English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हाइवेको अस्वस्थ खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा. मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

सिद्धलेक मन्दिर : जहाँ व्रतवन्ध पश्चात् पृथ्वीनारायण शाह देशान्तर पढ्न आएका थिए !

टुरशाला by टुरशाला
असार १७, २०८१
in इतिहास/संस्कृति, धार्मिक पर्यटन र तीर्थस्थलहरू
A A
0
184
SHARES
  • राजु झल्लु प्रसाद

धादिङ जिल्लाको सिद्धलेक गाउँपालिकाभित्र पर्ने साबिकको नलाङ र सलाङ (हाल वडा नं. २, ३ र ४) को सीमानामा अवस्थित सिद्धलेक अर्थात् सिद्धबाबा मन्दिर जिल्लाकै ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल हो । श्री सिद्धेश्वर महादेव अर्थात सिद्धबाबाको नामबाट नै गाउँपालिकाको नाम ‘सिद्धलेक’ राखिएको हो । 

धादिङ सदरमुकाम धादिङवेशीबाट दक्षिणतिर १४ किमी दूरीमा रहेको यो मन्दिर ठाँटी भन्ज्याङबाट ४ किमीको दुरीमा रहेको छ । यहाँ रहेको १५२५ मि. अग्लो ढेवा डाँडाबाट धादिङ जिल्लाको सल्यानटार बाहेक साबिकका ४९ वटा गाविसहरू र नेपालका एक दर्जनभन्दा बढी जिल्लाहरू देखिने सकिने स्थानीय बुढापाका बताउँछन् । जलवायु परिवर्तनका कारण हाल सो सम्भव देखिँदैन । यद्यपि सिद्धलेकलाई जिल्लाको ‘प्राकृतिक भ्यू पोइन्ट’को रूपमा परिचय गराउन भने सकिन्छ । यहाँबाट दिन खुलेको दिनमा काठमाडौंको धरहरा, मैधीकोट, गोर्खाकालिका, गोरखनाथ, पृथ्वीराजमार्ग विस्तारका दृश्यहरू, मलेखु, गजुरी, चरौदी, बेनिघाट आदि ठाउँहरू प्रष्ट देख्न पाइन्छ । ढुंगे छानो भएका नलाङ पात्ले गाउँका रित्तो हुँदो नेवार बस्तीहरू र् धादिङ्वेशीको बढ्दो सिमेन्टेड घरहरू पनि यहाँबाट एकसाथ् देख्न सकिन्छ । एकैचोटी रित्तिएका गाउँ र भरिएका शहरहरू देख्न पाइने अलौकिक ठाउँ हो, सिद्धलेक ।  यसैकारण सिद्धलेक वर्तमानकालीन समाज, मूल्यमान्यता, विकासचेत देख्न र नियाल्न  उपयुक्त गन्तव्य समेत बन्न पुगेको छ । 

A picture containing outdoor, cloud, nature, sky

Description automatically generated

सिद्धलेक जाँदै गर्दाको हुस्सुसँग लुकामारी खेलिरहेको पात्ले गाउँ

सिद्धलेक हिमाल अवलोकनका लागि पनि महत्त्वपूर्ण छ । सिद्धलेकको आँगनमा उभिएर गणेश हिमाल, मनासलु हिमाल, लाङटाङ, पाविल, अन्नपूर्ण, हिमचुली (चार पाटे), पाल्दोरपिक हिमशृङ्खलाका थुप्रै मनोरम दृश्यहरू ३६० डिग्रीमै देख्न पाउनु सौन्दर्यशाली र मनमोहक कुरा हो । डाँडाको फेदीबाट बगिरहेको त्रिशूली, बुढीगण्डकी, मिन्दुका नदीको नागबेली दृश्य रसपान गर्नु यहाँको अर्को विशेषता हो । काठमाडौंबाट नजिकै रहेको यस डाँडामा एकसमय प्याराग्लाइडिङको मजा लिन विदशीहरू यहाँ आउने गर्दथे, जो हाल बन्द छ । सिद्धलेक सूर्योदय र सूर्यास्त दृश्य नियाल्ने उपयुक्त थलो समेत हो । 

सिद्धबाबा खासमा शिवजीको मन्दिर हो । यहाँ गणेश, मनसादेवी, लक्ष्मी, दुर्गा लगायतका मन्दिरहरू पनि छन् । यहाँ भक्तजनहरूले आफ्नो मनोकाङ्क्षा प्रकट गर्दछन् र सिद्धि प्राप्त गर्ने भएकाले समेत यो मन्दिरको नाम सिद्धबाबा रहन गएको जनश्रुति वा जनविश्वास पाइन्छन् । यसकारण यस क्षेत्रको इतिहास प्राचीनकालदेखि रहँदै आएको विश्वास गर्न सकिन्छ । यहाँ लोपोन्मुख देउराली एवम् बाघलाई पासा थाप्ने ढुंगाका संरचनाहरू समेत भेट्न सकिन्छ, जो अन्यत्रका मन्दिरमा देख्न मुस्किल छ । 

सिद्धलेकको आँगनमा उभिएर गणेश हिमाल, मनासलु हिमाल, लाङटाङ, पाविल, अन्नपूर्ण, हिमचुली (चार पाटे), पाल्दोरपिक हिमशृङ्खलाहरू, तस्बीर: सागर लामिछाने

सबै जाति, धर्म, वर्ग, वर्ण र लिङ्गका मानिसहरू सिद्धबाबा मन्दिरमा विविध उद्देश्य र लक्ष्य लिएर आइरहेका हुन्छन् । पछिल्लो समयमा युवा पुस्ताहरू समय बिताउन, मायाप्रेमलाई जीवनजोडीका रूपमा रूपान्तरण गर्न र पर्यटन प्रवद्र्धनमा टेवा पुराउन धार्मिक केन्द्रहरू पुग्ने गर्दछन् । सिद्धबाबामा दर्शन गरेर, घुमघाम गरेर, सेल्फी खिचेर, टिकटक बनाएर, यहाँका बाँदरहरूलाई आफूले ल्याएका प्रसाद दिएर जिस्काउँदै, रमाउँदै मनोरञ्जन गर्ने भक्तहरू  पनि यहाँ भेटिन्छन् । 

पछिल्लो वर्षहरूमा जिल्लाबाहिरका व्यक्तिहरू समेत मन्दिर परिसरमा आउन थालेका छन्, यद्यपि यो सङ्ख्या बाक्लो भने छैन । सिद्धलेकलाई मुख्य गन्तव्य बनाएर ग्रामीण पर्यटनको उपयुक्त थलोको रूपमा नलाङ र सलाङलाई अगाडि सार्न सकिन्छ ।

यहाँको चिसो हावापानी, सांस्कृतिक विविधता, भागोलिक स्थिरता, कृषि जीवनशैली आदिका कारण यस भेगले विदेशी पाहुनालाई आकर्षण गर्ने तीव्र संकेतहरू देखाइरहेको छ ।  अत: सिद्धबाबा मन्दिरमा आन्तरिक एवम् बाह्य पर्यटकको सङ्ख्या वृद्धि गर्न सकेको खण्डमा मन्दिरको आम्दानीले सिद्धलेक गाउँपालिकाको शैक्षिक, सामाजिक, वन, वातावरण, जैविक विविधता संरक्षण, पुरातात्त्विक वस्तुहरूको पहिचान,  संवर्द्धन एवम् ऐतिहासिक, धार्मिक पर्यटन विकासमा प्रशस्त सहयोग मिल्ने देखिन्छ ।

सिद्धलेक मन्दिर, तस्बीर: सागर लामिछाने

किम्बदन्तीः

१. किम्बदन्ती अनुसार परापूर्वकालमा भगवान् शिवले आफ्नो ससुराली हिमालय पर्वतबाट नवदाम्पत्यपछि नयाँ जीवनसंगिनी पार्वतीलाई आफूप्रति सच्चा प्रेम भए/नभएको परीक्षण गर्न लुक्ने मनसाय गरि कहाँ जाने ? भन्ने सोचाई हुँदा श्लेषमान्तक वनमा वनविहार गर्न  जाने निष्कर्ष निकाली हिमालय पर्वतबाट निस्किन लाग्दा सामुन्ने देखिने हालको सिद्धलेकमा आएको विश्वास गरिन्छ । 

२. अर्को कथनअनुसार, वनमा क्रीडा गर्न निस्कदा थकाई लागेपछि सिद्धलेकमा थकाई मार्न बसेका शिवले यहाँको दृश्य रमाइलो लागि आफ्नो एक अंश यहि छाडेको र ‘सिद्धबाबा’ नामले प्रख्यात भई हालसम्म विद्यमान रहेको विश्वास प्रचलित छ । 

३. स्थानीय लेखक शालिग्राम अर्यालका अनुसार, महादेवलाई पानी प्यास लाग्दा त्रिशूलीको पहरो खोपी त्रिशूली नदि सतहको पानी सोहोरी प्यास मेटाए, त्यहि त्रिशूलीको पुरानो डोब सिद्ध गुफा हो । र, त्यहाँ पैसा चढाउँदा धेरैबेर छिन्द्रिङ/छिन्द्रिङ गर्दै तल जान्छ र केहिबेरमा छपल्याङ्गको आवाज आउँछ । 

४. अर्यालका अनुसार, राजा जनकले जनकपुरबाट यस सिद्धबाबाको महत्त्व बुझी आएर सिद्धबाबाको मन्दिरको पहिलो निर्माण गरे । (सिद्धलेक पर्यटन विकास क्षेत्र,पर्यटकीय बिम्बचित्रमा धादिङ, पृ.१६३)

५. मैधीकोट, खड्कदेवीको मन्दिरमा व्रतबन्ध गर्न ल्याइएका पृथ्वीनारायण शाहलाई मैधीकोट व्रतबन्ध गराई सिद्धबाबा  मन्दिरमा देशान्तर पढ्न पठाइएको थियो । साथमा बली जैसी (अर्याल)थिए । (ऐ)

धार्मिक महत्त्वः

सिद्धलेकसँगै रहेको शिवलिङ्ग आन्तरिक तथा बाह्य दुवै खालका पर्यटकका लागि आकर्षणको धार्मिक केन्द्र बनिरहेको छ ।

सिद्धलेक जात्रा, फोटो: श्रीवन नेचर क्याम्प

४ किलोमिटर जति तलबाट उठेको पहरोको चुचुरोमा ठडिएको शिव लिंगको हिन्दु धर्मावलम्बीहरूले शनिबार, सोमबार एवं शिवसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका विभिन्न धार्मिक चाडपर्वका दिनमा सिद्धबाबाको मन्दिरमा पूजाआजा गर्ने गर्दछन् ।  

सिद्धलेक क्षेत्रमा रहेको नागथान, तस्बीर: राजु झल्लु प्रसाद

विशेषतः यहाँ फागुपूर्णिमा,  शिवरात्रि, हरिबोधनी एकादशी आदि पर्वमा भव्य मेला लागे गर्दछ, त्यसमा पनि शिवरात्रिको मेला अझ विशेष हुने गर्दछ । यस अवसरमा श्रद्धालु भक्तजनहरूले फूलको डोली ल्याउने, जाग्राम बस्ने गर्दछन् । २०/३० वर्ष अघिसम्म यहाँ झ्याली, झाम्टा, खैजेडीसहितका स्थानीय लोकभाकाहरू प्रस्तुत भएका देखिन्थे, जो हाल हराउँदै छ ।

सिद्धलेक मन्दिरको अग्रभाग, फोटो: श्रीवन नेचर क्याम्प

सिद्धलेक धार्मिक पर्यटन तथा सांस्कृतिक महोत्सव पछिल्लो समय  सिद्धलेक धार्मिक पर्यटन तथा सांस्कृतिक महोत्सव बर्सेनि आयोजना हुँदै आएको पाइन्छ । २०७९ फागुन ०७ गते यहाँ तेस्रो सिद्धलेक धार्मिक पर्यटन तथा सांस्कृतिक महोत्सव सम्पन्न भएको थियो । सो कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरू खेम सेन्चुरि, रिता रावत, बिन्दा परियार लगायत स्थानीय कलाकारहरूको साथमा गोधूलि सांस्कृतिक परिवारले सांस्कृतिक प्रदर्शन गरेका थिए । मन्दिर दर्शनसँगै धार्मिक पर्यटन तथा सांस्कृतिक महोत्सव अवलोकनको लागि दर्शनार्थीहरूको निकै भिड लागेको थियो । मेलामा व्यापारको लागि स्टलहरू बुकिङ हुने गर्दछ । हरेक वर्ष सो मेला ५ हजार भन्दा बढी दर्शनार्थीहरूको भीड लाग्ने गर्दछ ।

सिद्धलेकको फागु पूर्णिमाको जात्रा बाबाहरू पनि आगमन रहन्छ

मेलाको अवसरमा ‘मिनि म्याराथुन दौड प्रतियोगिता’ समेत हुने गर्दछ । ‘स्वास्थ्य र राष्ट्रका लागि खेलकुद, धार्मिक एवं पर्यटकीय क्षेत्र विकास र प्रवद्र्धनमा खेलकुद’ भन्ने नाराका साथ चक्रदेवी सामुदायिक समाज, ज्यामिरस्वाँरा (नलाङ) धादिङले नलाङ ठाँटी भञ्ज्याङदेखि सिद्धबाबा मन्दिरसम्म दौड प्रतियोगिता आयोजना गर्ने गर्दछ । आन्तरिक तथा बाह्य पर्यटन  प्रवर्द्धनका लागि सिद्धलेक ढेवाडाँडा समाज नेपालले गाउँपालिकाको समन्वयमा विगत केही वर्षदेखि सिद्धलेक धार्मिक पर्यटन तथा सांस्कृतिक महोत्सवको आयोजना गर्दै आएको छ । महोत्सवमा रेडक्रस नलाङ उपशाखाको आयोजनामा सिद्धबाबा मन्दिर परिसरमा बृहत् खुल्ला रक्तदान कार्यक्रम समेत हुँदै आइरहेको छ ।

सिद्धबाबा मन्दिरमा पूजाआजा गर्नमात्र होइन, बिहे, व्रतबन्ध जस्ता कार्यका लागि पनि भक्तजनहरू पुगिरहेका हुन्छन्, तस्बीर: सागर लामिछाने

सिद्धबाबा मन्दिरमा पूजाआजा गर्नमात्र होइन, बिहे, व्रतबन्ध जस्ता कार्यका लागि पनि भक्तजनहरू पुगिरहेका हुन्छन् । सिद्धबाबा मन्दिरको ऐतिहासिक एवम् धार्मिक महत्त्वका बारेमा खोज, अध्ययन र अनुसन्धान  गर्न आउनेहरूको सङ्ख्या भने न्यूनप्राय: छ, जसका कारण यस क्षेत्रका बारेमा निकै कम जानकारी मात्रै सार्वजनिक भएका छन् । सिद्धलेक एवम् ढेवा डाँडाका प्रायस् जानकारीहरू स्थानीय अनुभव र किम्बदन्तीहरू आधारित छन्, जसबाट आंशिकरुपमा यथार्थको बोध गर्न सकिन्छ । सिद्धलेकबारे हालसम्म शालिग्राम अर्यालद्वारा ‘सिद्धलेक(सिद्धबाबा’ नामक संक्षिप्त पुस्तक वि.सं. २०६० सालमा प्रकाशित भएको यस पंक्तिकारलाई थाहा छ । यस अलवा यसबारे खोजी-अनुसन्धान हुन् सकेको छैन । यसकारण सिद्धलेकको ऐतिहासिक काल निर्धारण गर्नका लागि ऐतिहासिक स्रोतहरू जोहो एवं पुरातात्त्विक अन्वेषण अत्यावश्यक छ । 

सिद्धलेक मन्दिर परिसरमा रहेको देउराली, भन्ज्याङ परेको ठाउँमा बटुवाले देवदेवीलाई सम्झन एक एक ढुंगा चढाउँदै जादा देवलजस्तो भएको थुप्रोलाई देउराली भन्ने गरिन्छ, तस्बीर: राजु झल्लु प्रसाद

ऐतिहासिक काल निर्धारणः

सिद्धलेकका सम्बन्धमा ठोस ऐतिहासिक सामाग्रीहरू फेला पार्न नसकिएपनि लेखक शालिग्राम अर्यालले पस्किएको पछिल्लो किम्वदन्तीहरूलाई आधार मान्दा पृथ्वीनारायण शाहको व्रतबन्धको प्रसंगलाई आधार मानि केही कुरा प्रष्ट पार्न सकिन्छ । 

