काठमाडौं । बसाइ सराइ गरी नेपाल आउने पानीमा आश्रित चराको गणना चितवनमा सकिएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसराको पूर्व क्षेत्र र पश्चिम क्षेत्रमा विभाजन गरेर राप्ती नदी ,नारायणी नदी र बिभिन्न ताल तलैयाहरुमा गरिएको बर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष टिकाराम गिरीले जानकारी दिएका छन । चरा गणनामा चराबिज्ञहरुको विभिन्न टोली बनाएर गरिएको हो।
जनवरी ७ देखि भएको चरा गणनाले चितवनको पूर्वी क्षेत्रमा पानी आश्रित ५३ प्रजातिका चरा भेटिएको उनले बताए । पूर्वी चितवनको लोथरको गैडहवा जिन्दगानी घाट देखि पटना तालसम्म गरिएको थियो चरा गणना कै क्रममा चितवन राष्ट्रिय निकुञ्जको कसरा पुल देखि पश्चिम क्षेत्रमा ६१ प्रजातिको पानी चरा भेटिएको छ ।
पश्चिम क्षेत्रका टोली प्रमुख मनिष कुमार लिम्बूका अनुसार चरा गणना दिव्यनगर राप्ती नदी गोला घाट माडीको बगई देखि रिउ नदीको दोभान सम्म गरिएको हो । जस मध्ये पानी हास चेखेवाको सख्या सबै भन्दा धेरै रहेको पाइएको छ भने जलकौवा खोया हास लक्ष्मण सारस र भुँडीफोर गरुड लगायतका करिब १४ हजार पानीमा आश्रित चरा भेटिएको छ।
गणनाको क्रममा गत वर्ष नभेटिएका ४ प्रजाति चरा पूर्वी क्षेत्रमा भेटिएको छ । तिलहरी चरा मसिनो ठुडे टिमटिमा नादुन हास र चित्रांगद गत वर्ष भेटिएको थिएन । पानीमा आश्रित चराको गणना सन् १९८७ देखि नेपाल लगायत दक्षिण पूर्व एसियाको ३५ देशमा प्रत्येक वर्षको जनवरी महिनामा एकै साथ गरिदै आएको लिम्बूले जानकारी दिएका छन ।



























































Discussion about this post