्गहरू अवैध व्यापारमा गइरहेको देखाउँछन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार  विगत १८ वर्षमा ७१ ओटा बाघको छाला र ३२३ के.जी बाघको हड्डी बरामद र १२० जना उक्त कसुरमा पक्राउ भएका छन्।  

नेपाल सरकारले बाघको संरक्षण एवं बाघ सम्बन्धि अपराध रोकथाम एवं न्यूनीकरण गर्न विभिन्न प्रयासहरू गर्दै आइरहेको छ। निरोधात्मक प्रयासहरूमा बाघ पाइने राष्ट्रिय निकुञ्ज  एवं वन क्षेत्रहरूमा नियमित सुरक्षा गस्ती, निकुञ्ज र वन क्षेत्रमा सिसिटिभी जस्ता आधुनिक प्रविधि जडान , तालिम प्राप्त कुकुरहरू परिचालन, भारत र चीनसँग सीमापार बैठक , समुदायसँग साझेदारी एवं युवा परिचालन पर्दछन् भने प्रतिरोधात्मक प्रयासहरूमा नीतिगत एवं कानुनी संशोधन  र सुधार , मुद्दा अनुसन्धान सुदृढीकरण,  बाघ सम्बन्धि कसुरमा फरार प्रतिवादीहरूलाई इन्टरपोलको सहयोगमा रेड नोटिस जारि गरेर पक्राउ गर्ने, वन्यजन्तु अपराध नियन्त्रण गर्न क्षेत्रीय प्रयास स्वरूप दक्षिण एसिया वन्यजन्तु कानून कार्यान्वयन सञ्जाल (SAWEN ) को स्थापना एवं सदस्यता, राष्ट्रिय बाघ संरक्षण समिति गठन, राष्ट्रिय वन्यजन्तु अपराध समन्वय समितिको गठन , वन्यजन्तु अपराध नियन्त्रण ब्युरो गठन आदि जस्ता राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय रूपमा  विभिन्न प्रयासहरूद्वारा बाघको संरक्षण र बाघ सम्बन्धि अपराध नियन्त्रण हुँदै आइरहेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा वन्यजन्तु अपराधमा  अनुसन्धान र समन्वय गर्न छुट्टै  पिल्लरको स्थापना भए देखि बाघ र अन्य वन्यजन्तुको अवैध व्यापार र ओसारपसार नियन्त्रणमा उल्लेखनीय सफलता हासिल भएको देखिन्छ।  वन्यजन्तु अपराध नियन्त्रण ब्युरोको गठनले बहुसरोकारवाला निकायहरू बीचको समन्वयमा सुधार भई अपराध नियन्त्रण कार्य छिटो छरितो र प्रभावकारी बनेको छ।  राष्ट्रिय निकुञ्ज तथा आरक्षहरूमा निकुञ्ज कार्यालय र नेपाली सेनाको सुरक्षा, समुदाय र स्थानीय युवाहरूको सहयोग, नाका र  सीमा मा सशस्त्र प्रहरी बल तथा भन्सारको सक्रियता, बाटो अनि सहरहरूमा नेपाल प्रहरीको निरन्तर पहरेदारी, संरक्षण साझेदार सङ्घ-संस्थाहरूको सहयोग र साझेदारी सबैको एकीकृत प्रयासले नेपालमा वन्यजन्तु र विशेष बाघको संरक्षण अनि अपराध नियन्त्रणमा उदाहरणीय  सफलता हासिल भएको छ।  

वन्यजन्तुबाट बालीनालीको संरक्षण गर्ने नाममा थापिएका पासो र विद्युतीय धरापमा परि बाघ मारिनु र बाघले मारेको पशु चौपायाहरूको सिनोमा विष हालेर सो विषालु मासु खाएर बाघ मर्नु पनि नेपालको वन्यजन्तु कानुन अनुसार अपराध हुन्। त्यसरी  मरेको बाघ वा अन्य प्राकृतिक कारणले मरेको वन्यजन्तुको अङ्ग प्रत्यङ्ग तस्करहरूले अवैध व्यापारमा लैजाने सम्भावना सधैँ उच्च रहने हुँदा  , मानव-वन्यजन्तु द्वन्द्व पनि बाघ सम्बन्धी अपराधलाई बल पुराउने कारक बन्न सक्ने कुरा लाई नजरअन्दाज गर्न सकिँदैन।

 नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले मान्छे खान पल्किएको बाघ अथवा मानव बस्तिमा पसेर मानिस वा घर पालुवा पशु पन्छीलाई धेरै नै नोक्सान गर्ने  वन्यजन्तुलाई  मार्नु  पर्ने ठहर्‍याएमा तोकिएको अधिकारीको आदेशले मार्न, पक्रन वा लखेट्न सकिनेछ भन्ने उल्लेख गरेको छ (दफा १०) । त्यसै गरि आत्मसुरक्षा एवं आफूले पालेको घरपालुवा जनावरको बचावटका लागि तत्काल आक्रमणको विरुद्ध बल प्रयोग गर्न सकिने र सो क्रममा बाघ वा अन्य वन्यजन्तु घाइते  वा मर्न गएको खण्डमा उक्त ऐन बमोजिम कसूर गरिएको मानिने छैन भनेको छ (दफा २१)।  अन्यथा बाघ वा अन्य वन्यजन्तु लाई दुख दिनु ,लखेट्नु , पक्रनु , मार्नु वा तिनका अङ्ग प्रत्यङ्ग राख्नु, ओसारपसार वा बेचबिखन गर्नुलाई अपराध मानेको छ। बाघ सम्बन्धी कसुर गर्ने व्यक्तिलाई  कसूरको मात्रा हेरी ५ लाख देखि १० लाख सम्म जरिवाना वा ५ देखि १५ वर्ष सम्म कैद वा दुवै सजाए हुने व्यवस्था उक्त ऐनमा रहेको छ (दफा २६)। बाघ सम्बन्धी कसूर गर्ने व्यक्ति लाई जानी जानी मद्दत दिएमा त्यस्ता मद्दत गर्ने मतियार लाई पनि कसुरदार लाई हुने सरह सजाए हुनेछ (दफा २७ )। बाघ वा अन्य वन्यजन्तुको अन्तर्राष्ट्रिय व्यापार सम्बन्धि कसुरमा सङ्कटापन्न वन्यजन्तु एवं वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३  आकर्षित हुनेछ भने उक्त कसूर यदि साङ्गठनिक प्रकृतिको भए सङ्गठित अपराध निवारण ऐन २०७० आकर्षित हुने र उक्त अपराध बाट आर्जित अवैध धन भएमा सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ समेत आकर्षित हुने व्यवस्था रहेको छ।   