बाबुराम आचार्यकृत ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनीअनुसार,  इ.सं. १७३३ (वि.सं.१७९०) मा श्री ५ युवराज पृथ्वीनारायण शाहको उमेर एघार वर्ष भएको हुनाले यस वर्षभित्र उनको ब्रतबन्ध हुनु अनिवार्य थियो । रानी चन्द्रप्रभाले राजदरबारको गृहव्यवस्था ठीक राखेकी हुनाले नरभूपाल शाह राजकाजबाट पर रहे पनि व्रतबन्धको कार्यलाई हर्जा केही थिएन । नरभूपाल शाहलाई गोकुलविलास पाँडेले मन्त्र सुनाएका हुनाले उनका छोरा–भतिजाहरू गुरु बन्न तत्पर थिए । तर, नरभूपाल शाहदेखि माथिका युवराज र राजकुमारहरूलाई मन्त्र सुनाउने काम मिश्र घरानाले गरिआएका र राजनीतिक पेच लगाएर नरभूपाल शाहलाई गोकुलविलासले सावित्रमन्त्र सुनाएका थिए । गुरुवंश बदलिनाले नरभूपाल शाहको यस्तो अवस्था भएको हो भन्ने विचार गोर्खामा उठ्यो र रानी चन्द्रप्रभाले मिश्रघरानाका श्रीहर्ष मिश्रलाई बोलाएर मन्त्र सुनाउन लाउने प्रबन्ध मिलाइन् । चन्द्रप्रभाले पाँडेहरूले बाधा नदिऊन् भनेर श्री ५ पृथ्वीनारायण शाहलाई सिकारको बहाना गरी धादिङ इलाका मैदी (मैधी) का एक देवस्थल (मैधीकोट) मा लगी व्रतबन्ध गराएर श्रीहर्ष मिश्रलाई सावित्रमन्त्र सुनाउन लगाइन् ।”

सिद्धलेक मन्दिरको गर्भगृहमा प्रा.डा. नविनबन्धु पहाडी

यस तथ्यको आधरमा वि.सं. १७९० आसपास आइपुग्दा यस क्षेत्र जनमानसमा परिचित थियो भन्न सकिन्छ, जसकारण पृथ्वीनारायण शाहलाई यहाँ  देशान्तर पढ्न पठाइएको थियो । दिशाको ज्ञान देशान्तरमा अन्तर्निहित हुन्छ । यसैले देश देशान्तर ज्ञान गर्न सक्ने हुन  अर्थात् भनौँ त्यो देशन्तरीय ज्ञानलाई व्यवहारमा उतार्नु परेको समयमा प्रयोग गर्नका निम्ति यो व्यवस्था हिन्दू संस्कारमा भेटिन्छ । अत: हामी भन्न सक्छौं कि दिशाको ज्ञान बिना नेपाल एकीकरण सम्भव थिएन र पृथ्वीनारायणले पहिलोपटक दिशाको ज्ञान लिएको ठाउँ पनि यहिँ सिद्धलेक नै हो । हिन्दू संस्कारमा दिशाको ज्ञानका निम्ति व्रतबन्ध एवं विवाह संस्कारमा दिनमा सूर्य हेर्ने र रातमा ध्रुवतार हेर्ने विधान आज पनि छ । 

मैधीकोट मन्दिर, जहाँ पृथ्वीनारायण शाहको व्रतबन्ध भएको थियो

पुरातात्त्विक अनुसन्धानको पर्खाइमा सिद्धलेक

धार्मिक विश्वासका आधरमा प्रचलित किम्बदन्तीहरू र अप्रमाणित ऐतिहासिक स्रोतहरूको बलले सिद्धलेकको महिमा अगाडि सार्न कठिन पर्दछ ।  साथै, नेपालको इतिहास लेखनमा प्रशस्त समस्याहरू (प्रथमकालिन अवस्थामा युरोपियन हस्तक्षेप, ऐतिहासिक स्रोतहरूको अपर्याप्तता र अस्पष्टता, इतिहास लेखनमा राजनीतिक (जो माथि छ) प्रभाव एवं  प्राचीन दस्तावेजहरूको किनबेच आदि) भएका कारण ठीकठीकसँग सिद्धलेकको बारेमा भन्नका लागि गाह्रो छ । यसकारण यस भेगको पुरातात्त्विक एवं भौगोर्भिक अध्ययन, अन्वेषण एवं  अनुसन्धान हुने हो भने सिद्धलेकमा अकथित उज्याला पक्षहरू अगाडि आउने कुरामा कुनै शंकै रहेन । 

A red heart shaped statue in front of a building

Description automatically generated with low confidence
सिद्धलेक मन्दिर, तस्बीर: श्रीवन नेचर क्याम्प

उसै पनि सिद्धलेक वरपर (नलाङ र सलाङ दुवैपट्टी) निकै पुराना प्रतित हुने ढुंगाहरू देखिन्छन्, जसको भौगोर्भिक अनुसन्धान हुने हो भने खानीजन्य सम्भावनाहरू पनि अगाडि आउने थिए । ‘डा. हेमसागर बरालको एक अध्ययन अनुसार, ७ करोड वर्ष पुरानो पत्थर सिद्धालेकमा भएको संकेत पाइन्छ (स्रोतः हरिप्रसाद सिलवाल, पर्यटकीय आँखामा नलाङ, पर्यटकीय विम्बमा धादिङ, पृ. ९०) ।’ सिलवालका अनुसार यहा जाँते ढुङ्गा पनि रहेको छ । 

हरिप्रसाद सिलवालको तथ्यमाथि खण्डन: 

खतिवडाले उल्लेख गरेका बरालसँग यस कुराको पुष्टि माग्दा ७ करोड वर्ष नभई १७० करोड वर्ष पुरानो पत्थर कालिदह क्षेत्रमा भेटिएको  बताए । थोपाल किनारकको कालिदह क्षेत्रमा भेटिने पत्थरहरू जीवअवशेष नभई अवशेष मात्रै रहेको र यसलाई ‘रिपल माक्र्स’ भनिने उनले बताए । डा. बरालको कुरालाई भूगर्भशास्त्री डा. तारानिधि भट्टराईले पनि पुष्टि गरेका छन् । भट्टराईका अनुसार थोपाल खोलाको किनाराको कालिदह क्षेत्रमा महाभारत लेकमा पाइने चट्टानहरूमध्ये सबैभन्दा पुरानो चट्टान (१७०/१८० करोड वर्ष पुरानो) मा गणना गरिने हुनाले भूगर्भका विद्यार्थीहरूलाई बर्सेनि यहाँ ल्याइने गरिन्छ ।

