काठमाडौं- शुक्रबारदेखि परेको अविरल वर्षाका कारण नेपालमा आएको बाढी र पहिरोमा परी दुई जना विदेशी पर्यटकको मृत्यु भएको छ। पर्यटक प्रहरी विभागका अनुसार मृत्यु हुनेमा दक्षिण कोरियाका यु यो ह्वान योंग र अमेरिकी नागरिक बास्कोम डोरम्यान हप्सन रहेका छन्।
विभागका अनुसार, हालसम्म अन्य दुई विदेशी पर्यटक बेपत्ता भएका छन्। सिन्धुपाल्चोकमा दक्षिण कोरियाका ली जिन वो र गोरखामा एक परिचय नखुलेका रसियन नागरिक बेपत्ता रहेका छन्।
यसैबीच, काभ्रेबाट एक जना नेदरल्यान्डका नागरिक स्टिल भ्यार्नोडको उद्धार गरिएको छ, जसलाई घाइते अवस्थामा फेला पारिएको थियो। प्रहरी उपरीक्षक (डि.एस.पी.) रितेन्द्र कुमार सिंहले उद्धार कार्य जारी रहेको जानकारी दिएका छन्। उनले भने, “हामी लगातार उद्धार कार्यमा जुटेका छौं, तर हालसम्म यकिन तथ्याङ्क उपलब्ध भइसकेको छैन।”
बाढी र पहिरोले अन्य पर्यटकहरूको सुरक्षा सुनिश्चित गर्न प्रशासनले थप कदम उठाउने तयारी गरिरहेको छ।



























































Discussion about this post