English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

सल्लाघारी र ऐतिहासिक दारेगौँडाले संगालेको ज्वालामूखीको ‘पर्यटकीय भविष्य’

टुरशाला by टुरशाला
माघ १५, २०८०
in अन्य
A A
0
88
SHARES
  • प्रेम बास्तोला, राजेन्द्र भट्ट

दारेगौँडा । धादिङ जिल्लाको ज्वालामूखी गाउँपालिकाको वडा नम्बर-४ (साबिक ढोला गाविस) स्थित ऐतिहासिक, पुरातात्त्विक, धार्मिक र पर्यटकीय हिसाबले महत्त्वपूर्ण ‘मैधीराज्य’ प्रवेश गर्ने ऐतिहासिक नाका दारेगौँडा, ढुङ्गिनी डाँडो, सल्लाघारी क्षेत्र (रानाको चौतारो सामुदायिक वन) परिसर ओझेलमा परेको छ । यस क्षेत्रले पुरातात्त्विक, ऐतिहासिक, जैविक एवं वातावरणीय विविधतामार्फत पालिकाको पर्यटनको उज्यालो भविष्यको सङ्केत त गरेको छ, तर त्यसअनुरुपका पर्यटकीय गुरुयोजनाहरू देख्न भने पाइँदैन । 

साबिकको ढोला गाविसको केन्द्रबिन्दु समेत रहेको रानाचौतारोमा उभिएर उँभो हेर्दा जताततै सल्लाको रुखहरू मात्रै देखिन्छ, जसले विगतमा उजाड रहेको यस क्षेत्रको हरियालीको परिचय त साट्छ नै, यहाँको स्वच्छ वातावरण र चराको चिरबिरले शरीरमा  ऊर्जा, स्फूर्ति र ताजगी प्रवाहित गराउँछ । यद्यपि, पालिकाकै पर्यटन हटस्पट बनेको बसाहा ढोला मण्डली र जिल्ला सदरमुकाम धादिङवेशीदेखि एकाध घण्टाको दुरीमा मात्रै रहेको यस स्थल चर्चादेखि पर रहनु दुःखद छ । 

दारेगौँडाको ऐतिहासिक परिचय:

पूर्ण शाहले घलेहरूले शासन गरिरहेको मैधी राज्य गोर्खामा अधिनिस्थ गर्नुपूर्व यस भेगको शक्तिशाली राज्यको रूपमा रहेको मैधीराज्य प्रवेश गर्ने मुख्य एक नाकाको रूपमा दारेगौँडा रहेको आधारहरू प्रशस्त देखिन्छन् । यस भेगको भौगोलिक अवस्थिति जस्तै: अग्लो डाँडाको रूपमा रहनु, पर्खाल एवं ढुङ्गाका संरचनाहरू भेटिनु र नाममा ‘गौँडा’ शब्द पर्नुले त्यसको सङ्केत गर्दछ । त्यसबाहेक यहाँ तामाका पैसा, काला पैसा एवं तीरका टुक्राहरू भेटिनुले पनि त्यसतर्फ संकेत गर्दछ ।

‘अग्लो डाँडोबाट सबैतिर अवलोकन गर्न सक्ने ठाउँ भएकोले पनि त्यहाँ घले राजाले आफ्नो सुरक्षाको लागि सुरक्षाकर्मी खटाई अन्य राज्यबाट यस राज्यमा आक्रमण गर्न वा अन्य उद्देश्यले कोही आए-नआएको सूचना लिन त्यस ठाउँलाई प्रयोग गरेको बुझ्न सकिन्छ’ भनी प्रमोद भट्टले लेखका छन् (हाम्रो ढोला, २०७१) । सो पुस्तकमा उनले त्यहाँ पाउने तिरका टुक्रा, पुराना तामाको पैसाले त्यस कुराको पुष्टि गर्ने र साबिकको ढोला-५ निवासी विष्णुलाल श्रेष्ठसँग त्यहाँ पाउने पैसा सुरक्षित रहेको तर, तीरका टुक्राचाहिँ हराएको समेत उनले उल्लेख गरेका छन् । 