बराल एवं भट्टराई दुवैले सिद्धलेकबारे नभई कालिदह क्षेत्रबारे बताएका हुनाले सिद्धलेकमा पाइने पत्थरहरू कति पुरानो हुन् भनि निर्क्यौल गर्न कठिनाई देखिएको छ । किनभने कालिदह र सिद्धलेकको उचाई फरक छ ।  साथसाथै, बरालले ‘१७० करोड वर्ष भन्दा ७ करोड सुनिएको हुन् सक्ने’ बताएकाले सिलवालको तथ्य पुष्टि हुन् सकेन । यद्यपि, यस भेगमा पुराना पत्थर छन् भन्ने पुष्टि भएता पनि कति पुरानो हुन् भनि पुष्टि गर्नका लागि यसबारे भूगर्भशास्त्रीहरूले खोजअनुसन्धान गर्न भने अब अत्यावश्यक भइसकेको छ ।

मन्दिरको गर्भगृहमा रहेको जाते ढुंगा, तस्बीर राजु झल्लु प्रसाद

थप कथनः 

१ शिव लिंग सारियो: 

हाल जहाँ सिद्धलेक मन्दिर (शिवलिंग) निर्माण गरिएको छ, त्यो पहिले मन्दिरदेखि तल रहेको गुफा (गुहा) मा रहेको र त्यहाँ आऊजाऊ गर्न गाह्रो भएकाले माथि सारिएको स्थानीयहरू बताउँछन् । यसकारण यस क्षेत्रमा रहेको सो गुफा (जहाँ पहिले तपस्वी ध्यान गर्दथे)  बारे छुट्टै अध्ययन आवश्यक छ । गुहा, गुहालेख एवं गुहाचित्रहरूको अतिरिक्त यहाँका महत्त्वका सम्पदाहरूको बारेमा गहिरिएर अध्ययन, अनुसन्धान गरि विस्मृतिको गर्भमा यत्रतत्र छरिएर रहेका अनेकौँ प्राचीन सम्पदाहरूलाई प्रकाशमा ल्याउनु अत्यावश्यक भइसकेको छ । 

यस गुफाभित्र हालको सिद्धलेकको शिवलिङ्ग रहेको मानिन्छ, तस्बीर: सागर लामिछाने मगर
मन्दिरको गर्भगृहमा रहेको शिवलिङ्ग, तस्बीर: राजु झल्लु प्रसाद

लावारिस जोगी कुटी: 

सिद्धलेकको पछाडिपट्टि भित्तो अर्थात् सलाङ आरुवास (वडा नम्बर ४) माको एक थुम्कोमा लावारिस अवस्थामा एक पुरातात्त्विक अवशेष देखिएको छ, जसबारे सोध्दा स्थानीयले यस ठाउँलाई कुटीडाँडा एवं जोगीडाँडा दुवै नामले बोलाउने गरेको पाइयो । स्थानीयका अनुसार, यहाँ सिद्धलेक मन्दिरमा ध्यान तपस्या गर्ने सिद्ध पुरुष (जोगी) हरू यहाँ बसोबास गरि बस्ने गर्दथे । यी जोगीहरू दशनामी वा नाथ साम्प्रदायिक हुनुपर्दछ ।  यसकारण अरुवास क्षेत्रमा आज पनि दशनामी समुदायका मानिसहरूको पातलो बसोबास भेट्न सकिन्छ । (अभिलेख अनुसार शाहवंशले विभिन्न समयमा नाथ सम्प्रदायलाई राजकीय सम्मान प्रदान गरेको थाहा हुन्छ । नेपाली परम्पराअनुसार नाथ सम्प्रदायको इतिहास राजा नरेन्द्रदेवको पालादेखि सुरु भएको हो ।)

लावारिस कुटी डाँडाका अवशेषहरू, तस्बीर: राजु झल्लु प्रसाद

आरुवासको गाउँले बजार क्षेत्रदेखि मास्तिर लाग्दा एउटा खानेपानी ट्यांकी भेटिन्छ । त्यहाँदेखि सिधै उँभो जंगलतर्फ गइरहने हो भने एउटा सुन्दर चौतारो भेटिन्छ, जुन केहि उचो स्थानमा रहेको छ ।  चौतारो आसपास पनि केहि पुराना ढुंगाहरू छरपष्ट अवस्था रहेको देख्न सकिन्छ । चौतारो हुँदै अघि बढीरहँदा ५० मिटर जति अगाडि ढुंगाको घेरा लगाइएर छेकिएको ६ कोठे कुटीको अवशेष देख्न सकिन्छ ।

प्राय: गाह्रोहरू भुइँमा पुगिसकेता पनि तल्लोपट्टिका दुई वटा कोठाको गाह्रोले यहाँ मान्छे आवादी रहेको संकेत गर्दछन् ।  कुटीको लावारिस अवस्थालाई नियालि हेर्दा- मास्तिर ३ वटा कोठा र तल्लोपट्टि ३ वटा कोठा (गाह्रोको अवशेष) देखिन्छ । बीचमा १ मिटर लामो बाटो जस्तो देखिन्छ । यत्रतत्र छरिएर रहेका चाक्ला ढुंगाहरूले यस कुटी १०० वर्ष  अगाडि निर्माण भइसकेको बताउँछ । सिद्धलेक ध्यान गर्ने तपस्वी एवं शिव भक्तहरूले कुन स्थानबाट कहिलेदेखि आई यहाँ आवाद थालेका होलान् भन्ने जिज्ञासा निवारणका लागि थप अध्ययन, अनुसन्धानको  आवश्यक छ । 

