English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हाइवेको अस्वस्थ खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा. मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

ओझेलमा बराहक्षेत्रका धार्मिक पर्यटकीय क्षेत्र

टुरशाला by टुरशाला
साउन ९, २०८०
in धार्मिक पर्यटन र तीर्थस्थलहरू
A A
0
7
SHARES

नवराज विष्ट

सुनसरी जिल्लाको साविक बराहक्षेत्र गाविससँगै भरौल, महेन्द्रनगर, प्रकाशपुर र मधुवन तत्कालीन गाविसको समायोजनमा बराहक्षेत्र नगरपालिका गठन भयो । बराहक्षेत्र नगरपालिकाको आम्दानीको मुख्य स्रोत कृषिबाली र धार्मिक पर्यटन नै हो । साविक बराहक्षेत्र हाल नगरको वडा नं. १ र २ कृषि बाली २५ प्रतिशत र ७५ प्रतिशत धार्मिक पर्यटन र व्यापारमा आश्रित छ ।

सप्तकोशी नदीमा पक्की पुल निर्माण भएपछि यहाँको आन्तरिक पर्यटनमा टेवा पुगेको छ । ०७२ सालमा शिलान्यास भएको कोशी पुल आसपासमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएका छन् । होटल व्यवसाय सञ्चालनमा आएपछि प्रति होटल मासिक १० लाख बढीको कारोबार हुने गरेको उद्योग वाणिज्य संघ बराहक्षेत्रको अध्यक्ष रमेशकुमार विष्ट बताउँछन् ।

‘शुक्रबार र शनिबार अलिक बढी आन्तरिक पर्यटकको घुइँचो रहन्छ,’ अध्यक्ष विष्ट भन्छन्, ‘दुई दर्जन बढी होटल सञ्चालनमा छन्, हप्तामा ४ हजार जति पर्यटक आउने गर्छन् ।’

विश्वमै चार क्षेत्रमध्येको एक क्षेत्र वराहक्षेत्रजस्तो महत्वपूर्ण स्थल रहेको यो क्षेत्र हिन्दूहरुको आस्थाको केन्द्र हो । कोका नदी र सप्तकोशीको संगममा स्नान गर्ने र वराह भगवानको पूजाअर्चना गरे पूण्य कमाउने विश्वासका साथ वार्षिक ५ लाख बढी नेपाल र भारतका दर्शनार्थी आउने गर्छन् ।

पुराना धार्मिक क्षेत्रको उन्नयन हुन नसकेको अवस्थामा नयाँ मठमन्दिर पनि निर्माण हुने क्रम जारी छ । यहाँको कुम्भ स्तम्भ, राधाकृष्ण मन्दिर, हनुमान मन्दिर, शङ्कराचार्य मठ नयाँ निर्माण भएका हुन् ।

धार्मिक रुपमा बराहक्षेत्रले ख्याति कमाए पनि यहाँका प्राचीन मठ मन्दिर देवालय, गढी र दरबारहरुको धार्मिक ऐतिहासिक महत्व उजार हुन नसकेको स्थानीय युवा भीषण राई बताउँछन् । ऐतिहासिकता उजागरका लागि उनले ‘चतरा हाइकिङ’ अभियान सञ्चालन गरेको बताउँछन् । यहाँ सुनसरी जिल्लाको बराहक्षेत्रमा रहेका तर ओझेलमा परेका धार्मिक पर्यटकीय क्षेत्रको अवस्था बारे चर्चा गरिएको छ ।

औलिया मठको कन्तविजोग

प्राचीन तथा ऐतिहासिक महत्व बोकेको औलिया बाबा मठ संरक्षण, सम्बद्र्धनको अभावमा दिनानुदिन जीर्ण बन्दै गइरहेको छ ।
औलिया बाबा गुठीका नाममा रहे पनि गुठीद्वारा यसको संरक्षण र सम्वद्र्धनमा खासै चासो नदिएको स्थानीय बताउँछन् । औलिया बाबा मठभित्र रहेका पुरातात्विक र ऐतिहासिक वस्तुहरुको संरक्षण नभएकाले ती वस्तुहरु अहिले कामै नलाग्ने अवस्थामा पुगेका छन् । औलिया बाबाको मठमा भक्तजनहरुको घुँइचो लाग्ने गर्दथ्यो तर आजभोलि यसको प्रचारप्रसार, जीर्णोद्धार नहुँदा भक्तजनहरुको उपस्थिति न्यून हुँदै जाँदा लोपोन्मुख क्षेत्रको रुपमा परिणत हुँदै गइरहेको छ ।

ऐतिहासिक कालमा सिद्धपुरुष औलिया बाबा हालको वराह भगवान्को मन्दिरदेखि १ कि.मि. वर तत्कालीन अवस्थामा रहेको भीर गुप्त वराहको मन्दिरमा बस्ने गरेको र तत्कालीन मकवानपुरका राजा मुकुन्द सेनले आफ्नो आधा राज्यको हिस्सा ताडपत्र र ताम्रपत्रमा लेखी औलिया बाबाको मन्दिरलाई चाहिने भनी दिएका थिए । तत्कालीन आधा राज्य लिलाम गर्दा आएको सवा लाख रुपैयाँमा गुप्त वराहको ठाउँ साँघुरो भएकाले हालको चतरा औलिया बाबाको मठलाई गुठीका रुपमा विकास गरी कर्मचारीसमेत खटाएको र बारा जिल्लामा बिर्ता खरिद गरेको इतिहासकार गणेश सुब्बा विरहीले ‘महामुनि औलिया बाबाको छोटो प्रसङ्ग’ नामक लेख ‘सत्सङ्ग जागरण’ मासिक पत्रिकामा प्रकाशन गरेका थिए ।

स्थानीयका अनुसार औलिया बाबाको गुठीअन्तर्गत उदयपुरको ठोक्सिला, धरानको विजयपुर क्षेत्रलगायतका ठाउँमा जग्गा रहिआएको छ । तर त्यसको भोगचलन कसले गर्छ, त्यसबाट औलिया बाबा मठलाई कति आम्दानी हुन्छ अहिलेसम्म लेखाजोखा छैन । औलिया बाबा गुठीका नाममा मनग्ये स्रोत भएपनि यसको उचित सदुपयोग हुनसकेको छैन ।

औलिया बाबा मठ परिषरभित्र आजभोलि स्थानीयका गाईवस्तु र बाख्रा पाठा चरेको देख्न सकिन्छ । वार्षिक रुपमा आधा दर्जनजस्ता धार्मिक मेलाहरु वराहक्षेत्रमा लाग्ने गरेपनि औलिया बाबाधामका रुपमा परिचित औलिया मठ परिषर भित्र कुनै धार्मिक मेला र माहोल देख्न सकिन्न ।

कात्तिके मेला, बोलबम मेला लगायतका धार्मिक मेलामा भक्तजनहरुलाई बास बस्न र निःशूल्क रुपमा खानपिनको व्यवस्था हुने र बस्नका लागि पनि सुविधायुक्त धर्मशालाहरु रहेको औलिया मठको अहिले संरक्षण, सम्बद्र्धन र पुनःनिर्माण नहुँदा कन्तविजोग भएको छ ।

यसको विकासमा न त औलिया मठका पदाधिकारीहरुले नै चासो दिएका छन् न त गुठी संस्थानले नै यसको विकासमा चासो दिएको छ । विभिन्न समयमा गुठीसंस्थानले ऐतिहासिक र पुरातात्विक मठमन्दिर, पाटीपौवाको संरक्षण र प्रचारप्रसारमा कार्यक्रम गरे पनि औलिया बाबाधाम संस्थानकै आँखाबाट ओझेल परेको स्थानीय दुखेसो पोख्छन् । औलिया मठ परिषरभित्र प्राचीन कालदेखिका आँपका रुखहरु रहिआएका छन् । ती रुखबाट आउने आय आम्दानी कसका पोल्टामा पर्ने गरेको छ थाहा छैन ।

दशकौं अघिदेखि आँपका रुखमा अ‍ैंजेरुका रुपमा बहुमूल्य जडिबुटी सुनाखरी पलाउँदै आएको थियो । त्यसको उचित संरक्षण नहुँदा दरिलो आर्थिक स्रोतको माध्यम त्यत्तिकै खेर गइरहेको बताउँछन् स्थानीय युवा उदय ठटाल । उनकै अध्यक्षतामा स्थानीय छिन्नमस्ता भगवतीको मन्दिर र औलिया बाबाको मन्दिर संरक्षणका लागि समिति निर्माण गरिएको छ । उनी भन्छन् –‘औलिया मठभित्र दरिलो आर्थिक स्रोत भए पनि यसको समुचित प्रयोग नहुँदा मठको उचित व्यवस्थापन र संरक्षण हुनसकेको छैन । ऐतिहासिक र पुरातात्विक क्षेत्रका रुपमा स्थापित औलिया मठको सबैले संरक्षण गर्नु जरुरी छ । तर अहिले त्यसको नाम निशाना छैन त्यो कहाँ पुग्यो ।’

अहिले पनि औलिया मठ परिषरमा पुराना ढलापडा रुख त्यतिकै छन् । चतरा सव डिभिजन वन कार्यालयका अनुसार त्यसलाई चिरान गर्न र निकासी पैठारी गर्न गुठी संस्थानको नाममा दर्ता भएको प्रमाण र लालपूर्जाको नक्कल र निवेदन डिभिजन वन कार्यालयलाई दिनु पर्ने हुन्छ अनि मात्र वन कार्यालयले छानविन गरी मुचुल्का तयार गर्छ, मुचुल्का वन कार्यालय जान्छ, वन कार्यालयले कटान आदेश दिन्छ गुठीको जग्गा भएपनि नम्बरी आवादीको जस्तै प्रावधान हुने हुँदा मनपरि तवरले कटान गर्ने र निकासी गर्न नपाइने प्रावधान वन कार्यालयको रहेको रेञ्जर शिशुराज झा बताउँछन् ।

तर विगतका दिनमा ढलापडा रुख औलिया बाबा गुठीले कसलाई लिलाम ग¥यो । कसरी बेच्यो र यसको आय आम्दानी के भन्ने बारेमा स्थानीयहरु नै रनभुल्लमा परेको स्थानीय कृष्णप्रसाद कट्टेल बताउँछन् ।

औलिया गुठीको नाममा रहेको झण्डै १५–१६ सय बिघा जग्गा सुनसरी, सप्तरी, उदयपुर मोरङ, सिरहा लगायतका स्थानमा रहे पनि त्यसको सबै आयआम्दानी गुठीसंस्थानले लाने गरेको बताउँछन् औलिया बाबा गुठीका महन्त मुकुन्द भारती । प्रजातन्त्र आएपछि ४६ सालदेखि यता सम्बन्धित भूमिसुधार मन्त्रीको मातहतमा रहने भएकाले मन्त्रीले आफ्ना नातेदारहरुलाई गुठीको अध्यक्ष नियुक्त गरे र अहिले ती सबै जग्गा मोहीका नाउँमा दर्ता भए त्यसो हुँदा मालपोत मात्र २५ रुपैयाँ देखि ३० रुपैया’ बिघाका हिसाबले तिर्ने हुँदा आम्दानीको स्रोत घटेको महन्त भारती बताउँछन् । उनी भन्छन्, ‘हामी आफैं नै त्यसको रेखदेख गर्ने गरेका छौं ।’
आर्थिक स्रोतको अभावमा अहिले त्यसलाई व्यवस्थित गर्न नसक्ने अवस्था रहेको उनी बताउँछन् । ‘सरकार र गुठी संस्थानले भएको जग्गाको सदुपयोग गरिदिए राम्रो हुने थियो । सबै जग्गा मोहीका नाममा दर्ता गरिदिए पछि आम्दानीको स्रोत मालपोत मात्र हो । सम्बन्धित जिल्लाका मालपोतल कार्यालयले गुठी संस्थानलाई दिन्छ र गुठी संस्थानले पूजा खर्च भन्ने शीर्षकमा केही रकम छुट्याई दिने गरेको छ ।’

धार्मिक पर्यटकीय क्षेत्र भएकाले मठमन्दिरको उल्लेखीय सङ्ख्या रहेको वराहक्षेत्रमा पुराना मठमन्दिरहरुलाई वेवास्ता गर्दै नयाँ स्थापना गर्नतिर ध्यान केन्द्रित रहेको अवस्था छ । महन्त भारती भन्छन्, ‘बालसन्त, कृष्णदास, शङकराचार्य मठ बनाउनतिर मात्र स्थानीय बासीको सहयोग भएको हो कि जस्तो देखिन्छ, पुराना र ऐतिहासिक सम्पदाको संरक्षण गर्नुभन्दा पनि नयाँ संस्था निर्माण गर्न पट्टि स्थानीय लागिपरेका छन् । तर औलिया मठजस्तो ऐतिहासिक र पुरातात्विक मठमन्दिरको जगेर्ना प्रति स्थानीय निकायको सहयोग नरहेको हो कि जस्तो लाग्छ ।’स्थानीय सरकारले महत्वपूर्ण क्षेत्र भन्ने तर बजेट विनियोजनमा उदासिनता देखाउने गरेको छ ।गुठी संस्थानले मठमन्दिरलाई राम्रो व्यवस्थापन गर्न नसकेको महन्त दुखेसो गर्छन् ।

औलिया मन्दिरको रेखदेख र पूजापाठका लागि भनेर २ जना पुजारी र ३ जना कर्मचारी खटाइए पनि कर्मचारीको न्यून तलब सुविधाले उनीहरु समेत काम गर्न उदासिन देखिएका छन् ।

पुजारीको मासिक तलब ६ सय ७० र कर्मचारीको ५ सय २५ रहेको छ । अहिलेको महङ्गीमा चिया खानसमेत नपुग्ने भएपछि कर्मचारीको जाँगर पनि मरिसकेको छ । धार्मिक आस्थाका कारण मात्र काम गर्दै आएको उनीहरुको भनाइ रहेको छ ।

औलिया बाबाको मन्दिर हिन्दू र मुस्लिम दुबै धर्मावलम्बीले प्रार्थना गर्ने विश्वकै एक मात्र मन्दिर हो । तत्कालीन अवस्थामा यस क्षेत्रमा औलो लाग्ने हुँदा सो रोग निवारण गर्ने बाबाका रुपमा हिन्दूहरुले औलिया बाबाका रुपमा पुज्ने गर्दथे । मुस्लिमहरु औलिया होइन अल्लाह हो हिन्दू जिब्रोले अपभ्रंश पारेर औलिया भनेको दाबी गर्ने गर्छन् ।धार्मिक सहिष्णुताको उच्चत्तम नमुनाका रुपमा रहेको यो मन्दिरको संरक्षण गर्नु अत्यावश्यक रहेको स्थानीयहरु जोड दिन्छन् ।

छिन्नमस्ताको वेवास्ता

वराहक्षेत्र १ मा अवस्थित पुरातात्विक तथा धार्मिक महत्वको स्थल छिनामस्ता भगवतीको मन्दिर संरक्षण, प्रवद्र्धन र प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।
मन्दिर परिसरलाई कलात्मक ढुङ्गे बगानका रुपमा निर्माण गर्ने स्थानीय युवाहरुले योजना ल्याएका थिए । तर, आर्थिक अभावका कारण सो पूरा हुन सकेको थिएन । मन्दिरको धार्मिक महत्वका कारण पनि पर्यटकहरु आउन सक्ने भएकाले यसको संरक्षणमा स्थानीय लागि परेको चतराका युवा उदय ठटाल बताउँछन् । वराहक्षेत्र गाविस धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास भए पनि धार्मिक स्थलहरुको समुचित विकास गर्न नसक्दा धार्मिक पर्यटन प्रवद्र्धनको अवधारणामा नै प्रश्न चिह्न उठ्ने गरेको ठटालको बुझाइ छ ।

अतिक्रमणको खतरामा मन्दिर परिसर

स्थानीयका अनुसार सुनसरी मोरङ सिचाइ योजनाले वराहक्षेत्रस्थित योजनाको जग्गामा वर्षौ“देखि बस्दै आएका नागरिकलाई अनावश्यक रुपमा उठाएपछि त्यसको पीडा छिनामस्ता मन्दिर क्षेत्रले भोग्नु परेको छ ।
भूमिहीनहरुले छिनामस्ता मन्दिर परिषरका जग्गा अतिक्रमण गर्न थालेको भन्दै केही समय अघि सव डिभिजन कार्यालयले स्थलगत निरीक्षण गरेको थियो । स्थानीय सरकारले मन्दिर संरक्षणमा चासो देखाए धार्मिक पर्यटनको प्रवद्र्धनस“गै मन्दिरको पनि संरक्षण हुने स्थानीयले बताउँदै आएका छन् ।

छिनामस्ताको पौराणिक महत्व

साविक बराहक्षेत्र गाविस वडा नं १ स्थित चतरा औलीया मठदेखि पाँच सय मिटर उत्तर तर्फको जंगलमा छिनामस्ता देविको मन्दिर अवस्थित छ । धार्मिक र पौराणीक दृष्टिकोण्ँले पवित्र रहेको मन्दिर भने जीर्ण बन्दै गएको छ । मन्दिर प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।

पौराणीक किम्वदन्तीअनुसार महाकाली शक्ति स्वरुपा भगवतिले नरभक्षी राछसहरुलाई नष्ट गरेपछि पनि क्रोध शान्त नहुँदा रगतले मातेर एकापसमा दिदीबहिनीहरु समेत काटाकाट गर्दा टाउको (मस्तक) छिनिएका कारण छिन्नमस्ता भगवतिका रुपमा नाम रहन गएको हो । महाङ्काल देवीका रुपमा छिन्नमस्ता उदयपुर जिल्ला बेलका नगरपालिका सोमबारेमा अवस्थित छ । यस्तै सखडा भगवतीका रुपमा सप्तरीमा समेत छिन्नमस्ता देवीको मन्दिर छ । वराहक्षेत्र, बेलका र सप्तरीका छिन्नमस्ता देवीलाई दिदीबहिनीका रुपमा हेर्ने गरिएको छ ।

छिन्नमस्ता देवीको दर्शन गर्नका लागि सुनसरी, भोजपूर र धनकुटा लगायतका ठाउँहरुबाट भक्तजन समेत आउने गरेका थिए तर मन्दिरको जीर्ण अवस्था, प्रचारप्रसारको अभावका कारण मन्दिरको पौराणिक महत्व ओझेलमा परेको छ । छिनामस्ता देवीको दर्शन गरे चिताएको मनोकामना पूरा हुने धार्मिक जनविश्वास रहिआएको छ ।

गुप्त वराह

हालको १७ नम्बर भीरदेखि उत्तरतर्फ सप्तकोशी नदीभन्दा माथि बीच भीरमा एक दिव्य गुफा छ । त्यसलाई गुप्त वराह भनिन्छ । यस गुफालाई पुराणहरुमा गुप्त वराहतीर्थ भनिन्छ । स्वयम् वराह भगवान् पृथ्वीको उद्धार गरी थाकेको बेलामा गुप्तरुपमा गुफामा पसी आराम गर्नु भएको हुँदा त्यस स्थानलाई गुप्त वराह तीर्थ भनिएको हो । वृहत्तर वराहक्षेत्र विकास समितिका अध्यक्ष भेषराज घिमिरेले आफ्नो पुस्तकाकार कृति ‘विश्वको पहिलो धाम वराहक्षेत्र’ मा उल्लेख गरेका छन् ।
उनका अनुसार पछि त्यही गुफामा महामुनी औलिया बाबा बसी त्यहीँबाट वराह भगवानको नित्य आरति गर्न जानुहुन्थ्यो । अहिले त्यो गुफा जङ्गलले छोपिएको छ । गुफामाथि बाटो खनेकाले माटोले धेरै पुरिएको छ । यो ऐतिहासिक गुफा हो । यसको खोजी र महत्व दर्शाउनु नितान्त आवश्यक छ । यो गुफा पुरातात्विक वस्तुभित्र पर्दछ । बराहक्षेत्र मन्दिरका पुजारी योगेश भण्डारी बराहक्षेत्रको पहलमा हाल गुप्त वराहलाई उजागर गर्ने अभियान चलिरहेको छ ।

भवानी स्थान

वि. सं. १६१० मा सेनवंशी राजा मुकुन्द सेनको मृत्युपछि उनका छोरा लोहाङ सेनले पूर्वी नेपालमा राज्य विस्तार गर्दै जाँदा चौदण्डी गढी, लालकोट गढी र विजयपुर क्षेत्रसम्म आएको ऐतिहासिक तथ्य छ । साफल्य अमात्यद्वारा लिखित ‘प्राचीन नेपाल’, २०३५ मा उल्लेख भएअनुसार लोहाङ सेनपछि उनका छोरा राघव सेन मोरङ राज्यको समेत राजा भए । त्यसपछि उनका छोरा हरिहर सेन राजा भएको उल्लेख छ । यो क्षेत्र भवानी थानमा हरिहर सेनले आफ्नो दरबार सुरक्षाका लागि गढी निर्माण गरेको र त्यस गढीलाई भवानी थान गढी वा लालकोट गढी भनिएको उल्लेख छ ।

यसै गरी भवानी थानको ऐतिहासिक साथै पौराणिक महत्व समेत रहेको छ । आदि वराही भगवती (हाल भवानी थान) साविक वराहक्षेत्र गाविस ८ र हाल बराहक्षेत्र नगरापकिला वडा नं. १ मा रहेको वराहकुट पर्वत (जुगपाख्री, अर्चले) मा अवस्थ्ति छ । यो मन्दिरलाई अत्यन्तै प्राचीन भनिएको छ । वराही भगवतीको मन्दिरका रुपमा रहेको यसलाई स्थानीयले भवानी थान भनेर चिन्छन् । वराह पुराणका आधारमा जब वराह भगवान्ले वराहको रुप धारण गरेर वराह कुट पर्वतमा पुगे । तब, भगवान्को साथमा महालक्ष्मी महारानी पनि वराहकै जस्तो वराही रुपमै वराहक्षेत्र पुगिन् । यिनै वराहरुप लिएर आएकी भगवतीलाई वराहक्षेत्रवासीले भवानी भनेर पुकारेका हुन् । (भेषराज घिमिरेः ‘विश्वको पहिलो धाम वराहक्षेत्र’ ) सो प्रसङ्ग वराह पुराण, देवी भागवत र मार्कण्डीय पुराणमा समेत उल्लेख छ । प्रत्येक वर्षको वैशाख पूर्णिमामा मेला लाग्ने गरेको छ ।

सूर्यकुण्ड

वराह पुराणका आधारमा सूर्यकुण्ड अति नै महत्वपूर्ण र मूक्तिदायक कुण्डका रुपमा वर्णन गरिएको छ । वराह पुराणका अनुसार, वराह भगवान् माता लक्ष्मीलाई भन्नुहुन्छ– हे लक्ष्मी वराहीदेवी वराह पर्वतको पृष्ठभागमा एउटा विशाल सूर्यकुण्ड नाम गरेको कुण्ड छ । उक्त कुण्डमा कोहीले स्नान गरी उपवास बस्दछ भने त्यो मनुष्यले मृत्युपश्चात अति तेजमय सूर्यलोकमा नित्यवास गर्न पाउँदछ । (भेषराज घिमिरेः ‘विश्वको पहिलो धाम वराहक्षेत्र’ )

आदि वराह

स्कन्द पुराण र वराह पुराणका अनुसार वराह भगवानका विभिन्न रुप र नामहरु थिए जस्तै इन्द्र वराह, स्वेत वराह, गुरु वराह, यज्ञ वराह र आदि वराह यी वराह मध्ये सबैभन्दा आदिम कालका अर्थात् पहिलो वराहको रुप नै आदि वराह हो ।

सृष्टिको आदिकालमा वराह भगवान्को आज्ञाद्वारा सृष्टि गर्न इच्छुक ब्रह्माजीले सृष्टि गर्न खोज्दा कुनै ठाउँनै नपाएर समस्या परेका बेला भगवान भोले बाबाको कठोर तपस्या गरेका थिए । ब्रह्माजीको तपस्याबाट प्रसन्न हुनुभएका महादव भोलेबाबाले ब्रह्माजीलाई आशीर्वादा दिँदै भन्नुभयो, हे ब्रह्माजी मेरो आशीर्वादले विवेकशील प्राणी यस शक्ति सम्पन्न युक्त चराचर विश्व जगत सृष्टि गर्न हजुर सक्षम हुनुहुनेछ । यी कुरामा कुनै शङ्का छैन भनी आशीर्वाद दिनुभयो । त्यसपछि भोलेबाबालाई ब्रह्माजीले दण्डवत् गरी भगवान्का आशीर्वादले सूर्यकुण्डका तटमा विराजमान आदि वराह (भगवान् विष्णु) लाई सेवा पुजन र अर्को पवित्र तीर्थ कोकाहमुखमा जानु भयो भनेर स्कन्द पुराणमा स्पष्ट व्याख्या गरेको पाइन्छ ।

यसरी सूर्यकुण्डमा स्नान गरी आदि वराह भगवान्को दर्शन पुजन गर्नाले सम्पूर्ण इच्छा पूरा हुन्छ भनेर स्कन्द पुराणमा वर्णन गरिएको अति प्राचीन आदि वराह मन्दिर सूर्यकुण्डकै नजिकमा रहेको छ । सो प्रसङ्ग कवि मान बज्राचार्यको पुस्तक ‘आदि वराहक्षेत्र सूर्यकुण्ड महिमा’ र भेषराज घिमिरेको पुस्तक ‘विश्वको पहिलो धाम वराहक्षेत्र’ मा उद्धृत गरिएको छ ।

स्थानीय सरकारको नीति

बराहक्षेत्र नगरपालिकाले धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि बजेट विनियोजन गरेको छैन । विगतका आर्थिक वर्षमा नीति तथा कार्याक्रममा नगरलाई आकर्षक धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकसित गर्न सकिने (आर्थिक वर्ष २०७४/०७५ नगर विकास कार्यक्रम) भनिए पनि यसको कार्यान्वयन पक्ष/प्रभावकारी देखिएन । यो शीर्षकमा समेत बजेट विनियोजन गरेको पाइएन । सोही शीर्षकलाई २०७६/०७७ को वार्षिक नगर विकास योजनासम्म हुबहु सारिए पनि नगरलाई धार्मिक पर्यटकीय क्षेत्र निर्माणमा कुनै बजेट र ठोस पहल भएन ।

पर्यटनको विकास गर्न छुट्टै शाखा र समिति नभएकाले एकीकृत बजेट विवरणमा पनि पर्यटनको शीर्षक देखिएको छैन । सामाजिक विकास कार्यक्रमभित्र राखेर बजेट विनियोजन गरिने भएकाले देखिने गरीको शीर्षक नभएको नगरका सामाजिक विकास अधिकृत अरुणकुमार मेहता बताउँछन् ।

बराहक्षेत्र नगरपालिकाको आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रममा धार्मिक पर्यटकीय क्षेत्रको विकास तथा धार्मिक पर्यटन प्रवद्र्धन गर्न छिमेकी स्थानीय तहसँग समन्वय गरी भान्टाबारीदेखि चक्रघट्टी हुँदै चतरासम्म कोशी किनार पर्यटकीय करिडोर निर्माण गर्न सर्वे डिपिआरको प्रक्रिया सुरु गर्ने उल्लेख छ । यसै करिडोरलाई जोडेर धरान उपमहानगरपालिकासँग समन्वय गरेर चतरा कुम्भ, वराहक्षेत्र, रामधुनी, विजयपु्र, पिण्डेश्वर, दन्तकाली, बुढासुब्बासम्म धार्मिक पर्यटनका लागि धार्मिक सर्किटका रुपमा विकास गर्ने अवधारणा अघि बढाउने भनिएको छ । तर बजेट विनियोजन गर्दा यो शीर्षकलाई नै वेवास्ता गरिएको छ ।

यसैगरी सूर्यकुण्ड तथा चियाबारी क्षेत्रसम्म जान सहज पूर्वाधारको विकास गरी त्यसक्षेत्रलाई पर्यटन क्षेत्रका रुपमा विकास गर्न होमस्टेलगायतका व्यवसाय सञ्चालन गर्न तालिम प्रदान गरिने भनिएको थियो । ‘सूर्यकुण्डमा होमस्टे सुरु गर्न नगरले आर्थिक प्रोत्साहन गरेको छ,’ स्थानीय युवा अर्जुन कुलुङले भने, ‘हामीले होमस्टे खोल्यौं तर सडक पूर्वाधारको विकास नहुँदा पर्यटकीय क्षेत्र बनाउने नगरको अवधारणाले सफलता पाउन सकेन ।’

नगरपालिकाले न कुनै पर्यटन समिति नै निर्माण गरेको छ, न धार्मिक पर्यटनको यथोचित विकास नै गरेको छ । बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले पर्यटनको क्षेत्रलाई ध्यान दिने बताए । ‘पर्यटन विकास समितिको निर्माणका लागि छलफल गर्नेछौं, कानुन, कार्यविधि निर्माण गर्ने योजना बनाएका छौं,’ नगर प्रमुख कार्कीले भने, ‘हाम्रो नगरको विकासको मुख्य आधार नै कृषि र धार्मिक पर्यटन हो, यसको विकासमा ध्यान दिन्छौं ।’

वराहक्षेत्र नगरपालिकाले आफ्नो नारा नै ‘समृद्ध वराहक्षेत्रको आधार, कृषि, पर्यटन र दिगो पूर्वाधार’ राखेको छ ।

Share3Tweet2Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

मुक्तिनाथमा दर्शनार्थीको घुइँचो
धार्मिक पर्यटन र तीर्थस्थलहरू

मुक्तिनाथमा दर्शनार्थीको घुइँचो

अशोज ५, २०८१
द्वापर युगकालीन ‘रिहार’ धाम सुनसान
इतिहास/संस्कृति

द्वापर युगकालीन ‘रिहार’ धाम सुनसान

अशोज ४, २०८१
उपल्लो मुस्ताङको अर्धनिषेधित क्षेत्र हटाउन माग
घुम्न कहाँ जाने?

उपल्लो मुस्ताङको अर्धनिषेधित क्षेत्र हटाउन माग

अशोज ४, २०८१
गोसाईंकुण्डमा तीर्थयात्रीको आगमन सुरु
गर्मीयाममा कहाँ जाने?

गोसाईंकुण्डमा तीर्थयात्रीको आगमन सुरु

साउन २७, २०८१
प्रचारप्रसारको अभावमा आरुबासकी कालीदेवी !
धार्मिक पर्यटन र तीर्थस्थलहरू

प्रचारप्रसारको अभावमा आरुबासकी कालीदेवी !

असार १८, २०८१
सलाङकोटको वराह माईको मन्दिर: एक ऐतिहासिक चर्चा
धार्मिक पर्यटन र तीर्थस्थलहरू

सलाङकोटको वराह माईको मन्दिर: एक ऐतिहासिक चर्चा

असार १७, २०८१
Load More
Next Post
सत्ययुगमा सतीदेवीको तल्लो ओठ पतन  भएको ‘जाल्पादेवीघाट’

सत्ययुगमा सतीदेवीको तल्लो ओठ पतन भएको 'जाल्पादेवीघाट'

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा सुई गाडिन्छ, स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता
  • अन्य
English Edition

© 2026 Tourshala | Digital Partner: Sathi Solutions