पुस्तकमा उद्धृत स्थानीय जानकार विष्णुलाल श्रेष्ठ ०७१ सालमै बित्नु ढोलाको लागि दुःखद भएको भट्ट बताउँछन् । “उहाँ हाम्रो ठाउँको लागि अब्बल व्यक्ति हुनुहुन्थ्यो । पुराना सूचना सङ्कलन गर्न एवं अध्ययनका लागि उहाँ खुला पुस्तकालय जस्तो हुनुहुन्थ्यो । उहाँको निधन हाम्रो लागि अपूरणीय क्षति बन्न पुग्यो”, उनी अगाडि बताउँछन्, “उहाँलाई मैले सोध्दा उहाँले त्यो पैसा दारेगौँडामै भेटिएको बताउनुभएको थियो। मैले उतिबेला फोटो पनि खिचेको थिएँ, लिपि पढ्न सकिन्छ कि भनेर पानीले धोएर सफा गर्ने काम पनि गरेँ, तर मैले पढ्न सकिनँ”, हाल दुबईमा कार्यरत भट्ट भन्छन् ।

विष्णुलालका छोरा शिवलाल श्रेष्ठ बुबाले छोडिगएका गोलो तामाको पैसा आफूसँग यद्यपि रहेको बताउँछन् । “बुबाले दारेगौँडामा भेट्नुभएको भनेर भन्नुभएको सो पैसा ‘चल्तीको पैसा’ होइन । म सम्झन्छु, हामी सानो हुँदा त्यस भेगमा ‘काला पैसा’हरू भेटिन्थे । बाल्यकालमा हामीले पनि भेटेका थियौँ”, उनी अगाडि भन्छन्, “दारेगौंडाको भूगोललाई हाम्रा आँखाले अलि गहिरिएर हेर्दा पनि त्यहाँ शत्रुका आवतजावत हेर्नका लागि गौँडा बनाइएको रहेछ भन्ने लाग्छ । गस्ती गर्ने ठाउँ प्रतीत हुन्छ ।”  शिवलालका अनुसार, स्थानीय दिलबहादुर सिलवालसँग त्यसै भेगमा भेटिएको चुच्चे (खन्ती) समेत रहेको छ । एकातिर कोदालो जस्तो अर्कोतिर चुच्चो परेको त्यो हतियार गाउँमा अन्यत्र भेट्न मुस्किल छ ।

यस क्षेत्रदेखि अलि माथि जङ्गलमा गुरुङहरूको चिहान पनि रहेको छ, चिहानमा राखिएको पैसा पो हो कि भनी प्रश्न गर्दा श्रेष्ठ  गुरुङहरूको चिहान गाड्ने काम पछि आएर मात्रै सुरु भएको बताउँछन् । “चिहानको पैसा पनि होइन यो । यसको लिपि पनि अनौठो छ”, उनी भन्छन् । श्रेष्ठ डोजर लगाएर त्यस ठाउँको आकार परिवर्तन गरिनु दुखद भएको समेत बताउँछन् ।

कुराकानीका क्रममा, श्रेष्ठले दारेगौंडा क्षेत्र वरपर गुरुङहरूको बस्ती रहेको र आफूले बाल्यकालमा गुरुङ थरि मुखिया (थरि बुढा) भन्ने व्यक्ति देखेको समेत बताउँछन् । “कालिकाथान वरपर चाहिँ मगरहरूको बसोबास देखिन्छ तर, गुरुङहरू चाहिँ यस  क्षेत्रमा पहिल्यैदेखि बसोबास गर्दै आएका हुन् किनभने ती गुरुङहरूसँग अनुमति लिएर नै नेवार, बाहुनहरू पछि यहाँ आई बस्न थालेका हुन्”, उनी भन्छन् । 

श्रेष्ठसँगको कुराकानीले हामीलाई तिनै गुरुङ घले राजाहरूले दारेगौँडामा गस्ती गर्ने गरेको र उनीहरू नै यहाँका रजौटा (भुरेटाकुरे राजा) रहेछन् भन्ने सङ्केत गर्दछ तर, गढीडाँडा र समग्र मैधीराज्यको इतिहास अध्ययन गरेको खण्डमा यी घलेहरू मगर पनि हुन् सक्ने आधारहरू भने भेटिन्छ । (यसबारे चर्चा अन्यत्र कतै ।) 

