English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

घलेहरूको पहिचान खोजिरहेको ‘भैँसे गाउँ’

टुरशाला by टुरशाला
असार १२, २०८१
in अतिथि लेखक, इतिहास/संस्कृति
A A
0
9
SHARES
  • डा. नवीनवन्धु पहाडी 

उसो त पुरानै कथन ‘चार वर्ण छत्तिस जातको फूलबारी’ भनेर पृथ्वीनारायण शाहले नेपालका जनजातिहरूको विविधतालाई उहिल्यै फूलबारीको रूपमा परिभाषित गरिसकेका हुन् । यहाँको भौगोलिक र धरातलीय विविधता मात्रै होइन, भाषिक अनेकतालाई पनि चराहरूको चिरविराहटको साङ्गीतिक माहौलसँग दाँज्न सकिन्छ । भेषभूषाको पार्थक्ययता, रहनसहनको आफ्नोपन, संस्कृतिको अनेकता भएर पनि हाम्रो एकता तथा सद्भावको स्नेहशील मिलन अनौठो छ ।

नेपाल गाउँ नै गाउँको देश हो । यहाँको गाउँ भन्ने बित्तिकै हाम्रो स्मृति बिम्बमा कौसी र बार्दली भएका साना साना पालीयुक्त घरहरू, लिस्नु हालेर उक्लनुपर्ने धन्सार, घर अगाडि सानो आँगन, घरकै छेउछाउमा गाईबस्तु र कुखुरा बाख्राको आश्रय हुने गोठ, घर अगाडिको आँगनका छेउछाउमा मग्मगाइरहने तिहुरे, लाहुरे तथा मखमली, बेली, चमेली लगायतका फूलहरूको महक आँगनीको डिलमा बसेर हेर्न सकिन्थ्यो हाम्रा गाउँघरतिर । घरको अगाडि पाली हुन्थ्यो र त्यसभन्दा तल फलैँचामा बसेर बुढापाकाहरू हुक्कामा तमाखु तानिरहन्थे । 

घरभित्र गग्रेटो र त्यसमाथि गाग्रीमा पानी राख्ने प्रचलन पनि हाम्रो गाउँका घरहरूको पहिचान थियो । पहाड होस् कि तराइ, हिमाल होस् कि उपत्यका; सबैतिर मिलेर बसेका झुरुप्प बस्ती र त्यसका आडतिर गाउँको समस्या छलफल गर्न बनाइएका चौतारीले पनि गाउँकै परिचय बढाइदिन्थ्यो । 

तर अहिले धेरै कुरा बदलिएका छन् – गाउँघरतिर ।

चौतारा र त्यसको क्षेत्रफल घट्दै गएको छ । भुईँचालोले ढलेका गाउँबस्ती उठ्दै गर्दा मौलिकता मासियो । मासिनुको पछाडि कुनै शैतानी चलखेल पो थियो कि भन्छन् अभियन्ताहरू । यसै क्रममा अभियन्ता राजु भट्ट भन्छन्, “भुईँचालोसँगै विदेशी षड्यन्त्रको शिकार भएर हाम्रा नीति निर्माताहरूले मौलिकता ठहरै पारिदिए । हाम्रा सनातन परम्परागत इन्जिनियरिङबाट बनेका सानासाना हावा खेल्ने सजिला मौलिक घर बनाउने प्रचलनलाई दुरुत्साहन गर्ने प्रवृत्तिले अहिले अस्वस्थ्यकर घरहरू बने । न जनताका आफ्ना धान मकै थन्काउने बुइँगल छ । न घर परिवारसँगै बस्ने/संवाद गर्ने, खाना खाने फराकिलो मझेरी, भण्डार र  भान्साघर नै छ । यसले घर परिवारको मौलिक प्रेम पनि सकिँदै छ र विघटन उन्मुख जस्तो हाम्रा पारिवारिक व्यवस्था छ ।”

पुरानो काठ चिर्ने तरिका

अभियन्ता भट्ट नयाँ आधुनिक किसिमका कङ्क्रिटका घरहरू सहर बजार हुँदै गाउँसम्म पुर्‍याउनु र त्रिशूली, बुढीगण्डकी, कालिगण्डकी लगायतका पुरातात्त्विक, धार्मिक एवम् ऐतिहासिक महत्त्व भएका नदीहरू दोहन गर्ने शृङ्खला समान्तर रूपमा अगाडि बढ्नु विडम्बना भएको बताउँछन् । “यी सिमेन्टेड चाउचाउका कार्टुनजस्ता घरहरू पहिलो-दोस्रो विश्वयुद्धको उपज हो । त्यतिबेला युद्धरत सेनालाई रात बिताउन तलामाथि तला थपेर झ्याल-ढोका बन्द भएको जेल जस्तो घर बनाइएको थियो । लाहुर गएका नेपालीहरूमा पनि त्यसको प्रभाव पर्‍यो । कालान्तरमा त्यसले नेपालको शहर डिजाइन गरिरहेका इन्जिनियरलाई प्रभावित गर्‍यो । ती इन्जिनियरका शिष्यहरूलाई हालका ढुङ्गा-गिट्टी-बालुवा तस्करले प्रभावमा पारे । वैदेशिक स्वार्थ समूहलाई पनि नेपाली मौलिकता कसरी मास्ने भन्ने परेको थियो, भुईँचालो सही बहाना भयो । निलो क्यापधारी यूएन लगायतले सो सुनौलो मौका किन चुकाउथे ?”, उनी भन्छन्  ।

सडक सञ्जाल बढेसँगै चौताराहरू मासिने क्रम तीव्र भएको छ, स्थान: धङखोला, धादिङ तस्बीर: राजु झल्लु प्रसाद

भट्ट गण्डकी र कर्णाली प्रदेशमा जेनतेन पुराना ढुङ्गाको छानो लगाएको (गोल घर, घुमाउने घर आदि), बार्दली निकालिएको घरहरू देख्न सकिए पनि ती निकट भविष्यमै धुलिसात हुने जोखिम बढेको बताउँछन् । “घरहरू जीर्ण अवस्थामा पुगेका छन्, मर्मतसम्हार र सुरक्षाको विषयमा  वृहत् चासो आवश्यक छ”, उनले भने । उनका अनुसार मैधीकोट लगायत क्षेत्रमा दलु शाहको ६ कोठे गोलघर (दलु शाहको दरबार) रहनुले नलाङ, सलाङ लगायतका क्षेत्रमा कुनै बेला गोल घर हुनुपर्ने अड्कल समेत काट्छन् ।

भैँसे नजिकैको एक चौतारीमा डा. नवीनबन्धु पहाडी र राजु झल्लु प्रसाद

आफ्नोपन जोगाएरै बसेका छन् भैँसेका घलेहरू !

घरका बनोट, चालचलन र गाउँको थातथलो तथा त्यहाँको प्रचलनले हाम्रा मौलिकता मास्ने आधार तयार गरेजस्तै अवस्था धेरै गाउँबस्तीहरूमा भए पनि धादिङ भैँसेका घलेहरूको भने मौलिकपन हराइसकेको छैन । उनीहरूले आफ्नोपन गुमाएका छैनन् । केही घरहरू भूँइचालोपछि भत्किएर नयाँ ढाँचामा पुनः निर्माण भएपनि आफ्नोपन मासिइसकेको छैन । ‘क्वाँटीपन’ भने देखिएको छ । यद्यपि आफ्नोपन जोगाएरै बसेका छन् भैँसेका घलेहरू । 

उनीहरूका आफ्ना पुस्ता लिगलिगकोटमा राजा थिए । लमजुङबाट आएका द्रव्य शाह र तिनका पुस्ताले घलेहरूलाई लखटे । आफ्ना आफन्तहरू धादिङकै सत्यदेवी, कुम्पुरतिर पनि राज चलाएरै बसेका थिए तर नेपाल एकीकरणको समाप्तिसँग उनीहरूका कुल घराना छिन्नभिन्न भए । बडे र छोटे सत्ताका स्वादबाट पुर्खाहरू बाहिरिए । बाहिरिए पनि उनीहरूको नसा र रगतमा जोश उमङ्ग, खानपानमा विरासतको त्यो धङ्धङ्गी अझै कताकति झल्कन्छ ।  

घले गाउँ छेवैको पानी पोखरी, जो निरन्तर सुक्दो छ, तस्बीर: राजु झल्लु प्रसाद

“साना साना ढुङ्गामाटोले बनेका र स्लेट ढुङगाले नै छाएका ११०० जति घरहरूले बनेको भैँसेको वरपर सल्लाका सुसेली कहिल्यै हराउँदैन । धेरै वर्ष भयो मृग, घोरल कराएको सुन्न छोडेको ! नभए त बारीका कान्ला र डिलतिरै आएर रासलीला गर्थे । करेसा र आँगनमै बाघ कराउनु सामान्य थियो”, स्थानीय इन्द्र घले बताउँछन् । 

भैँसे घलेहरूको चौधौँ थातबास:

उनीहरू आफ्नो कुलदेवताको पूजा नियमित प्रतिवर्ष गर्छन् र त्यतिबेला आफ्नै भाषामा लेखिएको धार्मिक ग्रन्थ वाचन गर्ने चलन समेत छ,  जसलाई उनीहरू पनि ‘वेद’ नै भन्छन् । मूल थातथलोबाट छुट्टिँदै आएका घलेहरू भैँसेमा आइपुग्दा ‘चौधौँ थातबास’ भएको छ । उनीहरूले पूजापाठमा पढ्ने वेद मन्त्रमा पुर्खाहरू जहाँ जहाँबाट आए, जसरी जसरी आए त्यसको नालीबेली कहेका हुन्छन् । तिनीहरूकै पूजा सङ्कल्प मन्त्रमा उनीहरूको भोटबाट बसाइँ सर्दै तेह्र अन्य क्षेत्रमा डुलिसकेपछि भैँसे आएर अडिएको कुरा लेखिएको छ । 

उनीहरू जहाँबाट आएका हुन्छन् त्यहाँबाट कुलदेवताको पूजाविधि समेटिएको ‘वेद’ नेपाली कागजमा सारेर ल्याएका हुन्छन् र त्यो लिपि भने देवनागरी नै छ । त्यहाँ लेखिएका केही शब्दहरू भने अलिकति गुरुङ लवजसँग निकट रहेको घले अभियन्ता राजेन्द्र घले बताउँछन् । उनीहरू शक्तिको उपासक ज्यादा देखिएका छन् । त्यसैले आफ्नो बस्ती वरपर पञ्चदेवीको स्थापना गरेका छन् र टोल भाग लगाएर पूजाआजा गर्ने रीत बसाएका देखिन्छन् । 

कुल देवताको रूपमा उनीहरू शक्तिकै उपासना गर्दछन् र भेडाको बली दिन्छन् । गाउँमा चार देवीहरूको स्थापना गरेका छन् – थानीमन्दिर, कंकेश्वरी मन्दिर, कालिका मन्दिर र अन्नपूर्ण मन्दिर । भैँसेमा उनीहरू जति घर छन्, बाँडेर ती मन्दिरको नियमित पूजा चलाएका छन् । मेला लाग्ने बेला सबै मिलेर गर्छन् । एक खालको एकताको सौन्दर्य सुवास र धार्मिक आस्थाले सबैलाई एकै ठाउँमा बाँधिदिएको छ उनीहरूलाई । दशैं, तिहार, माघेसंक्रान्ति पनि उनीहरू धूमधामले मनाउँछन् । बिहाबारी र तिथि श्राद्ध ब्राह्मणकै रीतिले गर्ने घलेहरूको आफ्नो भाषा भए पनि त्यहाँ घले भाषा प्रयोग गर्ने घलेहरू छैनन् । उनीहरूले कुल पूजा र मृत्यु संस्कारमा मात्रै सांस्कृतिक भाषाको रूपमा घले भाषा प्रयोग गर्ने गरेका घले संस्कार सुधारका अभियन्ता राजेन्द्र घले बताउँछन् । 

घले संस्कार सुधारका अभियन्ता राजेन्द्र घले

घलेहरू होमस्टे बनाएर आफ्नो सभ्यता र संस्कृति बचाइराख्न चाहन्छन्, संसारलाई आफ्नो पुर्ख्यौली देखाइरहन चाहन्छन् । पृथ्वी राजमार्गको घाटबेसीबाट आधा घण्टाकै दुरीमा पुगिने भैँसेमा त्रिशूलीदेखि उठेर आएको तातो हावा चिसिएर शीतल र आनन्ददायक भइसक्छ । गर्मीको उखरमाउलोमा पृथ्वी राजमार्ग तातो तावामा माछा छटपटाइरहेका जस्तै भएर बस्नुपर्छ भने भैँसेमा शान्त र शीतल मधुर परिवेशमा समय व्यतीत गर्न पाउँछन् । त्यसैले पनि भैँसेमा होमस्टे राम्रोसँग चल्न सक्छ र त्यहाँका आम मान्छेको आर्थिक हैसियतमा निकै माथि उकासिन्छ । उनीहरूको सनातन रोंधी, सोरठी, रत्यौली जस्ता अनेक परम्परागत गीत तथा नाचहरू पनि समय समयमा प्रदर्शन गर्ने प्रचलन रहिआएको छ त्यसैले पनि घले होमस्टेको सम्भावना प्रबल छ । 

‘होमस्टे’ अर्थात् ‘घरवास’ व्यवस्थापन एक सस्तो, सर्वसुलभ र भरपर्दो होटेल व्यवसाय हो भन्न । आज दुनियाँ बनिबनाउ र महँगा खाना तथा आवासको सट्टा नितान्त स्थानीय, अर्ग्यानिक, स्वास्थ्यवर्द्धक आहारविहारको रोजाइमा मन पराउन थालेका छन् । यसैले भन्न सकिन्छ कि, ‘अबको शताब्दी पहिचानको हो र त्यो पहिचान जात धर्म, भाषा संस्कृति र सभ्यताको पनि हो ।’ त्यसैले होमस्टे बनाएर घले संस्कृति संवर्द्धन तथा प्रवर्धन गर्न सकेमा घले संस्कृतिको विकास र संरक्षण हुने निश्चय गर्न सकिन्थ्यो । गण्डकी प्रदेश अन्तर्गत पर्ने ‘लमजुङको घलेगाउँ’ले राष्ट्रियरूपमा जुन चर्चा-परिचर्चा पाएको छ, सो भैँसेको घले गाउँले पनि पाउन सक्छ ।

(तस्बीरहरू: राजु झल्लु प्रसाद)

Share4Tweet2Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?
इतिहास/संस्कृति

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न
कला र साहित्य

कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

मंसिर १६, २०८२
सिकरुम : दुख्छ ? दुख्यो यार !
कला र साहित्य

सिकरुम : दुख्छ ? दुख्यो यार !

असार १०, २०८२
साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न
कला र साहित्य

साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

चैत्र ३०, २०८१
Load More
Next Post
‘बाख्रा बाँध्ने गोठ’मा परिणत भयो, जङ्गबहादुरकी ठाहिँली छोरीज्वाईंको ‘आवृ दरबार’ 

‘बाख्रा बाँध्ने गोठ’मा परिणत भयो, जङ्गबहादुरकी ठाहिँली छोरीज्वाईंको 'आवृ दरबार’ 

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions