जाजरकोट । जाजरकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार राति तारेचौर खोलामा एक्कासि आएको बाढीले बगाउँदा कुशे गाउँपालिकाको पैंकका ईन्द्र रोकायाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार ११ बजे एक्कासि खोलामा बाढी आउँदा ६ जनालाई बगाएको थियो ।
तीमध्ये रोकाया मृत भेटिएको जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
‘राति माछा मार्न गएको बेला एक्कासी बाढी आउँदा ६ जनालाई बगाएको रहेछ, पाँच जना आफैं निस्किएका रहेछन,’ डिएसपी पाण्डेले भने, ‘हामीलाई बेपत्ता भएको भनेर खबर गरिएका एकजना साढे ११ बजे मृत फेला पर्नुभएको हो। ’



























































Discussion about this post