पस्दापस्दैको एउटा कोठामा धूपबत्ति गरिएको ढुंगा समेत देखिएकाले पछिल्ला दिनहरूमै कसैले त्यसो गरेको अनुमान गर्न सकिन्छ । साथै, यहाँ चुरोटका ठुटा, वियरको बोतलका टुक्राहरू समेत देखिएकाले यस स्थानलाई जोगाउन पहलकदमी थालिहाल्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ । सिद्धलेकसँग जोडिएको यस कुटीडाँडाको पुरातात्त्विक मात्रै नभई समाजिक र सांस्कृतिक समेत मूल्य रहेकाले यसको जगेर्ना हुनु आवश्यक छ । सुनसान वन क्षेत्रमा रहेको यस लावारिस पुरातात्त्विक सम्पदाको हिफाजत गर्न सकेमा नाथ सम्प्रदाय एवं हठयोगप्रति झुकाव राख्ने, शिवले चलाएको बाह्रपन्थ (सतनाथ, धर्मनाथ, पाउ, पागल, रावल, राम, आइपन्थी, कपलानी, नरेश्वरी, दरयानाथी, मन्नाथी र गंगानाथी) प्रति विश्वास गर्नेहरूको अध्ययन-अनुसन्धानमा बल पुग्ने थियो । 

सुनसान वन क्षेत्रमा लावारिस यस पुरातात्त्विक सम्पदाको हिफाजत गर्न आवश्यक छ, तस्बीर: राजु झल्लु प्रसाद

आरुबास क्षेत्रवरपर एउटा पुरानो गुफा समेत रहेको स्थानीय व्यापारी (मगर थरका)ले बताएकाले सो गुफाको संरक्षण एवं प्रचारप्रसार आवश्यक देखिन्छ । कुटिडाँडा र यस वरपरको स्थान सिद्धलेकको पुरातात्त्विक प्रमाणकेन्द्र समेत हुन् सक्ने भएकाले  यहाँको संरक्षण,  संवर्द्धन अत्यावश्यक छ । 

जैविक विविधताको केन्द्र ‘सिद्धलेक’

जैविक विविधता मानव संस्कृति तथा सभ्यताको अभिन्न अंग भएकै कारण जैविक स्रोत मानवजातिको जीविकोपार्जन, परम्परा, तथा संस्कारसँग अन्योन्याश्रित छन् । परापूर्वकालदेखि नै नेपाली सनातन परम्पराले विभिन्न वनस्पति तथा प्राणीलाई विभिन्न भगवान्का रूपमा आस्था राखी पूजा गर्दै आएको छ । विशेष गरीकन हिन्दु धर्मावलम्बीले वर, बेल, रुद्राक्ष र अशोकलाई भगवान् शिव, पीपल र बाबियोलाई भगवान् विष्णु, शमी र दुबोलाई गणेश, तुलसी र अमलालाई लक्ष्मी, कुश र पलाँसलाई ब्रह्मा अनि खयरलाई अग्निका रूपमा स्विकारेको देखिन्छ । यसकारण, जैविक विविधता सम्बन्धि परम्परागत ज्ञानको दस्ताबेजीकरण तथा स्थानीय स्तरमा लाभ बाँडफाँटसम्बन्धी नीतिगत धारणासहित सिद्धलेकलाई अगाडि सर्न अत्यावश्यक छ ।  

नेपालमा मात्रै पाइने काँडेभ्याकुर चरा यहाँ ठुलो संख्या पाइन्छ

सिद्धलेक प्राकृतिक पर्यावरणका लागि आकर्षक स्थान भएको कुरा माथि पनि पर्यो । अतएव: अब यहाँ मुख्य प्राकृतिक विशेषताहरू अगाडि सारिनेछ । नेपालमा मात्रै पाइने काँडेभ्याकुर चरा यहाँ ठुलो संख्या पाइन्छ । काँडेभ्याकुर अध्ययनका लागि पंक्षीविज्ञ एवं चरा अवोलोकनकर्ताहरूलाई यहाँ ल्याउन सकिन्छ । यससँगै, यहाँ सिकारी गिद्ध लगायत ५ थरि गिद्धहरू, चील, बाज, चिबे, हुँइचील, वन कुखुरा, तित्रा, कालिज, लाहांचे, लाटोकोसेरो, रानीचरी, सुनचरी, पानी हाँस, चिबे, काफल पाक्यो चरा, सुगामैना लगायतका चराहरू पनि देखिने गर्दछन्, जसमध्ये कतिपय वैश्विकरूपमा अति संकटापन्न प्रजातिमा पर्दछन् ।

वन्यजन्तुतर्फ, खरायो,  फ्याउरो, ढेंडु बाँदर, न्याउरी मुसा, लोखर्के लगायतका जीवहरू देखिन्छन् । वनस्पतितर्फ लालीगुराँस, श्वेतगुराँस, काफल, कट्टुस र दर्जनौं फूलहरू पाइन्छन् । यहाँ विभिन्न जडिबुटीजन्य एवं धार्मिक महत्त्वका बोटविरुवा पाइने हुनाले यसको संरक्षणतर्फ उचित ध्यान दिन  जरुरि छ ।  विशिष्ट भौगोलिक अवस्थिति, मौसम तथा जलवायुको विविधता तथा यिनीहरूको सम्मिश्रणबाट विशिष्ट पारिस्थितिक प्रणालीको उपस्थितिले गर्दा सिद्धलेकलाई पालिकाको जैविक विविधता केन्द्रको रूपमा अगाडि सार्न सकिन्छ । 

सिद्धलेकलाई देशकै पर्यटकीय हबको रूपमा अगाडि सार्न आवश्यक:

सिद्धलेकलाई सार्वजनिक कार्यक्रमको रूपमा एउटा प्रभावकारी पर्यटकीयस्थलको रूपमा विकास गर्न अत्यावश्यक भइसकेको छ किनभने कुनै बेला पर्यटक नभएर सुनसान हुने देशका तमाम ठाउँहरूमा नेपाली नयाँ वर्ष, जात्रा-मेला, पर्व एवम् अङ्ग्रेजी नयाँ वर्षहरूमा अप्रत्याशित रूपमा आन्तरिक पर्यटकको ओइरो लाग्न थालेका उदाहरणहरू प्रशस्त छन् । पहिला पहिला घरबाट निस्कन हुँदैन भन्ने चलन थियो, तर आजभोलि घुम्दा धेरै कुरा सिकिन्छ भन्ने भाष्य बलियोरूपमा स्थापित भएको छ । पछिल्लो समय विकसित यस संस्कारबाट सिद्धलेकले फाइदा लिन आवश्यक छ । ‘पहिला देश अनि विदेश’ भन्ने भावनाले प्रेरित भएर देशका कुनाकन्दरा चाहरिरहेका ट्राभल ब्लगर, बाइकर्स, अनुसन्धानकर्ता एवम् भूगोल, इतिहास एवम् वातावरण विधाका विद्यार्थीहरूलाई आकर्षित गर्ने गरि नीतिनियम तर्जुमा गर्नतर्फ पालिकाले ध्यान दिएका निकट भविष्यमै सिद्धलेक र धादिङ पर्यायवाची शब्द हुनेछन् । 

सिद्धलेक मन्दिर परिसरमा (बायाँबाट क्रमश: राहुल भट्ट, डा. नवीनबन्धु पहाडी, रामहरि अर्याल, राजु झल्लु प्रसाद), तस्बीर: सिजन भट्ट

यसैगरी, सिद्धलेक मन्दिर परिसर धार्मिक महत्त्वको स्थल भएकाले भारतीय पर्यटक आकर्षण गर्ने थलो बन्न सक्दछ । काठमाडौँबाट नजिक रहेकाले एवम् पृथ्वी राजमार्गदेखि एकाध घण्टामा यहाँ पुग्न सम्भव रहेकाले सिद्धलेकको भौगोलिक, पारिस्थितिक, वातावरणीय एवम् धार्मिकरऐतिहासिक विशेषतालाई प्रचारप्रसार गरि पर्यटकको आकर्षणको केन्द्र बनाउन सकिन्छ । हरदम चिसो मौसम यहाँको विशेषता हो, जसले हरेक क्षेत्रका पर्यटकलाई हरदम लोभ्याउने निश्चित छ । यसैगरी, जङ्गलको बिचमा अवस्थित यस शान्तभूमी विराट ऐतिहासिक, प्राकृतिक चिनारी भएको ठाउँ भएकाले यसमार्फत जिल्लाको मात्रै नभई समग्र देशकै पर्यटन प्रवद्र्धन हुनेछ । यस एक्लो र सुनसान ठाउँले अनेकन् सम्भावनाहरू बोकेको मर्मलाई सरोकारवाला निकायले बिर्सन हुँदैन । 

सिद्धलेकलाई पर्यटकीय हबको रूपमा अगाडि सार्नका लागि केही कामहरू तत्काल गर्न आवश्यक देखिन्छ । प्रमुखत: यसलाई शिवरात्रिको दिनमा भीड लाग्ने थलो मात्रै नबनाई बाह्रै मास पर्यटकीय चहलपहल हुने ठाउँ बनाउनतर्फ आवश्यक योजनाहरू तर्जुमा गरिनुपर्छ । यसपश्चात्, मन्दिर दर्शन गर्न आउने देशका विशिष्ट पहिचान बनाएका महानुभावहरूलाई स्वागत, सत्कार र मन्दिरका बारेमा जानकारी गराउने कामलाई प्राथमिकता दिनुपर्दछ । यसैगरी, मन्दिरमा आउने भक्तजनहरूलाई फूलप्रसादी र खाजा चमेनाको सेवा नीजिस्तरबाट व्यवस्था  मिलाउन आवश्यक छ । यहाँ होमस्टे, ग्रामिण मौलिक खाना-खाजा घर निर्माण गर्दै यातायाव सेवालाई सहज र सुविधायुक्त बनाउनतर्फ कार्ययोजनाहरू लक्षित हुनुपर्दछ ।

सिद्धलेक मन्दिर तथा ढेवा डाँडा, तस्बीर: सागर लामिछाने मगर

मन्दिर समितिले आफ्नो वार्षिक साधारण सभा, संरक्षक निकाय, सरोकारवाला संघसंस्थाहरूकाबीच आफ्नो प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस गरी खर्च सार्वजनिकीकरण गर्दै  पेस गरिएका सबै खालका प्रतिवेदनहरू सम्बन्धित वडा कार्यालय, गाउँपालिका, जिल्ला प्रशासन कार्यालयमा पेस गर्ने पद्धति विकास गर्न आवश्यक छ, जसमार्फत पारदर्शिता झल्किने छ । मन्दिरले मुख्यतः एक साधुको व्यवस्था गरि मन्दिर परिसरमा दैनिक धुनी जलाउन एवम् पूजापाठको व्यवस्थाका लागि पुजारी नियुक्ति गर्नु आवश्यक छ । यसपश्चात्, मन्दिर क्षेत्रमा रहेको वनमा धर्मशाला निर्माण गरि भक्तजनहरू यसतर्फ आकर्षित गर्न सकिन्छ । मनकामना मन्दिर क्षेत्रमा झैँ सिद्धलेकले पनि सिद्धबाबाको पहिचान दिने वस्तुहरू बेच्ने (कोसेली घर) आदि व्यवस्था गर्ने कार्यनीतिहरू आगामी दिनमा अगाडि सार्न सक्नेछ । यस मन्दिरलाई थप गतिशील बनाउनका लागि सिद्धबाबा मन्दिर विकास समितिका पदाधिकारीहरू, यहाँ कार्यरत मूल पुरोहित, कर्मचारीहरू र पण्डितहरूको अथक प्रयास र लगानशीलता जरुरी हुन आउँछ ।

सिद्धबाबा मन्दिरको वृद्धिविकासका लागि निम्न कार्यहरू गर्नु मुनासिव देखिन्छः

१. मन्दिर क्षेत्रमा निर्माणाधीन आश्रम श्री सिद्धबाबा मन्दिर धूनी घर, मन्दिरहरूको निर्माण गराई सो वस्तुहरू पूर्णरूपले संरक्षण गर्ने ।

२. मन्दिर क्षेत्रमा स्थापित देवी देउताहरूको प्रातः काल सन्ध्याकाल दुवै कालमा परम्परा अनुसार नित्यपाठ आरति गर्ने अखण्ड धूनी बसी चिरकाल सञ्चालन गर्ने ।

३. मन्दिर क्षेत्रलाई पवित्र धार्मिक स्थलहरूको रूपमा गुरुयोजना अनुसार निर्माण कार्य गरि श्री सिद्धबाबा धार्मिक पीठको रूपमा विकास गर्ने । जोगी कुटीको संरक्षण र मर्मतसम्भार गर्ने ।

४. परम्परा अनुसारको पर्वहरूमा प्रवचन, पुराण, अर्चना, कीर्तन, भजन, यज्ञादिको कार्यक्रम चलाउने ।

५. मन्दिर क्षेत्रमा धर्मशाला, असाहय अनाथहरूलाई सुविधाको व्यवस्था गर्ने र वृद्धाश्रमको व्यवस्था गर्ने ।

६. हिन्दू सनातन धर्म संस्कृतिको बारेमा सर्वसाधारणलाई बोध गराउन विद्वान, ज्ञाता, पण्डितहरूबाट प्रवचन, पुराण आदि गर्ने ।

७. मन्दिर क्षेत्रमा वृक्षारोपण गर्ने, वन, बुट्यानहरूलाई संरक्षण गरी तपोवनको रूपमा व्यवस्था मिलाई रमणीय पर्यटन स्थल निर्माण गर्ने ।

८. मन्दिर परिसरमा धर्मशाला निर्माण गरि आधुनिक सुविधा सम्पन्न तालिम हल बनाउने । सोही स्थानमा दुर्लभ धार्मिक पुस्तकहरू खोजेर आधुनिक पुस्तकालय तथा वाचनालय बनाउँदै लैजाने ।

९. गुरुकुल वा विद्यापीठ सञ्चालन गर्ने । जहाँ मैधीकोटमा व्रतबन्ध गराइने बटुकहरूलाई सिद्धलेकमा देशान्तरका लागि ल्याउने, त्यो नसकेमा  पृथ्वीनारायाण शाहको व्रतबन्ध र देशान्तरका प्रसंग झल्कने नाटकहरू वर्षमा एकचोटि प्रदर्शन गर्ने । 

१०. पुराना भत्किएका मन्दिर र मूर्तिहरूको जीर्णोद्धार गर्ने र ती मन्दिर एवम् मूर्तिहरूलाई कलात्मक रूपमा विकास गर्ने । 

११. मन्दिरको इतिहासलाई खोजेर अनुसन्धानमूलक पुस्तक प्रकाशन गर्ने, वृत्तचित्र निर्माण गर्ने । ब्रोसियर, बुकलेटहरू प्रकाशन गर्दै जाने ।

१२. सिद्धबाबा मन्दिर परिसरमा रहेको धार्मिक वनलाई धार्मिक पार्क एवं वन वाटिकाको रूपमा विकास गर्ने ।

१३. मन्दिर पसिरमा नै सुरक्षाका लागि प्रहरी बीट राख्ने दीर्घकालीन सोच अगाडि ल्याउने ।

१४. प्रकोपमा परेका स्थानीयहरूका लागि राहत दिनका लागि अक्षयकोषको स्थापना गर्ने ।

१५. मन्दिर विकास समितिलाई आवश्यक पर्ने विभिन्न खालका नियमावलीहरू तयार पार्ने ।

१६. मन्दिरको आयस्रोत बढाउने खालका आयमुखी कार्यहरू अवलम्बन गर्ने तर यस्ता कामहरू गर्दा प्राकृतिक स्रोत दोहन नहोस् भनि सतर्कता अपनाउने ।

१७. सिद्धलेक पदमार्गुको रुट तयार गरि त्यसको प्रचारप्रसार गर्ने, इत्यादि ।

सिद्धलेक मन्दिरबाट देखिएको त्रिशुली नदि, भेडाबारी, पृथ्वी राजमार्ग आदिको दृश्य, तस्बीर: राजु झल्लु प्रसाद

सिद्धलेक मन्दिर तथा ढेवा डाँडा, तस्बीर: सागर लामिछाने मगर
  • स्रोत/सामाग्री: प्राथामिक स्रोतका अलवा पर्यटकीय बिम्ब चित्रमा धादिङ (सम्पादक: अमृत सापकोटा), गुहा गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा: पुर्षोत्तमलोचन श्रेष्ठ), नाथ सम्प्रदाय र हठयोग (शीतल गिरि, हाम्राकुरा), भेडाबारीका स्थानीय वयोवृद्ध भेडाबारीका दाताराम सिलवाल, भक्त बहादुर परियार र राजेन्द्र तोया थापा मगरसँग छलफल, आदि
  • तस्बीरहरू: राजु झल्लु प्रसाद, सिजन भट्ट, श्रीवन नेचर क्याम्प, दिननाथ (भरत) रेग्मी, सन्देश नहर्की, अमृत भादगाउँले, सागर लामिछाने आदि
Share74Tweet46Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?
इतिहास/संस्कृति

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न
कला र साहित्य

कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

मंसिर १६, २०८२
सिकरुम : दुख्छ ? दुख्यो यार !
कला र साहित्य

सिकरुम : दुख्छ ? दुख्यो यार !

असार १०, २०८२
साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न
कला र साहित्य

साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

चैत्र ३०, २०८१
Load More
Next Post
कृषि पर्यटनको केन्द्र बन्न सक्छ ‘सिद्धलेक गाउँपालिका’

कृषि पर्यटनको केन्द्र बन्न सक्छ ‘सिद्धलेक गाउँपालिका’

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा सुई गाडिन्छ, स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता
  • अन्य
English Edition

© 2026 Tourshala | Digital Partner: Sathi Solutions