सर्वोच्च अदालतले मिति २०८० जेठ १७ गते  सरकारका नाममा निर्देशनात्मक फैसला गर्दै व्यक्तिगत वा संस्थागत तवरमा  वन्यजन्तुको अवैध अङ्ग प्रत्यङ्ग (आखेटोपहार) कहीँ कसैले पनि राख्न नपाइने र कहीँ कतै त्यस्ता कार्य भए गरेको भेटिएमा आवश्यक अनुसन्धान गरि त्यस्ता कार्य नियन्त्रण गर्न , वन्यजन्तु संरक्षण र अपराध नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न र बरामद गरिएका आखेटोपहारहरूलाई नष्ट नगरी वैज्ञानिक एवम् शैक्षिक प्रयोजनमा उपयोग गर्न आदेश दिएको छ।

बाघ प्रकृतिको एक सुन्दर एवम् अनुपम सिर्जना हो। बाघलाई  सौन्दर्य, पराक्रम, वीरता र शक्तिको प्रतिकका रूपमा बुझिने र पुजिने  हाम्रो समाजमा बाघको पारिस्थितिक, धार्मिक एवम् सांस्कृतिक महत्त्व रहेको छ। बाघ र अन्य सबै जीव जन्तुको महत्त्व उनीहरू जीवित हुँदा नै रहन्छ र मरेको जनावर र  तिनका अङ्गहरू मूल्यहीन र महत्त्वहीन छन् । विज्ञान र चिकित्साशास्त्रले बाघको हड्डी औषधि हुँदैन भनि प्रमाणित गरिसकेको छ। त्यसैले बाघको महत्त्व र सुन्दरता प्राकृतिक वातावरणमा खोजौँ छाला, नङ्ग्रा र दाह्रामा होइन। हाम्रो देश मा पाइने बाघ लगायत अन्य संरक्षित वन्यजन्तुहरू नेपाल एवं पुरा विश्वको प्राकृतिक सम्पत्ति हुन्।  वन्यजन्तुले वातावरण सन्तुलन एवं स्वच्छ राख्न मदत गर्नु का साथै कुनै न कुनै रूपमा मानवको जीवन अनि भविष्यसँग पनि जोडिएका हुन्छन्।  बढ्दो सहरीकरण, औद्योगीकरण, जनसङ्ख्या वृद्धि बाट सिर्जित जलवायु परिवर्तनसँग जुधिरहेको सम्पूर्ण विश्व र त्यसमाथि अझै पनि प्राकृतिक स्रोतमा लगभग पूर्ण आश्रित नेपाल जस्तो गरिब र जलवायु  परिवर्तन अत्ति प्रभावित मुलुक लाई वन्यजन्तु संरक्षणद्वारा हुने प्राकृतिक चक्रको सन्तुलन राख्नु अपरिहार्य छ। बाघ त्यही सन्तुलित प्राकृतिक वातावरणको सर्वोच्च स्थान ओगट्ने सभ्य अनि भव्य जीव हो।  त्यसैले बाघको संरक्षण गरे हामी सबै मानव लगायत सबै जीवजातिको कल्याण हुनेछ।   

(लेखक डब्ल्युडब्ल्युएफ नेपालमा  कार्यक्रम अधिकृत को रूपमा कार्यरत छन्। )

तस्विरः दिपक राजवंशी

Share2Tweet2Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)
अतिथि लेखक

कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

कार्तिक २८, २०८१
संविधानको कार्यान्वयन र चुनौती: नागरिक कर्तव्य, सरकारको जिम्मेवारी र सुशासनको बाटो
अतिथि लेखक

संविधानको कार्यान्वयन र चुनौती: नागरिक कर्तव्य, सरकारको जिम्मेवारी र सुशासनको बाटो

अशोज ३, २०८१
नेपालको सामुदायिक वन: विश्वका लागि अनुकरणीय सिकाई केन्द्र
अतिथि लेखक

नेपालको सामुदायिक वन: विश्वका लागि अनुकरणीय सिकाई केन्द्र

साउन २५, २०८१
महिला सशक्तीकरण र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल: एक समावेशी विकासको उदाहरण

निरूपण हुन बाँकी सत्य : सप्तलिङ्गेश्वरको स्थल सलाङ कि सलहको घर सलाङ ? 

असार १५, २०८१
कुम्पुर: साविक गाउँपञ्चायतदेखि सिद्धलेक गाउँपालिकासम्म
अतिथि लेखक

कुम्पुर: साविक गाउँपञ्चायतदेखि सिद्धलेक गाउँपालिकासम्म

असार १२, २०८१
Load More
Next Post
विश्व बाघ दिवसमा ललितपुर महानगरका मेयर सम्मानित

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions