महाकाली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । डडेलधुरास्थित पारीगाउँ स्टेशनमा जलसतह ५.८९ मिटर पुगेको बाढी पूर्वानुमान् महाशाखाले जनाएको छ ।
महाकालीको सतर्कता तह ५.८० मिटर हो भने खतराको तह ७ मिटर तोकिएको छ ।
अहिले पानीको बहाव स्थिर छ। दिउँसो र राति सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेकाले जलसतह बढ्ने पूर्वानुमान् रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।



























































Discussion about this post