पन्ध्रौँ शताब्दीमा गोरखाका पूर्ण शाह र पुनश्च: राम शाहका गोर्खाली फौजसँग वीरतापूर्वक लडेका यी घले राजाहरूले ढोलाको गढी डाँडामा राजधानी बनाएको बुझाइ स्थानीय जानकारहरूमाझ प्रचलित छ र सो स्थानको भ्रमण गरेको खण्डमा पनि यस कुरामा बल पुग्छ । अर्को कुरा, साबिकको ढोला गाविस मैधी गाविस मातहत रहेको हुँदा मैधी र ढोलाको इतिहास पारस्परिक छ । मैधीको इतिहास पढ्दा ढोला र ढोलाको इतिहास खोज्दा मैधीलाई छुट्टाउन नमिल्ने देखिन्छ । 

यस लेखमा मैधीको घले राज्यमाथि पूर्ण शाह र राम शाहको पटकपटकको आक्रमणको चर्चा नगरी दारेगौँडाको मात्रै चर्चा गरिएकाले दारेगौँडाको सन्दर्भमा थप एक कुरा भन्न आवश्यक हुन्छ, त्यतिबेलाको मैधी राज्य र गोरखा राज्यबिच भएको लडाई यसै क्षेत्रमा भएको पनि हुन् सक्छ । यहाँ भेटिएको तामाको पैसा, कालो पैसा, चुच्चे खन्ती एवं हराएको भनिएको तीरको टुक्राले त्यस कुराको पनि सङ्केत गर्दछ ।

वैज्ञानिक सर्वेक्षण विधिमार्फत् अन्वेषण गर्ने हो भने ज्वालामुखी गाउँपालिकाको विभिन्न यस्ता स्थलहरूबारे वास्तविक जानकारी प्राप्त गर्न सकिने बताउँछन्, संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रका अध्यक्ष सुदर्शन अर्याल । अर्याल भन्छन्, “ग्राउन्ड पेनिट्रेटिङ राडर (जीपीआर), जियोफिजिकल सर्भे, लाइडार जस्ता प्रविधिको प्रयोग गरी अन्वेषण गर्न सकियो भने ज्वालामुखीका विभिन्न क्षेत्रहरूमा महत्त्वपूर्ण ऐतिहासिक अवशेषहरू भेटिने सम्भावना प्रचुर छ, यसतर्फ स्थानीय सरकारले ध्यान दिन आवश्यक छ  ।”

ढुङ्गिनी डाँडोले देखाएको थप संकेत:

यसै क्षेत्रमा रहेको ढुङ्गिनी डाँडोमा मान्छे सुत्न मिल्ने खालका ढुङ्गाहरू प्रशस्त भेटिन्छन् । त्यस्ता ढुङ्गाहरूबाटै विशाल पहाड (डाँडा) नै बनेको छ भने यी पत्थरहरूको वरपर एकातर्फ पर्खाल र अर्कोतर्फ ढुङ्गाहरू गाडेर सो क्षेत्रलाई छेकिएको पनि छ । यस ठाउँबाट दर्जन बढी हिमशृङ्खलाका मनमोहक दृश्यहरू देखिने हुँदा घले राजाहरू मनोरञ्जनका उद्देश्यले पनि यस क्षेत्रमा आइराख्थे कि भन्न सकिन्छ । 

यस सन्दर्भमा प्रमोद भट्ट अगाडि लेख्छन्, “अनुसन्धान गर्दा ढकाल चौतारो हुँदै सुनखानी जाने र गढी डाँडासम्म आउने बाटो सम्भवतः ढोलाकै पुरानो बाटो अन्तर्गत पर्न सक्दछ । किनकि ढोलाको इतिहासलाई नियाल्दा ढोलाको अधिकांश अहिले बस्ती बसेका ठाउँहरू १७०० साल भन्दा पछि बस्ती बसेको अनुमान गर्न सकिन्छ (हाम्रो ढोला, पृ. १४) ।”   

नमुना सल्लाघारी वन क्षेत्र:

वि.सं. २०३८ सालमा सल्लाको नर्सरी गरि २०४१ सालबाट वृक्षारोपण थालिएको यो वन क्षेत्र मुलुककै उत्कृष्ट सल्लाको वन हो । तत्कालीन समयमा टङ्कनाथ रिजालको नेतृत्वमा नर्सरी संरक्षण गरिएको र वृक्षारोपणपछि फडिन्द्र अधिकारीको नेतृत्वमा रेखदेख गरिएको  ८.३ हेक्टर क्षेत्रफलमा फैलिएको यस वनको सीमाना पूर्वमा झुसे खोला, पश्चिममा कालोपानी, दक्षिणमा साबिकको गाविस भवन तथा स्वास्थ्य चौकी र उत्तरमा दारेगौंडाको आबादी क्षेत्रसँग जोडिएको छ । २०५२ सालमा संरक्षित वनबाट सामुदायिक वनको रूपमा हस्तान्तरित भएपश्चात् टङ्कनाथ अधिकारी वनको अध्यक्ष बनेका थिए (हाम्रो ढोला, पृ. ८२) । 

यस वन क्षेत्र प्रवेश गर्नका लागि सुनखानीबाट उक्लिएर दारेगौंडा क्षेत्र हुँदै प्रवेश गर्न सकिन्छ भने रानाचौतारो वा ऐतिहासिक ढकाल चौतारो हुँदै आएर पनि यहाँ छिर्न सकिन्छ । राना थरका मगरबाट चौतारो लगाइएको हुँदा ‘रानाचौतारो’ भनेकाले सोही नामबाट नै यस वनको नामाकरण भएको हो । यस वनसँग लेक डाँडा वन पनि जोडिएकाले यहाँ प्रवेश गर्ने हरकोही दारेगौँडाको ऐतिहासिकता र भौगोलिक संरचना देखेर दंग पर्ने मात्रै होइन, दर्जन बढी अग्ला हिमालहरू र वन्यजीवजन्तु तथा चराचुरुङ्गीको चिरबिर सुनेर मुग्धित हुन् पुग्दछन् ।

हामी नेपालीसँग हिमाल नचिन्ने तर हिमालप्रति गर्व गर्ने मनोभावनात्मक आदत छ, तर हिमाल चिन्नेहरूले २२० डिग्रीमा यहाँबाट सल्लाका पातहरूमाथि लहलह टल्किरहेका  गङ्गापूर्ण, अन्नपूर्ण १–२–३–४ चुचुराहरू, गणेश १-२-३ चुचुराहरू, माछापुच्छ्रे हिमाल, पाल्डोर हिमाल, पाविल हिमाल, लाङटाङ हिमाल, किलर माउन्टेन’का नामबाट संसार प्रसिद्ध मनास्लु हिमाल देख्न पाइन्छ । सजिलैसँग हिमाल देख्न पाइनु भनेको त्यहाँको वातावरण स्वच्छ र मनोरम रहिरहेको सङ्केत हो, यसर्थ यस सल्लाघारी वन क्षेत्र  सबै विधाका पर्यटकलाई उत्तिकै आकर्षण गर्न सक्षम छ ।

स्याल, बाँदर, खरायो, मलसाँप्रो लगायतका जीवजन्तु र ढुकुर, तित्रा, कालिज, जुरेली आदि चराहरू पनि देख्न सकिन्छ । यहाँबाट जिल्लाको सदरमुकाम धादिङवेशीजस्तो बजार क्षेत्र र सुनखानी, साँधभन्ज्याङका पुराना शाक्यबस्ती र खेतीयोग्य फाँटहरू एकसाथ देखिन्छ । एकसाथ गाउँ र बजारको दुर्लभ दृश्य हेर्न पाइने थलो पनि हो, दारेगौंडा-सल्लाघारी क्षेत्र । 

त्यतिमात्रै होइन, बिहानको सनराईज र बेलुकाको सनसेट एकै स्थानमा बसेर मज्जाले हेर्न सकिन्छ । राना चौतारोमा एकैछिन रमाएर घोरेटो बाटोबाट सल्लाघारीको बिचबिचै वा छेउछेउ हुँदै सबैभन्दा माथिल्लो भागमा करिब २० मिनेटमा पैदलै जान सकिन्छ । सल्लाघारीमा सुसाउँदै हिँड्नुको मज्जा पनि अलग्गै छ । घाम झुल्कनुअघि नै यहाँ पुग्न सके चराहरूलाई ब्युँझाउँदै हिँड्न पनि पाइन्छ, सूर्योदय (सनराइज)को मनोरम दृश्य देख्न पनि पाइन्छ । साँझमा अस्ताउँदै सूर्य हेर्दै रानाचौतारो झरेर चियाकफी खान पनि सकिन्छ ।  यसप्रकार, दारेगौँडाको पनि आफ्नो अलग्गै इतिहास रहेकाले र सल्लाघारी जैविक विविधतामार्फत आफ्नो पृथक् पहिचान बोकी बसिरहेको हुँदा यस  क्षेत्रलाई ऐतिहासिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने थप आधारहरू तयार हुन्छन् ।

पर्यटकीय पूर्वाधारको अभाव:

पर्यटक पर्खिरहेको ऐतिहासिक एवं पर्यापर्यटकीय यस क्षेत्रमा खानबस्नका लागि सुविधायुक्त होटेल एवं खाजा घरहरू निर्माण हुन् सकेको छैन । रानाचौतारोसँगै रहेको स्थानीय विष्णुप्रसाद भट्टको किराना सहितको चियानास्ता खाने होटेल बाहेक यहाँ अन्य होटेलहरू छैनन् । साथै, यहाँ अव्यवस्थित हिसाबले पिकनिक एवं क्याम्प फायर गरिंदा प्लाष्टिकजन्य फोहर एवं वियरका बोतलहरू छरपष्ट रहेको र फोहोरदानीको अभाव रहेको देखिन्छ । वन क्षेत्रमा एउटा फोहर फ्याल्ने खाल्डो भने देखिएको छ, तर खाल्डो बाहिर वन क्षेत्रभर प्लाष्टिक यत्रतत्र देखिन्छ ।

यस क्षेत्रको पर्यटकीय गुरुयोजना निर्माण गरिरहँदा यस क्षेत्रमा ऐतिहासिक एवं सांस्कृतिक विरासत भएको गुरुङ जातिको बसोबास रहेको हुँदा उनीहरूलाई होमस्टेको अवधारणा मार्फत अगाडि बढाउन आवश्यक देखिन्छ ।

ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष धर्म अर्याल प्रदेश सरकारको कार्यक्रम अन्तर्गत सो स्थानसम्म सहज ढंगले आवतजावत गर्नका लागि सडक निर्माणको काम अघि बढिरहेको बताउँछन् । अर्यालले भने, “दारे ढुंगा (दारेगौंडा) हुँदै वराहकालिकासम्मको उत्तरी क्षेत्र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण देखिएपनि स्रोत अभावका कारण पालिकाले ठोस योजना अगाडि सार्न सकिरहेको छैन ।”

यसैगरी, ज्वालामुखी-४ का वडाध्यक्ष कृष्ण बहादुर गुरुङले सो क्षेत्र पर्यटकीय दृष्टिकोणले उत्कृष्ट गन्तव्य बन्न सक्ने भएपनि तत्काल वडाले पनि कुनै ठोस योजना बनाउन नसकेको बताए ।

पर्यटकीय हिसाबले यसरी विकास गर्न सकिन्छ:

दारेगौंडा-सल्लाघारी वन क्षेत्रलाई ज्वालामूखी गाउँपालिकाकै एक उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि डीपिआर नै बनाएर पर्यटकीय दिशा दिन सकिन्छ । त्यस स्थानलाई सूर्योदय (सनराइज) र सूर्य अस्ताउने(सनसेट) हेर्ने स्थानका रूपमा विकास गर्न सकिन्छ । यस क्षेत्रको ऐतिहासिक एवं प्राकृतिक मर्यादालाई नकुल्चीकन व्यवस्थित पिकनिक स्पोट र सुटिङ स्पोटको निर्माण गर्न सकिन्छ ।

गाउँ फर्कनुअघि पर्यटन क्षेत्रकै कम्पनीमा आबद्ध स्थानीय विष्णुप्रसाद भट्ट दारेगौंडा-सल्लाघारी वन क्षेत्र जस्तो उत्कृष्ट स्थान नेपालमा अन्यत्र कतै नदेखेको बताउँछन् । “तर, दुखद कुरा के छ भने लकडाउन र दशैँको समयमा बाहेक यहाँ आन्तरिक पर्यटक पनि देख्न मुस्किल पर्छ”, उनी अगाडि भन्छन्, “दारेगौंडा र सल्लाघारीलाई केन्द्रमा राखेर वरिपरिका समुदायहरूलाई सहभागी गराई होमस्टे (घरवास)को निर्माण गर्न सकिन्छ, मैले त्यो सुरु पनि गरेको छु तर कतैबाट सहयोग पाएको छैन ।” भट्टले आफ्नो घरलाई घरवासको रूपमा समेत अगाडि बढाइरहेका छन् ।

ढुङ्गिनी डाँडालाई  यसरी आकर्षक बनाउन सकिन्छ

ढुङ्गिनी डाँडालाई ‘रक गार्डेन’का रूपमा विकास गरेर पनि पर्यटकहरूलाई आकर्षित गर्न सक्ने सम्भावना रहेको छ । ऐतिहासिक र प्राकृतिक अवस्थालाई नबिगारीकन ढुङ्गिनी डाँडाका ढुङ्गाहरूमा आकर्षक कलाकृति भर्न सकिन्छ । डाँडामा वर्षौँदेखि त्यसै लडेर बसेका ढुङ्गाहरूमा मूर्तिकार मार्फत कला भर्न सके त्यही कला हेर्नका लागि दैनिक रूपमा पर्यटकहरूको घुइँचो लाग्छ । इटहरीको तालतलैया क्षेत्र एवं बागलुङको गलकोट पछिल्ला वर्षहरूदेखि ‘मूर्तिकलाको हब’ बन्दै गएको छ र त्यसमार्फत स्थानीय सरकारले मनग्ये राजश्व समेत सङ्कलन गरि स्थानीय जनताको आर्थिकस्तर उकासिरहेको छ ।  यसकारण यहाँ पनि राष्ट्रिय-अन्तर्राष्ट्रिय कलाकारलाई बोलाई दारेगौंडाको ऐतिहासिकता समेत झल्कने गरि मूर्तिकला कार्यशाला गर्न सकिन्छ, यसलाई ललितकला प्रज्ञा प्रतिष्ठानले पनि सघाउन सक्छ । यस सामुदायिक वनलाई पनि नमुना सामुदायिक वनको रूपमा अगाडि सार्ने हो भने वनविज्ञानका विद्यार्थीका लागि यो खुला संग्रालय हुन् सक्छ । 

अन्त्यमा, दारेगौँडा-सल्लाघारी-ढुंगिनी डाँडालाई केन्द्रमा पर्यटकीय गुरुयोजना मार्फत ढकाल चौतारो एवं घलेहरूको राजधानी ‘गढी डाँडा’ हुँदै मैधीकोटसम्मको पैदलमार्ग समेत विस्तार गर्न सकिन्छ । मोटरबाटो, बिजुली, खानेपानी एवं इन्टरनेटको सुविधा विस्तार भइसकेकाले जिल्ला सदरमुकाममा उति टाढा पनि नरहेकाले यस क्षेत्रको विस्तारका लागि पर्यटकीय पूर्वाधार एवं योजनाहरू तीव्रतर रूपमा अगाडि सार्नमा कन्जुस्याइँ गरिरहनु पर्दैन  ।

थप फोटोहरू:

Share35Tweet22Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै
अन्य

जेष्ठ १९, २०८२
नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता
अन्य

नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

जेष्ठ ६, २०८२
भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी
अन्य

भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा. मरासिनी

जेष्ठ ६, २०८२
२०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि
अन्य

२०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

जेष्ठ ६, २०८२
डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

बैशाख ९, २०८२
Load More
Next Post
जलवायु परिवर्तन केवल वातावरणको मुद्दामा मात्र सीमित रहेन- ओली

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions