कपिलवस्तु: लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले लुम्बिनी बनाउने सामूहिक सङ्कल्प आवश्यक रहेको बताएका छन् । बिहीबार कार्यालयका कर्मचारीसँग भेटघाट गर्ने कार्यक्रममा उनले बुद्धको जन्मस्थल लुम्बिनी निर्माण गर्ने सङ्कल्पका साथ काममा खटिन कर्मचारीलाई निर्देशन दिएका छन् ।
उपाध्यक्ष लामाले विश्वका दुई अर्ब बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनी भएकाले यो पवित्रस्थलको प्रचार प्रसारसँगै कार्यालयको कार्यसम्पादन पनि चुस्त राख्नुपर्नेमा जोड दिएका हुन् । कर्मचारीको पेशागत सु्रक्षाका लागि आफुहरू लागिपर्ने बताउँदै उनले संस्थाको काममा लापरवाही गरे कारवाही गर्ने बताए ।
संविधानअनुसार बनेको ऐन, नियमावली, विनियम, कार्यविधि, निर्देशिका र मापदण्डअनुसार संस्थाको काम अघि बढाउने बताउँदै पदाधिकारी र कर्मचारीबीचको एकताबाट लुम्बिनीलाई अगाडि बढाउने बताए ।
त्यस्तै, उनले कोषमा यसअघि भएका गरेका कामका आधारमा बनेको दृष्टिकोण परिवर्तन गर्ने गरी काम गर्न आफू आएकाले सहयोग गर्न कर्मचारीसँग आग्रह गरे । सो अवसरमा उपाध्यक्षसमक्ष कर्मचारीले कोषको वर्तमान अवस्था र कोषका विविध विषयमा सुझाव पेश गरेका थिए ।



























































Discussion about this post